बजाज एलियाञ्जद्वारा सिक्किमवासीका लागि विशेष स्वास्थ्य बीमा ‘तपाईँकोलागि’ आरम्भ

बजाज एलियाञ्ज जनरल इन्स्योरेन्सले सिक्किमवासीका लागि विशेष रूपमा तयार गरिएको स्वास्थ्य बीमा योजना ‘तपाईँकोलागि’ सार्वजनिक गरेको छ। यस योजनाले राज्यको विशिष्ट स्वास्थ्य सेवा परिदृश्य अनि उपचार खर्चलाई प्रतिविम्बित गर्ने क्षेत्र विशेष कभरेज प्रदान गर्दै स्वास्थ्य सेवामा पहुँचको खाड़ललाई पूरा गर्ने लक्ष्य राखेको छ।

तपाईँकोलागि योजनामा अस्पतालमा भर्ना भई उपचार गराइएको खर्च, उन्नत प्रक्रियाहरू जस्तै रोबोटिक सर्जरी अनि स्टेम सेल थेरापी, अङ्ग दानकर्ताको खर्च र डे केयर उपचार आदि समावेश गरिएको छ। यो योजना व्यक्तिगत र फ्लोटर दुवै भेरियण्टमा उपलब्ध छ जसमा बीमाङ्क राशि रु. 5 लाखदेखि रु. 20 लाखसम्म विकल्पहरू पाइनेछ साथै जीवनभरि नवीकरण गर्न सकिने सुविधा पनि छ।

गान्तोक बजारमा यो योजना विशेष गरी व्यक्तिगत स्वास्थ्य सुरक्षाको खोजिरहेका युवा प्रोफेसनलहरू अनि परिवारहरूमा लोकप्रिय हुने अपेक्षा गरिएको छ। यसको किफायती प्रीमियम, लोयल्टी रिवार्ड्स अनि कल्याणमाथि आधारित छुटहरूलाई दीर्घकालीन सुरक्षामा प्रमुख प्रोत्साहन बताएर स्थानीय एजेण्टहरू अनि डिजिटल माध्यमहरूले यस योजनाको सक्रिय रूपले प्रवर्द्धन गरिरहेका छन्।

एमडी तथा सीईओ डा. तपन सिङ्घेलले भने, “तपाईँकोलागि योजनामार्फत हामी स्वास्थ्य बीमालाई राज्यको विशेष आवश्यकता अनुकूल पार्दै पुनःपरिभाषित गरिरहेका छौँ। स्वास्थ्य सुरक्षा असामान्य अधिकार होइन तर सबैको अधिकार हुनुपर्छ।” यस योजनामा फेस्टिभ बोनस र क्यासलेस डिस्काउण्ट जस्ता विशेष सुविधाहरू पनि उपलब्ध छन् जसले गर्दा तपाईँकोलागि योजना सिक्किमको स्वास्थ्य आवश्यकताहरूमा एक व्यापक समाधान बन्नेछ।

https://www.bajajallianz.com/health-insurance-plans/aapke-liye.html

By Business Bureau