३६ वर्षमै बितेकी अनारकलीलाई सम्झियो बलिउडले

बलिउड अभिनेत्री मधुवालालाई सोमबार बलिउडले सम्झिएको छ । उनको जन्मदिनमा बलिउडले उनलाई सम्झिएको हो । उनको सन् १९३३ को १४ फेब्रुअरीमा जन्मेकी थिइन् । 
उनको ३६ वर्षको उमेरमै निधन भएको थियो । १९४० को दशकमा उनको सुन्दरतालाई  लिएर निकै चर्चा हुने गरेको थियो । उनले खेलेको ‘मुगल–ए–आजम’ को अनारकलीको  भूमिका सबैको दिल र दिमागमा बसेको छ । 
 उनी एक पश्तुन मुस्लिम परिवारमा जन्मेकी थिइन् । उनले ९ वर्षको उमेरमै  बालकलाकारका रुपमा काम गर्न थालेकी थिइन् । उनको पहिलो फिल्म ‘बसन्त’ हो । 
अभिनेत्रीका रुपमा उनले सन् १९४७ मा ‘नीलकमल’ खेलेकी थिइन् । सन् १९४७  मै ‘दिल की रानी’, सन् १९४८ मा ‘अमर प्रेम’ खेलिन् । यी सबै चलचित्रमा उनी द  शो म्यान राज कपूरसँग खेलेकी थिइन् । 
 मधुवालाको बच्चामा नाम मुमताज बेगम थियो । मधुवालाका १० भाइबहिनी थिए ।  कम उमेरमै चलचित्र खेल्न थालेपछि उनी विद्यालय जान सकिनन् । साँचो प्रेमका  लागि निकै तड्पिने गर्थिन् । 
 मधुवालालाई दिलीप कुमारले मात्र नभइ किशोर कुमारले पनि धोका दिएका थिए ।  किशोरसँग समय नभएका कारण उनी उनीसँग कुरा गर्न निकै अताल्लिने गर्थिन् । 
 किशोर कुमार त्यतिबेला धेरै नै कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त हुने  गर्थे । उता मधुवालालाई चिकित्सकले जम्मा दुई वर्षमात्रै बाँच्ने भनेका थिए  । 
 अनि एक्लिएकी मधुवाला एक्लै रुने गर्थिन् । उनले पहिलो प्रेमी दिलीप  कुमारसँग रिसाएर २७ वर्षको उमेरमै किशोर कुमारसँग बिहे गरेकी थिइन् ।
 मधुवाला धेरै वर्ष नबाँच्चे थाहा पाएपछि किशोर कुमारले मुम्बईको कार्टर  रोडमा घर किनेर रर्स र ड्राइभरको साथमा मधुवालालाई छोडेका थिए । 
 उनी चार महिनामा एक पटकमात्र मधुवालालाई भेट्न जान्थे । उनले मधुवालाको  फोन पनि उठाउन बन्द गरेका थिए । किशोर कुमारले मधुवालालाई निकै माया गर्थे ।  तर जब मधुवालाई लण्डनमा उपचार गरेर फर्किन् तब धोका दिए । त्यसैले नै उनी  दुःखी थिइन् । 
 कुनै समय निकै नै चर्चामा रहेकी मधुवालाको अन्तिम समय निकै कठिन तरिकाले  बित्यो । उनी बिरामी भएपछि कोही पनि उनको हालत बुझ्न गएनन् । 
 कोही नआउने भएपछि उनले नाइट गाउनमै दिन बिताउन थालिन् र ३६ वर्षको कलिलो उमेरमै बितिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *