भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्यु, आत्महत्याको आशंका

भोजपुरी अभिनेत्री आकांक्षा दुबेले वाराणसीको होटलमा अन्तिम सास लिइन् । समाचार एजेन्सी एएनआईका अनुसार अभिनेत्रीले आत्महत्या गरेकी हुन् । उनको अचानक निधनले उनका फ्यानहरुलाई स्तब्ध बनाएको छ । ‘ये आरा कभी हरा नही है’ आकांक्षाको नयाँ गीत आइतबार बिहान ७:४५ मा रिलिज भएको छ । गीतमा पवन सिंह र शिल्पी राजको आवाज रहेको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन भने उनको मृत्युको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *