भारती एयरटेल र बजाज फाइनेन्सद्वारा रणनीतिक साझेदारीको घोषणा

भारतका ठूला दूरसञ्चार सेवा प्रदायकमध्ये एक भारती एयरटेल र देशकै ठूलो निजी क्षेत्रको नन ब्याङ्किङ फाइनेन्सियस कम्पनी (एनबीएफसी) बजाज फाइनेन्सले वित्तीय सेवाहरूका लागि भारतकै सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म निर्माण गर्न र अन्तिम सेवा वितरणलाई रूपान्तरण गर्न रणनीतिक साझेदारीको घोषणा गरेका छन्। यस अनौठो साझेदारीले एयरटेलका 375 मिलियन सक्रिय ग्राहकको आधार, 12+ लाखभन्दा अधिक दह्रो वितरण नेटवर्क अनि उता बजाज फाइनेन्सको 27 प्रकारका उत्पादहरू, 5,000+ वितरण हेफ्ट अनि 70,000 फिल्ड एजेण्टहरूलाई एकसाथ ल्याउनेछ।

सुरुवातमा एयरटेलले एयरटेल थ्याङ्क्स एपमार्फत सहज र सुरक्षित ग्राहक अनुभवका लागि बजाज फाइनेन्सका खुद्रा वित्तीय उत्पादहरू उपलब्ध गर्नेछ र पछि यसको देशव्यापी स्टोरहरूको नेटवर्कमार्फत उपलब्ध गराउनेछ। भारती एयरटेलका भाइस चेयरम्यान तथा एमडी गोपाल भित्तलले भने, “देशका दुई विश्वासिला नाम एयरटेल र बजाज फाइनेन्सले लाखौँ भारतीयहरूको विविध वित्तीय आवश्यकताहरूको पोर्टफोलियोलाई सशक्त पार्ने साझा दृष्टिकोण राखेका छन्।”

बजाज फाइनेन्सका म्यानेजिङ डाइरेक्टर राजीव जैनले भने, “भारतको डिजिटल इकोसिस्टम डेटा-आधारित क्रेडिट अण्डरराइटिङ र वित्तीय समावेशनको केन्द्रबिन्दुमा रहेको छ।” यस साझेदारीको अङ्गको रूपमा दुवै कम्पनीहरू बलियो नियामक अनुपालन, डेटाको गोपनीयता र सुरक्षासितै सहज ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छन्।

By Business Bureau