सिक्किम भूस्खलनमा सेनालाई सहयोगपछि बोनभी एरोलाई एसआईडीएम पुरस्कार

भारतको डीप-टेक एयरोस्पेस इन्नोभेटर बोनभी एरोलाई रक्षा प्रविधिमा योगदानका लागि प्रतिष्ठित एसआईडीएम च्याम्पियन अवार्ड (स्पेशियल ज्युरी) प्रदान गरिएको छ। रक्षामन्त्री श्री राजनाथ सिंहद्वारा प्रदान गरिएको यस पुरस्कारले उत्तर–पूर्वका समुदायहरूको जीवन र आजीविकालाई सुरक्षित राखिरहेको स्वदेशी प्रविधि समाधानलाई विशेष चिनारी दिएको छ। बोनभी एरोका सह–संस्थापक तथा सीईओ सत्यब्रत सतापथीले भने, हामी भारतका सबैभन्दा कठिन भौगोलिक स्थानहरूमा निर्माण गर्दैछौँ। उत्तर–पूर्व हाम्रो मिशनको केन्द्रबिन्दु हो। यस पुरस्कारले हाम्रा प्रयासहरू—पहुँच, गतिशीलता र सुरक्षित हवाई सेवाहरूलाई देशका सबै कुनामा पुर्याोउने उद्देश्यलाई मान्यता दिएको छ। आपदबिपदका बेला कुनै पनि समुदाय पछि नपरून् भन्ने हाम्रो सङ्कल्प हो। सतापथीअनुसार यो प्रविधि सेभेन सिस्टर राज्यहरूमा विपद् व्यवस्थापन र विकासका क्षेत्रमा क्रान्तिकारी प्रमाणित हुने अपेक्षा गरिएको छ।

यो राष्ट्रिय सम्मान ठोस कार्यद्वारा प्राप्त गरिएको हो त्यो पनि यहाँका पहाड़हरूमा। यसै वर्ष सिक्किमको लाचेन क्षेत्रमा विनाशकारी पैह्रो आएको बेला बोनभी एरोको स्वदेशी, उन्नत ग्राउण्ड पेनेट्रेटिङ रेडार (जीपीआर) जड़ान गरिएको हेभी ड्युटी ड्रोन अग्रपङ्क्तिमा परिचालन गरिएको थियो। भारतीय सेनासित सहकार्य गर्दै मेड इन इण्डिया ड्रोनले सम्भावित भग्नावशेष क्षेत्रको कोअर्डिनेट्स शीघ्र र सुरक्षित रूपमा पहिचान गर्न सहयोग गर्योे। वास्तविक समयको महत्त्वपूर्ण डेटा उपलब्ध गराएर यसले उद्धार कार्यको सुरक्षा र प्रभावकारितामा उल्लेखनीय सुधार ल्यायो। यो नै खेल परिवर्तन गर्ने क्षण सिद्ध भयो। अब कम्पनीको ध्यान पूर्ण रूपले क्षेत्रको भविष्यमाथि केन्द्रित भएको छ। बोनभी एरोले उच्च–उचाइँमा सञ्चालन हुने, भारी ओजन बोक्ने ड्रोन प्रविधिलाई विस्तार गर्दै खाद्य, औषधी र आवश्यक सामग्री आपूर्तिका लागि हवाई मार्ग निर्माण गर्ने लक्ष्य लिएको छ। चुनौतीपूर्ण भूभाग वा मौसम जस्तोसुकै परिस्थिति भए पनि जीवनरक्षक औषधी र अत्यावश्यक आपूर्ति दुर्गम बस्तीहरूमा पुर्या उने उद्देश्यसहित लाष्ट–माइल कनेक्टिभिटीमा यी भरपर्दो ड्रोनको प्रयोग गर्न योजना बनाइएको छ।

यस दृष्टिकोणले बोनभी एरोलाई प्रविधि नेतृत्व मात्र होइन क्षेत्रको लचिलोपन र समग्र विकासको महत्त्वपूर्ण साझेदारको रूपमा स्थापित गर्दैछ। कम्पनीले हाल नेक्स्ट जेनेरेशनको समाधान विकास गरिरहेको छ जसमा आगामी दुई वर्षभित्र 100 किलो क्षमताको मेड–इभ्याक ड्रोन र तीनदेखि पाँच वर्षको अवधिमा 500 किलो क्षमताको शर्ट टेक अफ एण्ड ल्याण्डिङ (एसटीओएल) ड्रोन निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना समावेश छ जसले क्षेत्रभित्र इण्टर सिटी वा दुर्गम सैन्य बेसहरूबीच हवाई यातायातको सुविधा प्रदान गर्नेछ।

By Business Bureau