Piyali Poddar

569 Posts
दलबाट छुट्टिएका हात्ती अन्ततः जङ्गलमा

दलबाट छुट्टिएका हात्ती अन्ततः जङ्गलमा

जलपाइगढ़ी शहरमा मध्य रातिसम्म ताण्डव मच्चाएपछि अन्ततः वैकुण्ठपुर राजबाड़ीअघि दलबाट छुट्टिएको हात्तीलाई ट्रान्क्विलाइज गरियो। मङ्गलवार बिहानै उक्त हात्तीलाई वैकुण्ठपुर वन विभागअन्तर्गत सरस्वतीपुरको जङ्गलमा छोड़ियो। जलपाइगढ़ी वन विभागका विभागीय वनाधिकारी विकास विजयले जानकारी दिँदै भने, सोमवार बिहान करलाभ्याली चियाबारीमा प्रवेश गरेका तीनवटा हात्तीमध्ये यो हात्ती पनि एक थियो। ट्रान्क्विलाइज गरेपछि हात्तीको शारीरिक अवस्था जाँच गरी जङ्गलमा छोड़ियो। सोमवार बिहान दलबाट छुट्टिएर ती तीनवटा हात्ती जलपाइगढ़ी शहरबाट लगभग डेढ़ किलोमिटर टाढ़ा रहेको करलाभ्याली चियाबारीमा पसेका थिए। ती तीनमध्ये एउटा शावक चियाबारीको एउटा परित्यक्त खाल्डोमा खसेको थियो। पछि वनकर्मीहरूले उक्त शावकलाई उद्धार गरे। त्यसपछि वैकुण्ठपुर वन विभागका कर्मचारीहरूले तीनवटै हात्तीलाई एकैसाथ जङ्गलमा फर्काउने…
Read More
शुक्रवार मतिगढ़ामा महाकाल मन्दिरको शिलान्यास

शुक्रवार मतिगढ़ामा महाकाल मन्दिरको शिलान्यास

अब केवल दुई दिनको प्रतीक्षा बाँकी छ। आगामी शुक्रवार मतिगढ़ामा देशकै सबैभन्दा ठूलो महाकाल मन्दिर निर्माण कार्यको शिलान्यास हुन गइरहेको छ। सबै विषय योजनाअनुसार रहे मन्दिरको शिलान्यास स्वयं मुख्यमन्त्री ममता ब्यानर्जीले गर्नेछन्। सोमवार मुख्यमन्त्रीका मुख्य आर्थिक सल्लाहकार हरिकृष्ण द्विवेदीसित भिडियो कन्फरेन्सपछि सिलगढ़ीका मेयर गौतम देवले यसबारे जानकारी दिएका हुन्। साथै तिनले बताएअनुसार देशकै सबैभन्दा ठूलो यस मन्दिरको शिलान्यास कार्यक्रममा सर्वसाधारणको ठूलो भीड़ आउने अपेक्षा गरिएको छ। त्यसका लागि पुलिस र प्रशासनले तयारी गरिरहेको छ। सिलगढ़ी शहरनजिकै उजानु मौजामा महाकाल मन्दिर निर्माण गरिनेछ। सम्बन्धित क्षेत्र मतिगढ़ा ब्लकअन्तर्गत पत्थरघट्टा ग्राम पञ्चायतको अधीनस्थ पर्छ। उक्त जमीनसितै 10 नम्बर राष्ट्रिय राजमार्ग, रेल लाइन तथा…
Read More
बीएलओद्वारा रुपियाँ माग गरिएको आरोप

बीएलओद्वारा रुपियाँ माग गरिएको आरोप

मोहम्मद सद्दाम होसैन सिलगढ़ी महकुमा परिषदअन्तर्गत पर्ने मतिगढ़ा–नक्सलबारी विधानसभा क्षेत्रको नक्सलबारीस्थित तोताराम जोत मदरसा बस्तीका वासिन्दा हुन्। पेशागत कारणले तिनी पत्नी र सन्तानसहित बेङ्गलुरुमा बसोवास गर्दै आइरहेका छन्। त्यहाँ तिनी एक निजी संस्थामा कार्यरत छन्। तर तिनका परिवारका बाँकी सदस्यहरू नक्सलबारीमै बस्दै आइरहेका छन्। एसआईआरको सुनुवाइका लागि सद्दामलाई बोलाइएको थियो। तिनका परिवारका लगभग 12 जना सदस्यहरूको कुनै समस्या नदेखिए पनि सद्दामको नाममा भने सुनुवाइको पत्र आएको थियो। गत हप्ता बिहीवार तिनका घरमा सुनुवाइ सम्बन्धी नोटिश पुगेको थियो। त्यसअनुसार परिवारले सद्दामसित सम्पर्क गरी मङ्गलवार सुनुवाइमा उपस्थित हुनुपर्ने जानकारी दियो। तर चुनाउ आयोगको निर्देशिकाअनुसार अन्य राज्यमा काम गर्ने श्रमिकहरूको हकमा परिवारका अन्य…
Read More
लागू औषधी कारोबारी पक्राउ

