बिहेको पाँच महिनामै आमा बनिन् दिया

बलिउड अभिनेत्री दिया मिर्जा बिहेको पाँच महिनामै आमा बनेकी छिन् । उनले छोरा पाएकी हुन् । दियाले इन्स्टाग्राममार्फत यो जानकारी दिएकी हुन् । दियालाई सामाजिक संजालमा बधाईको ओइरो लागेको छ ।  छोराको नाम अव्इान आजाद रेखी राखिएको छ । उनको जन्म १४ मे मा भएको थियो । समयभन्दा पहिले नै जन्म भएकाले कयौं नर्स र चिकित्सकले नवजात आईसीयूमा शिशूको उपचार भइरहेको छ । 

उनलाई गर्भवती भएका बेलामा अचानक एपेन्डेक्टोमी भएको थियो । पछि गम्भीर ब्याक्टेरियल इन्फेक्सन भएपछि खतरा हुने देखेर समयअघि नै शल्यक्रिया गरी बच्चालाई निकालिएको हो । 

दियाले छिट्टै उनको छोरो घर जाने पनि लेखेकी छिन् । दिया र उनका पति वैभव रेखीबीच सन् २०२१ को फेब्रुअरी १५ मा बिहे भएको थियो । दियाका यो दोस्रो बिहे हो । बिहेका समयमा उनी गर्भवती थिइन् । 

दियाले साहिल संघासँग ११ वर्ष लामो वैवाहिक सम्बन्ध सन् २०१९ मा तोडेकी थिइन् । 
सन् १९८१ डिसेम्बरमा जन्मिएकी १.६८ मिटर अग्ली दियाले सन् २००० देखि २०२० सम्म थुप्रै फिल्म खेलेकी छिन् । 

उनले थप्पड, सन्जु, बबी जाजुस, हंगामे पे हंगामा, जिन्दगी तेरे नाम, लभ बे्रक्सअप जिन्दगी, हम तुम और घोष्ट, कौन बोला ?, कुर्बान, लगेरहो मुन्नाभाइ, तुम्को न भुल पाएंगे, दिवानापन, दम, प्राण जाए पर शान न जाये लगायतका दर्जनौं फिल्म खेलिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *