मलाई हरर चलचित्रमा रुचि छ : इमरान हासमीलाई

बलिउड अभिनेता इमरान हासमीलाई हरर चलचित्रले बढी आकर्षित गर्छ । त्यसैले त उनी बलिउडमा यो विधालाई पुनः परिभाषित गर्ने कोसिस गरिरहेका फिल्ममेकरहरूसँग काम गर्न प्रेरित भइरहेका छन् ।

विक्रम भट्टको सन् २००२ मा निर्मित बल्कबस्टर हरर फिल्म ‘राज’बाट सहायक निर्देशकका रूपमा हिन्दी फिल्म उद्योगमा आफ्नो यात्रा सुरु गरेका ४२ वर्षीय अभिनेता हासमी यो विधाको विकासमा विशेष योगदान दिन पूरा प्रयास गरिरहेका छन् ।

सन् २००३ मा रिलिज भएको थ्रिलर ‘फुटपाथ’बाट अभिनेताका रूपमा करियर सुरु गरेका उनले ‘राज–द मिस्ट्री कन्टिन्युज’, ‘राज’, ‘एक थी डायन’ र ‘राज : रिबुट’लगायत हरर फिल्ममा अभिनय गरिसकेका छन् ।

अभिनेता हासमीले पाँच वर्षपछि कमब्याक गर्न लागेको चलचित्र ‘डायबुक’ रिलिज हुँदै छ । यो सन् २०१७ मा रिलिज भएको मलयालम ब्लकबस्टर ‘एजरा’को आधिकारिक रिमेक हो । म बाल्यकालदेखि नै हरर चलचित्र हेर्न रुचाउँथेँ । धेरै डरलाग्दो चलचित्रहरू हेर्थेँ र अहिले पनि हेर्छु । यदि, मलाई कुनै चलचित्र हेर्न मन लाग्यो भने हरर जनरा मेरो पहिलो रोजाइमा पर्छ । म ड्रामा या कमेडीमा आधारित चलचित्र हेर्न जानुअघि एउटा डरलाग्दो चलचित्र रोज्छु । हरर मेरो रुचिको विधा हो र यो हेर्दा म रमाउँछु ।

अन्तर्राष्ट्रिय हरर चलचित्र 
मैले ‘द एक्जोर्सिस्ट’, ‘द ओमेन’, ‘पोल्टरगाइस्ट’देखि लिएर ‘द शाइनिङ’जस्ता अधिकांश प्रसिद्ध हरर चलचित्र हेरेको छु । म हलिउडका डरलाग्दो हरर चलचित्र मात्रै नभई अरू भाषाका अन्तर्राष्ट्रिय हरर चलचित्रहरू पनि हेर्न रुचाउँछु । अझ रामसे ब्रदर्सका चलचित्रहरू त म सानै हुँदा रुचाउँथेँ ।

बलिउडमा हरर चलचित्रको कमजोरी
हिन्दी हरर चलचित्रको असफलताको सबैभन्दा प्रमुख कारण सौन्दर्यशास्त्रको कमी हो । हलिउड वा अन्य विदेशी भाषाको तुलनामा हामी पटक्कै पनि डरलाग्दो चलचित्र बनाउँदैनौँ । एक वर्षमा यस्ता एकाध चलचित्र मात्रै बन्छन् । सामान्यतया सौन्दर्यशास्त्रको कमी छ । निर्माता र स्टारहरू विधाको रूपमा हरर चलचित्रको क्षेत्र सम्भावना खोज्ने इच्छा राख्दैनन् । यदि, चलचित्र निर्माता, निर्देशक वा कलाकारहरू अलिकति नाम चलेको छैन भने त्यसको असर बजेट (लगानी)मा पर्छ, अर्थात् यसमा सौन्दर्यको स्थान नहुनु हो ।

अभिनेताहरूले यसलाई बुझ्दैनन् कि ! 
यसका साथै धेरै अभिनेताहरू हरर चलचित्रमा अभिनय गर्न चाहँदैनन् । सायद उनीहरू यो विधालाई बुझ्दैनन् वा उनीहरू यसमा रुचि राख्दैनन् । यद्यपि, मलाई यो शैली मनपर्छ । त्यसैले म यो विधामा काम गर्छु ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *