Piyali Poddar

496 Posts
नियम तोड़ेर शिक्षक बने बङ्गलादेशी

नियम तोड़ेर शिक्षक बने बङ्गलादेशी

विद्यार्थी भिसामा भारत आएर कानून विपरीत उत्तर बङ्गाल विश्वविद्यालयको मास कम्युनिकेशन विभागमा गेष्ट फ्याकल्टी (अतिथि शिक्षक) को रूपमा कार्यरत छन् एकजना बङ्गलादेशी युवक। यो तथ्य बाहिर आएपछि चारैतिर हङ्गामा मच्चिएको छ। आरोपीको नाम शान भौमिक हो। विश्वविद्यालयका कागजातअनुसार दुई वर्षको विद्यार्थी भिसा लिएर शान भौमिकले मास कम्युनिकेशन विभागबाट स्नातकोत्तर अध्ययन पूरा गरेका थिए। हालै तिनको भिसा अवधि बढ़ाइएको छ। विद्यार्थी भिसामा भारत आएका विदेशी नागरिकलाई कसरी अतिथि शिक्षक नियुक्त गरियो भन्ने प्रश्न उठिरहेको छ। विश्वविद्यालय अनुदान आयोगको नियमअनुसार स्नातकोत्तर स्तरमा अध्यापन गर्न न्यूनतम योग्यता एनईटी वा एसईटी उत्तीर्ण गरेको हुनु अनिवार्य छ। साथै विद्यवारिधि पनि आवश्यक हुन्छ। तर ती योग्यता…
Read More
चोरी सुन बेच्नअघि आरोपी पक्राउ

चोरी सुन बेच्नअघि आरोपी पक्राउ

चोरी गरेको सुन पगालेर त्यसलाई बेच्ने योजना बनाएको थियो अपराधीले। तर त्यसअघि नै चोरीको घटनामा मुख्य आरोपीलाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति फूलबारी 1 ग्राम पञ्चायतअन्तर्गत कामराङ्गागुड़ीका वासिन्दा जाहिदुल अली हुन्। केही दिनअघि पोड़ाझार क्षेत्रमा बस्ने दिपाली घोष नामकी महिलाको घरमा चोरी भएको थियो। अपराधीहरूले दिपालीको घरबाट सुनका गहना चोरेर सुइँकुच्चा ठोकेका थिए। त्यसपछि उक्त महिलाले एनजेपी थानामा सम्पूर्ण घटनाबारे लिखित रूपमा प्राथमिकी दर्ता गराएकी थिइन्।जाँच थालेर पुलिसले विभिन्न सीसीटिभी फूटेजहरू जाँच गर्योठ। त्यसपछि जाहिदुललाई नियन्त्रणमा लिएर सोधपुछ आरम्भ गरियो। पुलिसको दाबीअनुसार सोधपुछमा आरोपीले चोरी गरेको स्वीकार गरेको छ। त्यसपछि पुलिस उक्त आरोपीबाट सुनका गहना उद्धार…
Read More
भयानक आगलागी घर र तीनवटा गाड़ी जलेर खरानी

भयानक आगलागी घर र तीनवटा गाड़ी जलेर खरानी

सखारै बिहानी सिलगढ़ीको एनजेपी मेन रोडनजिक 35 नम्बर वार्डमा भयानक आगलागीको घटना भएको छ। एउटा घरमा अचानक आगो लागेपछि त्यसको झिल्काले आगो तुरुन्तै फैलियो। आगलागीमा घरका फर्निचर, महत्त्वपूर्ण कागजातहरू जलेर खरानी भए। आगोको लप्काले घरबाहिर पार्क गरिएका तीनवटा गाड़ीलाई पनि पूर्ण रूपले क्षतिग्रस्त बनेका छन्।प्रारम्भिक अनुमानअनुसार आगोको कारण सर्ट सर्किट हुन सक्ने बताइएको छ। घटनापछि तुरुन्तै विद्युत विभाग र दमकल विभागलाई खबर दिइयो। दमकल विभागको एउटा गाडी र विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा तुरुन्तै आइपुगे। दमकलकर्मीहरूको अथक प्रयासपछि आगो नियन्त्रणमा ल्याउन सकियो।घटनाबारे घरका मालिक बिक्की रायले भने, एका बिहानै अचानक आगो लाग्यो। धेरै ठूलो क्षति भयो। महत्त्वपूर्ण कागजातहरू केही पनि जोगाउन…
Read More
ब्राउन सुगरसहित दुई युवक पक्राउ

