बलिउड को सबैभन्दा शक्तिशाली खलनायक बीच शुमार प्रेम चोपडा साहेब को जन्मदिन सालगिरह

बलिउडको खतरनाक भिलेनमा अभिनेता प्रेम चोपडा गनिन्छन् । उनलाई वास्तविक जीवनमा पनि धेरै दर्शकले भिलेन नै सम्झिए । उनले एक अन्तरवार्तामा आफूलाई बाहिरी जीवनमा देख्दा धेरैले आफ्नो श्रीमति लुकाउने गरेको खुलासा गरेका थिए ।

‘हो । मानिसहरु मलाई देख्नासाथ आफ्नो श्रीमति लुकाउथे । म उनीहरुसँग गएर कुराकानी गर्न चाहन्थें । तर उनीहरुले मलाई पर्दाको भिलेनकै रुपमा हेर्थे । मानिसहरु मलाई असल खुंखार भिलेन सम्झन्थे । यसलाई म इज्जतका रुपमा लिन्थें । म आफ्नो काम राम्रो गरिरहेको छु भनेर बुझ्थें’, प्रेमले भनेका छन् ।

प्रेम ६ दाजुभाई तथा दिदीबहिनीमा तेस्रो नम्बरका हुन् । लाहोरमा जन्मिएका प्रेम परिवार विभाजनपछि शिमला, हिमाञ्चल प्रदेशमा पुगे । जहाँ उनी हुर्किए बढे । उनले शिमलाबाटै शिक्षादिक्षा लिए ।

प्रेमले पञ्जाब युनिभर्सिटीबाट ग्राजुएसन गरे । जहाँ उनी नाटकमा सहभागी हुन्थे । प्रेमका पिता उनलाई डाक्टर बनाउन चाहन्थे । तर उनी ग्राजुएसन पुरा गरेपछि मुम्बई आएर बलिउडमा पाइला चाले ।

यहीबीचमा क्यान्सरका कारण उनको आमाको निधन भए । जुन समयमा उनकी बहिनी अञ्जु नौ वर्षकी थिइन् । अञ्जुको जिम्मेवारी प्रेम, उनका अन्य चार भाई र पितामाथि थियो । प्रेमले अञ्जुलाई आफ्नो पहिलो छोरी मानेर उनको पालनपोषण गरे ।

प्रेमको विवाह राज कपूरकी साली उमासँग भएको थियो । निदेशक लेख टण्डन प्रेममाझ विवाहको प्रस्ताव लिएर गएका थिए । प्रेमको रकिता, पुनीता र प्रेरणा गरी तीन छोरी छन् ।

प्रेमले आफ्नो करियरमा ‘शहीद’, ‘बोबी’, ‘बेताब’, ‘गुप्त’ र ‘कोई मिल गया’ सहित करिब ३ सय ८० फिल्ममा अभिनय गरेका छन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *