Piyali Poddar

502 Posts
सड़क दुर्घटनामा बीएलओको मृत्यु

सड़क दुर्घटनामा बीएलओको मृत्यु

कोचबिहारमा एकजना बीएलओको सड़क दुर्घटनामा मृत्यु भएको छ। एसआईआर सम्बन्धी काम सकेर मोटर साइकलमा घर फर्कँदै गर्दा उक्त बीएलओ दुर्घटनामा परे। मृत ललित अधिकारी शीतलकुचीका वासिन्दा थिए। बिहीवार साँझ माथाभाङ्गामा पञ्चानन पुलनजिक तिनको मोटर साइकल दुर्घटनामा परेको बताइएको छ। सूत्रअनुसार तिनको मोटर साइकल र एउटा पिकअप भ्यान मुखामुखी ठोक्कियो। यस दुर्घटनामा तिनी गम्भीर रूपले घाइते भए। तिनलाई पहिले माथाभाङ्गा अस्पताल लगियो। त्यसपछि जिल्लाकै अर्को एउटा निजी अस्पतालमा स्थानान्तरण गरिएको थियो जहाँ ललितको मृत्यु भयो।ललित अधिकारी हाल माथाभाङ्गा मयनातली मोड़ क्षेत्रमा बस्दै थिए। तिनको घर शीतलकुची ब्लकको गोसाइरहाट–बड़ा धापरा–चाँदरा क्षेत्रमा छ। हिजो तिनी सोही क्षेत्रमा अवस्थित 205 नम्बर बूथमा एसआईआरको काम…
Read More
घोड़ा सवारीतर्फ आकर्षित बन्दै पर्यटकहरू

घोड़ा सवारीतर्फ आकर्षित बन्दै पर्यटकहरू

मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षणहरूमध्ये एउटा हो घोड़ा सवारी। मिरिक पर्यटन केन्द्रमा घुम्न आउने अधिकांश पर्यटकहरू घोड़ा सवारीतर्फ आकर्षित बनिरहेका छन्। त्यसैले अधिकांश पर्यटकहरूलाई घोड़ा सवारी गरिरहेको देखिन्छ भने यहाँका धेरै बेरोजगारहरूले घोड़ा सवारी गराएर आफ्नो जीविकोपार्जन गरिरहेका छन्। मिरिक पर्यटन केन्द्रमा अहिले 30 देखि 40 वटा घोड़ाहरू रहेका छन् भने उति नै बेरोजगारहरू यसमा संलग्न रहेर धेरथोर अर्थ आर्जन गरिरहेका छन्।मिरिक पर्यटन केन्द्रमा पर्यटन मौसम आरम्भ भइसकेकाले घोड़ा सवारी गर्ने पर्यटकहरू दैनिक आइरहेका अनि अधिकांश पर्यटकहरूले घोड़ा सवारी गरेर मिरिक झील, हरियाली चियाबारी, सुन्तलाबारी आदिको दृश्य अवलोकन गरिरहेका घोड़ावालाहरू बताउँछन्।दूरीअनुसार पर्यटकहरूले घोड़ा सवारीको शुल्क तिर्नुपर्ने घोड़ावालाहरूले बताउँदै पर्यटकहरूलाई घोड़ा…
Read More
दिलीप बर्मनबारे निर्णयविहीन नगर निगम

दिलीप बर्मनबारे निर्णयविहीन नगर निगम

श्रावणी दत्तलाई पदबाट हटाएर अभया बसुलाई मेयर पार्षदको कुर्सीमा बसाइए पनि विद्रोही मेयर पार्षद दिलीप बर्मनबारे सिलगढ़ी नगर निगमले यसपल्ट पनि कुनै निर्णय लिन सकेन। बुधवार सिलगढ़ीका मेयर गौतम देवले अभया बसुलाई मेयर पार्षद पदमा नामित गरे। गत 2 सेप्टेम्बर आफ्नै वार्डको झगड़ामा नाम जोड़िँदा श्रावणीले मेयर पार्षदको पद गुमाएकी थिइन्। त्यहाँदेखि पद रिक्त थियो। त्यसपछि मेयर गौतम देवले अभयालाई मेयर पार्षदमा समावेश गरिएको घोषणा गरे।तर दिलीप बर्मनको विषयमा तृणमूल कङ्ग्रेसको सिलगढ़ी नगर निगम परिषद दलले शीर्ष नेतृत्वसित आवश्यक कदम चाल्न अनुरोध गरेको छ। बुधवार नगरपालिकामा आयोजना गरिएको पत्रकार भेटघाटमा सत्तारूढ़ दलका 36 जना काउन्सिलरहरूले एकै स्वरमा दिलीप बर्मनविरुद्ध कठोर…
Read More
पुलिस अभियानमा नगद राशि जफत

