Piyali Poddar

569 Posts
सिलगढ़ीको पञ्चनोई पुलमुनि अज्ञात व्यक्तिको शव उद्धार

सिलगढ़ीको पञ्चनोई पुलमुनि अज्ञात व्यक्तिको शव उद्धार

सिलगढ़ीको पञ्चनोई नदीको पुलमुनि अज्ञात व्यक्तिको शव फेला परेको घटनाले सनसनी मच्चाएको छ। प्राप्त जानकारीअनुसार, बिहान काममा जाँदै गरेका श्रमिकहरूले उक्त शव देखे। त्यसपछि तुरुन्तै पुलिसलाई त्यसबारे जानकारी गराइयो। सूचना पाएपछि मतिगढ़ा थाना पुलिस घटनास्थलमा पुग्यो। प्राथमिक जाँचका क्रममा पुलिसले मृत व्यक्ति मानसिक रूपमा अस्वस्थ रहेको र तिनको कुनै स्थायी ठेगाना नभएको पत्तो लगाएको छ। पछिल्ला केही दिनदेखि उक्त व्यक्ति पञ्चनोई नदीको पुलमुनि बस्दै आइरहेका थिए। स्थानीय मानिसहरूले नै तिनलाई खाना दिन्थे। अस्वस्थताकै कारण तिनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। पुलिसले शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाएको छ। यस सम्बन्धमा पुलिसले थप जाँच गरिरहेको…
Read More
सौरभ गाङ्गुलीको अधुरो स्कूलबारे अन्योलता

सौरभ गाङ्गुलीको अधुरो स्कूलबारे अन्योलता

सौरभ गाङ्गुलीको स्कूलका लागि एसजेडीएको जमीन अधिग्रहण गर्दा चेयरम्यान थिए अशोक भट्टाचार्य। अहिले त्यस जमीनबारे अशोक भट्टाचार्य भन्छन्, सौरभ गाङ्गुलीले मलाई जानकारी गराएका थिए कि तिनी अब सिलगढ़ीको हिमाञ्चल बिहारमा स्कूल बनाउन इच्छुक छैनन्। एसजेडीएको पछिल्लो बोर्डका अध्यक्ष सौरभ चक्रवर्तीले भने, उक्त स्कूलका लागि लिइएको जमीनको लिज सौरभ गाङ्गुलीकै नाममै छ। एसजेडीएका यी दुई पूर्व अध्यक्षहरूको भनाइपछि मतिगढ़ा हिमाञ्चल बिहारमा टीम इण्डियाका पूर्व कप्तानको स्कूलबारे नयाँ विवाद उठिरहेको छ। क्रिकेटबाट सन्न्यास लिएर उद्योगपति बनेका सौरभ गाङ्गुलीको स्कूलका लागि लिइएको उक्त जमीनबारे एसजेडीएको वर्तमान धारणा के छ? भन्ने अब प्रश्न उठेको छ। यसबारे जान्न एसजेडीएका कार्यकारी अधिकारी अर्चना वानखेड़ेसित पटक-पटक सम्पर्क…
Read More
सेनामा भर्ना युवकहरूलाई बधाई अनि सम्मान

सेनामा भर्ना युवकहरूलाई बधाई अनि सम्मान

सेनामा भर्ना युवकहरूलाई गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चल अधीनस्थ गोर्खा एक्स सर्विसमेन एसोसिएशन मिरिक फिजिकल एकाडेमीले सम्मान जनाएको छ। यो वर्ष यस एकाडेमीमा प्रशिक्षण लिइरहेका दुईजना टीएमा अनि पन्ध्रजना अग्निवीरमा भर्ना भएका छन्। ती युवाहरूलाई नै बधाई अनि सम्मान जनाइएको हो। यस अवसरमा एकाडेमीमा प्रशिक्षण लिन आउने युवाहरूलाई पनि स्वागत जनाइएको छ। कार्यक्रममा गोर्खा एक्स सर्विसमेन एसोसिएशन मिरिक फिजिकल एकाडेमीका प्रमुख प्रशिक्षक अवकाश प्राप्त सुवेदार मेजेर धुर्व थापा मगर, अवकाश प्राप्त नायकहरू विशाल थापा, रवि राई, गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चलका अध्यक्ष अनरेरी कप्तान मिलन चोम्बाङ, सचिव हवलदार प्रदीप गुरुङ लगायत अभिभावकहरू उपस्थित थिए। यस एकाडेमीमा हाल मिरिक,…
Read More
पानीघट्टाका चिया श्रमिकहरूमा आशाको किरण!

पानीघट्टाका चिया श्रमिकहरूमा आशाको किरण!

सरकारद्वारा हस्तक्षेप गरेर बन्द पानीघट्टा चियाबारी खोल्नुपर्ने मागमा 2024 को नोभेम्बर महीनादेखि चिया श्रमिकहरूल रिले अनशन आरम्भ गरेका थिए। आज अनशनको 123 दिन पूरा भइसकेको छ। पानीघट्टा चियाबारीलाई धेरै नेताहरूले आश्र्वासन दिए। तर ठोस पहल कतैबाट हुन सकेन। त्यसै क्रममा दार्जीलिङका सांसद राजु विष्ट पनि पानीघट्टा चियाबारी आएका थिए। तर सांसदले पनि केवल आश्वासन मात्र दिएका अनशनकारी राजु भट्टले गुनासो गरे। गत केही दिनअघि तराई भ्रमण अवधि गोजमुमो अध्यक्ष विमल गुरुङले पानीघट्टा चियाबारीमा चलिरहेको अनशन स्थलमा आएर अनशनकारीहरूसित कुराकानी गरेका थिए। अनशनकारीहरूलाई कलकत्ता लगेर श्रममन्त्री मलय घटकसित भेट गराउने तिनले वचन दिएका थिए। यसै क्रममा गोजमुमो श्रमिक सङ्गठनका महासचिव सूरज…
Read More
माछा मार्न गएका व्यक्तिको मृत्यु

माछा मार्न गएका व्यक्तिको मृत्यु

माछा मार्न गएको बेला एक व्यक्तिको मृत्यु भएको छ। फाँसीदेवा नजिकैको महानन्दा क्यानलसित जोड़िएको जलाशयमा डुबेर तिनको ज्यान गएको हो। घटनाले फाँसीदेवाको बणिकजोत क्षेत्रमा खलबली मच्चिएको छ। मृत व्यक्तिको नाम प्रसञ्जीत सरकार हो। प्राप्त जानकारीअनुसार हिजो राति अबेर प्रसञ्जीत सरकार दुई साथीसित माछा मार्न क्यानल नजिकैको बणिकजोत जलाशयमा गएका थिए। जाल फ्याँक्ने क्रममा खुट्टा चिप्लिएर तिनी जलाशयमा खसे। अन्य साथीहरूले तिनलाई उद्धार गर्ने प्रयास गरे पनि पानी गहिरो भएकाले सफल हुन सकेनन्। पछि परिवारका सदस्यहरूले थाहा पाएर फाँसीदेवा पुलिसलाई खबर गरे। पुलिसले आज शव निकालेर पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पठाएको छ। फाँसीदेवा पुलिसले घटनाको विस्तृत जाँच…
Read More
जलपाइगढ़ीमा दुर्लभ प्रजातिको कछुवा

जलपाइगढ़ीमा दुर्लभ प्रजातिको कछुवा

जलपाइगढ़ीमा दुर्लभ प्रजातिको कछुवा फेला परेको छ। मङ्गलवार बिहान जलपाइगढ़ीको असम मोड़नजिक एउटा पोखरीमा माछा मार्ने क्रममा जालमा दुर्लभ प्रजातिको कछुवा फँसेको हो। स्थानीय मानिसहरूले कछुवा देखेपछि पर्यावरण संरक्षण संस्था स्पोरलाई त्यसबारे खबर गरे। खबर पाएपछि स्पोर संस्थाका सदस्यहरू शीघ्र घटनास्थल पुगेर इन्डियन रूफ टर्टल प्रजातिको कछुवालाई उद्धार गरे। त्यसपछि कछुवालाई सुरक्षित रूपमा करला नदीमा छोड़िएको छ।
Read More
मेयरद्वारा फूलबारीमा दोस्रो चरणको वाटर ट्रिटमेण्ट प्लाण्टको शिलान्यास

मेयरद्वारा फूलबारीमा दोस्रो चरणको वाटर ट्रिटमेण्ट प्लाण्टको शिलान्यास

सिलगढ़ी क्षेत्रमा पानीको सङ्कट समाधान गर्ने दिशामा एक कदम चाल्दै मेयर गौतम देवले शुक्रवार अम्रुत 2.0 परियोजनाअन्तर्गत फूलबारीमा दोस्रो चरणको वाटर ट्रिटमेण्ट प्लाण्ट (पानी प्रशोधन संयन्त्र)को आधारशिला राखेका छन्। कार्यक्रममा सिलगढ़ी नगर निगम (एसएमसी) का अध्यक्ष प्रातुल चक्रवर्ती, उपमेयर रञ्जन सरकार, एमएमआईसी दुलाल दत्त, विपक्षी नेता अमित जैन साथै निगमका अभियन्ताहरू र पार्षदहरू उपस्थित थिए।प्राप्त जानकारीअनुसार यो विशाल शुद्ध पिउने पानी परियोजना अम्रुत 2.0 योजनाअन्तर्गत लगभग 511 करोड़ रुपियाँको लागतमा निर्माण भइरहेको छ। परियोजनाको पहिलो चरण केही महीनाअघि गजलडोबामा 204 करोड़ रुपियाँको लगानीमा आरम्भ भएको थियो र पाइपलाइनको 42% काम पहिले नै सम्पन्न भइसकेको छ। गजलडोबामा टिस्टा नदीबाट पानी इण्टेक…
Read More
जिमीको खोजमा सुशान्त

जिमीको खोजमा सुशान्त

प्रत्येक बिहान स्कूटरमा सवार भएर यतादेखि उता घुमिरहेका छन् सुशान्त। कुनै घरबाट जिमीको जस्तै कुकुरको आवाज आए सिधै त्यहाँ पुग्छन् अनि जुन कुकुरको आवाज सुनियो कृपया त्यसलाई एकपल्ट देखाइदिनुहुन्छ भनेर घर मालिकलाई अनुरोध गर्छन्। तर किन सुशान्त त्यसरी हिँड़िरहेका छन्? के छ त्यस्तो माया? जिमी वास्तवमा सुशान्तको प्रिय कुकुर हो। अहिले त्यो कुकुर हराएको छ। त्यसैको खोजीमा दिनभरि सिलगढ़ीका गल्लीहरूमा भौँतारिरहेका छन् सुशान्त। प्यारो जिमी भेटिएला भनेर तिनले शहरका मुख्य ठाउँहरूमा सयभन्दा अधिक पोस्टर टाँसिसकेका छन्। पोस्टरमा जिमीको फोटो पनि छ। त्यहाँ सुशान्तको भावनात्मक अपिल लेखिएको छ – "गत 26 फरवरी राति लगभग 8 बजीतिर कसैले यस कुकुरलाई घर अगाड़िबाट…
Read More
ड्रग्सविरुद्ध पानीघट्टा पुलिसको धारावाहिक कार्वाही

ड्रग्सविरुद्ध पानीघट्टा पुलिसको धारावाहिक कार्वाही

अहिले ड्रग्स सेवन समाजकै निम्ति अति घातक बनिसकेको छ। वर्तमान समयमा कतिपय युवाहरूले गाँजा, ड्रग्स अनि नशालु पर्दाथहरू सेवन गरेर आफ्नो जीवन नै मृत्युको मुखमा जाँकिसकेका छन्। फेरि कतिपय युवाहरूले नशालु पर्दाथहरूको सेवन गरेर आफ्नो घरदेखि गाउँ-समाजमा पनि अशान्ति फैलाइरहेका छन्। यस्ता घटनाहरू तराई क्षेत्रका विभिन्न स्थानहरूमा नौलो कुरो होइन। यस्ता घटनाहरूलाई निर्मूल पार्न पानीघट्टा पुलिस पोस्ट दिन रात नभनी गाउँ-गाउँ, बस्ती-बस्ती पुगेर ड्रग्सखोर, गाँजा खाने र नशालु पर्दाथ सेवन गर्ने युवाहरूलाई पक्राउ गर्ने कार्यमा लागिपरेको छ। पोस्टका बड़ाबाबु अनोमल हुसैनले दिएका जानकारीअनुसार निरपानी र च्याङ्गाबाट लगभग दसजना कुलतमा परेका युवाहरूलाई पक्राउ गरिएको छ। उमेर कम्ती भएको कारण तिनीहरूलाई सुधार…
Read More
नगर निगमद्वारा अवैध संरचनाविरुद्ध कार्वाही

नगर निगमद्वारा अवैध संरचनाविरुद्ध कार्वाही

सिलगढ़ी नगर निगमले शहरमा अवैध निर्माण र अतिक्रमणविरुद्ध अभियान जारी राखेको छ। बुधवार सिलगढ़ी नगर निगमले अवैध रूपमा बनाइएका संरचनाहरूविरुद्ध कार्वाही गर्दै वार्ड नम्बर 2 मा रहेको बहुतल्ले भवनको पार्किङ क्षेत्रमा निर्माण गरिएका दुईवटा अवैध पसलहरू भत्काइदिएको छ। प्राप्त रिपोर्टहरूअनुसार, भवन निर्माणपछि पार्किङ क्षेत्रमा अवैध रूपले दुईवटा पसल बनाएर भाड़ामा लगाइएको थियो। यसबारे नालिश प्राप्त भएपछि नगर निगमले भवन मालिकलाई पसल हटाएर पार्किङ क्षेत्र पुनर्स्थापित गर्न निर्देश दिएको थियो। तर उक्त निर्देशलाई अदेखा गरियो। पछि यो मुद्दा उच्च न्यायालयसम्म पुग्यो। उच्च न्यायालयले अवैध संरचनाहरू भत्काउने आदेश दियो। न्यायालयको आदेशलाई कार्यान्वयन गर्दै नगर निगमले बुधवार बुल्डोजर चलाएर पार्किङ क्षेत्र खाली गराएको…
Read More