बजाज फिनसर्भ एसेट म्यानेजमेण्ट लिमिटेडले भारतको तीव्र गतिमा विस्तार भइरहेको वित्तीय क्षेत्रलाई लक्ष्य गर्दै ब्याङ्किङ एण्ड फाइनेन्सियल सर्भिसेस फण्ड नामक खुल्ला इक्विटी योजना आरम्भ गरेको छ। सब्स्क्रिप्शनका लागि न्यु फण्ड अफर (एनएफओ) 10 नोभेम्बरदेखि 24 नोभेम्बर 2025 सम्म खुल्ला रहनेछ। यो योजना निफ्टी फाइनेन्सियल सर्भिसेस टीआरआईसित बेञ्चमार्क गरिएको छ जसले लगानीकर्ताहरूलाई भारतको वित्तीय रूपान्तरणमा सहभागी हुने अवसर प्रदान गर्दछ।
यस फण्डले ब्याङ्क, एनबीएफसी, बीमा कम्पनी, एसेट म्यानेजमेण्ट फर्म तथा अन्य पुँजी बजार मध्यस्थहरू समावेश भएका लगभग 180-200 कम्पनीहरूको सूचीबाट सावधानीपूर्वक चयन गरिएका 45-60 कम्पनीमा लगानी गर्नेछ। बजाज फिनसर्भ म्युचुअल फण्ड्सको मेगाट्रेण्ड्स स्ट्राटेजीमा आधारित यो योजना युपाआईको स्वीकृति, डिजिटल लेण्डिङ, जन धन पहलहरू अनि म्युचुअल फण्ड, बीमा तथा एनबीएफसीहरूमा बढ्दो सहभागिता जस्ता संरचनात्मक ग्रोथ ड्राइभरहरूबाट लाभ उठाउने उद्देश्यमा तयार गरिएको हो। यो योजना दीर्घकालीन दृष्टिकोणका लगानीकर्ताहरूका लागि उपयुक्त मानिन्छ जसले उच्च जोखिम वहन क्षमता राखी बीएफएसआई क्षेत्रमा केन्द्रित लगानीमार्फत सम्पत्ति वृद्धिको खोजी गरिरहेका छन्।
बजाज फिनसर्भ एएमसीका एमडी गणेश मोहनले भने, भारतको वित्तीय सेवा क्षेत्र देशको आर्थिक वृद्धिको केन्द्रीय हिस्सा हो जसले ऋण, बीमा र क्यापिटल मार्केटको विस्तारमार्फत लगानीकर्ताहरूका लागि सशक्त अवसरहरू प्रस्तुत गरेको छ।
सिलगढ़ीमा खुद्रा लगानीकर्तामाझ विषयगत इक्विटी फण्डप्रति बढ्दो चासो देखिएको रिपोर्ट छ। यहाँका लगानीकर्ताहरू उच्च वृद्धिको सम्भावना भएका बीएफएसआईजस्ता क्षेत्रहरूमा संरचित लगानी खोजिरहेका छन् जसले विविधीकृत लगानी विकल्पप्रति बढ्दो जागरूकता र यस क्षेत्रको प्रदर्शनप्रति सकारात्मक दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ।
बजाज फिनसर्भ एएमसीद्वारा दह्रो बीएफएसआई ग्रोथबीच ब्याङ्किङ एण्ड फाइनेन्सियल सर्भिसेस फण्ड सार्वजनिक
