Piyali Poddar

569 Posts
व्यक्तिगत फाइदा उठाउनेहरूलाई चौहानको चेताउनी

व्यक्तिगत फाइदा उठाउनेहरूलाई चौहानको चेताउनी

मगरजोङ चियाबारी दुई वर्षसम्म बन्द रह्यो। बन्द अवधि मगरजोङ चियाबारीमा कतिपयले व्यक्तिगत फाइदाका लागि चिया बोट उखाल्ने, जमीन काटेर प्रयोग गर्ने जस्ता कार्य गरेको पाइए त्यसको सम्पूर्ण जिम्मावारी तिनीहरू आफैले वहन गर्नुपर्ने जीटीएका अध्यक्ष अञ्जुल चौहानले चेताउनी दिएका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाध्यक्ष तथा नागरी धजे समष्टिका सभासद चौहानले भने, यदि सार्वजनिक फाइदाका लागि जस्तै ट्याङ्की निर्माण वा 10 नम्बर खेल मैदान निर्माणका लागि जमीन प्रयोग भएको हो भने म त्यसको पक्षमा छु। तर व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको कार्यहरूको जिम्मावारी म लिन सक्दिनँ। तिनले थपे, चियाबारी बन्द अवधि मौका छोपेर व्यक्तिगत फाइदाका लागि चियाको बोट उखाल्ने, बाटो वा घर…
Read More
पतिद्वारा पत्नीको ह*त्या

पतिद्वारा पत्नीको ह*त्या

पतिको हातबाट पत्नीको हत्या भएको घटना प्रकाशमा आएको छ। बिहीवार बिहान यो दुखद घटना मैनागुड़ी ब्लकको रामसाई बजार क्षेत्रमा भएको हो। पत्नीलाई हत्या गरेपछि आरोपी पतिले सुइँकुच्चा ठोकेका छन्।थाहा लागेअनुसार मृत महिलाको नाम आर्मिला उराँव (35) हो। बिहीवार मैनागुडी पुलिसले तिनको घरभित्रबाट रगताम्मे शव उद्धार गरेको छ। तिनको शव नजिकै एउटा बञ्चरो पनि फेला पारिएको थियो। यसैबीच तिनका श्रीमान् राजकुमार अहिले भागेका छन्।पुलिस सूत्रअनुसार यी दम्पत्तीका एक छोरा र एक सानी छोरी छन्। पारिवारिक विवादकै कारण राजकुमारले बञ्चरो प्रहार गरेर पत्नीको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। पुलिसले हाल भागेका राजकुमारको खोजी कार्य तीव्र बनाएको छ। शवलाई पोस्टमर्टमका लागि…
Read More
शङ्कर घोष विधानसभाबाट निलम्बित

शङ्कर घोष विधानसभाबाट निलम्बित

आज पश्चिम बङ्गाल विधानसभामा उत्पत्त अवस्था देखियो। मुख्यमन्त्री ममता ब्यानर्जीको भाषणको कारण बिहीवार दिउँसो विधानसभाको विशेष अधिवेशनमा निकै तनाउ चर्कियो। मुख्यमन्त्रीले बोल्न आरम्भ गर्न साथ भाजपाका विधायकहरू आक्रोशित भए। किन तिनीहरूको आवाज दबइयो? किन बोल्न दिइएन? भनेर भाजपा विधायकहरूले प्रश्न उठाए। तब नै होहल्ला, नाराबाजी अनि टेबल ठटाइने काम आरम्भ भयो।मुख्यमन्त्रीको भाषण बीचैमा भाजपा विधायकहरूले सभामुखलाई घेरे। स्थिति नियन्त्रणमा ल्याउन सभामुख विमान बन्दोपाध्यायले भरमग्दुर प्रयास गरे। भाजपाका विधायकहरूमध्ये सबैभन्दा सक्रिय थिए सिलगढ़ीका विधायक शङ्कर घोष। सभामुखले शङ्कर घोषलाई निलम्बन गरे। त्यसपछि स्थिति अझै नियन्त्रणभन्दा बाहिर गयो। मार्शलहरू शङ्कर घोषलाई सदनबाट बाहिर निकाल्न जाँदा नाटकीय तानातानी आरम्भ भयो। शङ्कर घोष विधानसभादेखि…
Read More
आमा-छोरीको उपलब्धिमा गाउँ नै खुशी

