Piyali Poddar

569 Posts
आज समतल क्षेत्रमा पनि ब्याङ्क बन्द

आज समतल क्षेत्रमा पनि ब्याङ्क बन्द

जलपाइगढ़ीका ब्याङ्क कर्मचारीहरूले मङ्गलवार ब्याङ्किङ क्षेत्रमा पाँच दिने कार्यसप्ताह लागू गर्नुपर्ने माग गर्दै राष्ट्रव्यापी हड़तालमा सहभागिता जनाए। सिलगढ़ी अनि वरिपरि क्षेत्रका ब्याङ्किङ संस्थाहरू आज पूर्ण रूपले बन्द राखियो। यसकारण जनसाधारणले चरम समस्या झेल्नु परेका छन्।यो हड़ताल युनाइटेड फोरम अफ ब्याङ्क युनियन (यूएफबीयू) ले आह्वान गरेको हो अनि शहरका ब्याङ्क कर्मचारीहरूले बिहानैदेखि विभिन्न सरकारी तथा निजी ब्याङ्कहरूअघि विरोध र्या्लीहरूमा सहभागिता जनाए।प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पाँच दिने संरचित कार्यप्रणालीको मागलाई अघि सारे, र ब्याङ्किङ क्षेत्रमा राम्रो कार्य–जीवन सन्तुलन तथा कार्यक्षमता सुधारका लागि यो माग अति आवश्यक रहेको बताए।
Read More
पीड़ित परिवारहरूलाई सांसदद्वारा सहयोग प्रदान

पीड़ित परिवारहरूलाई सांसदद्वारा सहयोग प्रदान

सांसद राजु विष्टले सन् 2025 मा उत्तर बङ्गालमा आएको भीषण प्राकृतिक आपदामा प्रभावित 12 परिवारहरूलाई मोठ 12 लाखको आर्थिक सहायता प्रदान गरेका छन्। उक्त आपदाले समतल भूभाग अनि पहाड़ी दुवै क्षेत्रमा व्यापक क्षति पुर्यातएको थियो जसको कारण कैयौँ ज्यान गएको थियो र धेरै परिवारहरू घरबारविहीन बनेका थिए।आपदाबारे जानकारी पाएपछि सांसद राजु विष्टले प्रभावित क्षेत्रहरूको भ्रमण गरेका थिए र पीड़ितहरूलाई सहयोगको आश्वासन दिँदै प्रत्येक प्रभावित परिवारलाई 1.8 लाख क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका थिए। आफ्नो प्रतिबद्धता पूरा गर्दै तिनले खरसाङमा आयोजित कार्यकर्ता महासङ्गम सार्वजनिक सभाको मञ्चबाट 12 प्रभावित परिवारहरूलाई प्रति परिवार 1 लाख रुपियाँको पहिलो किस्ता वितरण गरेका छन्। सूत्रअनुसार बाँकी…
Read More
एसएसबी महानिर्देशकद्वारा पशुपति फाटक सीमा चौकीको निरीक्षण

एसएसबी महानिर्देशकद्वारा पशुपति फाटक सीमा चौकीको निरीक्षण

सशस्त्र सीमा बल (एसएसबी)की महानिर्देशक रेखा लोहानी (आईपीएस) ले आठौँ वाहिनीअन्तर्गत सीमा चौकी पशुपति फाटकको भ्रमण गरेकी छन्। तिनलाई पशुपति फाटक आइपुग्दा वाहिनीका कमाण्डेण्ट मितुल कुमारले भव्य स्वागत गरे। भ्रमणका क्रममा कम्पनी कमाण्डर तथा सहायक कमाण्डेण्ट सिकन्दर कुमारले वाहिनीको कार्यक्षेत्र र सीमा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराए। महानिर्देशकले सीमा चौकीबाट सञ्चालित सुरक्षा गतिविधिहरूको गहन निरीक्षण गरिन्।क्षेत्रमा हालै प्राप्त गरिएका विभिन्न परिचालन सफलताहरूबारे जानकारी लिँदै महानिर्देशक लोहानीले टोलीको कार्यकुशलताको प्रशंसा गरिन्। तिनले पशुपति फाटकमा तैनाथ महिला तथा पुरुष सुरक्षाकर्मीहरूको ड्युटी अवस्थाको पनि निरीक्षण गरिन्। कठिन परिस्थितिमा पनि जवानहरूले देखाएका कर्तव्यनिष्ठा र समर्पणको सम्मान गर्दै तिनले आगामी दिन पनि यसरी नै हौसलासहित…
Read More
दुई नाबालक पक्राउ

दुई नाबालक पक्राउ

आसी घर आउटपोस्ट पुलिसले चयनपाड़ा पावर हाउस क्षेत्रमा भएको झोला थुत्ने घटनासित सम्बन्धित दुईजना नाबालकलाई पक्राउ गरेको छ। घटना 20 जनवरीको राति भएको हो जब रीता पण्डित काम सकेर घर फर्किरहेकी थिइन्।पुलिस सूत्रअनुसार चयनपाड़ा पावर हाउसको पछाड़िको सुनसान बाटो हुँदै हिँड़िरहेको बेला अन्धकारको फाइदा उठाउँदै दुई अज्ञात बदमाशले रीता पण्डितको बाटो छेकेर झोला थुत्ने प्रयास गरे। तिनले विरोध गर्दा आरोपीमध्ये एकले धारिलो हतियारले तिनको हातमा आक्रमण गरी झोला थुतेर सुइँकुच्चा ठोकेको बताइएको छ। घाइते महिलाले तत्कालै आसी घर आउटपोस्टमा घटनाबारे उजुरी दिइन्। उजुरीका आधारमा पुलिसले जाँच अघि बढ़ाउँदै सिलगढ़ाको टिकियापाड़ाका वासिन्दा दुई नाबालकलाई पक्राउ गरेको हो।पुलिसले आरोपीहरूबाट चोरी गरिएको झोला…
Read More
सिलगढ़ीका विधायक शङ्कर घोष अनशनमा

सिलगढ़ीका विधायक शङ्कर घोष अनशनमा

जति–जति चुनाउ नजिकिँदै गइरहेको छ त्यति नै राजनीतिक तापक्रम पनि बढ्दै गइरहेको छ। यसै क्रममा विधायक क्षेत्र विकास कोषको रकम प्रयोग गर्न अवरोध गरिएको आरोप लगाउँदै सिलगढ़ीका विधायक तथा विधानसभामा भाजपाका प्रमुख सचेतक शङ्कर घोषले राज्य सरकार र जिल्ला प्रशासनको विरोधमा अनशन आरम्भ गरेका छन्। बिहीवार सिलगढ़ीको हातीमोड़ क्षेत्रमा पार्टी नेतृत्वका केही सदस्यहरूसहित तिनी अनशनमा बसेका हुन्। आज अनशन मञ्चमा भाजपाको सिलगढ़ी साङ्गठनिक जिल्लाका सह–अध्यक्ष राजु साहा, सिलगढ़ी नगर निगमका प्रतिपक्ष नेता अमित जैन, तीनजना भाजपाका काउन्सिलरसहित अन्य नेताहरू पनि उपस्थित थिए।शङ्कर घोषको आरोपअनुसार तिनको विधायक क्षेत्र विकास कोषबाट शहरका विभिन्न परियोजनाका लागि विनियोजित रकम विभिन्न बहाना लगाएर रोकिएको छ।…
Read More
बक्साको जङ्गलमा ठूलो आकारको बाघ

बक्साको जङ्गलमा ठूलो आकारको बाघ

15 जनवरीदेखि अहिलेसम्म पनि बक्सा बाघ परियोजनाको घना जङ्गलमा बाघ घुम्दै आइरहेको छ। बुधवार राति बक्सा बाघ परियोजना प्राधिकरणले चारवटा ट्र्याप क्यामेरामा कैद भएको रोयल बङ्गाल टाइगरको तस्बिर सार्वजनिक गरेको छ। साथै यसपल्ट वन अधिकारीहरूले पहिलोचोटि उक्त रोयल बङ्गाल टाइगरको गर्जन आफ्नै कानले सुनेको दाबी गरेका छन्।बक्सा बाघ परियोजनाको तर्फबाट देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ इण्डियामा बक्सामा रहेका हालको बाघका तस्बिरहरू पठाइएको थियो। ती तस्बिरहरूको विश्लेषणपछि बाघ विज्ञहरूले यसपल्टकको बाघ सन् 2021 अनि 2023 मा देखिएका बाघहरूभन्दा आकारमा धेरै ठूलो भएको पुष्टि गरेका छन्।बक्सा बाघ परियोजनाका पश्चिम उपक्षेत्रका उपक्षेत्र अधिकारी हरिकृष्णन पीजेले भने, यसपल्टकको बाघ आकारमा मात्र विशाल होइन तर…
Read More
दिनको उज्यालोमै चराको शिकार

दिनको उज्यालोमै चराको शिकार

जलपाइगुडीको क्रान्ति ब्लकअन्तर्गत च्याङमारी क्षेत्रमा दिनको उज्यालोमै गाउँभित्र चराको शिकार भइरहेको घटना सार्वजनिक भएको छ। सोमवार दिउँसोतिर यो घटना बाहिरिएपछि गाउँवासी र पर्यावरणप्रेमीहरूबीच आक्रोश फैलिएको छ। स्थानीय सूत्रअनुसार सोमवार दिउँसो केही युवाहरूले च्याङमारी गाउँको टिस्टा नदीसित जोड़िएको एउटा जलाशयमा चराको शिकार गरिरहेका थिए। बाटो हिँड्ने मानिस र स्थानीय वासिन्दाको नजरमा विषय परेपछि क्षेत्रभरि तनाउको अवस्था सिर्जना भयो।स्थिति प्रतिकूल बन्दै गइरहेको अनुभव गरेपछि ती युवाहरू क्षेत्र छोड़ेर भागे। लामो समयदेखि क्रान्ति ब्लकको आपलचाँद रेञ्जअन्तर्गत विभिन्न क्षेत्रमा चराको शिकारको प्रवृत्ति बढ्दै गएको स्थानीय वासिन्दाहरूको आरोप छ। तिनीहरूको दाबी छ, प्रायः चराका शिकार गर्नेहरू गाउँका गल्ली–गल्लीमा घुमिरहन्छन्। तीर र अन्य उपकरण प्रयोग गरी…
Read More
15 वर्षमै आमा-बाबा बन्ने 28 हजार

15 वर्षमै आमा-बाबा बन्ने 28 हजार

आँखा तिरिमिरी हुने अवस्था छ। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा लोजिकल डिस्क्रिपेन्सीको सीमामा कोचबिहार जिल्लाबाट बाहिर आएको तथ्याङ्कले सबैलाई चकित पारेको छ। तथ्याङ्कअनुसार, जिल्लामा लगभग 28 हजार यस्ता व्यक्ति छन् जसको उमेर तिनीहरूको बाबा वा आमासित केवल 15 वर्षको फरक देखिएको छ। त्यसो भए के यति धेरै मानिसहरू केवल 15 वर्षकै उमेरमा आमा वा बाबा बनेका हुन्? यो प्रश्न अहिले जिल्लामा एसआईआर कार्यमा संलग्न अधिकारीहरू तथा चुनाउ आयोगका अधिकारीहरूबीच चलिरहेकै छ। यति मात्र होइन लगभग 37 हजार दम्पत्तीको उमेर अन्तर 50 वर्ष देखिएको छ। एसआईआरको सुनुवाइ प्रक्रियाबारे पहिलेदेखि नै सम्पूर्ण राज्यमा हलचल मच्चिएको छ। यस विषयमा तृणमूल र…
Read More
सौरभकान्ति मण्डल राजगञ्जका बीडीओ जिम्मावारीमा

सौरभकान्ति मण्डल राजगञ्जका बीडीओ जिम्मावारीमा

सर्वोच्च न्यायालयले सल्टलेकको दत्ताबादमा सुन व्यवसायी स्वप्न कामिल्याको अपहरण तथा हत्या प्रकरणमा राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई आत्मसमर्पण गर्ने आदेश दिएको थियो। उक्त आदेशको 24 घण्टाभित्रै प्रशान्त बर्मनलाई राजगञ्जको बीडीओ पदबाट हटाइयो। तिनको स्थानमा सौरभकान्ति मण्डललाई जिम्मावारी दिइएको छ। यसअघि सौरभकान्ति मण्डल राजगञ्जकै संयुक्त बीडीओ पदमा कार्यरत थिए। मङ्गलवार नयाँ जिम्मावारी सम्हालेका बीडीओ सौरभलाई स्थानीय विधायक खगेश्वर रायले सम्मान गरे। तिनले अब उक्त ब्लकमा कार्यले गति लिने आशा व्यक्त गरे। खगेश्वर रायले भने, अवरोधमा परेको प्रशासनिक काम अब अघि बढ्नेछ। सर्वसाधारण मानिसहरू लाभान्वित हुनेछन्। जनताको विकास सम्बन्धी कार्य अड्किएको थियो।गत 29 अक्टोबरमा न्यू टाउनको यात्रागाछीबाट सुन व्यवसायी स्वप्नको शव उद्धार गरिएको…
Read More
शिक्षक–कर्मचारीलाई हेल्थ स्किममा समेट्न मुख्यमन्त्रीलाई मन्त्रीको पत्र

शिक्षक–कर्मचारीलाई हेल्थ स्किममा समेट्न मुख्यमन्त्रीलाई मन्त्रीको पत्र

विधानसभा चुनाउ नजिक आइरहेको छ। यस्तो परिस्थितिमा राज्यका सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक–शिक्षिका अनि शिक्षाकर्मी साथै सहायता प्राप्त कलेज र विश्वविद्यालयका शिक्षाकर्मीलाई पनि वेष्ट बेङ्गल हेल्थ स्किममा समेट्ने माग गर्दै स्वयम् राज्यका शिक्षा राज्यमन्त्री सत्यजित बर्मन मुखर बनेका छन्। सत्तारूढ़ दलका एक शीर्ष नेतालाई सत्यजितले 13 जनवरीमा लेखेका यस सम्बन्धी पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। सोमवार सत्यजितले भने, वेष्ट बेङ्गल तृणमूल प्राइमरी टिचर्स एसोसिएशन (डब्ल्यूबीटीपीटीए) तर्फबाट मलाई यस्तो आवेदन आएको थियो। यस विषयमा मैले शिक्षा विभागका अधिकारीहरूसित विस्तृत रूपमा छलफल गरेँ। सरकारी कर्मचारीसितै सरकारी विद्यालय र कलेजका शिक्षक तथा कर्मचारी वेष्ट बेङ्गल हेल्थ स्किमअन्तर्गत छन्। तर सहायता प्राप्त तथा…
Read More