लागू औषधी कारोबारी पक्राउ

एक समय फूटपाथमा माछा बेच्ने व्यक्ति दुई दशकभित्रै तिनी केही हजार करोड़का मालिक बने। यसका पछाड़ि लागू औषधी कारोबार थियो। कालियाचकको अन्तर्राष्ट्रिय लागू औषधी कारोबारका किङपिनसहित दुईजनालाई मालदा पुलिसले कलकत्ताबाट पक्राउ गरेको छ। तिनीहरू काका–भतिज हुन्। कलकत्ताको एण्टाली क्षेत्रस्थित लगभग तीन करोड़ रुपियाँ मूल्यको एउटा फ्ल्याटबाट लागू औषधी कारोबारका ती दुई मास्टरमाइण्डलाई कालियाचक थाना पुलिसले पक्राउ गरेको हो। मङ्गलवार पक्राउ परेका यी लागू औषधी किङपिनहरूलाई मालदा न्यायालयमा प्रस्तुत गरेपछि न्यायाधीशले तिनीहरूलाई सोधपुछका लागि आठ दिनको पुलिस हिरासतमा पठाउने आदेश दिए। पक्राउ परेकाहरूको नाम एनारुल शेख र शौकत शेख हो। यस गिरोहको मुख्य व्यक्ति एनारुल नै हुन्। तिनी युवाहरूलाई लागू औषधी…
Read More
ट्र्याकको जटिलतामा बन्दे भारत स्लीपर

ट्र्याकको जटिलतामा बन्दे भारत स्लीपर

बन्दे भारत स्लीपर वा अमृत भारत एक्सप्रेस कम्तीमा प्रतिघण्टा 160 किलोमिटर गतिमा दौड़िन सक्छ। अत्याधुनिक प्रविधिले यी रेलहरूलाई द्रुतगामी वा सेमी हाई–स्पिड बनाएको हो। तर उत्तर बङ्गालमा रहेका हालका रेल ट्र्याकमा प्रतिघण्टा 110 देखि 130 किलोमिटरभन्दा अधिक गतिमा रेल चलाउन सम्भव छैन। त्यसैले बन्दे भारत स्लीपरजस्ता आधुनिक प्रविधिसहितका सेमी हाई–स्पिड रेल सेवा आरम्भ भए पनि यहाँको ट्र्याक नै गतिका लागि अवरोध बन्नेछ। यद्यपि अहिलेको सबैभन्दा ठूलो समस्या भनेको अत्यधिक स्टपेज हो। यस प्रकारका रेल यात्रा मार्गमा दुई–तीनभन्दा अधिक स्टपेज हुनु हुँदैन। तर कामाख्या र हाउड़ाबीच बन्दे भारत स्लीपरका 13 वटा स्टपेजहरू छन्। यसकारण धेरैले यसलाई बन्दे भारत लोकल भनेर व्यङ्ग्य…
Read More
धारिलो हतियारले प्रहार गरी युवाहरूलाई घाइते बनाउने काका-भतिज पक्राउ

धारिलो हतियारले प्रहार गरी युवाहरूलाई घाइते बनाउने काका-भतिज पक्राउ

मतिगढ़ा पुलिस चौकीअन्तर्गत अनिल नगरमा सोमवार अबेर राति एक सनसनीपूर्ण आक्रमण हुँदा तीनजना युवक गम्भीर रूपमा घाइते भएका छन्। मादक पदार्थ सेवनको अवस्थामा अश्लील भाषा प्रयोग गरेको भन्दै विरोध गर्दा काका–भतिजको जोड़ीले धारिलो हतियार प्रयोग गरी ती तीनजना युवकहरूमाथि आक्रमण गरेको आरोप छ।पुलिसले तत्कालै आरोपीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काका धीरज चौधरी (35) अनि भतिज आशीष ठाकुर (19) हुन्। गम्भीर रूपमा घाइते आदित्य रोय (22) लाई उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरिएको छ जहाँ तिनको अवस्था चिन्ताजनक रहेको छ। अर्का दुई घाइते शुभजित सिंह (22) र चयन दास (21) निजी अस्पतालमा उपचाराधीन छन्। तीनैजना युवक पतिराम जोतका…
Read More
मेयर गौतम देवको पीड़ित परिवाससित भेट

मेयर गौतम देवको पीड़ित परिवाससित भेट

दुई दिनअघि सड़क दुर्घटनामा सिलगढ़ीको वार्ड नम्बर 1 अन्तर्गत राजेन्द्र नगरमा एकजना 13 वर्षीय उदित झाको मृत्यु भएको थियो। आज मेयर गौतम देबले मृत उदित झाको परिवारसित भेट गरी समवेदना व्यक्त गरे अनि शोकको यस क्षणमा सहयोगको आश्वासन दिए। डम्परको ठक्करले उख्त बालकको दुःखद निधन भएको थियो जसले स्थानीय समुदायमा गहिरो स्तब्धता फैलाएको छ।सञ्चारमाध्यमसित कुराकानी गर्दै मेयर देबले शहरको मध्य भागमा डम्परजस्ता भारी वाहनको आवागमन अस्वीकार्य भएको बताए। यसले बासिन्दाहरू, विशेष गरी बालक-बालिकाको जीवनमा गम्भीर जोखिम पुर्याकउने तिनले बताए। तिनले भने, शोक संतप्त परिवारसित भेट गरेको छु। समवेदना प्रकट गर्ने मसित शब्दहरू नभए पनि पीड़ित परिवारको साथमा छु भन्ने सन्देश…
Read More
जलपाइगढ़ीमा जङ्गली हात्तीको उत्पात