आमा-छोरीको उपलब्धिमा गाउँ नै खुशी

मिरिक महकुमाअन्तर्गत टिङलिङ प्वाली धुराका आमा छोरी ठूलो उपलब्धि प्राप्त गरेका छन्। आमा रिया प्रधान छेत्री अनि छोरी समृद्धि छेत्रीले गत 30 अगस्तमा दार्जीलिङको भानु भवनमा सकुन प्रोडक्शनद्वारा आयोजित फेस अफ द दार्जीलिङ प्रतियोगितामा मिस ग्लोरियस अनि साइनिङ स्टार उपाधि हत्याए। तिनीहरूको उपलब्धिले क्षेत्रको नाम पनि सबैतिर चर्चा आइरहोक छ। आमी रिया प्रधान छेत्रीले प्रतियोगितामा फेस अफ द दार्जीलिङको उपाधि प्राप्त गरेकी हुन् भने छोरी समृद्धिले किड्स क्याटोगेरीमा साइनिङ स्टारको ताज पहिरिइन्।आमा -छोरीको यस्तो उपलब्धिदेखि हर्षित बन्दै टिङलिङ चियाबारी नव प्रतिभा समाजले कार्यक्रम आयोजन गरेर दुवैलाई बधाई टक्राएको छ। समाजका सचिव वल्लभ अधिकारी अनि सदस्य अशोक छेत्रीले आमा छोरीको यस…
Read More
भोरेर आलोमा एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालन हुने

भोरेर आलोमा एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालन हुने

नयाँ वर्षको आरम्भतमा गजलडोबाको भोरेर आलो पर्यटन केन्द्रमा एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालनमा आउनेछ। पर्यटन विभागले यस पार्कको पूर्वाधार पहिले नै तयार गरिसकेको छ। तर पनि यस पार्कलाई पर्यटन विभागले सञ्चालन गर्ने छैन। त्यसको जिम्मा एउटा निजी संस्थाले दिइनेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले सन् 2018 मा गजलडोबा पर्यटन हबको उद्घाटन गरेकी थिइन्। त्यसपछि भोरेर आलोमा लगभग दुई ऐकर जग्गामा हात्ती सफारीका लागि पार्क तयार गरिएको थियो। तर वन विभाग अनि पर्यटन विभागमाझ भएको विवादले त्यो पार्क सञ्चालन हुन सकेन। उक्त पार्कमा हात्ती चढ्ने भऱ्याङसहितको घर, माहुतेहरूको बस्ने ठाउँ अनि टिकट काउण्टरसमेत तयार गरिएको थियो। तर पार्क सञ्चालन नहुँदा त्यहाँ पर्यटन विभागले एउटा…
Read More
मेयर परिषदबाट बर्खास्त श्रावणी दत्त

मेयर परिषदबाट बर्खास्त श्रावणी दत्त

14 नम्बर वार्डकी काउन्सिलर श्रावणी दत्तलाई मेयर परिषद पदबाट हटाइएको छ। यसबारे अहिले नै सिलगढ़ीको राजनीतिमा चर्चा चुलिएको छ। तर यस विषयमा अझसम्म श्रावणी दत्तको कुनै प्रतिक्रिया आएको छैन। तृणमूल कङ्ग्रेसका दुई गुटमाझ रहेको विवादका कारण आइतवार मध्य राति सिलगढ़ी नगर निगमको 14 नम्बर वार्डको राजीव मोड़मा तनाउ सिर्जना भएको थियो। वार्डकी काउन्सिलर श्रावणी दत्त, तृणमूलकै अर्को गुटका नेता राजु दास तथा तिनका समर्थकबीच वाकयुद्ध भएको थियो। त्यस वाकयुद्धपछि बढ़ेर कुटपिटसम्म पुगेको आरोप छ। राजीव मोड़मा अबेर रातिसम्म एक-दुई पसल खुल्ला राखेर बाहिरका मान्छेहरूले स्थानीय मानिसहरूसित उल्टापुल्टा व्यवहार गरिरहेका साथै खुल्ला सड़कमा मदिराको सेवन पनि भइरहेको वार्ड काउन्सिलरको आरोप छ।…
Read More
विधायकद्वारा राजगञ्जमा सड़क निर्माण कार्यको शिलान्यास

विधायकद्वारा राजगञ्जमा सड़क निर्माण कार्यको शिलान्यास

बुधवार राजगञ्जको सारियाममा पथश्री 3 योजनाअन्तर्गत नयाँ सड़क निर्माण कार्यको शिलान्यास गरिएको छ। विधायक खगेश्वर रोयले राजगञ्ज ब्लकअन्तर्गत कुकुरजान ग्राम पञ्चायत क्षेत्रमा सड़क निर्माण कार्यको शिलान्यास गरेका हुन्।प्राप्त विवरणअनुसार नयाँ सड़क आमबारी–फालाकाटा सड़कनजिकैको काली मन्दिरदेखि फकीरपुर प्राथमिक विद्यालयसम्म नयाँ सड़क निर्माण गरिनेछ। यसले सारियामस्थित राष्ट्रिय राजमार्ग 27 देखि 5.5 किलोमिटर दूरी कभर गर्नेछ। पञ्चायत तथा ग्रामीण विकास विभागको पर्यवेक्षणमा बन्ने यो सड़क लगभग 2.05 करोड़ रुपियाँको लागतमा निर्माण गरिनेछ।विधायक खगेश्वर रोयसितै सड़क निर्माण शिलान्यास कार्यक्रममा जलपाइगढ़ी जिल्ला परिषदका अध्यक्ष रणवीर मजुमदार, जिल्ला परिषद सदस्य उत्तर बर्मन, राजगञ्ज ब्लक टीएमसी अध्यक्ष अरिन्दम ब्यानर्जी, युवा अध्यक्ष निलाद्री घोष, कुकुरजान ग्राम पञ्चायत प्रधान…
Read More
मेडिकलमा सुपर स्पेशियालिटी ब्लक निर्माण भए पनि सञ्चालनमा छैन

