Piyali Poddar

569 Posts
रेलमार्गमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय

रेलमार्गमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय

असमको होजाईस्थित लामडिङ डिभिजनमा राजधानी एक्सप्रेसको ठक्करले सातवटा हात्तीको मृत्यु भएको घटनापछि पश्चिम बङ्गालमा पहिलोपल्ट परीक्षणका रूपमा रेल ट्र्याकमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय जलदापाड़ा वन विभागले लिएको छ। हाल उत्तर–पूर्व सीमावर्ती रेलवेको डुवर्स रूटअन्तर्गत मदारीहाट र निलपाड़ा रेञ्ज हुँदै जाने रेल ट्र्याकका दुईवटा हात्ती करिडोरमा वायरलेस सीसी क्यामेरा जड़ान गरिनेछ। यी क्यामेराहरू सिधै जलदापाड़ा राष्ट्रिय निकुञ्जको मुख्य कण्ट्रोल रूमबाट निगरानी गरिनेछ। यी क्यामेराहरूमा 24 घण्टै निगरानी गरिनेछ। ती दुई क्षेत्रमा हात्ती रेल लाइनमा प्रवेश गरे लगत्तै अलिपुरद्वार डीआरएम कार्यालयको कण्ट्रोल रूममा सूचना पठाइनेछ। यसका माध्यमबाट जङ्गली जनावरहरूले रेल लाइन पार गर्ने बेला उक्त ट्र्याक हुँदै आउने रेलहरूको गति…
Read More
मेधावी विद्यार्थीहरूलाई सम्मान कार्यक्रम

मेधावी विद्यार्थीहरूलाई सम्मान कार्यक्रम

सुके खण्डको ग्राम सुधारक समिति निज गाउँ मगरजोङ चियाबारीको तत्त्वावधानमा वार्षिक कार्यक्रम सम्पन्न गरिएको छ। यस वार्षिक कार्यक्रमको अध्यक्षता समितिका सभापति धनकुमार मोक्तानले गरेका थिए। सचिव भक्त प्रधानले सञ्चालन गरेका कार्यक्रममा गाउँका तेह्रजना मेधावी विद्यार्थीहरूलाई सम्मान पत्र एवं नगद राशि प्रदान गरेर भव्यतापूर्वक सम्मान जनाइयो।यस वर्षको माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएसई, नीट परीक्षामा सर्वोत्कृष्ट अङ्क लिएर क्षेत्रको नाम रोशन गर्ने समाजका मेधावी विद्यार्थी क्रमैले फूलसाङ तामाङ, नवाङ्गी तामाङ, प्रयासना प्रधान, प्रियञ्जली प्रधान, अनमोल राई, सुजल राई, श्रवण प्रधान, रिहान राई, अन्वेषी प्रधान, मेघा प्रधान, आस्था तामाङ, नामग्याल तामाङ, अनन्त राईलाई बधाई एवं शुभकामनासितै सम्मान पत्र प्रदान गरियो। समाज भवनमा सम्पन्न…
Read More
युनाइटेड ट्याक्सी सेण्डिकेट भागोप्रमोमा आबद्ध

युनाइटेड ट्याक्सी सेण्डिकेट भागोप्रमोमा आबद्ध

युनाइटेड ट्याक्सी सेण्डिकेट वेल्फेयर एसोसिएशन आज औपचारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को भातृ सङ्गठनको रूपमा आबद्ध भएको छ। दार्जीलिङस्थित भागोप्रमोको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एसोसिएशनले पार्टीको झण्डा ग्रहण गरेको हो।कार्यक्रममा पार्टीका महासचिव अमर लामा, राजेश चौहान, उदय देवान, प्रभाष्कर ब्लोन अनि आलोक कान्तमणि थुलुङलगायत अन्य नेताहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा सेण्डिकेट एसोसिएशनको भागोप्रमो पार्टीमा प्रवेश कार्यक्रम सम्पन्न भयो। 17 वटा ट्याक्सी सेण्डिकेट मिलेर बनिएको यस वेलफेयर एसोसिएशनले पार्टीप्रति विश्वास र सहकार्यको प्रतिबद्धता जनाएको छ।कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै एसोसिएशनका महासचिव रवि थापाले पार्टीमा ट्याक्सी चालक तथा सञ्चालन समुदायको प्रवेश संस्थागत सङ्गठन विस्तारको दृष्टिले ऐतिहासिक रहेको बताए। तिनले आगामी…
Read More
मिरिकमा पर्यटक आगमनमा वृद्धि

