22
Feb
यस वर्ष माध्यमिक परीक्षा २३ फेब्रुअरीबाट सुरु हुँदैछ। उनको तयारी सकिएको छ । तर, माध्यमिक बोर्डले प्रश्नपत्र बाहिरिएपछि नक्कल हुन नदिन यस वर्ष थप कदम चालेको छ । परीक्षा केन्द्रमा निरिक्षकसँगै फ्लाइङ गार्ड पनि रहने बताइएको छ जसले शंकास्पद परीक्षार्थीमाथि निगरानी राख्नेछन् ।यस वर्ष सिलगढी शिक्षा जिल्लामा माध्यमिक परीक्षार्थीको संख्या १३ हजार २३४ रहेको छ । गत वर्ष उम्मेदवारको संख्या १४ हजार २३९ थियो । गत वर्षको तुलनामा यस वर्ष उम्मेदवारको संख्या निकै कम रहेको तथ्याङ्कले देखाएको छ । स्रोतका अनुसार कोभिड महामारीका कारण धेरै विद्यार्थीको पढाइ रोकिएको छ । जसका कारण संख्या घटेको हो । यसबाहेक उम्मेदवारको संख्या घट्नुको…