भारतको अग्रणी निजी साधारण बीमा कम्पनी बजाज अलियाञ्ज जनरल इन्स्योरेन्सले हरआईजोनकेयर सार्वजनिक गरेको छ। विशेष रूपमा महिलाको विकसित हुँदै गइरहेको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको समावेशी स्वास्थ्य बीमा उत्पाद हो यो। यस व्यापक पोलिसीले गम्भीर रोग, मातृत्व तथा प्रजनन स्वास्थ्य, कल्याण र थप धेरै पक्ष समेट्दै महिलाहरूलाई जीवनका विभिन्न चरणहरूमा वित्तीय सुरक्षा प्रदान गर्न सहयोग गर्नेछ। हरआईजोनकेयर भारतमा पहिलो स्वास्थ्य बीमा योजना हो जसले महिलाका विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न एकै पोलिसीअन्तर्गत धेरै विशेष सुरक्षा कभरेजहरू प्रदान गर्दछ।
हरआईजोनकेयरले दुई व्यापक सुरक्षा योजनाहरू- भिटा शिल्ड र क्र्याडल केयर उपलब्ध गराउँछ साथै विशिष्ट स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न अतिरिक्त वैकल्पिक कभरेजहरूको सुइट पनि प्रदान गर्दछ। यस घोषणाका क्रममा बजाज अलियाञ्ज जनरल इन्स्योरेन्सका एमडी तथा सीईओ श्री तपन सिंघलले भने, “महिलाहरू हाम्रा कर्मस्थल, परिवार र समाजको मेरुदण्ड हुन्। तर तिनीहरूको स्वास्थ्य आवश्यकताहरूलाई प्रायः अदेखा गरिन्छ।”
हरआईजोनकेयरले एचपीभी खोपका लागि छुट, प्रारम्भिक बीमा प्रवेश, वफादारी र दीर्घकालीन बीमा योजनामा प्रिमियम छुटसहित लचिलो र किफायती योजनाहरू प्रदान गर्दछ। यो बीमा योजना 18 देखि 80 वर्षका महिलाहरू र 90 दिनदेखि 3.5 वर्ष उमेर समूहका बालकबालिकाहरूका लागि उपलब्ध छ। बीमाको रकम 3 लाखदेखि 2 करोड़सम्म चयन गर्न सकिन्छ।