भाजपाको विरोध प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा) ले सोमवार सिलगढ़ी महकुमा परिषदअघि प्रदर्शन गरेको छ। सत्ताधारी दलले परिषदलाई भ्रष्टाचारको केन्द्र बनाएको आरोप लगाउँदै भाजपा सड़कमा उत्रिएको हो। भाजपा नेताहरूले परिषद कार्यालयलाई पार्टी कार्यालयसरह चलाइएको र विपक्षी दलहरूको धारणा र सुझाउको कुनै ख्याल नगरिएको आरोप लगाएको छ। कञ्चनजङ्घा रङ्गशालाबाट आरम्भ गरिएको प्रदर्शन ऱ्याली सिलगढ़ी महुकमा परिषद कार्यालयसम्म पुगेपछि त्यहाँ भाजपा कार्यकर्ताहरूले प्रदर्शन गरे।

प्रदर्शनपछि भाजपा प्रतिनिधि मण्डलले परिषदको कामकाज पारदर्शी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ। सिलगढ़ी महकुमा परिषदमा विपक्षी नेता अजय उराँवले बैठकहरू दिउँसो 4 बजी तय गरिए पनि विपक्षी सदस्यहरू आइपुग्नअघि नै लगभग 2 बजीतिर नै ती बैठकहरू भइसक्ने गरेको बताए।

आफू आदिवासी समुदायको प्रतिनिधि भएकै कारण विभेद हुँदै आइरहेको आरोप लगाउँदै तिनले न्याय र समान व्यवहारको माग गर्दै आन्दोलन जारी रहने स्पष्ट पारेका छन्।

By Piyali Poddar