Piyali Poddar

569 Posts
4 लाख मानिसहरूलाई नोटिश पठाउने चुनाउ आयोगको तयारी

4 लाख मानिसहरूलाई नोटिश पठाउने चुनाउ आयोगको तयारी

तथ्यगत (लोजिकल) असङ्गतिका कारण कोचबिहार जिल्लामा लगभग 4 लाख मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको छ। जिल्ला प्रशासन सूत्रबाट यस्तै जानकारी सार्वजनिक भएको हो। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गतको सुनुवाइ चरणमा अहिलेसम्म ती व्यक्तिहरूलाई मात्र बोलाइँदै थियो जसले 2002 को सूचीसित कुनै प्रकारको लिङ्क (परिवारका सदस्यको सम्बन्ध) देखाउन सकेका थिएनन्। तर अब तथ्यगत असङ्गतिका कारण जिल्लाका नौवटै विधानसभा क्षेत्रबाट प्रत्येक क्षेत्रमा लगभग 20 देखि 40 हजार मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको खबर छ। यो खबर बाहिरिएसितै विभिन्न क्षेत्रमा चिन्ता बढ़ेको छ।नयाँ रूपमा धेरै मानिसहरू हैरानीको शिकार हुन सक्ने अड़कल राजनैतिक वृत्तमा चल्न थालेको छ। तथ्यगत असङ्गतिका कारण…
Read More
डाउहिलमा विरल प्रजातिको हिरण

डाउहिलमा विरल प्रजातिको हिरण

वर्षको आरम्भमै राज्य वन विभागका लागि अत्यन्तै खुशीको खबर आएको छ। पहाड़ी जङ्गलहरूमा प्रायः कालो चितुवा देखा पर्दै आएको बेला यसपल्ट दार्जीलिङ पहाड़को जङ्गलमा कालो हरिण देखा परेको छ। राज्यको इतिहासमै पहिलोपल्ट सार्वजनिक रूपमा कालो हरिण देखिएको वन विभागले दाबी गरेको छ। वन विभाग सूत्रअनुसार लगभग दस लाख हरिणमध्ये यस्ता एक–दुईवटा मात्र कालो हरिण जन्मिने गर्छन्। त्यसैले बिहीवार बिहान उक्त हरिण देखिएसितै वन विभाग उत्साहित भएको हो। कारण देशभरि यस्तो कालो हरिण अत्यन्तै सीमित सङ्ख्यामा मात्र छन्। साथै जङ्गलभित्र घुमिरहेको उक्त कालो हरिणको दृश्य खरसाङ वन विभागका डीएफओ देबेश पाण्डे स्वयंले क्यामेरामा कैद गर्न सफल भएका हुन्।वन विभागअनुसार कालो चितुवालाई…
Read More
आक्रमणमा बाबा–छोरा घाइते

आक्रमणमा बाबा–छोरा घाइते

सड़कमा एक युवक–युवतीलाई आपत्तिजनक अवस्थामा देखेर विरोध गर्दा सिलगढ़ीको बतासी क्षेत्रका एक व्यवसायी र तिनका छोरा कुटपिटमा परेर घाइते भएका छन्। घटनासित सम्बन्धित बुढ़ागञ्जको चरनाजोतका पाँचजनालाई पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू मोहम्मद हासिमुद्दीन शेख, हासीबुल शेख, हसिना बिबी, रिना खातुन र मेनका खातुन हुन्।पाँचजनालाई पक्राउ गरिएसितै पुलिसले एउटा गाड़ी पनि जफत गरेको छ। पक्राउ परेकाहरूलाई बुधवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको थियो। सिलगढ़ी महकुमा पुलिस अधिकारी सौमजित रायले भने, हुलदङ्गा गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको हो। बतासी रेल स्टेशननजिक गोपाल सरकारको हार्डवेयर पसल छ। मङ्गलवार साँझ पनि तिनी हिँड्न निस्किएका थिए। आरोपअनुसार त्यसै समयमा स्टेशन परिसरमा एक युवक–युवतीको…
Read More
आसी घर आउटपोस्टद्वारा न्यानो कपड़ा वितरण

आसी घर आउटपोस्टद्वारा न्यानो कपड़ा वितरण

जाड़ो बढ्दै गइरहेको अनि अत्यधिक चिसोले दैनिकी प्रभावित बनाइरहेको अवस्थामा विपन्न तथा असहाय परिवारहरूले सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेका छन्। तिनीहरूलाई सहयोग पुर्यापउने उद्देश्यमा आसी घर आउटपोस्टका पुलिस कर्मचारीहरूले मानवीय पहल गर्दै गरीब मानिसहरूलाई न्यानो कपड़ा वितरण गरेका छन्।अफिसर–इन–चार्ज मृण्मय घोषको नेतृत्वमा पुलिस कर्मचारीहरूले आसीघर आउटपोस्ट क्षेत्रमा पर्ने विभिन्न बस्तीहरूमा पुगेर विपन्न परिवारहरूलाई व्यक्तिगत रूपमा न्यानो कपड़ा हस्तान्तरण गरे। उक्त कार्यक्रममा आउटपोस्टका अन्य पुलिस अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।जाड़ोमा आवश्यक सामग्री प्राप्त गरेपछि लाभान्वित परिवारहरूले खुशी र राहत व्यक्त गरे। यस अवसरमा बोल्दै ओसी मृण्मय घोषले यस्ता मानवीय कार्यक्रमहरू आगामी दिन पनि निरन्तर सञ्चालन गरिने बताए। साथै गरीब मानिसहरूबारे पुलिसलाई…
Read More
बक्सा टाइगर रिजर्भमा पर्यटकहरूको भीड़

