14
Apr
वक्फ संशोधन कानूनको विरोधमा केही दिनदेखि मुर्शिदाबाद जिल्लाको केही क्षेत्र तनाउग्रस्त छन्। स्थिति नियन्त्रणमा ल्याउन केन्द्रीय सुरक्षा बल तैनाथ गरिएको छ। पछिल्ला घटनामा तीनजनाको मृत्यु भएको थियो। मुर्शिदाबादको स्थिति अहिले नियन्त्रणमा रहेको पश्चिम बङ्गाल पुलिसका डीजी राजीव कुमारले जानकारी दिएका छन्। मुर्शिदाबादको स्थिति सम्हाल्न राज्य सरकारले 23 जना दक्ष पुलिस अधिकारीहरूलाई आपतकालीन रूपमा डाकेको थियो। यसै क्रममा सिलगढ़ीको 4 नम्बर वार्डको ज्योतिनगरमा पनि स्थिति तनाउग्रस्त बनेको छ। यस्तो स्थितिमा राज्यको सूचीमा रहेका सिलगढ़ीका एकजना पुलिस अधिकारीलाई मुर्शिदाबाद नपठाउने सिलगढ़ी पुलिस कमिश्नरेटले निर्णय गरेको छ।प्राप्त जानकारीअनुसार मुर्शिदाबादको स्थितिको सम्हाल्न राज्यका विभिन्न जिल्लाबाट 23 दक्ष पुलिस अधिकारीहरूलाई बोलाइएको छ। उक्त सूचीमा उत्तर…
