Piyali Poddar

569 Posts
एसएसबीद्वरा सफाई अभियान

एसएसबीद्वरा सफाई अभियान

स्वच्छ भारत अभियानलाई सफल बनाउन एसएसबी आठौँ बटालियन खोप्रेल डी कम्पनीका जवानहरूले शुक्रवार मिरिक पर्यटन केन्द्रमा सफाई अभियान चलाए। एसएसबीका जवानहरूले मिरिक झील परिसरमा थुप्रिएका फोहोर अनि प्लास्टिकहरूलाई सङ्ग्रह गरेर सुरक्षित स्थानमा तह लगाए। यस अवसरमा बोल्दै एसएसबीका अधिकारी नर्बु छिरिङले भने, एसएसबीले सीमा क्षेत्रमा सुरक्षा मात्रै प्रदान नगरेर सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छ। यसै क्रममा मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण मिरिक झील परिसरमा सफाई गरिएको हो। यसबारे जानकारी गराँउदै एसएसबीले सार्वजनिक स्थलहरू मन्दिर, गिर्जा घर, गुम्बा आदि ठाँउमा पनि सफाई गर्ने गरेको तिनले बताए।
Read More
ओकेटी चियाबारीमा सभा

ओकेटी चियाबारीमा सभा

ओकेटी चियाबारी श्रमिक सङ्गठनका प्रतिनिधि अनि चियाबारी प्रबन्धकहरूमाझ सभा सम्पन्न भएको युनियन नेता अर्पण राईले जानकारी गराएका छन्। सभामा श्रमिक सङ्गठनहरूले चियाबारीका श्रमिकहरूलाई यो वर्ष पूजा बोनस 20 प्रतिशतको दरले प्रदान गरिएकोमा चियाबारी मालिक राजु वैध अनि प्रबन्धकहरूलाई आभार प्रकट गरे अनि आउने वर्षहरूमा पनि यसै गरी कुनै झमेला र समस्या उत्पन्न नगराई श्रमिकहरूलाई 20 प्रतिशत दरले पूजा बोनस प्रदान गरिदिने माग गरे। सभा अवधि श्रमिकहरूले सही बोनस प्राप्त गरे वा गरेनन् भनेर 2024 को अप्रेल महीनादेखि 2025 को मार्च महीनासम्म दैनिक हाजिरा रजिस्टर अनि वर्षभरिको ईएलपी बिगाको पूर्ण विवरण रजिस्टर जाँच गरे। यस विषयमा बोल्दै युनियन नेता अर्पण राईले…
Read More
गोरु तस्करीको आरोपमा दुईजना पक्राउ

गोरु तस्करीको आरोपमा दुईजना पक्राउ

सड़कमा उभिएको गोरुलाई सानो चार चक्के वाहनमा हालेर तस्करहरू भागिरहेका थिए। सुन्दा अचम्म लागे पनि धेरै लामो समयदेखि उक्त क्षेत्रमा यस्तो घटना भइरहेको थियो। तर यसपल्ट भने गोरु चोर्ने क्रममा तस्करहरू पुलिसको हातमा पक्राउ परे। वाहनबाट एउटा गोरु पनि उद्धार गरिएको छ।थाहा लागेअनुसार लामो समयदेखि उत्तर दिनाजपुरको रायगञ्ज शहरमा गोरु तस्कर गिरोह सक्रिय थियो। मध्य राति सड़कमा भेट्टाइने गाई वा गोरुलाई गाड़ीमा हालेर चोर्ने काम चलिरहेको थियो। केही दिनअघि रायगञ्ज शहरको कलेजपाड़ा इलाकाबाट पनि एउटा स्कोर्पियो गाड़ीमा गोरु हालेर तस्करहरूले चोरेका थिए। गाड़ीमा गोरुलाई हालिरहेको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त घटनाले शहरमा निकै होहल्ला मच्चाएको थियो।त्यसपछि गोरु…
Read More
वनाञ्चल खोलिएपछि डुवर्समा पर्यटकहरूको भीड़

