Piyali Poddar

569 Posts
पातलखावा गाउँमा जङ्गली गैँड़ा

पातलखावा गाउँमा जङ्गली गैँड़ा

सोमवार बिहान एउटा गैँड़ा गाउँमा देखा पर्योर। यस घटनाले अलिपुरद्वार-1 ब्लकको पातलखावा क्षेत्रमा त्रास फैलियो। स्थानीय वासिन्दाहरूले बिहानै गाउँमा गैँड़ा देखे। त्यसपछि वन विभागलाई त्यसबारे खबर गरियो। जानकारी पाएपछि चिलापाता रेञ्जका वनकर्मी घटनास्थलमा आइपुगे। बिहान गैँड़ाले गाउँको एउटा सुपारी बघैँचामा आश्रय लिएको थियो। त्यहाँबाट गैँड़ालाई जङ्गलतर्फ धपाउन वनकर्मीहरूले प्रयास गर्न थाले। गैँड़ालाई जङ्गलतर्फ धपाउन एउटा कुन्की हात्ती पनि ल्याइयो। साथै पटेका पड़काएर गैँड़ालाई जङ्गलतर्फ लखेटियो। लगभग एक घण्टाको प्रयासपछि गैँड़ालाई जलदापाड़ा जङ्गलमा फर्काउन सफल भयो। गैँड़ा चिलापाता वा जलदापाड़ा जङ्गलबाट गाउँमा आएको हुन सक्ने वन विभागले अनुमान गरेको छ। गैँड़ा जङ्गल फर्केपछि गाउँलेहरूले राहत अनुभव गरे।
Read More
चम्पासरी मोड़ संलग्न क्षेत्रबाट 120 पसल उच्छेद

चम्पासरी मोड़ संलग्न क्षेत्रबाट 120 पसल उच्छेद

सिलगढ़ीको 45 नम्बर वार्डअन्तर्गत पर्ने चम्पासारी मोड़को सड़कमा अवैध तरिकाले राखिएका लगभग 120 पसलहरूलाई सिलगढ़ी नगर निगमले उच्छेद गरेको छ। केही महीनाअघि सिलगढ़ी नगर निगमको तर्फबाट यी पसलहरूलाई यहाँबाट हटाउने निर्देशमा सूचना दिइएको थियो। त्यो समय चाड़पर्व (पूजाको) कारण व्यापारीहरूको अनुरोधमा नगर निगमले उच्छेद कार्य स्थगित राखेको थियो। तर प्राप्त जानकारीअनुसार धेरै महीना बिते पनि व्यापारीहरूले त्यहाँबाट पसल हटाउन कुनै कदम नचालेपछि नगर निगमले पुनः व्यापारीहरूलाई सूचना दिएर पसल हटाउन भनेको थियो। त्यसपछि पनि पसल नहटाएपछि सोमवार नगर निगमका कर्मचारीहरूले अभियान चलाएर ती पसलहरू उच्छेद गरेका हुन्। अर्कातिर, व्यापारीहरूको आरोप छ कि झण्डै 120 परिवार बेरोजगार बनेका छन्। आफ्नो परिवार…
Read More
मानवता अहिले पनि जीवित

मानवता अहिले पनि जीवित

वर्तमान समयमा एकजना व्यक्तिको निम्ति मोबाइल अति आवश्यक वस्तु हो किनभने मोबाइलमार्फत पैसाको लेनदेन मात्र होइन तर मोबाइलमा महत्त्वपूर्ण कागजातहरू राखिन्छ। यदि कसैको मोबाइल हराए के हुन्छ? त्यति सोचले मात्र पनि मानिसहरू डराउँछन्। यस्तो घटना एकजना 60 वर्षीय वृद्ध व्यक्तिसँग भयो। तिनको नाम अश्विनी राय हो अनि तिनी बिहारका वासिन्दा हुन्। प्राप्त जानकारीअनुसार अश्विनी राय वार्ड नम्बर 41 शान्ति निकेतन कोलोनीबाट आफ्नो स्कूटरमा कतै जाँदै थिए। त्यसै क्रममा अचानक तिनको मोबाइल हरायो। जब तिनलाई थाहा भयो कि मोबाइल आफूसित छैन तब तिनले तुरुन्तै आफ्नो मोबाइलमा फोन गर्न थाले। मोबाइलको घण्टी त बजिरहेको थियो तर कसैले उठाएको थिएन। तर केही घण्टापछि…
Read More
ट्रेनबाटै बेपत्ता जय अधिकारी

