Piyali Poddar

493 Posts
दूधे अस्थायी पुलको निर्माण कार्य समाप्त

दूधे अस्थायी पुलको निर्माण कार्य समाप्त

तीन हप्तापछि 12 नम्बर राज्य मार्ग खोलिएको छ। आइतवारदेखि दूधे हुँदै मिरिकतर्फ वाहनहरूको आवागमन गर्न सकिनेछ। यद्यपि सरकारी रूपमा सड़क सोमवार खोलिनेछ। पीडब्ल्यूडी विभागका एकजना अधिकारीले यस विषयमा शनिवार रातभरि पुल निर्माणको काम हुने स्पष्ट जानकारी दिएका छन्। अर्को दिन अर्थात् आइतवारको बिहानसम्म पुल निर्माणको काम समाप्त गर्न भनिएको छ। त्यसपछि गाड़ी चलाएर परीक्षण गरिनेछ। सबै ठिक रहे सोमवारदेखि सामान्य यातायात आरम्भ हुनेछ। तर गह्रौँ वस्तु बोक्ने गाड़ीहरूको आवागमनमा अहिले अनुमति दिइएको छैन। ती गाड़ीहरू सुखियापोखरी, घुम, खरसाङ हुँदै जानु पर्नेछ।4 अक्टोबर राति भीषण वर्षासितै बालासन नदीमा तीव्र जल स्तरमा वृद्धि भयो। त्यसकारण दूधेमा फलामको पुल भत्किएर मिरिकसित सड़क सम्पर्क…
Read More
दार्जीलिङ मोड़मा भयावह आगलागी

दार्जीलिङ मोड़मा भयावह आगलागी

बितेको राति सिलगढ़ीको दार्जीलिङ मोड़ क्षेत्रमा भयावह आगलागीको घटनाले क्षेत्रभरि होहल्ला मच्चाइदियो। आगो यति तीव्र फैलियो कि हेर्दाहेर्दै चारवटा फर्निचर पसलहरू पूरै जलेर स्वाहा भए भने अर्को पसल आंशिक रूपले क्षतिग्रस्त भएको छ।स्थानीय सूत्रहरूबाट प्राप्त जानकारीअनुसार, राति अचानक आगोको लपेटाहरू देखिएपछि मानिसहरू आफ्ना घरबाट बाहिर निस्किए। घटनाको जानकारी पाएर दमकल विभागका पाँचवटा गाड़ी घटनास्थलमा आइपुगे अनि धेरै घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइयो। तर आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर प्रारम्भिक जाँचमा यो शर्ट सर्किटको कारण भएको हुन सक्ने अनुमान गरिएको छ। चाड़पर्वको यस मौसममा लागेको यस भीषण आगलागीले व्यापारीहरूलाई ठूलो क्षति पुऱ्याएको छ। स्थानीय वासिन्दाहरू पनि यस…
Read More
जाली जन्म–मृत्यु प्रमाणपत्र बेच्ने गिरोह उदाङ्गो

जाली जन्म–मृत्यु प्रमाणपत्र बेच्ने गिरोह उदाङ्गो

जाली जन्म–मृत्यु प्रमाणपत्र बिक्रीको मामिलामा पक्राउ परेका युवकलाई सोधपुछ गरेपछि समग्र गिरोहलाई पक्राउ गर्न सकिने पुलिसको आशा छ। बुधवार मतिगढ़ास्थित बङ्गला सहायता केन्द्रका डेटा एण्ट्री अपरेटर नवजीत गुहानियोगीलाई खोरीबारी थाना पुलिसले पक्राउ गरेको हो। तर मुख्य आरोपी पार्थ साहा भने भागेका छन्। तिनी सिलगढ़ी जिल्ला तृणमूल महिला कङ्ग्रेसकी एक नेत्रीका छोरा हुन्। जाली मतदाता परिचयपत्र र आधार कार्ड बनाउनका लागि यो गिरोह केही समयदेखि भारत–नेपाल सीमा क्षेत्र खोरीबारी क्षेत्रमा सक्रिय रहेको पुलिसले प्रारम्भिक जाँचबाट पत्तो लगाएको छ। ग्रामीण क्षेत्रका जन्म प्रमाणपत्रहरू ब्लक प्राथमिक स्वास्थ्य केन्द्रबाट अनलाइन रूपमा तयार हुने भएकाले ती ग्रामीण अस्पतालहरूलाई नै लक्ष्य बनाइएको हुन सक्ने पुलिसको शङ्का…
Read More
असममा रेल लाइनमा ध्वंस प्रयासको आरोप