मेडिकलमा सुपर स्पेशियालिटी ब्लक निर्माण भए पनि सञ्चालनमा छैन

उत्तर बङ्गालका जनसाधारणलाई अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा सुपर स्पेशियालिटी ब्लक तयार गरिएको छ। योजनाअनुसार त्यहाँ पेडियाट्रिक सर्जरी, प्लाष्टिक सर्जरी र कार्डियोथोरासिक सर्जरीसितै सबै आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुने बताइएको थियो। तर सुपर स्पेशियालिटी विभाग सञ्चालन गर्नको साटो नयाँ भवनमा पुरानो भवनमा रहेका अल्ट्रासोनोग्राफी, सेण्ट्रल ल्याब, ईईजी, सीसीयू जस्ता विभागहरूलाई सारिएको छ।सुपर स्पेशियालिटी विभागका लागि विभिन्न उपकरण पाँच वर्षअघि नै ल्याइएको थियो। लामो समयदेखि अलपत्र परेकाले ती उपकरण खराब हुँदै गइरहेका छन्। निजी अस्पताल तथा नर्सिङ होम सञ्चालकहरूको दबाउकै कारण सुपर स्पेशियालिटी ब्लक पूर्ण रूपले सञ्चालन हुन नदिएको गम्भीर आरोप उठेको छ। मेडिकलमा निःशुल्क…
Read More
एनजेपी रेलवे क्वार्टरमा चोरी प्रकरणमा दुई आरोपी पक्राउ

एनजेपी रेलवे क्वार्टरमा चोरी प्रकरणमा दुई आरोपी पक्राउ

केही दिनअघि एनजेपी रेल क्वार्टरमा भएको चोरी प्रकरणमा सुन–चाँदीका गहना उद्धार गर्दै दुई युवकलाई पुलिसले पक्राउ गरेको छ। घटनामा संलग्न दुई आरोपी अहिले पुलिसको हिरासतमा छन्। गत 13 जुलाईको मध्य राति न्यू जलपाइगढ़ी पुलिस थानाअन्तर्गत सेण्ट्रल कोलोनीस्थित नेताजी क्लबअघि चोरीको घटना भएको थियो।घर मालिकको आरोपअनुसार त्यो राति चोरहरूको समूहले घरका सबै सदस्यहरूलाई नशालु औषधी छर्की बेहोस बनाएर चोरी गरेको थियो। घरको आलमारीको लक तोड़ेर सुनका गहना लगायत धेरै मूल्यवान सामग्री चोरेर तिनीहरूले सुइँकुच्चा ठोकेका थिए। जानकारी पाएपछि न्यू जलपाइगढ़ी पुलिस घटनास्थल पुगेको थियो र छानबिन आरम्भ गरेको थियो।लगभग एक महीना दश दिन लामो जाँचपछि सञ्जय मण्डल नामक एकजना युवकलाई पक्राउ…
Read More
पर्यटनमा उपहार, पर्वअघि नयाँ रूटमा टोय ट्रेन

पर्यटनमा उपहार, पर्वअघि नयाँ रूटमा टोय ट्रेन

जोय राइडपछि यसपल्ट दशैँ–तिहारअघि थप तीनवटा छोटो ट्रिप सञ्चालन हुने भएका छन्। दार्जीलिङ हिमालयन रेल्वे सूत्रले जानकारी दिएअनुसार यस सेप्टेम्बरमा पर्व अघिसम्म टी टिम्बर स्पेशियल, दार्जीलिङ–खरसाङ स्टीम स्पेशियल अनि खरसाङ महानदी सनराइज स्पेशियल राइड सञ्चालन गरिनेछ। जोय राइड अहिले पर्यटकहरूबीच निकै लोकप्रिय बनेको छ। एक महीनाअघि अनलाइनमा टिकट बूक भइसकेको हुन्छ। दिनमा 10-12 पल्टसम्म राइड चलाए पनि भीड़ सम्हाल्न सकिँदैन। पर्यटकहरूको बढ्दो माग व्यवस्थापन गर्न यो योजना बनाइएको हो।दार्जीलिङ हिमालयन रेल्वेका डाइरेक्टर ऋषभ चौधुरीले भने, पर्यटकहरू मात्र नभई दार्जीलिङवासीका लागि पनि टोय ट्रेन मनोरञ्जनको अभिन्न अङ्ग बनेको छ। त्यसैले नयाँ तीनवटा छोटो ट्रिप आरम्भ गर्ने सोच बनाइएको हो। पर्व अघिसम्म…
Read More