07
Aug
सिलगढी (न्युज एशिया) छिमेकी मुलुक बंगलादेशमा अहिले पनि वातावरण निकै खराब छ तर पहिलेको तुलनामा अवस्था केही सुधार भएको छ । यही कारणले आजदेखि सिलगढी र भारत–बंगलादेशको सीमावर्ती फुलबारी अन्तरशताब्दी सीमानाबाट दुई देशबीच आयात–निर्यात सुरु भएको हो । जसका कारण व्यवसायीले राहतको सास फेरेका छन् ।व्यवसायीले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा मात्रै करिब चार करोड रुपैयाँ घाटा भएको छ । फुलबारी नाकाबाट आयात–निर्यात बन्द हुँदा मात्रै यो घाटा भएको हो । बंगलादेशमा भएको विद्रोहपछि भारत सरकारले अगस्ट ४ देखि सीमामा आयात–निर्यातमा प्रतिबन्ध लगाएको थियो । नाका बन्द हुनेबित्तिकै सीमामा ट्रकको लामो लाइन लागेको थियो ।लगातार तीन दिनसम्म सिल गरिएको…