ब्राउन सुगरसहित दुई युवक पक्राउ

ब्राउन सुगरसहित दुई युवकहरू पक्राउ परेका छन्। मोठ 23 ग्राम ब्राउन सुगरसहित दार्जीलिङका युवकहरूलाई निरपानीमा पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा 24 वर्षी सोहन नामगेल अनि 20 वर्षीय जिग्मी तामाङ हुन्। यी दुवै युवाहरू दार्जीलिङ सदर थानाअन्तर्गत क्षेत्रका वासिन्दा हुन्। प्राप्त जानकारीअनुसार बुधवार साँझ लगभग 6 बजी नक्सलबारीदेखि निरपानीको रोड भएर दार्जीलिङतर्फ बाइकमा सवार भएर गइरहेका यी दुई युवकहरूलाई पक्राउ गरिएको हो। यी युवाहरू निरपानीमा आइपुग्दा शङ्काको आधारमा पुलिस प्रशासनद्वारा रोक्यो। छानबिन गर्दा पुलिसले एकजना युवकबाट 9 ग्राम अनि अर्को युवकबाट 14 ग्राम ग्राम ब्राउन सुगरको प्याकेट फेला पाऱ्यो। त्यसपछि यी दुवै युवकहरूलाई पक्राउ गरिएको हो। थप प्राप्त जानकारीअनुसार आज यी…
Read More
कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइयो

कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइयो

दार्जीलिङ जिल्ला कङ्ग्रेस समितिका अध्यक्षसहित राष्ट्रिय कङ्ग्रेसका सबै पदबाट शङ्कर मलाकरलाई हटाइएको छ। बुधवार प्रेस विज्ञप्तिमार्फत कङ्ग्रेसले शङ्कर मालाकरलाई सबै पदबाट हटाइएको जानकारी दिएको हो। मालाकरको स्थानमा अस्थायी रूपमा सुबीन भौमिक, अलकेश चक्रवर्तीलगायत अन्य चार नेताले जिम्मावारी सम्हाल्नेछन्।आज कङ्ग्रेसले दार्जीलिङ जिल्लाका प्रभावशाली कङ्ग्रेस नेता शङ्कर मलाकरलाई हटाउने विषयमा जारी गरिएको प्रेस विज्ञप्तिमा स्पष्ट रूपमा लेखिएको छ दार्जीलिङ जिल्ला कङ्ग्रेस समितिका अध्यक्षसहित राष्ट्रिय कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइएको छ। साथै दार्जीलिङ जिल्लाका दैनिक कार्यहरू हेर्नका लागि एउटा समिति गठन गरिएको छ। भारतीय राष्ट्रिय कङ्ग्रेस समितिबाट नयाँ कुनै निर्देशन नआएसम्म नयाँ समितिले नै दार्जीलिङ जिल्लामा कङ्ग्रेसका सबै कामकाज सञ्चालन गर्नेछ।वर्तमान अवस्थामा…
Read More
डोरी बाँधेर रेल पुलबाट नदीमा हाम फाल्दा 11 लाई जरिमाना

डोरी बाँधेर रेल पुलबाट नदीमा हाम फाल्दा 11 लाई जरिमाना

बग्दै आइरहेको काठ सङ्कलन गर्न ज्यानको जोखिम उठाएर धेरैजना टिस्टा नदीमा हाम फाल्न थालेका छन्। कोही त डोरीले कम्मरमा बाँधेर रेलको पुलबाट बगिरहेको नदीमा नै पस्छन्। जलपाइगढ़ीको टिस्टा किनारमा बसोवास गर्ने केही वासिन्दाहरूले यस्तो जोखिमपूर्ण कार्य गरिरहेका छन्। यसकारण रेलवे सुरक्षा बल (आरपीएफ) र सरकारी रेलवे पुलिस (जीआरपी) ले एघाह्रजनालाई जरिमाना गरेका छन्। आरपीएफअनुसार, रेलको पुल प्रयोग गरेर काठ सङ्कलन गर्ने क्रममा जुन सुकै बेला ठूलो दुर्घटना हुन सक्छ। त्यसैले यस्तो कार्य रोक्न जरिमाना गरिएको हो। त्यससितै पुलमा निगरानी पनि बढ़ाइएको छ।नदीमा बग्दै आइरहेको काठ सङ्कलन गर्न यहाँको नयाँ अभ्यास होइन। टिस्टा किनारका वासिन्दाहरूले यी काठहरू खाना पकाउन इन्धनको रूपमा…
Read More
बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

