भारतीय टेलिभिजनको सबैभन्दा विवादित रियालिटी शो ‘बिग बोस-१५’ को लोकप्रियतामा तिव्र गतिले कमी आएको छ ।
यद्यपि, यस्तो पहिलो पटक भने भएको होइन ।
यो भन्दा पहिलाका विभिन्न शोका विभिन्न सीजन त्यस्ता रहे, जसमा दर्शकले त्यति मनोरन्जन लिन सकेका थिएनन् ।
त्यसैले निमार्ताले विभिन्न किसिमका प्रयोग गरेर टीआरपीलाई बूस्ट गर्ने कोशिश गरेका थिए ।
यद्यपि, यस पटक शोले भने जस्तो मनोरन्जन दिन सकेन ।
निमार्ताले राम्रो टीआरपीका लागि यसको थीम परिवर्तन गरेका थिए ।
कार्यक्रमलाई राम्रो बनाउन करोडौं रुपैयाँ पानी जस्तै बगाएका थिए ।
शोमा इन्टिमेट सीनहरु र भव्य एक्शनलाई प्रयोग गरिएता पनि शोले चाहे जस्तो लोकप्रियता पाउन सकेन ।
अभिनेता सलमान खानले समेत कार्यक्रममा त्यस्तो विशेष केही गर्न सकेनन् ।
टीीआरपीको कुरा गर्दा कार्यक्रमले टप ८ मा पनि आफ्नो स्थाना बनाउन सकेन ।
कार्यक्रमको टीआरपी तिव्र गतिले घटेको छ, जसका कारण निमार्ताले २०२२ भन्दा पहिला नै यो कार्यक्रमलाई समाप्त गर्ने योजना बनाइरहेका छन् ।
वास्तवमा तेस्रो हप्तामा आएको टीआरपी रिपोर्टपछि कार्यक्रमलाई समाप्त गर्ने विचार गरिन थालिएको हो ।
कार्यक्रमको भव्य सेटअपदेखि सलमान खानसम्मको पारिश्रमिक सबैमा करिब ५०० करोड भारतीय रुपैयाँ खर्च भएको छ ।
कार्यक्रमका प्रतियोगिहरुलाई अत्यधिक मसलादार बिषयवस्तु दिन दवाव पनि हुन्छ ।
तर, यी सबै बाहेक पनि नतिजा चाहे अनुसार नदेखिए पछि निमार्ताले पनि कार्यक्रम नै बन्द गनृ बाध्य भएको बताइन्छ ।