वनाञ्चल खोलिएपछि डुवर्समा पर्यटकहरूको भीड़

डुवर्सको वन क्षेत्र खोलिएको छ। खोलिएपछि आज बिहानदेखि नै अलिपुरद्वार जिल्लाका विभिन्न वन क्षेत्रमा पर्यटकहरूको भीड़ देखिएको छ। जलदापाड़ा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूका लागि फरक ढङ्गले स्वागतको व्यवस्था गरिएको थियो। वन विभागको तर्फबाट पर्यटकहरूलाई लड्डु र मिठाई खुवाएर स्वागत गरियो। त्यससितै जिल्लाको बक्सा टाइगर रिजर्भ र जलदापाड़ा राष्ट्रिय निकुञ्जको ढोका पनि खोलिएको छ। वन क्षेत्र घुम्ने अवसर पाएर पर्यटकहरू उत्साहित बनेका छन्। पूजाअघि वन क्षेत्र खोलिएसितै डुवर्सको पर्यटन उद्योगमा थप उत्साह सिर्जना हुनेमा वन विभाग र व्यवसायीहरू आशावादी छन्।
Read More
महिलाको सुरक्षामा विनर्स स्क्वाड

महिलाको सुरक्षामा विनर्स स्क्वाड

महिलाहरूको सुरक्षालाई ध्यानमा राख्दै सिलगढ़ी पुलिस कमिश्नरेटले पहल आरम्भ गरेको छ। विनर्स नामक महिला पुलिस स्क्वाड गठन गरिएको छ जसले शहरका भीड़भाड़ हुने महत्त्वपूर्ण क्षेत्रमा नियमित गस्ती गरिरहेको छ।यस टोलीले केवल सुरक्षा सुनिश्चित गरिरहेको छैन तर स्थानीय महिलाहरूसित प्रत्यक्ष सम्पर्क स्थापना गरी तिनीहरूको चेतना र आत्मविश्वास बढ़ाउने कार्यमा समेत संलग्न बनिरहेको छ। विद्यालय, बजार, पार्क र बस स्ट्याण्डमा विनर्स टोलीको उपस्थितिले महिलाहरूका लागि सुरक्षित वातावरण सिर्जना गरिरहेको छ।पुलिस सूत्रअनुसार यस पहलले शहरको सुरक्षा व्यवस्थालाई अझ सबल बनाउने र महिलाहरूका लागि सुरक्षित समाज सुनिश्चित गर्ने लक्ष्यलाई थप सुदृढ़ बनाएको छ। स्थानीय महिलाहरूसित नियमित भेटघाटमार्फत विनर्स टोलीले समाजमा विश्वास र सहयोगको वातावरण…
Read More
पुलिस कमिश्नरद्वारा सिलगढ़ीमा पूजा पण्डालहरूको निरीक्षण

पुलिस कमिश्नरद्वारा सिलगढ़ीमा पूजा पण्डालहरूको निरीक्षण

बङ्गालको महान् पर्व दुर्गा पूजा आउन अब केही दिन मात्र बाँकी छ। लगातार परेको भीषण वर्षाले पण्डाल निर्माण कार्य केही ढिलो भए पनि पर्वको माहोलमा कुनै कमी आएको छैन। भीषण प्राकृतिक विपत्तिको बीच पनि विभिन्न क्लबहरूमा पूजा पण्डाल निर्माण कार्य जोड़तोड़ले चलिरहेको छ।आज सिलगढ़ी कमिश्नरेट क्षेत्रका पुलिस कमिश्नर सी. सुधाकरले शहरका विभिन्न पूजा पण्डालहरूको निरीक्षण गरेका छन्। तिनले दर्शकहरूको सुरक्षा व्यवस्था जाँच गर्न साथै पूजा आयोजकहरू नियमअनुसार तयारी गरिरहेका छन् कि छैनन् भनेर समीक्षा गरे।कमिश्नरसितै पुलिसका कैयन् उच्च पदाधिकारीहरू पनि सामेल थिए। तिनीहरूले सिलगढ़ीका केही महत्त्वपूर्ण पूजा पण्डालहरूको पनि अवलोकन गरे। पुलिस कमिश्नर सुधाकरले भने, दुर्गा पूजा एउटा ठूलो पर्व…
Read More
कृषकहरूलाई सामग्रीहरू वितरण

कृषकहरूलाई सामग्रीहरू वितरण

मिरिक महकुमाका कृषकहरूलाई आज खेतीपाती गर्नका लागि कृषि तथा बागवानी विभागको पक्षबाट महकुमा कार्यालय परिसरमा पोली हाउस निर्माणका लागि सामग्रीहरू वितरण गरिएको छ। यस अवसरमा बागवानी तथा कृषि विभागका सभासद प्रणाम रसाइली, थर्बु डुप्टिन समष्टिका विभागीय एमओडी सभासद मिलेश राई, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलाश खवास अनि विभागीय अधिकारीहरू उपस्थित थिए।यी विशिष्ट व्यक्तिहरूको बाहुलीबाट कृषकहरूलाई पोली हाउसका सामग्रीहरू वितरण गरियो। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्ने क्रममा सभासदहरू प्रणाम रसाइली, मिलेश राईले आज मिरिक बस्ती डुप्टिन नम्बर दस अनि सौरेनी बस्तीका 62 जना कृषकहरूलाई सामग्रीहरू वितरण गरिएको बताए। तिनीहरूले विगतमा पनि धेरै कृषकहरूलाई यस्ता सामग्रीहरू वितरण गरिएको बताउँदै आगामी दिन पनि सामग्री…
Read More
आग्नेयास्त्रसहित युवक पक्राउ