बक्सा टाइगर रिजर्भमा पर्यटकहरूको भीड़

जाड़ो पर्न साथ अलिपुरद्वारमा पर्यटकहरूको उल्लेखनीय भीड़ देखिन थालेको छ। बक्सा टाइगर रिजर्भमा पर्यटकहरूको आगमन आरम्भ भएको छ। जङ्गलको रोमाञ्च अनुभव गर्न बिहानैदेखि पर्यटकहरू लामो लाइनमा उभिन बाध्य बनेका छन्। बक्सा टाइगर रिजर्भअन्तर्गत पर्ने राजाभातखावा टिकट काउण्टरमा पर्यटकहरूको लामो लाइन देखिएको छ।धेरैजसो पर्यटकहरू कलकत्ता तथा दक्षिण बङ्गालका विभिन्न क्षेत्रबाट बक्साको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आएका छन्। प्राप्त जानकारीअनुसार पर्यटकहरू जयन्ती पहाड़देखि लिएर जङ्गल सफारीसम्म समेटिएको बक्साको सम्पूर्ण रोमाञ्चक अनुभव लिन इच्छुक छन्। एकान्त पहाड़को काखमा रहेको जयन्तीमा रात बिताउँदै प्रकृतिको निःशब्द सौन्दर्य तथा शुद्ध वातावरणको आनन्द लिनु नै पर्यटकहरूको मुख्य आकर्षण बनेको छ।प्रत्येक वर्ष जाड़ो याममा बक्सा टाइगर रिजर्भ पर्यटकहरूका…
Read More
मालदामा बीएलओको मृत्यु

मालदामा बीएलओको मृत्यु

राज्यमा एसआईआरको सुनुवाइ चलिरहेको बेला फेरि एकजना बीएलओको मृत्यु भएको घटना सार्वजनिक भएको छ। बुधवार बिहान सबेरै मालदा जिल्लाको इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रअन्तर्गत फूलबारी पाकुड़तला क्षेत्रमा यो घटना भएको हो। मृत बीएलओको नाम सम्पृता चौधुरी सन्याल (48) हो। तिनी आईसीडीएस कर्मीका रूपमा कार्यरत थिइन्। इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रको 15 नम्बर वार्डअन्तर्गत 163 नम्बर बूथकी बीएलओ थिइन्। सम्पृताका पति अर्धेन्दु चौधुरीअनुसार एसआईआरको कार्यको अत्यधिक चापका कारण केही दिनदेखि नै सम्पृता बिरामी थिइन्। चिकित्सकले तिनलाई विश्राम लिन सल्लाह दिएका थिए। तर कामको चापका कारण तिनलाई विश्राम लिन खासै मौका मिलेन। जाड़ोका कारण तिनी निकै कष्ट पाइरहेकी थिइन्। यी सबै कारणले गर्दा मङ्गलवार मध्य राति…
Read More
एसएफआईद्वारा सिलगढ़ीमा डीआई कार्यालय घेराउ

एसएफआईद्वारा सिलगढ़ीमा डीआई कार्यालय घेराउ

सरकारी विद्यालयहरूमा अतिरिक्त शुल्क असुली, शिक्षक अभाव तथा पूर्वाधारको दयनीय अवस्थाको आरोप लगाउँदै स्टुडेण्ट फेडेरेशन अफ इण्डिया (एसएफआई)ले विरोध प्रदर्शन गरेको छ। सोमवार सिलगढ़ी शहरमा एसएफआई दार्जीलिङ जिल्ला समितिको पहलमा विरोध जुलुस आयोजना गरियो। जुलुसले शहरका विभिन्न महत्त्वपूर्ण मार्ग परिक्रमा गर्दै अन्ततः डीआई कार्यालयअघि पुगेर समापन भयो।यससितै प्रदर्शनकारीहरूले विभिन्न मागहरू अघि सारे। तिनीहरूको मागअनुसार सरकारी विद्यालयमा भर्नाका क्रममा कुनै पनि हालतमा अतिरिक्त शुल्क लिनु हुँदैन, विद्यालयहरूमा तत्काल विषयगत शिक्षक नियुक्ति गर्नुपर्छ र सरकारी विद्यालयहरूको पूर्वाधारको समग्र सुधार सुनिश्चित गर्नुपर्छ। लामो समयदेखि शिक्षक अभाव र पूर्वाधारको कमीका कारण अध्ययन–अध्यापनको वातावरण गम्भीर रूपमा प्रभावित भइरहेको छ एसएफआईको आरोप छ। यसको प्रत्यक्ष प्रभवा…
Read More
पिकनिकमा मदिरा पार्टीका क्रममा झगड़ामा एक व्यक्तिको मृत्यु