मिरिकमा पर्यटक आगमनमा वृद्धि

क्रिसमस पर्व अनि अङ्ग्रेजी नयाँ वर्षअघि मौसम घमाइलो र रमाइलो बनेपछि दार्जीलिङ पहाड़का सुन्दर पर्यटन केन्द्रहरूमध्ये एक मिरिकमा अहिले पर्यटकहरूको आगमनमा वृद्धि हुन थालेको छ। मिरिकमा अपराह्नपछि चिसो बढ़े पनि दिनमा खुल्ला आकाशसितै मौसम न्यानो रहने हुँदा सुन्दर हिमाल र प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई मोहित बनाउँछन्। फेरि मिरिक झीलमा नौका सवारी, झील परिसरमा घोड़ा सवारी, थ्री सिक्टी सेल्फी पोइण्ट, मिरिक फूलबारी, इन्द्रेणी पुल, आय लभ मिरिक, मिरिक हेलीप्याड आदि स्थानहरूमा पर्यटकहरूले मनोरञ्जन गर्छन्। मिरिकमा पर्यटकहरूको आगमन हुन थालेपछि स्थानीय पर्यटन व्यवसायीहरूको मुहारमा पनि आनन्दाभूति देख्न पाइन्छ।मिरिक पर्यटन केन्द्रमा थ्री सिक्टी सेल्फी क्यामेराले फोटो खिच्ने अभिषेक ब्राह्मिन अनि यवन प्रधानले भने, मिरिकको…
Read More
टोटो सफारीले चर्चित लालपुल र छोयाफेली वनबस्ती

टोटो सफारीले चर्चित लालपुल र छोयाफेली वनबस्ती

लाटागुड़ी बजारदेखि नेउरा चियाबारी हुँदै पुगिन्छ लाल पुल अनि धूपझोड़ा बजारदेखि बड़ादिघी चियाबारी हुँदै लगभग 7 किलोमिटर टाढ़ो छोयाफेली वनबस्ती पुगिन्छ। केही वर्ष अघिसम्म यी दुई ठाउँबारे खासै कसैलाई जानकारी थिएन। यी स्थानहरू लोकप्रिय पर्यटन गन्तव्य बन्न सक्छन् भन्ने पर्यटन क्षेत्रका कसैले कल्पनासम्म गरेका थिएनन्। तर अहिले यी दुई ठाउँमा पुगेपछि मानिसहरूको भीड़ देख्न सकिन्छ। केही वर्षमै पूरै दृश्य परिवर्तन भएको छ। यस परिवर्तनको पछाड़ि स्थानीय टोटो चालकहरूको ठूलो भूमिका छ। यसबाट तिनीहरूको आम्दानीको बाटो सहज बनेको छ भने लाटागुड़ी घुम्न आएका पर्यटकहरू पनि केवल परिचित स्थानमै घुमेर फर्किरहेका छैनन्। कम्तीमा एकपल्ट भए पनि यी अफबिट स्थलहरू एक्सप्लोर गरेर पर्यटकहरू…
Read More
क्रिसमस–नयाँ वर्षअघि डुवर्समा पर्यटकहरूको चहलपहल

क्रिसमस–नयाँ वर्षअघि डुवर्समा पर्यटकहरूको चहलपहल

दुर्गा पूजापछि डुवर्सका जङ्गल क्षेत्रमा खासै भीड़ देखिएको थिएन। त्यसपछि नोभेम्बरको आरम्भसितै एसआईआर प्रक्रिया आरम्भ भयो। घरमै बीएलओ आएर फर्किएपछि नाम मतदाता सूचीमा नपर्न सक्ने आशङ्काले धेरै मानिस घरबाट बाहिर निस्किएनन्। त्यससितै राज्यका विभिन्न विद्यालयहरूमा वार्षिक परीक्षा पनि आरम्भ भयो। यी सबै कारणले डुवर्सको पर्यटन व्यवसाय सुस्त अवस्थामा थियो। तर क्रमशः सबै समस्या समाधान हुँदै गए अनि एसआईआरको फारम बुझाउने चरण सम्पन्न भइसकेको छ। विद्यालयमा परीक्षा पनि अन्तिम चरणमा पुगेको छ। यी सबै कारणले गर्दा अब डुवर्सका जङ्गल क्षेत्रमा पर्यटकहरूको भीड़ बढ्न थालेको छ। लाटागुड़ी जङ्गल सफारी, गोरुमारा वाचटावरलगायत महत्त्वपूर्ण पर्यटन केन्द्रहरूमा भीड़ देखिन थालेको छ। होटल, रिसोर्ट र होम–स्टेहरूमा…
Read More
बिहारबाट चोरीको सुन र चाँदीका गहनासहित चोर अनि सुन व्यवसायी पक्राउ

बिहारबाट चोरीको सुन र चाँदीका गहनासहित चोर अनि सुन व्यवसायी पक्राउ

पुलिसले चाहे के गर्न सक्दैन भन्ने कुराको फेरि एकपल्ट प्रमाण दिएको छ सिलगढ़ी मेट्रोपोलिटन पुलिसले। उजुरी दर्ता भएको केवल छ दिनभित्रै लगभग 6 लाख रुपियाँ बराबरको चोरी भएको सुन र चाँदीका गहना उद्धार गर्दै प्रधाननगर थानाअन्तर्गतको एण्टी क्राइम ब्राञ्चले ठूलो सफलता प्राप्त गरेको छ। यस घटनामा चोरसँगै चोरीका गहना किन्ने आरोपमा एक जना सुन व्यवसायीलाई पनि पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार गत 13 तारिख सिलगढ़ीको 46 नम्बर वार्डअन्तर्गत प्रफुल्लनगर क्षेत्रका वासिन्दा चन्दु कुमार मण्डलले प्रधाननगर थानामा लिखित उजुरी दर्ता गराएका थिए। उजुरीमा तिनले 28 तारिख राति आफ्नै घरबाट लगभग 6 लाख रुपियाँ बराबरको सुन र चाँदीका गहना चोरी भएको जानकारी…
Read More
313 जीटीए शिक्षकहरूको नोकरी रद्दको फसेला

313 जीटीए शिक्षकहरूको नोकरी रद्दको फसेला

शिक्षक नियुक्तिमा भ्रष्टाचारको विवादले लामो समयदेखि राज्यको राजनीति तातिएको छ। यसअघि राज्यका 26 हजार शिक्षक तथा शिक्षाकर्मीले नोकरी गुमाइसकेका छन्। यसपल्ट गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) क्षेत्रमा नियुक्तिमा भ्रष्टाचारको आरोपमा 313 जना शिक्षकको नोकरी रद्द गर्न कलकत्ता उच्च न्यायालयका न्यायाधीश विश्वजित बसुले आदेश दिएका छन्।बुधवार न्यायाधीश बसुले तत्काल यी शिक्षकहरूको वेतन रोक्ने निर्देशन दिए। साथै यी शिक्षकहरूको शैक्षिक योग्यता के हो भन्ने विषयमा पनि न्यायाधीशले प्रश्न उठाए। केही समयपछि विधानसभाको चुनाउ हुन लागेको सन्दर्भमा यस फसेलाले जीटीए तथा अनित थापामाथि दबाउ बढ़्ने राजनीतिक जानकारहरूको ठहर छ।यता विज्ञप्ति जारी गरेर जीटीए कार्यपाल अनित थापाले शिक्षक-शिक्षिकाहरूको पक्षमा दृढ़तापूर्वक उभिएको बताएका छन्। तिनले लेखेका…
Read More
सिलगढ़ीमा उन्नोयनेर पाञ्चली अभियान आरम्भ

सिलगढ़ीमा उन्नोयनेर पाञ्चली अभियान आरम्भ

राज्य सरकारद्वारा सञ्चालन गरिएका विभिन्न विकासका पहलहरूलाई जनसाधारणसमक्ष प्रस्तुत गर्ने उद्देश्यमा बुधवार सिलगढ़ीमा उन्नोयनेर पाञ्चाली अभियान शुभारम्भ गरिएको छ। कार्यक्रममा सिलगढ़ीका मेयर गौतम देव, उप-मेयर रञ्जन सरकार, नगर निगमका विभिन्न काउन्सिलरहरू तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।मेयर गौतम देवले यस पहलमार्फत स्वास्थ्य साथी, लक्ष्मी भण्डार, कन्याश्री, सबूज साथी, खाद्य साथी लगायत राज्य सरकारका विभिन्न कल्याणकारी योजनाहरूको लाभहरू जनतासमक्ष पुर्याौउने लक्ष्य रहेको बताए।उन्नोयनेर पाञ्चाली झाँकीले सिलगढ़ी नगर निगमका डाबग्राम, फूलबारी तथा वरिपरिका विभिन्न क्षेत्रहरूमा भ्रमण गर्नेछ। यो अभियान आगामी 15 जनवरीसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। मेयर देवले विकास परियोजनाहरू कार्यान्वयन गर्नु मात्र पर्याप्त नभएर ती उपलब्धिहरूको सन्देश जनतासमक्ष पुग्नु पनि…
Read More
डीडीसीकेएमयूले पैह्रो पीड़ितहरूलाई घर निर्माण गरिदिने

डीडीसीकेएमयूले पैह्रो पीड़ितहरूलाई घर निर्माण गरिदिने

माकपाको श्रमिक सङ्गठन दार्जीलिङ जिल्ला चियाकमान मजदुर युनियन (डीडीसीकेएमयू)ले थर्बु चियाबारीका चार पैह्रो पीड़ितहरूको घर निर्माणको जिम्मा लिएको छ। घर निर्माणका लागि टिनको छानो वितरण गर्ने कार्य थर्बु नन्दलाल गाउँ सार्वजनिक भवनमा गरिएको छ। मङ्गलवार इष्टर्न रेलवे मेन्स युनियनका अध्यक्ष चितरञ्जन सरकार, महासचिव अरूप गाङ्गुली, वित्तीय सचिव किष्टेण्डु मुखर्जी अनि जोनल युथ सचिव प्रलाद दत्त सामग्री लिएर आएका थिए। तिनीहरूले पीड़ितहरूलाई टिनको छानो साथै लुगाफाटाहरू वितरण गरे। यस अवसमा माकपा नेता सचिन खाती, डीडीसीकेएमयूका सदस्य किस्मत तामाङ, थर्बु युनिटका सदस्य सुवर्ण राई आदि उपस्थित थिए। यस अवसरमा बोल्दै माकपा नेता सचिन खातीले भने, गत 4 अक्टोबरमा गएको विनाशकारी पैह्रोले धेरै…
Read More