नदीको किनारमा एक अज्ञात व्यक्तिको घाँटी रेटिएको शव फेला परेको छ। घटना खोरीबारीको थानझोड़ा चियाबारीनजिक रहेको गुयाबारी क्षेत्रमा भएको हो। शनिवार डुमुरिया नदीको किनारमा उक्त शव भेटिएको हो। स्थानीय मानिसहरूले शव देखे। शवको छेउमै एउटा धारिलो हतियार पनि फेला परेको छ जसमा रगत लागेको देखिन्छ। घटनाको जानकारी पाएपछि खोरीबारी पुलिस घटनास्थल पुग्यो। सिलगढ़ी महकुमा परिषदका सदस्य किशोरीमोहन सिंह पनि घटनास्थल पुगे। प्रारम्भिक अनुमानअनुसार यो हत्या हुनसक्ने आशङ्का गरिएको छ। मृत व्यक्तिको पहिचान अहिलेसम्म हुन सकेको छैन। खोरीबारी पुलिसले अन्य विभिन्न थानासँग सम्पर्क गर्न आरम्भ गरिसकेको छ। घटनास्थलमा फरेन्सिक टोली पनि बोलाइएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।
नदीको किनारमा अज्ञात व्यक्तिको घाँटी रेटिएको शव उद्धार
