एनएफ रेलवे मजदूर संघ द्वारा आयोजित रक्तदान शिविर

एनएफ रेलवे मजदुर संघको सिलगढी शाखाको तर्फबाट शुक्रबार सिलगढी मजदूर संघको जंक्शन क्षेत्र कार्यालयमा रक्तदान शिविरको आयोजना गरिएको थियो। तराई लायन्स ब्लड बैंक, सिलगढीको सहयोगमा आयोजित यस रक्तदान शिविरमा करिब १०० रेलकर्मीले रक्तदान गरे। रक्तदान शिविरमा संकलित रगत तराई लायन्स ब्लड बैंक, सिलगढीलाई हस्तान्तरण गरिने आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *