Piyali Poddar

496 Posts
बङ्गाल विश्व व्यापार सम्मेलनमाथि उत्तरको गिद्धे नजर

बङ्गाल विश्व व्यापार सम्मेलनमाथि उत्तरको गिद्धे नजर

जतिसुकै प्रस्ताव दिइए पनि वा निवेशको आश्वासन प्राप्त भए पनि उत्तर बङ्गालका चिम्नीहरूबाट धुवाँ नउठ्ने स्पष्ट छ। यस्तो सन्देश पाएपछि यहाँका उद्योग-वाणिज्य सङ्गठनहरूले पर्यटन उद्योगमाथि नै जोड़ दिइरहेका छन्। बुधवार कोलकातामा बङ्गाल विश्व व्यापार सम्मेलन आरम्भ भइरहेको छ। स्वाभाविक रूपमा मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा यो कार्यक्रम अघि बढ्नेछ। यही मञ्चमा उत्तर बङ्गालको पर्यटनलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रयास गरिनेछ। यस अवसरलाई प्रयोग गर्दै हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेण्ट नेटवर्क (एचएचटीडीएन)ले विभिन्न प्रस्तावहरू अघि सार्नेछ भने इण्डियन च्याम्बर अव् कमर्स (आईसीसी) र कन्फेडेरेशन अव् इण्डियन इण्डस्ट्रीज (सीआईआई) ले पनि पर्यटनलाई प्राथमिकता दिने तय छ किनभने पर्यटन नै उत्तर बङ्गालको जीवन रेखा…
Read More
राजगञ्जमा आँगनबाड़ी कर्मीहरूको विक्षोभ प्रदर्शन

राजगञ्जमा आँगनबाड़ी कर्मीहरूको विक्षोभ प्रदर्शन

आँगनबाड़ी कर्मीहरूले आज विक्षोभ प्रदर्शन गर्दै 18 बुँदे माग पत्र सम्बन्धित अधिकारीलाई बुझाएका छन्। उक्त प्रदर्शन वेष्ट बेङ्गल आँगनबाड़ी वर्कर्स एण्ड हेल्पर वेल्फेयर एसोसिएशनको पहलमा गरिएको थियो। राजगञ्ज ब्लक बाल विकास परियोजना अधिकारी कार्यालयअघि आँगनबाड़ी कर्मीहरूले विक्षोभ प्रदर्शन गरेका हुन्। प्राप्त जानकारीअनुसार, राजगञ्ज ब्लकअन्तर्गत 12 ग्राम पञ्चायतहरूबाट लगभग 300 आँगनबाड़ी वर्कर्स तथा हेल्परहरूले प्रदर्शनमा सहभागिता जनाएका थिए। मङ्गलवार आन्दोलनरत आँगनबाड़ी कर्मीहरूले आफ्नो 18 बुँदे मागहरू अघि सारे जसमा अन्य विकसित राज्यसरह पारिश्रमिक तथा अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने, एकीकृत बाल विकास परियोजनामा राष्ट्रिय शिक्षा ऐन लागु गर्नुपर्ने, उच्च न्यायालयको आदेशअनुसार सरकारी मान्यता प्रदान गर्नुपर्ने, सरकारी आदेशहरूको कार्यान्वयन गर्नुपर्ने र केन्द्र सरकारको…
Read More
दुर्घटना रोक्न इष्टर्न बाइपासमा रेट्रो-रिफ्लेक्टिभ टेपको जड़ान