जलपाइगढ़ीमा जङ्गली हात्तीको उत्पात

खाल्डोमा खसेको हात्तीलाई उद्धार गरेपछि हात्ती बस्ती क्षेत्रमा पस्यो। जलपाइगढ़ी शहरलाई सम्भावित ठूलो क्षतिबाट जोगाउन सोमवार राति 3.30 बजी हात्तीलाई लक्षित गरी ट्र्याङ्कुलाइजर प्रहार गरियो। त्यसपछि वन विभागले क्रेनको सहायताले हात्तीलाई उठाएर उद्धार गर्योा। वन विभाग सूत्रअनुसार सोमवार बिहान बैकुण्ठपुर वन विभागको जङ्गलबाट बाहिर निस्किएर तीनवटा छुट्टिएका हात्तीहरू करलाभ्याली चियाबारीमा प्रवेश गरेका थिए। तीमध्ये एउटा हात्ती चियाबारीको एउटा खाल्डोमा खस्यो। वनकर्मीहरूले जेसीबीको प्रयोग गरी हात्तीलाई खाल्डोबाट उद्धार गरे। त्यसपछि हात्ती अनियन्त्रित रूपमा यताउता दौड़िन थाल्यो। सोमवार बिहानदेखि नै उक्त हात्ती चियाबारी क्षेत्रमा आतङ्क मच्चाउँदै घुमिरहेको थियो। हात्तीलाई जङ्गल फर्काउन विभिन्न वन विभागका कर्मचारीहरूलाई बोलाइयो। तर गजराजलाई जङ्गल फर्काउने प्रयास सफल…
Read More
समिक भट्टाचार्यले सिलगढ़ीमा जनसभा सम्बोधन गर्ने

समिक भट्टाचार्यले सिलगढ़ीमा जनसभा सम्बोधन गर्ने

भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शनिवार डाबग्राम–फूलबारी विधानसभा क्षेत्रअन्तर्गत इष्टर्न बाइपासस्थित ढाकेश्वरी काली मन्दिर मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रमको तयारी हाल तीव्र रूपमा भइरहेको छ। शुक्रवार डाबग्राम–फूलबारीका भाजपा विधायिका शिखा च्याटर्जीले कार्यक्रम स्थलको भ्रमण गरेर तयारीको समीक्षा गरिन्। निरीक्षणका क्रममा तिनले आयोजकहरूसित छलफल गर्दै कार्यक्रमलाई सुचारु रूपमा सम्पन्न गर्न आवश्यक निर्देशनहरू दिइन्।पार्टीको परिवर्तन संकल्प सभाअन्तर्गत आयोजना हुन लागेको यस सार्वजनिक सभाको उद्देश्य भाजपाको सन्देश सिधै जनतासम्म पुर्या उनु रहेको छ। पार्टी सूत्रअनुसार आगामी विधानसभा चुनाउलाई ध्यानमा राख्दै यस सभामा पार्टीका कार्यकर्ता तथा नेताहरूलाई महत्त्वपूर्ण दिशानिर्देशहरू पनि प्रदान गरिने सम्भावना छ।कार्यक्रमबारे…
Read More
डुवर्समा बाघ गणना गरिने

डुवर्समा बाघ गणना गरिने

नेउरा भ्याली नेशनल पार्कसितै समतल भूभागका गोरुमारा नेशनल पार्क र चम्प्रामारी अभयारण्यमा संयुक्त रूपमा बाघ गणना गरिने भएको छ। यो गणना नेशनल टाइगर प्रोजेक्ट कञ्जर्भेशन, वाइल्डलाइफ इन्स्टिच्युट अफ इण्डिया र वन विभागले संयुक्त रूपमा सञ्चालन गर्नेछन्। प्राप्त जानकारीअनुसार चालु महीनाको 18 वा 20 तारिखदेखि गणना आरम्भ हुने सम्भावना छ। उता फरवरी महीनामा चिसो केही कम्ती भएपछि नेउरा भ्यालीमा बाघ गणना आरम्भ गरिनेछ। सूत्रअनुसार ट्र्याप क्यामेरामा कैद भएका बाघका तस्बिर, पोलीगन विधि अपनाएर रूखमा बाघले नङग्राले लगाएको दाग, मलका नमुना तथा खुट्टाका छापका आधारमा गणना गरिनेछ। यसअघि नै गोरुमारा र चम्प्रामारीमा वनकर्मीहरूलाई तालिम दिइएको छ।बक्सा टाइगर प्रोजेक्ट क्षेत्रमा सन् 2024 को…
Read More