भारतको G20 अध्यक्षता अन्तर्गत B20 बैठक बिहीबार सिक्किम को गान्तोक मा सुरु भयो। बैठकमा २४ देशका करिब ५० विदेशी प्रतिनिधि सहित १०० भन्दा दैरै प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा राज्य को जीवन्त जैविक खेतीलाई बी २० कार्यक्रम मार्फत विश्वसामु प्रमुखताका साथ प्रदर्शन गरिएको थियो । यसले पर्यटन, आतिथ्य र औषधि जस्ता उद्योगहरूमा सहयोगका अवसरहरू खोज्नमा पनि ध्यान केन्द्रित गरेको छ।
यसैबीच सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ ले सम्मेलनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गरे। उनले सिक्किमलाई विश्वको ‘ग्रीनेस्ट एग्रो-इकोलोजिकल गन्तव्य’ को रूपमा स्थापित गर्न सहयोगको अपील गरे। उनले भने कि सिक्किम लाई यस्तो हरित प्रविधि चाहिन्छ जसले सीमित कृषि भूमिबाट राम्रो उत्पादन सुनिश्चित गर्न सक्छ। मुख्यमन्त्री तामाङ ले प्रदेशका नयाँ पुस्ता का कृषकको क्षमता विकासका साथै अर्गानिक खेती सम्बन्धी नयाँ तरिकाको तालिम दिनुपर्नेमा जोड दिए । B20 बैठकको शीर्षक ‘पर्यटन, आतिथ्य, औषधि र अर्गानिक खेतीमा बहुपक्षीय व्यापार साझेदारीका लागि अवसरहरूमा सम्मेलन’ थियो।
बैठकमा सरकारी अधिकारीहरू, नीति निर्माताहरू, व्यवसायी नेताहरू, सीईओहरू, बहुपक्षीय संस्थाका प्रतिनिधिहरू र स्थानीय उद्यमीहरूको संलग्नतामा B2B र B2G कार्यक्रमहरू पनि थिए। यस बैठकले सिक्किमलाई आर्थिक सम्भावनाहरू खोल्न र G20 देशहरूको व्यापारिक समुदायहरूसँग साझेदारीको लागि मार्ग प्रशस्त गर्ने अवसर प्रदान गरिरहेको छ।