पिकनिकमा मदिरा पार्टीका क्रममा झगड़ामा एक व्यक्तिको मृत्यु

मदिरा पार्टीका क्रममा भएको झगड़ाको कारण कुटपिट गरी एक व्यक्तिको हत्या गरिएको छ। घटना बाघडुग्रा थानाअन्तर्गत पुटीमारीको शिमुलतला क्षेत्रमा भएको हो। मृत व्यक्ति नाम निखिल लोहार (47) हो। 31 दिसम्बरर नयाँ वर्षको पूर्व सन्ध्याको राति स्थानीय एक मैदानमा केही युवाहरू पिकनिक गरिरहेका थिए। उमेरले अन्यभन्दा धेरै ठूला भए पनि निखिल पिकनिकमा सहभागी भएका थिए। त्यही समयमा विवाद उत्पन्न भएपछि स्थानीय बिटु साहानी, नितेश कुमारसहित केही व्यक्तिहरूले निखिललाई निर्दय रूपमा कुटपिट गरेका आरोप छ। पछि राति लगभग बाह्र बजीतिर स्थानीय केही व्यक्तिहरूले घाइते अवस्थाका निखिललाई उद्धार गरी घर पुर्यागए। मृत निखिलका छोरा असितले भने, बाबाको मुखबाट निरन्तर रगत बगिरहेको थियो। हामीले…
Read More
सिलगढ़ी नगर निगरमद्वारा 106 संस्थालाई नोटिश

सिलगढ़ी नगर निगरमद्वारा 106 संस्थालाई नोटिश

नगर निगम ऐनलाई अदेखा गर्दै राति सड़कमा फोहोर फाल्ने क्रम बढ़ेको छ। यसबारे नालिश प्राप्त भएपछि सिलगढ़ी नगर निगमको फोहोर व्यवस्थापन विभागले शहरका 106 संस्थालाई नोटिश जारी गरेको छ। सोलिड वेस्ट म्यानेजमेण्ट परियोजनाअन्तर्गत नगरकर्मीहरूले घर–घरबाट मात्र नभई सरकारी तथा निजी संस्थाहरूबाट पनि फोहोर सङ्कलन गर्छन्। यसका साथै नर्सिङहोम र सरकारी अस्पतालहरूबाट छुट्टै रूपमा मेडिकल फोहोर पनि सङ्कलन गरिन्छ। सङ्कलित फोहोर नगरपालिकाको डम्पिङ ग्राउण्डमा लगेर प्रशोधन गरिन्छ।तर केही व्यावसायिक संस्थाहरू नगरपालिकाको शहर सफा राख्ने पहलमा बाधा पुर्यापइरहेका छन् भन्ने गुनासो छ। राति पसल बन्द गर्नअघि तिनीहरूले सड़कमा फोहोर थुपारेर घर फर्किने गरेका छन्। यसको प्रभाव बिहान हिँड़डुल गर्ने सर्वसाधारणले भोग्नु परेको…
Read More
नयाँ वर्षमा दलसिंहपाड़ा चियाबारी सुचारु

नयाँ वर्षमा दलसिंहपाड़ा चियाबारी सुचारु

नयाँ वर्षको आरम्भसितै उत्तर बङ्गालका चियाबारीमा खुशीको खबर आएको छ। बाँकी तलब र बोनस नपाएको कारण लगभग साढ़े दुई वर्षदेखि बन्द रहेको अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकअन्तर्गत दलसिंहपाड़ा चियाबारी अन्ततः खोलिएको छ। चियाबारीका मालिक पक्ष र श्रमिक युनियनका नेताबीच बैठक भएपछि चियाबारी पुनः सञ्चालनमा आएको हो। शुक्रवार बिहानदेखि श्रमिकहरू चियाबारीमा पुगेर कार्य आरम्भ गरे।समस्याको सुरुआत सन् 2023 मा भएको थियो। पूजाअघि बोनस दिने विषयबारे कर्मचारीहरू र चियाबारीका मालिक पक्षबीच विवाद चर्किएको थियो। त्यहाँदेखि यता दलसिंहपाड़ा चियाबारी बन्द नै रहेको थियो। अन्ततः श्रमिक सङ्गठनका नेताहरूसित बैठक भएपछि कर्मचारीहरूले पुनः चियाबारीमा कार्य आरम्भ गरेका हुन्।यसबारे जानकारी दिँदै होलीअघि नै कर्मचारीहरूको बाँकी रकम भुक्तान…
Read More