महिला विश्वकपमा बंगलादेशको पहिलो जित

आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित दर्ता गर्दा पाकिस्तानले लगातार चौथो हार ब्यहोरेको छ । बंगलादेशले दिएको २३५ रनको लक्ष्य पच्छ्याएको पाकिस्तान ९ विकेट गुमाएर २२५ रन मात्रै बनाउन सक्यो ।  पाकिस्तानका लागि सिद्रा अमिनले १०४ रनको शतकीय पारि खेल्दै रनआउट भइन् ।

उनी रनआउट हुनु नै पाकिस्तानको दुर्भाग्य बन्यो । नहिदा खानले ४३ रन बनाउँदा विसमाह मारुफ ३१ रन बनाइन् । बंगलादेशका लागि फहिमा खातुनले ३ विकेट लिँदा रुमाना अहमदले २ विकेट लिइन् । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । उसका लागि फर्गना हकले सर्वाधिक ७१ रन बनाउँदा निगर सुल्तानाले ४६ रन जोडिन् । शर्मिन अख्तरले ४४ रन बनाउँदा  साहिमा सुल्तानले १७ रन बनाइन् । पाकिस्तानका लागि नसरा सन्धुले ३ विकेट लिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *