Piyali Poddar

569 Posts
एसआईआर नोटिशले क्षुब्ध राज्यका मन्त्री

एसआईआर नोटिशले क्षुब्ध राज्यका मन्त्री

राज्यका एक मन्त्रीलाई एसआईआर सुनुवाइको नोटिश पठाइएको निर्वाचन आयोगले जनाएको छ। एसआईआर नोटिशको खबर सार्वजनिक भएसितै राजनीतिक वृत्तमा हलचल आरम्भ भएको छ। एसआईआरलाई अगाड़ि राखेर भारतीय जनता पार्टीले उत्पीड़न गरिरहेको आरोप तृणमूल कङ्ग्रेसले लगाएको छ। यसपल्ट राज्यका मन्त्री ताजमुल होसैनलाई नोटिश पठाइएको छ। यसअघि तृणमूलका सांसद काकली घोष दोस्तीदारकी आमा, बहिनी र तिनका दुई छोरालाई पनि एसआईआर सुनुवाइको नोटिश पठाइएको थियो। राज्यको सत्तारूढ़ दलका थुप्रै विधायकहरू पनि यसबाट अछुतो रहेनन्। नोबल पुरस्कार विजेता अमर्त्य सेनपछि नेताजी सुभाषचन्द्र बोसका पनाति चन्द्र बोसलाई पनि सुनुवाइका लागि बोलाइएको छ।हाल राज्यभरि एसआईआर सुनुवाइ प्रक्रिया चलिरहेको छ। राज्यका धेरै मानिसहरूलाई नोटिश पठाइएको छ। यस्तै अवस्था…
Read More
बीडीओ प्रशान्त बर्मनलाई आत्मसमर्पण गर्ने सर्वोच्च न्यायालयको निर्देशन

बीडीओ प्रशान्त बर्मनलाई आत्मसमर्पण गर्ने सर्वोच्च न्यायालयको निर्देशन

अब व्यवसायी हत्याकाण्डमा आरोपी बीडीओ प्रशान्त बर्मनले अनिवार्य रूपमा आत्मसमर्पण गर्नुपर्ने भएको छ। जलपाइगढ़ीको राजगञ्जका बीडीओ प्रशान्त बर्मनले शुक्रवार 23 जनवरीभित्र आत्मसमर्पण गर्नुपर्ने आदेश सोमवार सर्वोच्च न्यायालयले दिएको हो। अग्रिम जमानतको माग गर्दै प्रशान्त सर्वोच्च न्यायालय पुगेका थिए। तर त्यसबाट खासै लाभ भएन। सर्वोच्च न्यायालयका न्यायाधीश राजेश बिन्दल र न्यायाधीश विजय विष्णोईको डिभिजन बेञ्चले स्पष्ट रूपमा प्रशान्त बर्मनले अब आत्मसमर्पण गर्नैपर्ने निर्णय सुनाएको हो। बर्मनका वकिलले आत्मसमर्पणका लागि 26 जनवरीसम्म समय माग गरेका थिए तर त्यो निवेदन खारेज गरियो। यद्यपि आत्मसमर्पणपछि तिनले जमानतको निवेदन दिन सक्नेछन्। जाँचकर्ताले रिमाण्ड मागे त्यो निवेदन पनि स्वीकार हुन सक्ने बताइएको छ।उत्तर 24 परगनाको दत्ताबाद…
Read More
मुख्यमन्त्रीद्वारा महाकाल मन्दिरको शिलान्यास

मुख्यमन्त्रीद्वारा महाकाल मन्दिरको शिलान्यास

मतिगढ़ामा महाकाल मन्दिर निर्माण कार्यको शिलान्यास समारोहमा उपस्थित भएर नाम नलिईकनै विपक्षीलाई कठोर सन्देश दिँदै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, कसैले पनि म पञ्जिका–टञ्जिका हेर्दिनँ भनेर नसोचून्। 4.15 पछि शुभ समय थियो, म त्यसैअनुसार यहाँ आएकी हुँ। राज्य विधानसभाको चुनाउ नजिकिँदै गर्दा त्यसको पूर्वसन्ध्यामा सिलगढ़ीमा यो विशाल मन्दिर परियोजनाको आरम्भले बङ्गालको राजनीति तात्तिएको छ। चुनाउअघि साम्प्रदायिकता र धर्मलाई हतियार बनाएर तृणमूलले मतपेटिका भर्न खोजिरहेको भाजपाको तर्फबाट आरोप लगाइएको थियो। आज ती अड़कलबाजी र हिन्दुत्वबारे विपक्षीको एकाधिकार दाबीको मुख्यमन्त्रीले प्रत्यक्ष प्रत्युत्तर दिइन्। शास्त्रीय समय वा तिथिअनुसार कार्यक्रममा सहभागी भएर तिनले पञ्जिका र हिन्दू रीतिरिवाज पालना गर्न आफू पनि उत्तिकै दक्ष रहेको सन्देश…
Read More
निरपानियाबाट बालिका बेपत्ता

निरपानियाबाट बालिका बेपत्ता

निरपानी शान्तिग्राम निवासी 14 वर्षीय प्रीति लोहार बेपत्ता बनेकी जानकारी प्राप्त भएको छ। गत 15 जनवरीको बिहान लगभग 4 बजीदेखि प्रीति आफ्नो निजी वासस्थानदेखि नै लापता बेनेकी हुन्। परिवारले चारैतिर सोधखोज गर्दा पनि तिनीबारे पत्तो लगाउन सकेको छैन। खोजी गरेर पनि पत्तो नलागेपछि पानीघट्टा पुलिस थानामा प्रीति बेपत्ता बनेको घटनाबारे बिहीवार प्राथमिकी दर्ता गराइएको परिवार पक्षले जनाएको छ।कमला लोहारद्वारा गरिएको प्राथमिकीमा प्रीतिसितै निरपानियाको तोरीबारी निवासी रेणु शर्मा (17 वर्ष) पनि बेपत्ता बनेकी छन्। प्राथमिकीमा उल्लेख गरिएअनुसार 14 जनवरीको दिन रेणु शर्मा प्रीतिको घरमा आएर बसेकी थिई। तर बिहान लगभग 4 बजी ती दुवै घरबाट बेपत्ता बनेका हुन्।निरपानी कोलाबारी नेपाली जुनियर…
Read More
नाबालिका अपहरण प्रयासको आरोपमा दुई पक्राउ

नाबालिका अपहरण प्रयासको आरोपमा दुई पक्राउ

सिलगढ़ीमा नाबालिका विद्यार्थीलाई अपहरण गर्ने प्रयास गरेको आरोपमा एक महिलासहित दुईजनालाई पक्राउ गरिएको छ। विद्यालय बन्द भएपछि छैटौँ कक्षामा अध्ययनरत छात्रा घर फर्किँदै गर्दा अपहरण गर्ने प्रयास गरिएको आरोप लागेको हो। पुलिस सूत्रअनुसार गुल्माकी वासिन्दा माया घोष अनि चम्पासारीका अभिजीत सूत्रधार स्कुटीमा सवार भई आएर विद्यालयको गेटनजिक उक्त छात्राको सम्पर्कमा आए। पहिले तिनीहरूले छात्रासित कुराकानी गर्न खोजे अनि त्यसपछि घर पुर्यााइदिने बहाना गरेर तिनलाई जबरजस्ती स्कूटीमा चढ़ाउने प्रयास गरे।सतर्कता अनि साहस देखाएर उक्त छात्रा आफूलाई जोगाउन सफल भइन्। आरोपीहरूले पुनः प्रयास गर्दा तिनले सहयोगीका लागि चिच्याइन्। नाबालिकाको चिच्याहट सुनेर स्थानीय दोकानदारहरू अनि मानिसहरू घटनास्थलमा आइपुगे अनि प्रधान नगर पुलिसलाई जानकारी…
Read More
रेलमन्त्रीद्वारा एनजेपीमा कार्यको समीक्षा

रेलमन्त्रीद्वारा एनजेपीमा कार्यको समीक्षा

शुक्रवार केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले सिलगढ़ीस्थित न्यू जलपाइगढ़ी रेल स्टेशनको रूपान्तरण तथा आधुनिकीकरण कार्यको प्रगति समीक्षा गरे। लगभग 500 करोड़ रुपियाँको लागतमा निर्माणाधीन यस स्टेसनको कार्यप्रति सन्तोष व्यक्त गर्दै वैष्णवले उत्तर बङ्गालको रेल सम्पर्क प्रणालीमा ठूलो परिवर्तनको सङ्केत दिए।आज दिउँसो बाघडुग्रा विमानस्थलमा अवतरण गरेपछि रेलमन्त्री सिधै सड़क मार्ग हुँदै एनजेपी स्टेसन आइपुगे। स्टेसनको नक्सा र पूर्वाधारको अवलोकन गर्दै तिनले भविष्यमा एनजेपीदेखि अझ यात्री तथा माल रेल सञ्चालन गर्ने योजना रहेको घोषणा गरे। त्यसै उद्देश्यलाई ध्यानमा राख्दै स्टेसनमा रेलका कोचहरूको मरम्मती अर्थात कोच मेण्टेनेन्स सम्बन्धी पूर्वाधारलाई व्यापक रूपमा विस्तार गरिने बताए। यसबाट उत्तर बङ्गालबाट देशका विभिन्न भागहरूमा सिधा रेल सम्पर्क अझ…
Read More
16 जनवरीदेखि मुख्यमन्त्रीको उत्तर बङ्गाल भ्रमण

16 जनवरीदेखि मुख्यमन्त्रीको उत्तर बङ्गाल भ्रमण

जनवरी १६ देखि आरम्भ हुने मुख्यमन्त्री ममता ब्यानर्जीको तीन दिने उत्तर बङ्गाल भ्रमणलाई ध्यानमा राखेर प्रशासनिक तयारी तीव्र रूपमा अगाड़ि बढ़िरहेको छ। मुख्यमन्त्रीको स्वागतका लागि पार्टी कार्यकर्ताहरूले शहरभरि ब्यानर र पोष्टर लगाइरहेका छन् भने सिलगढ़ीभरि कठोर सुरक्षा व्यवस्था गरिएको छ। सिलगढ़ी कमिश्नरेट पुलिसका आयुक्तले डीडी, एसओजी, आईबी र डीआईबी टोलीलाई शहरका प्रत्येक क्षेत्रमा निगरानी राख्न निर्देशन दिएका छन्। प्रमुख स्थानहरूमा आरएएफ टोलीसहित ठूलो सङअख्यामा पुलिस तैनाथ गरिनेछ भने ड्रोनमार्फत अतिरिक्त निगरानी पनि गरिनेछ। विशेष गरी मतिगढ़ा र उत्तर कन्यामा कठोर सुरक्षा व्यवस्था गरिएको छ। मुख्यमन्त्रीको उत्तर कन्यामा बसाईका क्रममा मिनी सचिवालय नजिकका दुवै सड़क बन्द गरिनेछ। मतिगढ़ामा महाकाल मन्दिरको शिलान्यास…
Read More
जलपाइगढ़ीमा गोलीकाण्ड

जलपाइगढ़ीमा गोलीकाण्ड

जलपाइगढ़ीमा गोलीकाण्ड भएको छ। बुधवार राति शहरको मुख्य केन्द्रमा गोली चलेको हो। यद्यपि गोली चलेको घटनामा कसैको पनि ज्यान गएको वा घाइते भएको जानकारी छैन। घटनापछि क्षेत्रमा सन्त्रास फैलिएको छ। कोतवाली थाना पुलिसले घटनाको जाँच आरम्भ गरेको छ। प्राप्त जानकारीअनुसार जलपाइगढ़ी शहरको समाजपाड़ा क्षेत्रका वासिन्दा रामप्रसाद काम्ती नामक एक व्यक्तिले राति आवास भवनको तल आफ्नो गाड़ी पार्क गरेका थिए। बिहीवार बिहान हेर्दा गाड़ीको चालक सिटतर्फ ऐना फुटेको अवस्थामा फेला परेको थियो। गाड़ीभित्र ऐनाका थुप्रै टुक्रा छरिएका थिए। गाड़ीभित्र सिटमा गोली अड्किएको अवस्थामा भेटियो। छेउको आवास भवनको झ्यालमा पनि गोली लागेको चिन्ह देखिएको छ। त्यहाँबाट पनि एउटा गोली फेला परेको छ।स्थानीय…
Read More
जलपाइगढ़ी सर्किट बेञ्चको नयाँ भवन उद्घाटन हुने

जलपाइगढ़ी सर्किट बेञ्चको नयाँ भवन उद्घाटन हुने

कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चको नव–निर्मित भवनको उद्घाटन आगामी 17 जनवरीको दिन हुने तय भएको छ। उद्घाटनलाई लक्षित गर्दै भवनलाई बत्तीले सजाइएको छ भने अन्तिम तयारी तीव्र रूपमा अघि बढ़िरहेको छ।सिलगढ़ी नगर निगमका मेयर गौतम देबले उद्घाटनको तयारीसितै व्यवस्थाको समीक्षा गर्न स्थलको निरीक्षण गरे। तिनीसित जलपाइगढ़ी नगरपालिकाका अध्यक्ष सैकत चट्टोपाध्याय पनि उपस्थित थिए। तिनीहरूले नयाँ परिसरको पूर्वाधार, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापन पक्षको निरीक्षण गरे। आधिकारिक सूअनुसार उद्घाटन समारोहमा भारतका प्रधान न्यायाधीशको उपस्थिति रहने अपेक्षा गरिएको छ।निरीक्षणका क्रममा बोल्दै मेयर गौतम देबले जलपाइगढ़ी सर्किट बेञ्चको स्थापनाले उत्तर बङ्गालका जनसाधारणको दीर्घकालीन माग पूरा भएको बताए। राज्य सरकारले सर्किट बेञ्च भवन…
Read More
जमीन फिर्ता गर्न जलपाइगढ़ी सदर महकुमा अधिकारीको आदेश

जमीन फिर्ता गर्न जलपाइगढ़ी सदर महकुमा अधिकारीको आदेश

यसै महीनाको 21 तारिखभित्र राधिका लाइब्रेरीको कब्जामा परेको मैनागुड़ीस्थित जमीनको सिमाना निर्धारण गरी उक्त स्थानमा खम्बा गाड्न जलपाइगढ़ी महकुमा अधिकारी तमोजित चक्रवर्तीले निर्देशन दिएका छन्। कब्जा गरिएको चार डेसिमल जमीनबाट अतिक्रमणकारीहरू हट्नुपर्ने आदेश पनि दिइएको छ। राधिका लाइब्रेरीको चार डेसिमल जमीन कब्जा गरिएको बताउँदै लगभग दुई वर्षअघि राधिका लाइब्रेरी विकास मञ्चले जिल्ला अधिकारीको कार्यालयमा उजुरी दिएको थियो।उक्त उजुरीका आधारमा जिल्ला अधिकारीको कार्यालयद्वारा जाँच गरिएको थियो। त्यसपछि यस विषयमा जलपाइगढ़ी महकुमा अधिकारीको न्यायालयमा सुनुवाइ आरम्भ भएको थियो। पटक–पटक सुनुवाइपछि बुधवार मैनागुड़ी ब्लक भूमि कार्यालयका अधिकारीलाई कब्जा गरिएको जमीन पहिचान गरी लाइब्रेरीको जिम्मामा फिर्ता गराउन महकुमा अधिकारीले निर्देशन दिएका छन्। उक्त दिनको…
Read More