Piyali Poddar

569 Posts
34 किशोरीहरू उद्धार, तीन एजेण्ट पक्राउ

34 किशोरीहरू उद्धार, तीन एजेण्ट पक्राउ

ठ्याक्कै 7 दिनपछि फेरि एउटै घटना सिलगढ़ीमा पुनः दोहोरिएको छ। फेरि रोजगार दिने प्रलोभनमा किशोरीहरूलाई तस्करी गर्न खोजिएको आरोप छ। बितेको 21 जुलाई तारिख बेलुका एनजेपी स्टेशनबाट 56 जना किशोरीहरूलाई उद्धार गरिएको थियो। यसपल्ट सिलगढ़ी जङ्क्सन क्षेत्रबाट तस्करीको प्रयास विफल पार्दै प्रधाननगर थानाको पुलिसले 34 जना किशोरीहरूलाई उद्धार गरेको छ। ती किशोरीहरूलाई रोजगार दिने प्रलोभन देखाई जङ्क्सनबाट राँची लैजान बस रिजर्भ गरिएको थियो। उद्धार गरिएका किशोरीहरू प्रायः नागरकट्टा, मटेली र अलिपुरद्वारका चियाबारी क्षेत्रका वासिन्दा हुन्। यसै क्रममा तीनजनालाई पुलिसले पक्राउ गरेको छ। तस्करीको सञ्चालनको शैली हालसालै जीआरपीले उद्धार गरेका किशोरीहरूको घटनासित निकै मेल खान्छ। त्यसैले ती एजेण्टहरूको सम्बन्ध सोही गिरोहसित…
Read More
एसएसबीद्वारा प्रतिबन्धित विदेशी सामग्री जफत

एसएसबीद्वारा प्रतिबन्धित विदेशी सामग्री जफत

आठौँ वाहिनी सशस्त्र सीमा बलका सीमा चौकी बड़ामणिरामजोतका जवानहरूले विशेष गस्तीको क्रममा एक पुरुष तस्करलाई पक्राउ गरेका छन्। सीमा स्तम्भ नम्बर 87/3 देखि लगभग 6.5 किलोमिटर टाढ़ा नक्सलबारी टोल प्लाजनजिक उक्त व्यक्तिबाट 60 किलो ओखर (चिनियाँ उत्पाद), डाबर हाजमोला रेगुलर 38 कण्टेनर प्रति कण्टेनर 500 ग्राम (नेपालमा निर्मित), डाबर हाजमोला पुदिना 58 कण्टेनर प्रति कण्टेनर 500 ग्राम (नेपालमा निर्मित), डाबर रेड पेष्ट 360 टुक्रा प्रति टुक्रा 80 ग्राम (नेपालमा निर्मित), डाबर रेड पेष्ट 144 टुक्रा प्रति टुक्रा 40 ग्राम (नेपालमा निर्मित), सनस्लिक श्याम्पू (कालो चिन्ह) 2400 प्रत्येक पाउच 5 एमएल (नेपालमा निर्मित), सनसिल्क श्याम्पू (कपाल झर्ने समाधान) 5 एमएलका 1200…
Read More
जैविक मह उत्पादनमा जीटीएको जोड

जैविक मह उत्पादनमा जीटीएको जोड

पहाड़का वासिन्दालाई मौरी पालनतर्फ प्रोत्साहित गर्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) ले जैविक मह उत्पादनमा विशेष ध्यान दिइरहेको छ। पहाड़मा केही किसानहरूले मौरी पाल्ने गरेका छन् तर यसको मुख्य उद्देश्य भनेको जमीनमा फल्ने बालीलाई बाँदर, हात्ती लगायतका वन्यजन्तुबाट जोगाउनु हो। धेरै किसानले उत्पादन गरेको मह बोतलमा हालेर स्थानीय बजारमा बिक्री गर्छन्। तर उत्पाद यति थोरै हुन्छ कि निर्यात गर्न सकिँदैन। जबकि जैविक महको बजार मूल्य निकै राम्रो छ। यसतर्फ ध्यान दिँदै जीटीएले मौरी पालनमा थप प्रोत्साहन दिइरहेको छ। किसानहरूलाई प्रशिक्षणसितै मौरी राख्न ‘बी बक्स’ पनि उपलब्ध गराइँदैछ।जीटीएका मुख्य जनसम्पर्क अधिकारी शक्तिप्रसाद शर्माले भने, जैविक महको राम्रो माग छ। शरीर स्वस्थ राख्न…
Read More
गाईको मृत्युमा अनेकौ प्रश्न

गाईको मृत्युमा अनेकौ प्रश्न

भारत नेपाल सीमा ओकेटी चियाबारीको खड्का गाउँनजिक बाटोमै बिमारी अवस्थामा गाई छोड़िएको थियो। आज 21 दिनपछि उक्त गाईको मृत्यु भएको छ। अहिले यस घटनाबारे निकै चर्चा चुलिएको छ। धेरै प्रयास र उपचार गरे पनि अन्ततः गाईको मृत्यु भएपछि उक्त गाई कसको हो अथवा कसले ल्याएर गाईलाई बाटोमै छोड़िदियो भन्ने प्रश्न रहस्य नै बनेको छ। धेरै मानिसहरूले गाई नेपालबाट भारत ल्याइएको अनि यो गाई तस्करीको मामिला हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। कसैले पाल्न ल्याइएको भए वा गाँउबाट चरणमा गएको गाई भए मालिक देखा पर्थे। तर 21 दिनसम्म गाईले जीवन र मृत्युमाझ सङ्घर्ष गरिरहँदा पनि गाई मालिक ननिस्केपछि आशङ्का अझ गहिरो…
Read More
सिलगढ़ीमा फेरि एटीएम लुटपाट

सिलगढ़ीमा फेरि एटीएम लुटपाट

बुधवार बिहान लगभग 3 बजी आशीघर पुलिस चौकीनजिक लोकनाथ बजारमा रहेको एक राष्ट्रियकृत ब्याङ्कको एटीएम मेसिनबाट पैसा लुटिएको खबर छ। प्राप्त जानकारीअनुसार चारचक्के गाड़ीमा आएका दुईजना दुष्कर्मीले ग्यास कट्टर प्रयोग गरेर एटीएम मेसिन काटी पैसा लुटे। घटनाको जानकारी पाएपछि सिलगढ़ी थाना पुलिस टोली घटनास्थल पुगेको थियो अनि जाँच थालिएको छ। पुलिस तथा स्थानीय सूत्रअनुसार दुष्कर्मीहरूले बुधवार बिहानै एटीएम लुटपाट गरेका हुन्। सीसीटीभी फूटेजमा तिनीहरू मुख गम्छाले छोपेर आएका देखिन्छन्। ग्यास कट्टरको प्रयोग गर्दा एटीएममा आगो लागेको थियो। आगलागी देखेपछि स्थानीय वासिन्दा प्रदीप कर्मकारले दमकल विभागलाई खबर गरे। सिलगढ़ीदेखि आएको दमकलको एउटा इञ्जिनले आगोलाई नियन्त्रणमा ल्यायो। त्यही मौका छोपेर दुष्कर्मीहरूले एटीएमबाट…
Read More
पानी ट्याङ्कीबाट बङ्गलादेशी नागरिक पक्राउ

पानी ट्याङ्कीबाट बङ्गलादेशी नागरिक पक्राउ

अवैध रूपले भारत प्रवेश गरेको आरोपमा फेरि एसएसबीको जालमा एकजना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। भारत–नेपाल सीमा क्षेत्रमा पर्ने पानी ट्याङ्कीमा बिहीवार अबेर राति विशेष अभियान चलाउँदा तिनलाई एसएसबीका जवानहरूले नियन्त्रणमा लिएका हुन्। पक्राउ परेका व्यक्तिको नाम मोहन्त बर्मन बताइएको छ। प्राप्त जानकारीअनुसार भारतमा अनाधिकृत रूपले प्रवेश गरेको 10 महीनाभित्रै तिनले दलाल गिरोहमार्फत भारतीय आधार कार्ड र प्यान कार्डसमेत बनाइसकेका थिए। तिनी बङ्गलादेशको ठुकगाउँ जिल्लाका वासिन्दा हुन्।एसएसबी सूत्रअनुसार उक्त बङ्गलादेशी नागरिक 10 महीनाअघि भारत–बङ्गलादेश सीमाको हल्दीबारी इलाकाबाट एक दलालको सहयोगमा भारत प्रवेश गरेका थिए। भारतका विभिन्न स्थान घुमेपछि तिनी नेपाल सीमावर्ती पानी ट्याङ्कीको कालीमन्दिर छेउमा रहेको एउटा भाड़ाको घरमा बस्न…
Read More
कसमसभित्र खाद्य सुरक्षा विभागको कारवाही

कसमसभित्र खाद्य सुरक्षा विभागको कारवाही

शहरका प्रमुख र व्यस्त मलमध्ये एक कसमस मलभित्र रहेको आइसक्रिम पार्लरमा आज खाद्य सुरक्षा विभागले ठूलो कारवाही गरेको छ। निरीक्षणका क्रममा देखिएका दृश्यहरू केवल हैरान पार्ने मात्र नभई उपभोक्ताहरूको स्वास्थ्यबारे गम्भीर चिन्ता सिर्जना गर्ने विषय छन्। आइसक्रिम पार्लरभित्र सफाईको चरम अभाव रहेको, खाद्य सामग्रीहरू खुल्ला अनि अस्वच्छ तरिकाले राखिएका अनि पसलभित्र साङ्ग्लो समेत देखिएको विभागले पत्तो लगायो। साथै उक्त पार्लर कानूनी रूपले मान्य व्यापार अनुमतिबिना सञ्चालन भइरहेको पनि पाइयो। यी त्रुटिहरू देखेपछि खाद्य सुरक्षा अधिकारीहरूले पार्लरलाई कठोर चेताउनी दिँदै सात दिनको म्याद दिएका छन्। उक्त अवधिभित्र सरसफाई, कीट नियन्त्रण र कानूनी कागजातहरू पूरा गर्न निर्देशन दिइएको छ। यदि तोकिएको समयमा…
Read More
समस्याको समाधान गरिदिने अनुरोध