असममा रेल लाइनमा ध्वंस प्रयासको आरोप

रेल लाइनमा बम विष्फोट गरेर तोड़फोड़को आरोपले असम फेरि चर्चामा आएको छ। अलिपुरद्वार शहरबाट लगभग 80 किलोमिटर टाढ़ा असमको सालाखाटी र कोकराझारबीच बुधवार राति विस्फोट गराई रेल ट्रयाक उडाइदिएको आरोप उठेको छ। रेल अधिकारीहरूको भनाइअनुसार लगभग दुई फिट लामो रेल ट्र्याक भत्किएको छ। ट्रयाकबीच सिमेण्टका स्लीपरहरू पनि क्षतिग्रस्त भएका छन्। झण्डै 25 हजार भोल्ट विद्युत प्रवाह गर्ने तारलाई समेत क्षति पुगेको बताइएको छ। त्यसपछि मरम्मतीका कारण रेल यातायात केही समयका लागि अवरुद्ध भयो र धेरै रेलहरू विलम्ब चल्न थाले। राति लगभग 1 बजी चिनी लादिएको एक मालगाड़ी त्यही रेलमार्ग हुँदै गइरहेको थियो। विस्फोट भएको स्थानबाट केही टाढ़ा पुगेपछि अचानक झट्का…
Read More
सिलगढ़ीको निजी नर्सिङ होममा आगलागी

सिलगढ़ीको निजी नर्सिङ होममा आगलागी

बिहीवार राति सिलगढ़ीको हाकिमपाड़ास्थित एक निजी नर्सिङ होममा आगलागी भएको छ। अस्पतालको ग्राउण्ड फ्लोरमा रहेको स्टोर रूमबाट अचानक धुँवा र आगोको ज्वाला निस्कँदा रोगी, तिनका आफन्त र अस्पतालका कर्मचारीमा निकै हल्लाखल्लाको स्थिति उत्पन्न भयो। केही क्षणमै भागदौड़ मच्चियो। अस्पताल प्रशासनले तत्काल रोगीहरूलाई सुरक्षित स्थानमा सार्ने कदम चाल्यो। त्यसै वार्ड 12 का काउन्सिलर बासुदेव घोष पनि घटनास्थलमा आइपुगेर उद्धार कार्यमा लागिपरे। खबर पाएपछि सिलगढ़ी दमकल केन्द्रबाट दुईवटा इञ्जिन र सिलगढ़ी पुलिस पनि घटनास्थलमा आइपुग्यो र निरन्तर प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भए।जनघनत्व अधिक रहेको क्षेत्रमा भएकाले आगलागीको खबर फैलिन साथ वरपरका धेरै वासिन्दा आत्तिँदै घर छोड़ेर सड़कमा निस्किए। यसले हाकिमपाड़ा र…
Read More
नोभेम्बरमा उत्तर-पूर्वको पार्वतीय क्षेत्रमा ठूलो युद्ध अभ्यास

नोभेम्बरमा उत्तर-पूर्वको पार्वतीय क्षेत्रमा ठूलो युद्ध अभ्यास

चिकेन नेकको सुरक्षा कमजोर हुन नदिन हिमालयको उच्च क्षेत्रहरूमा भारतीय सेनाले रणकौशल तयार गरिरहेको छ। वायुसेना र नौसेनाले पनि तयारी आरम्भ गरिसकेका छन्। हालै सिक्किम, अरुणाचल प्रदेशसहित पार्वतीय हिमालयका विभिन्न स्थानहरूमा एकपछि अर्को गरी युद्ध अस्त्र भण्डारण गरिँदैछ। नोभेम्बरमै यी तीनै सेनाले संयुक्त रूपमा उत्तर पूर्व भारतमा सबैभन्दा ठूलो युद्ध अभ्यास गर्नेछन्। भारतीय सेनाले उक्त अभ्यासको नाम पूर्व प्रचण्ड प्रहार राखेको छ। अभ्यास नोभेम्बरको शुरुमै हुने सेनाले बताइसकेको छ तर कति दिनसम्म अभ्यास चल्नेछ भन्ने विषय अझै सार्वजनिक गरिएको छैन।विदेशीको अचानक आक्रमण रोक्न सेनाले कस्तो तयारी छ भनी जाँच्न र आक्रमण रोकिसकेपछि कसरी द्रुत रूपमा प्रत्याघात गर्न सकिन्छ भनी अभ्यासमार्फत…
Read More
दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्याकहरूद्वारा पीड़ितहरूलाई आर्थिक सहयोग

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्याकहरूद्वारा पीड़ितहरूलाई आर्थिक सहयोग

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्यापकहरूले मिरिक, सौरेनी, थर्बु नन्दलाल गाउँ, नौ माइल आदि क्षेत्रका पैह्रो पीड़ितहरूसमक्ष पुगेर आर्थिक सहयोग प्रदान गरेका छन्। कलेजका प्राध्यापकहरू पैह्रोले क्षतिग्रस्त बनेका घरहरूमा पुगेर पीड़ितहरूलाई चेकद्वारा रकम हस्तान्तरण गरे। यस अवसरमा बोल्दै प्राध्यपक डा. कबीर बस्नेतले दार्जीलिङ सरकारी महाविद्यालयका शिक्षण, अशिक्षण कर्मचारी, भूतपूर्व प्राध्यपकगण, भूतपूर्व विद्यार्थीहरूद्वारा सङ्ग्रह गरिएको रकम पीड़ितहरूलाई प्रदान गरिएको जानकारी गराए। सबैको साथ र सहयोगले नै यो कार्य सम्पन्न भएको पनि तिनले बताए। विशेष घरविहीन बनेका मानिसहरूलाई आर्थिक सहयोग गरिएको तिनले बताए।गत 4 अक्टोबर बिहानपख आएको विनाशकारी पैह्रोले मिरिक अनि सुके खण्डका धेरै ठाउँहरू प्रभावित बनेका छन् अनि धेरै मानिसहरू घरविहीन बनेका कारण…
Read More
केन्द्रको निर्णयलाई विनय तामाङद्वारा स्वागत

