माल खण्डअन्तर्गत बाग्राकोट चियाबारी आजदेखि खोलिएको छ । धेरै सङ्घर्ष अनि बैठकहरू गरेर ६ वर्षपछि बाग्राकोट चियाबारी खोलिएको हो आदिवासी कल्याण विकास एवं अन्य पछौटे वर्गका मन्त्री बुलु चिकबराइक फिता काटेर चियाबारी खोले यस कार्यक्रममा मन्त्रीसँगै अलिपुरद्वार सांसद जोन बारला, चियाबारीका मालिक सुरजीत बक्सीसहित अन्य महानुभावहरू मञ्चमा उपस्थित थिए । बिहानैदेखि चियाबारी खोलिने खबरले श्रमिकहरू
अत्यन्तै उत्साहित बनेका थिए । मुसलधारे पानीको पनि पर्वाह नगरी श्रमिकहरू नयाँ मालिकको एक झलक पाउन बिहानदेखि कुरेर बसेका थिए । मन्त्री बुलु चिकबराइकले भने, बाग्राकोट चियाबारीका श्रमिकहरूको सपना आज पूरा भएको छ । लामो समयदेखि यहाँका मानिसहरूले चियाबारी खोलिनुपर्ने माग गरिरहेका थिए ।
बन्द रहेको बाग्राकोट चियाबारी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्दे शमा खोलिएको छ । आगामी दिन डुवर्सका अन्य बन्द चियाबारीहरू पनि
एक एक गर्दै खोलिनेछ। अलिपुरद्वार सांसद जोन बारलाले भने, आज डुवर्सवासीको निम्ति अत्यन्तै खुशीको दिन हो अथक प्रयासपछि आजदेखि मेरिगो कम्पनीले बाग्राकोट चियाबारी लिएको छ । कम्पनीका मालिक सुरजित बक्सीले श्रमिकहरूलाई उपहार स्वरूप छाता पनि प्रदान गरे । सांसदले अझ भने, यो चियाबारी खोलाउन हामी सबै एक भएर लागिपरेका थियौं भने डुवर्सका अन्य बन्द चियाबारीहरू खोलाउन पनि मिलेर नै कार्य गर्नेछौं । चियाबारीका नयाँ मालिक सुरजित बक्सीले भने, श्रमिकहरूको हितका लागि आजदेखि चियाबारी खोलिएको छ। १ जुलाईदेखि सम्मेलन टी एण्ड बेभरेजको नियम कानूनको अधीनमा चियाबारीमा कार्य आरम्भ गरिएको छ । ज्ञात रहोस बाग्राकोट चियाबारी २०१५ मा डङ्कन्स कम्पनीले यहाँका १४०० स्थायी श्रमिकहरूलाई निराश बनाएर चियाबारी बन्द गरेर छोडेर गएको थियो । त्यस समयदेखि नै चियाबारीका नै श्रमिकहरू अवस्था दिन प्रतिदिन सोचनीय बन्दै गइरहेको थियो ।