पुलिस अभियानमा नगद राशि जफत

सिलगढ़ी कमिश्नरेट पुलिसले ठूलो सफलता प्राप्त गरेको छ। बुधवार राति हासमी चौक क्षेत्रमा एक युवकबाट 30 लाख नगद राशि फेला पारिएको छ। त्यसपछि तिनलाई पुलिसले पक्राउ गरेको हो। प्राप्त जानकारीअनुसार, पक्राउ परेका युवकको नाम मोहम्मद वासिम हो। तिनको घर उत्तर प्रदेश हो। गोप्य सूचनाका आधारमा सिलगढ़ी थानाको एण्टी–क्राइम विङले बुधवार राति हासमी चौकमा अभियान चलाएको थियो। उक्त क्षेत्र हुँदै स्कूटरमा यात्रा गरिरहेको बेला वासिमलाई रोकेर तलासी लिइयो। तलासी गर्दा तिनको ब्यागबाट 30 लाख रुपियाँ फेला परेको बताइएको छ।सूत्रअनुसार, पक्राउ परेका युवक भारत–बङ्गलादेश सीमा नजिकैको फूलबारी क्षेत्रमा बस्दै आइरहेका थिए। यति ठूलो रकम कहाँ लगिरहेको थियो भन्ने प्रश्नमा तिनले कुनै स्पष्ट…
Read More
एनजेपी स्टेशनमा अज्ञात महिलाको मृतदेह

एनजेपी स्टेशनमा अज्ञात महिलाको मृतदेह

न्यू जलपाइगढ़ी (एनजेपी) स्टेशनको वेटिङ–रूमबाट एक अज्ञात महिलाको मृतदेह फेला परेको छ। मङ्गलवार एक महिला बिरामी परेकी छन् भन्ने जानकारी पाएपछि जीआरपी र आरपीएफ अधिकारीहरू त्यहाँ पुगेका थिए। सूचना पाएलगत्तै पुलिस कर्मीहरू चिकित्सकलाई साथमा लिएर वेटिङ–रूममा पुगे। चिकित्सकले प्रारम्भिक परीक्षणपछि उक्त महिलालाई मृत घोषित गरेका जानकारी प्राप्त भएको छ। जीआरपी सूत्रअनुसार हालसम्म पनि उक्त महिलाको पहिचानबारे थाहा पाइएको छैन। महिलाले हरियो रङ्गको चुरिदार र रातो रङ्गको प्याण्ट लगाएकी थिइन्। घटनाको जाँच न्यू जलपाइगढ़ी जीआरपीले आरम्भ गरेको छ। साथै महिलाको पहिचानबारे पत्तो लगाउने प्रयास जारी छ। एनजेपी स्टेशनबाट मृतदेह उठाएर पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। पोष्टमर्टमपछि…
Read More
सिङ्गेल चियाबारीका पाँच अग्निपीड़ितहरूको गृह प्रवेश

सिङ्गेल चियाबारीका पाँच अग्निपीड़ितहरूको गृह प्रवेश

15 मई 2025 मा भएको भीषण आगलागीमा सिङ्गेल चियाबारीको कफीबारी, गोदमधुरा क्षेत्रमा पाँचवटा घरहरू जलेर भष्म बनेका थिए। उक्त आगलागीका पीड़ित पाँच परिवारलाई घर पुनर्निर्माण गरेर नयाँ घरमा गृह प्रवेश गराइएको छ। आगलागीमा पाँचवटा घरहरू पूर्ण रूपले जलेर नष्ट भएसितै घरमा राखिएका सबै कागजात र व्यक्तिगत सामग्रीहरू पनि सम्पूर्ण रूपले नष्ट बनेका थिए। घटनापछि स्थलगत निरीक्षणमा गएका जीटीए प्रमुख कार्यपाल अनित थापाले पाँचवटै घर पुनर्निर्माण गरिदिने आश्वासन दिएका थिए।अनित थापाले त्यसै बेला दिवस क्षेत्रीलाई सबै पीड़ित परिवारहरूलाई परिचय सम्बन्धी कागजातहरू पुनः बनाउन कानूनी सहयोग पुऱ्याउने जिम्मावारी दिएका थिए। उक्त निर्देशअनुसार 15 दिनभित्र आवश्यक कागजात तयार गरी पीड़ित परिवारहरूलाई हस्तान्तरण गरिएको…
Read More
दम्पत्तीको मृत्युमा रहस्य यथावत

दम्पत्तीको मृत्युमा रहस्य यथावत

डाबग्राम 2 ग्राम पञ्चायतअन्तर्गत थारुघाटी क्षेत्रमा दम्पत्तीको शव फेला परेको घटनामा रहस्य अझ गहिरिँदै गइरहेको छ। मृत अनमा राय र तपन रायको घाँटीमा धारिलो हतियारले आक्रमण गरेको चोटका दाग भेटिएका छन्। तपनले आफ्नी श्रीमतीलाई हत्या गरेर त्यसै हतियारले आफ्नो घाँटीमा चोट पुर्याभएका पुलिसले दाबी गरेको छ। तर आफैलाई आक्रमण गरेपछि तपनले त्यो हतियार कहाँ फाले? त्यो प्रश्न अहिले दम्पत्तीका परिवारसमक्ष उभिएको छ। पुलिसले गरिरहेको आत्महत्याको दाबी हतियार हराएको घटनाको कारण टिक्ने हो कि होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ। घटनास्थलदेखि साहु खोलाको किनारासम्म सोमवार दिनभरि खोजी गर्दा पनि जाँचकर्ताहरूले त्यो हतियार फेला पार्न सकेनन्। यदि तपनले आफ्नो घाँटीमा आफैले…
Read More
सिलगढ़ीमा सीएए शिविर