एक समय थियो जब चराको चिरबिर र वन्यजन्तुको आवाजले कुञ्जनगरका वासिन्दाहरूको निद्रा खुल्थ्यो। तर अहिले गाउँलेहरू ट्र्याक्टरको गर्जनले ब्युझिन्छन्। बिहान उठ्न साथ हेर्दा सड़कभरि बालुवा र ढुङ्गा छरिएको हुन्छ। अहिले कुञ्जनगरको बुढ़ी तोर्षा नदी खनेर बग्रेल्तै बालुवा–ढुङ्गा तस्करी भइरहेको छ। यद्यपि फालाकाटामा कुनै पनि नदीबाट बालुवा वा ढुङ्गा उठाउने रोयल्टी नरहेको भू–विभागले जानकारी दिएको छ। त्यसो भए बुढ़ी तोर्षामा के भइरहेको छ? प्रशासनका अधिकारीहरूसित यसको कुनै जवाब छैन। बुढ़ी तोर्षा नदीबाट बालुवा–ढुङ्गा निकाल्दा पर्यावरणीय सन्तुलनमाथि गम्भीर प्रभाव परेको धारणा पर्यावरणविद्हरूको छ। यहाँसम्म कि वन विभागका धेरै अधिकारीहरूले पनि यसलाई स्वीकार गरेका छन्। अहिले नै ठूलो परिमाणमा बालुवा–ढुङ्गा उठाउँदा नदी कटान…
Read More
सिलगढ़ीमा बन्दको व्यापक प्रभाव

सिलगढ़ीमा बन्दको व्यापक प्रभाव

विश्व हिन्दू परिषदले आह्वान गरेको 24 घण्टाको बन्दले सिलगढ़ीमा व्यापक प्रभाव पारेको छ। बन्द अवधि सिलगढ़ीको हिलकार्ट रोड, झङ्कार मोड़ क्षेत्रमा तनाउ उत्पन्न भयो। सोमवार विश्व हिन्दू परिषदका केही सदस्यहरूले एउटा निजी ब्याङ्कको शटर तानेर जबरजस्ती ब्याङ्क बन्द गर्ने प्रयास गरे। तर त्यसै बेला त्यहाँ उपस्थित पुलिसको टोलीले तिनीहरूलाई रोक्न खोज्दा धक्कामुक्की र भनावैरी आरम्भ भयो।ब्याङ्क खुल्ला देखेर बन्द समर्थकहरू आक्रोशित भए। तिनीहरूले पहिले ब्याङ्कका कर्मचारीहरूसित कुराकानी गर्न खोजे तर पछि शटर झार्नका लागि अघि बढ़े। त्यसै बेला पुलिसले तत्काल हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा ल्यायो। यस घटनाका कारण केही समयका लागि हिलकार्ट रोडमा वाहनहरूको आवागमन प्रभावित भयो। तर थप पुलिस…
Read More
दिलीप बर्मनद्वारा राजीनामाको चेताउनी

दिलीप बर्मनद्वारा राजीनामाको चेताउनी

सिलगढ़ी नगर निगमको बोर्ड बैठकमा वार्ड नम्बर 46 का काउन्सिलर तथा नगर निगमका तीन डिभिजनका एमआईसी दिलीप बर्मनले राजीनामा दिने चेताउनी दिए। पदमा रहे पनि तिनलाई कुनै पनि काम गर्न नदिइएको तिनको गुनासो छ। पदको जिम्मावारी लिएदेखि नै तिनलाई अदेखा गरियो। यदि तिनलाई काम गर्न दिइँदैन भने त्यस पदमा नबस्नु नै उचित हुने दिलीप बर्मनले आज स्पष्ट पारे।अर्कातिर मेयर गौतम देवले भने, म सबै जानकारी र प्रमाणसित काम गर्छु। म लगभग 34 पल्ट 46 वार्ड गएको छु। दिलीप बाबुले किन यस्तो गुनासो गरिरहेका छन् भन्ने कुरा स्पष्ट छैन। सायद तिनलाई कतै केही बुझ्न समस्या भइरहेको छ। यस विषयमा फोरममा छलफल…
Read More
कोचबिहार कलेजमा भीषण आगलागी

कोचबिहार कलेजमा भीषण आगलागी

बुधवार राति 10.30 बजीतिर कलेजको भूगोल प्रयोगशालामा आगलागी भएको छ। खबर पाएपछि दमकलका दुईवटा इञ्जिन घटनास्थलमा पुगे। कोतवाली पुलिस चौकीको टोली पनि त्यहाँ पुगेको थियो। लगभग 11.30 बजीसम्म आगो नियन्त्रणमा ल्याइएको पुलिसले जनाएको छ। पुलिसले जनाएअनुसार प्रयोगशालामा रहेका 40 वटा कम्प्युटर क्षतिग्रस्त भएका छन्। तर आगलागीको कारणबारे भने अझै स्पष्ट भएको छैन।सूत्रअनुसार उक्त राति लगभग 9 बजीतिर कोचबिहारमा प्रचण्ड हुरीसहितको पानी परेको थियो। त्यसै समयमा कलेजको दोस्रो तल्लामा रहेको भूगोल प्रयोगशालामा स्थानीयहरूले ठूलो आगो लागिरहेको देखे। धेरै स्थानीय मानिसहरू कलेजअघि भेला भएका थिए। सम्पूर्ण क्षेत्रमा त्रासको वातावरण फैलिएको थियो। त्यसपछि स्थानीयहरूले नै घटनाबारे दमकललाई खबर गरे।भूगोल प्रयोगशाला पूर्ण रूपले जलेर…
Read More