दुर्घटना रोक्न इष्टर्न बाइपासमा रेट्रो-रिफ्लेक्टिभ टेपको जड़ान

दुर्घटनाहरूको रोकथाम गर्न महत्त्वपूर्ण कदम स्वरूप परिवहन विभागको एमभीआई टोलीले सिलगढ़ीको इष्टर्न बाइपासमा रेट्रो-रिफ्लेक्टिभ टेपहरू जड़ान गर्ने कार्य आरम्भ गरेको छ। 29 जनवरीको राति विभिन्न स्थानहरूमा टेपहरू जड़ान गरियो। प्राप्त रिपोर्टहरूअनुसार इष्टर्न बाइपास दुर्घटनाको केन्द्र बनेको छ अनि दुर्घटनामा धेरैले ज्यान समेत गुमाइसकेका छन्। यस समस्यालाई समाधान गर्न अधिकारीहरूले दुर्घटनाग्रस्त क्षेत्रहरू र अन्धकारमय भागहरू पहिचान गरी त्यहाँ रेट्रो-रिफ्लेक्टिभ टेप जड़ान गर्ने निर्णय लिएका हुन्। बुधवार साँझ परिवहन विभागको एमभीआई टोलीले ती रेट्रो-रिफ्लेक्टिभ टेप राखे। उक्त कार्यमा अब्दुल रोहान, नटन विश्वास, शुभङ्कर सेन, दयाल बर्मन, अभिषेक गुप्ता अनि अजय लामा लगायत अन्य सामेल थिए।दुर्घटना रोक्ने आफ्नो नैतिक जिम्मेवारी रहेको एमभीआई टोलीले…
Read More
स्थानीय मानिसहरूको विरोधको सम्मुखीन अधिकारीहरू

स्थानीय मानिसहरूको विरोधको सम्मुखीन अधिकारीहरू

सिलगढ़ीको इस्कोन रोड क्षेत्रमा पर्ने एकतियासाल तिलेस्वरी अधिकारी उच्च माध्यमिक विद्यालयको जमीनमा खानेपानी परियोजनाको निरीक्षण गरियो। तर निरीक्षण गर्न जाँदा जलपाइगढ़ी जिल्ला परिषद सदस्य मनीषा रोय र बीडीओ कार्यालयका अधिकारीहरू स्थानीय मानिसहरूको विरोधको सम्मुखीन बने। प्राप्त जानकारीअनुसार सार्वजनिक स्वास्थ्य इञ्जीनियरिङ विभागले विद्यालयको परिसरमा पानी सङ्कलन गर्ने प्रस्ताव राखेको थियो। स्थानीय मानिससित परामर्श गरेपछि पीएचई विभागका अधिकारीहरूले केही दिनअघि स्थल भ्रमण गरेका थिए। तर त्यति बेला पनि स्थानीय मानिस अनि विद्यालय प्रशासनको अधिकारीहरूले विरोधको सामना गर्नुपरेको थियो।बुधवार मनीषा रोय र बीडीओ कार्यालयका अधिकारीहरू पुनः स्थलगत निरीक्षण गर्न विद्यालयमा पुगेका थिए। तर स्थानीय मानिसहरूको कड़ा विरोधको कारण तिनीहरूलाई त्यहाँबाट फर्कन बाध्य बनाइयो।…
Read More
केवल अभिषेक-ममताको तस्वीर राखिने

केवल अभिषेक-ममताको तस्वीर राखिने

तस्वीर विवादमा यसपटक तृणमूल सतर्क बनेको छ। यसपल्ट तृणमूलको विधानसभा कार्यकर्ता सभा कोचबिहारको दक्षिण विधानसभामा आयोजना हुँदैछ। आगामी 31 जनवरीमा उक्त सभा हुने तय भएको छ। विवाद टार्नका लागि उक्त सभाको प्रचारमा हालसम्म कुनै पनि जिल्ला नेताको तस्वीर प्रयोग गरिएको छैन। सामाजिक सञ्जालमा प्रचारका लागि दिइएका पोस्टरहरूमा केवल मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको तस्वीर मात्र समावेश गरिएको छ। ब्लक नेतृत्वले जानकारी दिएअनुसार, उक्त कार्यकर्ता सभा कदमतला फूटबल खेल मैदानमा आयोजना गरिनेछ। त्यहाँ मञ्च निर्माण कार्य आरम्भ भइसकेको छ। त्यहाँ झुण्ड्याइने पोस्टर वा फेस्टुनमा पनि यी दुई नेताकै मात्र तस्वीर हुने बताइएको छ।यसअघि नाटाबारीसहित केही क्षेत्रमा तृणमूलका सभा सम्पन्न भएको…
Read More
आजदेखि मेचपाड़ा चियाबारी खुल्ला