समस्याको समाधान गरिदिने अनुरोध

सुके जोरबङ्लो खण्डअन्तर्गत गोपालधारा कोठी गाँउ डनबस्को स्कूलदेखि गोपालधारा भीर गाँउसम्म स्थानीय मानिसहरूले श्रमदानद्वारा खनन गरेका सड़कमा धेरै पैह्रो झरेर अहिले यातायात ठप्प बनेको छ। यातायात ठप्प बनेपछि स्थानीय मानिसहरूले धेरै समस्या झेल्न परिरहेको छ। पैह्रोले सड़कमा अवरोध सिर्जना भएपछि यस सड़कमा दैनिक ओहोर दोहोर गर्ने स्थानीय विद्यार्थी, चिया श्रमिक अनि साधारण मानिसहरूलाई धेरै समस्या भइरहेको स्थानीय जङ्गबीर सिरूपालीले बताए। सड़क ठप्प भएपछि कतिपय मसिना विद्यार्थीहरू विद्यालय जान असमर्थ बनेका पनि तिनले बताए। तिनले भने, भीर गाउँ विकासदेखि वञ्चित रहेको ठाउँ हो। हामीले चिने र जानेका सबैलाई सड़क निर्माणका लागि निवेदन गरेका हौँ। तर कसैले हाम्रो समस्याको समधान गरिदिएन। बल्ल…
Read More
किशनगञ्जबाट लागू औषधीसहित दुई पक्राउ

किशनगञ्जबाट लागू औषधीसहित दुई पक्राउ

सीमा सुरक्षा बल (बीएसएफ) अनि किशनगञ्ज पुलिसले संयुक्त अभियान सञ्चालन गरेर दुईजना लागू औषधी तस्करलाई पक्राउ गरेको छ। यो कारवाही उत्तर बङ्गाल फ्रण्टियरअन्तर्गत किशनगञ्ज सेक्टरको एमजीएम किशनगञ्ज क्षेत्रमा गरिएको हो। अभियानमा दुवै तस्करहरू शङ्कास्पद निषेधित लागू औषधीसहित पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा बीएसएफ अनि किशनगञ्ज पुलिसको टोलीले बुधवार दिउँसो लगभग 2.15 बजी अभियान चलाएको थियो। खोजतलासीका क्रममा दुवै आरोपीहरूबाट एक प्याकेट फेला पारियो जसमा 101.15 ग्राम शङ्कास्पद लागू औषधी फेला परेको हो। फेला पारिएको सामग्रीको भारतीय बजार मूल्य लगभग रु. 90,000 आकलन गरिएको छ भने अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य अझ बढ़ी हुन सक्ने अनुमान गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको…
Read More
ल्याम्प्स बोर्ड गठन नगरे आन्दोलनको चेताउनी

ल्याम्प्स बोर्ड गठन नगरे आन्दोलनको चेताउनी

कार्यालय छ तर बोर्ड छैन। उत्तर बङ्गालका आदिवासीहरूका लागि गठन गरिएको थियो लार्ज एरिया मल्टी पर्पोज सोसाइटी (ल्याम्प्स)। तर कोरोना महामारीको समयमा ल्याम्प्स बोर्ड विघटन गरियो। त्यसको परिणाम स्वरूप ल्याम्प्सको आफ्नै ब्याङ् खाताकमा करोड़ौँ रुपियाँ जम्मा भए पनि आदिवासी तथा विभिन्न जनजाति समुदायका मानिसहरूले त्यसलाई प्रयोग गर्न सकिरहेका छैनन्। ठूलो परियोजनाहरू पनि रोकिएका छन्। राज्यभरि बीडीओहरूलाई ल्याम्प्सको विशेष जिम्मावारी दिइएको छ। तर प्रशासनिक कार्यमा व्यस्त भएकाले तिनीहरूले ल्याम्प्सका काममा समय दिन सकिरहेका छैनन्। त्यसैले आदिवासी विकास परिषदले छिट्टै ल्याम्प्स बोर्ड गठन गर्नुपर्ने माग उठाएको छ। वामकालीन समयमा आदिवासी र जनजातिहरूको आफ्नै संस्था बनेको थियो ल्याम्प्स। सहकारी समितिको चुनाउ जस्तै ल्याम्प्समा…
Read More