सिलगढ़ीमा सीएए शिविर

मतदाती सूचीको विशेष गहन परिशोधन वा एसआईआर मुद्दापछि अब सिलगढ़ीमा सिटिजनशिप एमेण्डमेण्ट एक्ट अर्थात सीएए शिविर आरम्भ गरिएको छ। सोमवार वार्ड नम्बर 24 मा रहेको विधायक कार्यालयमा विधायक शङ्कर घोषले सिटिजनशिप एमेण्डमेण्ट एक्ट (सीएए) शिविर उद्घाटन गरे। शिविरमा आवेदकहरूलाई प्रक्रिया सहज बनाउन कानूनी सहायता, आवश्यक कागजात–सम्बन्धी मार्गदर्शन तथा विभिन्न सेवाहरू उपलब्ध गराइने बताइएको छ।सीएए शिविरको उद्घाटनपछि विधायक शङ्कर घोषले फेरि एकपल्ट एसआईआर र सीएए मुद्दाबारे तृणमूल कङ्ग्रेसमाथि कठोर प्रहार गरे। विधायक घोषअनुसार केन्द्र सरकारका जनहितकारी योजनाहरू कार्यान्वयन हुन नदिन राज्य सरकारले निरन्तर अवरोध सिर्जना गर्दै आइरहेको छ। जनताको अधिकार र लाभसम्म पुग्ने पथमा राज्य सरकारले पटक–पटक बाधा खड़ा गरिरहेको तिनले…
Read More
एक डिजिट लटरीको कारोबार

एक डिजिट लटरीको कारोबार

राज्यमा चलिरहेको सरकारी लटरी होइन कोचबिहारको दिनाहाटामा सिङ्गल डिजिट लटरीप्रति मानिसहरूको मोह बढ़िरहेको छ। जहाँ सरकारी लटरी दिनमा तीनपटक चल्छ त्यहाँ सिङ्गल डिजिट वा एक अङ्कको खेल आधा–आधा घण्टामा हुन्छ। छिटो नाफाको आशामा साधारण मजदुरदेखि ससाना व्यवसायीसम्म लोभको जालमा परेर दरिद्र बन्दै गइरहेका छन्। अर्कातिर सरकारी कोषमा कुनै राजस्व पनि परेको छैन। 12.50 रुपियाँ तिरेर एउटा टिकट काट्दा पचास रुपियाँ नभई सिधै 100 रुपियाँ पाइने व्यवस्था छ।थाहा पाएअनुसार असमका एक व्यक्ति दिनाहाटा शहरमा घर भाड़ामा लिएर यस्तो ऱ्याकेट सञ्चालन गरिरहेका छन्। तिनीसँग सत्तारूढ़ दल नजिकका केही व्यक्तिहरू पनि संलग्न रहेका आरोप छ। जहाँ सरकारी लटरीमा पाँच अङ्कको पहिलो पुरस्कार घोषणा…
Read More
शहरभरि शिलान्यास र सम्मान कार्यक्रम, विपक्षीहरूको कटाक्ष

शहरभरि शिलान्यास र सम्मान कार्यक्रम, विपक्षीहरूको कटाक्ष

गत बुधवार नगरपालिकाको तर्फबाट 41 नम्बर वार्डमा 99 लाख रुपियाँमा सड़क, ढलसहित विभिन्न योजनाहरूको शिलान्यास भयो। उक्त दिन 43 नम्बर वार्डमा 43 लाख रुपियाँ खर्चमा सड़क र ढल निर्माण सम्बन्धी विभिन्न योजनाहरूको पनि शिलान्यास गरियो। 40 नम्बर वार्डमा पनि 85 लाख रुपियाँमा उस्तै प्रकारका कामहरूको शिलान्यास भयो। बिहीवार शहरको 13 नम्बर वार्डका दशजना ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गरियो। त्यसपछि शहरका 47 वटा सबै वार्डमा पनि प्रत्येक वार्डका दश–दशजनालाई सम्मान प्रदान गरिनेछ। कतै वार्डका काउन्सिलर स्वयं उपस्थित हुनेछन् त कतै मेयर स्वयं जानेछन्।केही दिनअघि सिलगढ़ी आइपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले मार्चमै विधानसभा चुनाउ घोषणा हुन सक्ने सङ्केत दिएकी थिइन्। त्यसको केही दिनमै…
Read More