आजदेखि मेचपाड़ा चियाबारी खुल्ला

आजदेखि अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकस्थित मेचपाड़ा चियाबारी अन्ततः फेरि खोलिएको छ। चियाबारी खोलिएपछि बिहीवार बिहान चियाबारीको काममा फर्किएका श्रमिकहरूको मुहारमा मुस्कान देखियो। गत 9 जनवरीको दिन मेचपाड़ा चियाबारीको व्यवस्थापनले चियाबारी बन्द गरेको थियो। त्यसपछि गत मङ्गलवार श्रम विभागले त्रिपक्षीय बैठक आयोजना गर्योि। उक्त बैठकमा चियाबारी पुनः खोल्ने निर्णयमा सहमति बनियो र चियाबारी आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। चियाबारी फेरि खोलिएपछि श्रमिकहरूको मुहारमा मुस्कान देखिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको अलिपुरद्वार भ्रमणको क्रममा जिल्लामा दुई चियाबारी पुन खोलिसकेका छन्। प्राप्त जानकारीअनुसार, मदारीहाट ब्लकस्थित दलमोर चियाबारी बुधवार खोलियो। त्यसबाहेक तीन अन्य चियाबारी– तोर्षा, कालचिनी र राइमाताङ पनि 20 जनवरीमा खोलिए। मुख्यमन्त्री ममता…
Read More
वाहन दुर्घटनामा 5 गम्भीर घाइते

वाहन दुर्घटनामा 5 गम्भीर घाइते

घना कुहिरोका कारण मालबजारमा वाहन दुर्घटना भएको छ। बुधवार मध्य राति मालबजार शहरको आदर्श विद्याभवनअघि यो दुर्घटना भएको हो। प्राप्त जानकारीअनुसार घना कुहिरोको कारण गोरुबथानदेखि चाल्सातर्फ गइरहेको सानो यात्रीवाहक वाहन सड़क किनारमा खड़ा गरिएको डम्परसित ठोक्किन पुग्यो। ठक्कर लगत्तै उक्त वाहन सड़कमा पल्टियो। घटनामा वाहनभित्र रहेका पाँचजना यात्री गम्भीर रूपले घाइते भए। घाइतेमध्ये एक बच्चा पनि सामेल छ। घाइतेहरूलाई तुरुन्त उद्धार गरी शुरुमा माल सुपर स्पेशियालिटी अस्पताल लगियो। अवस्था गम्भीर रहेको कारण केहीबेरको निगरानीपछि साङ्गे लामा(5), बलम गुरुङ(47) र रामबहादुर गुरुङ (55) लाई उत्तर बङ्गाल मेडिकल कलेजमा रेफर गरिएको छ। पुलिसले यसैबीच वाहनलाई जफत गरिसकेको छ।
Read More
पुलिस अधीक्षकको वाहनमा बीमा फेल!

पुलिस अधीक्षकको वाहनमा बीमा फेल!

दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाश चढ्ने वाहनका कागजातबारे प्रश्न उठिरहेको छ। उक्त वाहनको प्रदूषण, बीमा जस्ता सबै कागजातहरू फेल रहेका आरोप उठेको छ। तर त्यसै वाहनमा अधीक्षक सारा जिल्लामा घुमिरहेका छन्। केवल अधीक्षकको मात्र होइन अन्य अधिकारीहरूको अधिकांश वाहनको पनि त्यस्तै हालत छ। थाना ओसीका वाहनदेखि गस्ती भ्यानसम्म सबैमा कागजातहरू नहुने आरोप छ। ती वाहनहरूको प्रदूषण र बीमा कुनै पनि कागजातको म्याद सकिएको दाबी गरिएको छ। दार्जीलिङ जिल्ला पुलिस अधीक्षकको वाहनको नम्बर हालेर आरटीओ एपमा खोज्दा उक्त नम्बरका वाहनको बीमा र प्रदूषण प्रमाणपत्र लामो समयदेखि फेल रहेको देखिन्छ। जिल्ला पुलिस अधीक्षकले चढ्ने वाहनको यस्तो अवस्था देखेर सर्वसाधारणमा आक्रोश बढ़ेको…
Read More
मुख्यमन्त्रीको भ्रमणमा चिया क्षेत्रलाई प्राथमिकता

मुख्यमन्त्रीको भ्रमणमा चिया क्षेत्रलाई प्राथमिकता

मदारीहाट उपनिर्वाचनमा तृणमूलको विजयपछि मुख्यमन्त्री ममता ब्यानर्जीको पहिलो अलिपुरद्वार भ्रमणमा चिया क्षेत्रलाई विशेष महत्व दिइँदैछ। सूत्रअनुसार यसपल्ट भ्रमणमा लगभग आठ हजार चिया श्रमिकहरूले जमीनको पट्टा प्रदान गरिनेछ। थप केही सय चिया श्रमिकहरूलाई ‘चिया सुन्दरी’ परियोजनाअन्तर्गत घर प्रदान गरिने बताइएको छ। मङ्गलवार अपराह्न मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वार आइपुगेकी छन्। प्रशासन सूत्रले बताएअनुसार बुधवार अलिपुरद्वारमा मुख्यमन्त्रीको प्रशासनिक बैठक हुनेछ। बिहीवार कालचिनीको सुवाषिणी चियाबारीको मैदानमा सरकारी सुविधा वितरण कार्यक्रम हुनेछ। तर यो प्रशासनिक बैठक वा सरकारी सुविधा वितरण कार्यक्रम केवल अलिपुरद्वार जिल्लाको निम्ति मात्र हुने हो वा छेवैका दुई जिल्ला जलपाइगुढ़ी अनि कोचबिहारलाई पनि समेटिने हो भनेर प्रशासनले स्पष्ट जानकारी दिएको छैन। सरकारी…
Read More
सज्जाकको सहयोगी आबाल पक्राउ

सज्जाकको सहयोगी आबाल पक्राउ

गयलपुकुरको पाञ्जीपाड़ामा पुलिसले गोली चलाएको घटनामा मुख्य आरोपी सज्जाक आलमको मृत्यु भयो। अब तिनको मुख्य सहयोगी तथा बङ्गलादेशी नागरिक अब्दुल हुसैन उर्फ आबाललाई पुलिसले पक्राउ गरेको छ। आइतवार राति उत्तर दिनाजपुरको करणदिघी विधानसभाअन्तर्गत सिमानासित जोड़िएको रसाखोवा क्षेत्रबाट तिनलाई पक्राउ गरिएको हो। हत्या मामिलाको आरोपमा सज्जाक न्यायालयमा विचाराधीन कैदी थिए। गत बुधवार इस्लामपुर न्यायालयदेखि रायगञ्ज लैजाँदै गर्दा सज्जाकले दुई पुलिसलाई गोली हानेर भागेका थिए। त्यसपछि शनिवार बिहान चोपड़ा सिमाना हुँदै बङ्गलादेश भाग्ने क्रममा पुलिससित भएको भिड़न्तमा सज्जाकको मृत्यु भएको थियो। तर जेलभित्र रहेका हत्या मामिलाका आरोपीले आग्नेयास्त्र कसरी पाए? भन्ने प्रश्न उठेको छ। गत बुधवार इस्लामपुर न्यायालय परिसरमै सज्जाकले आग्नेयास्त्र पाएका…
Read More