29
Dec
जोरबङ्गलो सुकेपोखरी खण्डको नागरी धजे समष्टिअन्तर्गत पर्ने मगरजोङ जितु गाउँका दुईवटा समाजले आगामी मार्च महीनासम्म गाउँको सड़क निर्माण कार्य आरम्भ नभए 2026 को चुनाउमा भोट वहिष्कार गर्ने निर्णय गरेका छन्। हाल वरिपरिका अधिकांश क्षेत्रमा पक्की सड़क निर्माण भइसकेको भए पनि मगरजोङको जितु गाउँमा भने अझै कच्चा सड़कमै यात्रा गर्न स्थानीय वासिन्दाहरू बाध्य छन्। सड़क निर्माणको मागबारे स्थानीय मानिसहरूले लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन्। केही समयअघि विभागीय तहबाट नाला (झोड़ा) निर्माण मात्र गरेर सड़कको काम रोकिएको थियो। त्यसपछि ठेकेदार पक्षले काम पुनः आरम्भ नगरेपछि असन्तोष चुलिएको हो। यसै सन्दर्भमा गत 17 अक्टोबरमा स्थानीय दुई समाजको पहलमा एउटा सभा आयोजन गरियो।…