ट्रेनबाटै बेपत्ता जय अधिकारी

क्रिसमसको दिन श्रीमती अनि दुई छोरीसित समय बिताउने योजना पहिल्यै बनाइएको थियो। त्यसले काम सकेर मङ्गलवार राति मालदाबाट सिलगढ़ी फर्कने उद्देश्यले तिनी ट्रेनमा चढ़ेका थिए। तर आश्चर्यजनक रूपमा ट्रेनबाटै सिलगढ़ीको 16 नम्बर वार्डको हाकिमपाड़ा निवासी जय अधिकारी(40) बेपत्ता भएका छन्। पेशाले निजी संस्थाको कर्मचारी जय अधिकारीको घर अलिपुरद्वार हो। तर कामको कारण सिलगढ़ीमा घर भाड़ामा लिएर तिनी सपरिवार बस्दै आइरहेका थिए। जय बेपत्ता बनेपछि परिवारको तर्फबाट पानी ट्याङ्की पुलिस चौकीमा प्राथमिकी दर्ता गरिएको छ। उत्तर–पूर्व रेलवेका जनसम्पर्क अधिकारी कपिञ्जलकिशोर शर्माले भने, सिसिटिभी क्यामेराको फूटेज जाँच गरेर तिनको खोजी गरिनेछ। जय बेपत्ता बनेपछि तिनको परिवार सदस्यहरू चिन्तामा परेका छन्। जयकी श्रीमती…
Read More
साप्ताहिक बन्दले लाटागुड़ी पुगेका पर्यटकहरू निराश

साप्ताहिक बन्दले लाटागुड़ी पुगेका पर्यटकहरू निराश

एकतर्फ एशियन फोक फेष्ट अर्कातिर क्रिसमस। यी दुई आकर्षणले गर्दा लाटागुड़ी पर्यटकहरूले भरिएको छ। तर लाटागुड़ी आएर फोक फेष्टको आनन्द लिए पनि पर्यटकहरूले जङ्गल सफारी गर्न पाएनन्। बुधवार साप्ताहिक बिदाको रूपमा लाटागुड़ी जङ्गल बन्द रहन्छ। त्यसैले नजिकै पुगेर पनि जङ्गलभित्र छिर्न नपाउँदा धेरै पर्यटकहरू निराश बने। यसअघि पनि धेरैपल्ट साप्ताहिक बिदा हुँदाहुँदै पर्यटकहरूको भीड़लाई ध्यानमा राखेर वन विभागले सफारीको अनुमति दिएको थियो। यो वर्ष भने वन विभागले सफारी खुल्ला राख्ने अनुरोध अस्वीकार गरिदिको छ। क्रिसमसदेखि नयाँ वर्षको आरम्भसम्म डुवर्सका सबै ठाउँहरूमा पर्यटकहरूको अत्यधिक भीड़ हुने अनुमान पर्यटन व्यवसायीहरूले अग्रिम बुकिङबाट नै गरेका थिए। यसमा लाटागुड़ी पनि अपवाद भएन। जङ्गल भ्रमण,…
Read More
पार्थसहित 5 जनाको जमानीको निवेदन रद्द

पार्थसहित 5 जनाको जमानीको निवेदन रद्द

शिक्षक नियुक्ति भ्रष्टाचार मुद्दामा यसपल्ट पनि पश्चिम बङ्गालका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई राहत मिलेन। सीबीआईद्वारा दर्ता मुद्दामा पार्थ च्याटर्जीहरूको जमानीको निवेदन कलकत्ता उच्च न्यायालयको तेस्रो बेञ्चले रद्द गरिदिएको छ। मङ्गलवार न्यायाधीश तपोव्रत चक्रवर्तीको बेञ्चले जमानीको माग खारेज गरेको हो। अहिले यस मुद्दाबाट पार्थसितै कल्याणमय गङ्गोपाध्याय, शान्तिप्रसाद सिन्हा, सुबिरेश भट्टाचार्य अनि अशोककुमार साहाले पनि मुक्ति पाउने छैनन्। यस सम्बन्धमा उच्च न्यायालयले प्रवर्तन निदेशालय (ईडी) लाई कठोर आलोचना गर्योम। न्यायाधीशको प्रश्न गरे, किन यति ढिलो भइरहेको छ? आवश्यक परे रातभरि बसेर काम गर्नुहोस्, बुधवारसम्म सबै कागजात न्यायालयमा प्रस्तुत गर्नुहोस् भनेर न्यायाधीशले कठोर टिप्पणी गरे। न्यायाधीश चक्रवर्तीले भने, कानूनअनुसार जमानी नियम हो…
Read More
योग्य-अयोग्यको छनौट नभए पूरै प्यानल रद्द

योग्य-अयोग्यको छनौट नभए पूरै प्यानल रद्द

धेरैपल्ट स्थगित भएपछि बिहीवार सर्वोच्च न्यायालयमा पश्चिम बङ्गाल एसएससी नियुक्ति रद्द मुद्दाको सुनुवाइ भएको छ। प्रधान न्यायाधीशको बेञ्चमा भएको यस सुनुवाइमा राज्य र एसएससी सर्वोच्च न्यायालयका विभिन्न प्रश्नहरूको सम्मुखीन बन्न परे। बिहान 10.35 बजी प्रधान न्यायाधीश सञ्जीव खन्नाको बेञ्चमा सुनुवाइ आरम्भ भयो। पहिलो चरणको सुनुवाइपछि केही समयको निम्ति विश्राम भयो। दोस्रो चरणको सुनुवाइ फेरि आरम्भ भयो। कलकत्ता उच्च न्यायालयको आदेशलाई कायम राख्दै 2016 को सम्पूर्ण नियुक्ति प्रक्रिया रद्द गरिने हो कि योग्य र अयोग्य उम्मेद्वारलाई छुट्याउने आदेश दिने हो भनेर जान्न सबै उत्सुक छन्।बिहीवारको सुनुवाइमा सर्वोच्च न्यायालयले योग्य र अयोग्य चाकरी प्रापकहरूलाई छुट्याउने विषयमाथि जोड़ दियो। यसका लागि के कस्ता…
Read More
टाउन स्टेशनमा गालीगलौज अनि नशाखोरहरूको अड्डा

टाउन स्टेशनमा गालीगलौज अनि नशाखोरहरूको अड्डा

टाढ़ाबाट हेर्दा कुनै परित्यक्त भवन जस्तो देखिन्छ। अघिल्तिरको प्लेटफर्म र रेल लाइनमा दिनभरि जुवा वा नशाको अड्डा चलिरहन्छ। गाँजा र मादक पदार्थको धुवाँमा हराएको दिग्भ्रमित पुस्ता महिलाहरूलाई गालीगलौज गर्न व्यस्त हुन्छ। यो घटना हो रवीन्द्रनाथ, बाघा जतीनको सम्झनामा बनाइएको सिलगढ़ी टाउन स्टेशनको। यस स्टेशनको एक समय सुनौलो भविष्य थियो। उदाहरणीय बन्न सक्ने यो स्टेशन अहिले खण्डहरमा परिणत भइसकेको छ। उत्तर बङ्गालको एक मात्र महिलाद्वारा सञ्चालित यो स्टेशन नशाखोरहरूको कारण दिन प्रतिदिन दयनीय अवस्थामा पुगिरहेको छ। महिला कर्मचारीहरूले काम गर्दा डर अनुभव गरिरहेका छन्। सर्वसाधारणका लागि पनि राहत छैन। विशेष गरी लामो दूरीका ट्रेनको टिकट काट्न आउने महिलाहरू एकपटक आएपछि दोस्रोपटक…
Read More
मेडिकलबाट बेपत्ता बहिनी

मेडिकलबाट बेपत्ता बहिनी

बहिनीलाई रगत परीक्षणको लाइनमा उभ्याएर टिकट लिन गएका भाइले फर्केर आउँदा आफ्नी बहिनीलाई भेटेनन्। क्रान्तिका वासिन्दा उक्त युवकले सोचे बहिनी सायद लाइनमा अघि बढ़ेकी होलिन्। तर तिनको अनुमान गलत प्रमाणित भयो। लाइनको आरम्भदेखि अन्त्यसम्म खोज्दा पनि बहिनीलाई कतै देखिएन। उक्त घटनाले उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा खलबली मच्चियो। बहिनीलाई नभेटेपछि आत्तिएको भाइले रुँदै बहिनीलाई यताउता खोज्न थाले। त्यस्तो मार्मिक दृश्य देखेर स्थानीय व्यापारीहरू पनि चुपो लागेर बस्न सकेनन्। युवतीको फोटो हेरेर तिनीहरूले पनि खोज्न आरम्भ गरे। तर पनि बहिनीलाई कतै भेटिएन। यसैबीच बेलुकी एउटा अपरिचित नम्बरबाट भाइको फोनमा कल आयो। फोनको अर्को छेउबाट आवाज आयो, ‘मैले तपाईँकी बहिनीलाई विवाह…
Read More
शीघ्रै सिलगढ़ीको घर-घरमा पाइपमार्फत ग्यास पुग्ने

शीघ्रै सिलगढ़ीको घर-घरमा पाइपमार्फत ग्यास पुग्ने

दक्षिण बङ्गालमा जस्तो उत्तर बङ्गालका वासिन्दाहरूको निम्ति एउटा खुशीको खबर आएको छ। अब सिलिण्डरको झमेला रहने छैन। घर-घरमा पाइप लाइनमार्फत खाना पकाउने ग्यास पुर्या।इनेछ। जीवन स्तरलाई अझ सुधार गर्न साथै वातावरणमैत्री ग्यास सेवा सिलगढ़ीमा नौलो पहल भइरहेको छ। सरकारी संस्था ग्यास अथोरिटी अफ इण्डिया लिमिटेड (जीएआईएल) ले यस्तो पहल गरेको हो। जीएआईएलले सिलगढ़ीमा 47 किलोमिटर लामो पाइलट प्रोजेक्टको काम आरम्भ गरिसकेको छ। अहिले युद्ध स्तरमा सिलगढ़ी र सिलगढ़ी संलग्न क्षेत्रमा मुख्य पाइप लाइनको कार्य चलिरहेको छ। यस परियोजनाद्वारा व्यापारिक र घरेलु दुवै क्षेत्रका लागि प्राकृतिक ग्यास आपूर्ति गरिनेछ। जीआईएएलका अधिकारीहरूले सिलगढ़ी नगर निगमका मेयर गौतम देव र सम्पूर्ण कमिश्नरसित बैठक…
Read More