केन्द्रको निर्णयलाई विनय तामाङद्वारा स्वागत

केन्द्र सरकारले दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रको दीर्घकालीन राजनैतिक तथा प्रशासनिक आकाङ्क्षासित सम्बन्धित संवादलाई सहज बनाउन आईपीएस (अवकाशप्राप्त) तथा पूर्व उप राष्ट्रिय सुरक्षा सल्लाहकार पङ्कज कुमार सिंहलाई इण्टरलोक्युटर नियुक्त गरेको छ। यस विषयमा प्रतिक्रिया दिँदै जीटीए सभासद विनय तामाङले विज्ञप्ति जारी गरेर यस निर्णयलाई स्वागत जनाएका छन्।विनय तामाङले भनेका छन्, म भारत सरकारले हालै दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रका दीर्घकालीन राजनीतिक तथा प्रशासनिक सरोकारहरूमा संरचित संवादलाई सहज बनाउन र अघि बढ़ाउनका लागि पङ्कज कुमार सिंहलाई इण्टरलोक्युटर नियुक्त गरेको निर्णयलाई गहिरो प्रशंसा र संस्थागत आदरका साथ स्वीकार गर्दछु। राष्ट्रिय सत्ताको सर्वोच्च स्तरबाट आएको यो निर्णय देशको संवैधानिक ढाँचाभित्र रहेर…
Read More
मेडिकल कलेजको होस्टेलमा कब्जा राजको आरोप

मेडिकल कलेजको होस्टेलमा कब्जा राजको आरोप

सरकारी जमीन कब्जा गरेर पार्टी कार्यालय, नाला मिचेर बनाइएका बहुतल्ले भवन, नाला पुरेर बनाइएका पसल घर आदि सबै ठाउँमा अतिक्रमण चलिरहेको छ। उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालका होस्टेलका भवनहरू पनि अपवाद होइनन्। यहाँ हाउस स्टाफका लागि छुट्टै होस्टेल छ। तर पनि तिनीहरूकै एक हिस्सा विभिन्न होस्टेलका कोठा कब्जा गरेर मज्जाले बसिरहेका आरोप छ। पोस्ट ग्र्याजुएट ट्रेनी, जेनरल ड्युटी मेडिकल अफिसर पदमा कार्यरत अनेक पूर्व विद्यार्थीले अझै होस्टेल छाड़ेका छैनन्। ती सिनियरहरूको हातबाट नयाँ विद्यार्थीहरू प्रायः अपमानित हुनुपर्ने पनि बताइन्छ।कलेज प्रशासनका ठूलाहरूले यस विषयमा सबै जान्दाजान्दै मौन रहेका आरोप छ। बरु सत्तारूढ़ दलसित नजिक रहेका आरोपीहरूलाई केही व्यक्तिहरूले अझ प्रोत्साहन…
Read More
बाँध पहिल्यै काटिएको पोड़ाझार वासिन्दाको आरोप

बाँध पहिल्यै काटिएको पोड़ाझार वासिन्दाको आरोप

महानन्दा नदी किनारको जमीन मिचेर बिक्री गर्ने कार्यमा केही व्यक्तिहरू संलग्न रहेका सिलगढ़ीका मेयर गौतम देवले स्वीकार गरेका छन्। तर गत 4 अक्टोबर बिहानै महानन्दामा जल स्तर बढ़ेपछि फूलबारी 1 ग्राम पञ्चायतअन्तर्गत पर्ने पोड़ाझार क्षेत्रमा बाँधको बीचको भाग भास्सिएको विषयबारे विवाद आरम्भ भएको छ। जमीन माफियाहरूले नदी किनारको भाग बिक्री गर्न बाँधको बीच भाग काटेर बाटो बनाएका आरोप छ। पोड़ाझारको राधाकृष्ण कोलोनीका वासिन्दाहरू उक्त बाटो भएर आउजाउ गर्थे। त्यहाँ कल्भर्ट पनि बनाइएको थियो। त्यसै कल्भर्ट र बाटो महानन्दाको तीव्र भेलमा बगेर गएको स्थानीय वासिन्दाहरूको दाबी छ।तर पोड़ाझारका तृणमूल ग्राम पञ्चायत सदस्य राजु मण्डलको तर्क फरक छ। तिनले भने, बाँध कसैले…
Read More