जिया खानको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम गर्ने भएपछि दीपिका विवादमा

बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने भएकी छन् । दीपिकाले आफ्नो च्यारिटी फाउन्डेशन ‘द लिभ लभ लाफ फाउन्डेशन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने भएकी हुन् । दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा घेरिएकी छन् ।

उनले गरेको निर्णयलाई सामाजिक सञ्जालमा थुप्रै गाली र नराम्रो प्रतिक्रिया दिइएको छ । दीपिकाले राखेका २ वटा कुर्ता लिलामीमा राखेकी छन् त्यो कुर्ता लगाएको पल कसैले पनि सम्झन चाहेको छैन । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दीपिकाले जिया खानको अन्तिम संस्कारमा लगाएको कुर्ता लिलामी गर्नु तल्लो स्तरको निर्णय भएको बताएका छन् । 





Community-verified icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *