29
Jan
तस्वीर विवादमा यसपटक तृणमूल सतर्क बनेको छ। यसपल्ट तृणमूलको विधानसभा कार्यकर्ता सभा कोचबिहारको दक्षिण विधानसभामा आयोजना हुँदैछ। आगामी 31 जनवरीमा उक्त सभा हुने तय भएको छ। विवाद टार्नका लागि उक्त सभाको प्रचारमा हालसम्म कुनै पनि जिल्ला नेताको तस्वीर प्रयोग गरिएको छैन। सामाजिक सञ्जालमा प्रचारका लागि दिइएका पोस्टरहरूमा केवल मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको तस्वीर मात्र समावेश गरिएको छ। ब्लक नेतृत्वले जानकारी दिएअनुसार, उक्त कार्यकर्ता सभा कदमतला फूटबल खेल मैदानमा आयोजना गरिनेछ। त्यहाँ मञ्च निर्माण कार्य आरम्भ भइसकेको छ। त्यहाँ झुण्ड्याइने पोस्टर वा फेस्टुनमा पनि यी दुई नेताकै मात्र तस्वीर हुने बताइएको छ।यसअघि नाटाबारीसहित केही क्षेत्रमा तृणमूलका सभा सम्पन्न भएको…