14
Nov
बाल दिवसलाई केन्द्र गरेर दार्जीलिङ हिमालयन रेलवेले एक भावनात्मक र मानवीय पहल प्रस्तुत गरेको छ। सिलगढ़ी जङ्क्शनदेखि रङटङसम्म ओटिस्टिक तथा दृष्टिहीन बालक-बालिकालाई विशेष टोय ट्रेन यात्रा सञ्चालन गरियो। हिमाली रेलमार्गको ऐतिहासिकताबीच ससाना अनुहारमा उमङ्ग, आश्चर्य र रङ्गीन हाँसो प्रस्फुटित भयो। आज सिलगढ़ी जङ्क्शन उत्सव स्थलमा परिणत भएको थियो। रङ्गीन बेलुन, खुशीले भरिएका बालक-बालिकाहरू, सङ्गीत र अभिभावकहरूको उत्साहले प्लेटफर्म गुञ्जयमान बनेको थियो। ट्रेन छुट्न साथ प्रत्येक घुम्तीमा उज्याला–छायाँ साथै जङ्गलको हरियाली सौन्दर्यले बालक-बालिकालाई अद्वितीय अनुभव प्रदान गर्यो । कोही झ्यालबाट चिसो हावा छुन खोजिरहेका थिए त कोही फेरि ट्रेनको आवाजमा नाच्दै रमाइरहेका थिए मानौँ रेलको पूरै डिब्बा उत्साहको तरङ्गमा डुबेको थियो।यस…