आग्नेयास्त्रसहित युवक पक्राउ

सिलगढ़ी महानगर पुलिसको भक्तिनगर थानाअन्तर्गत एण्टी क्राइम विङले बिहीवार राति ठूलो सफलता हात पारेको छ। गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको अभियानमा पुलिसले एकजना आरोपीलाई पक्राउ गरी तिनीबाट एउटा स्वचालित पिस्तोल अनि दुई राउण्ड कारतुस जफत गरेको छ।पुलिस सूत्रअनुसार बिहीवार राति सिलगढ़ी नगर निगमको 41 नम्बर वार्डअन्तर्गत बैकुण्ठपल्ली शिव मन्दिर क्षेत्रमा एकजना शङ्कास्पद युवक घुमिरहेको गुप्त जानकारी प्राप्त भएको थियो। सूचना पाएपछि एण्टी क्राइम विङ त्यहाँ पुग्यो तर पुलिस पुग्नअघि नै युवकले त्यहाँबाट सुइँकुच्चा ठोकिसकेको थियो।पछि सूत्रहरूको सहयोगमा आरोपीको पहिचान र घरको ठेगानाको पत्तो लगाई पुलिसले तिनको घरमै पुगेर तलासी अभियान चलायो। तलासीका क्रममा एउटा स्वचालित पिस्तोल अनि दुई राउण्ड कारतुस…
Read More
पाँच बदमास पक्राउ

पाँच बदमास पक्राउ

ठूलो आपराधिक योजनालाई सिलगढ़ी पुलिसले विफल पारिदिएको छ। बिहीवार अबेर राति एण्टी–क्राइम विङले गोप्य सूचनाका आधारमा ठूलो कारवाही गर्दै पाँचजना बदमाशहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीहरू नाम मो. शादीक, सुबीर सरकार, पलाश मण्डल, निकी दास अनि मो. राहुल हो।पुलिस सूत्रअनुसार मो. शादीक कुल्लीपाड़ा क्षेत्रको वासिन्दा हुन्, सुबीर सरकारको घर फूलेश्वरीमा छ, पलाश मण्डल शान्ति क्षेत्रको निवासी हुन्, निकी दासको घर कुमारटुलीमा छ भने मो. राहुलको घर तीन बत्ती मोड़ क्षेत्रमा छ। यी सबैजना सिलगढ़ी इण्डोर स्टेडियमनजिक फूलेश्वरी मोड़ रेल गेटनजिक जम्मा भएका थिए। गिरोहले ठूलो डकैतीको योजना बनाइरहेको शङ्का छ। पुलिसले तत्काल कारवाही गर्दै यी सबै पाँचजनालाई नियन्त्रणमा लिएको…
Read More
प्रज्ञा डोल्माको पक्षमा भोटको अपील

प्रज्ञा डोल्माको पक्षमा भोटको अपील

प्रज्ञा फ्यान क्लब मिरिकले मिरिक रङ्गशाला भवनमा सोमवार एउटा साङ्गीतिक कार्यक्रम सम्पन्न गरेर नेपाल राष्ट्रमा आयोजित सारेगमप लिटल च्याम्प गायन प्रतियोगितामा फाइनलमा पुगेकी मिरिककी छोरी प्रज्ञा डोल्मा तामाङलाई प्रतियोगितामा विजय बनाउन सबैलाई भोट गरिदिने अनुरोध गरेको छ। कार्यक्रममा बाल गायिकाहरू इशा राई, आश्मिक खवास, जीटीए आयडलका प्रतियोगी रघु विश्व, मेरो भोइस युनिभर्सका प्रतियोगी आयन विश्वकर्मा, गायिका सुनिति खाती आदिले गीत प्रस्तुत गरे भने बण्टहिल, आश्मिक एण्ड ड्रिमर, आटिस अफ मिरिकले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे। यसै अवसरमा साधना कला केन्द्रका कलाकारहरूले नृत्य प्रस्तुत गरे। कार्यक्रममा सारेगमप लिटल च्याम्स्ा प्रतियोगितामा सेमिफाइनलसम्म पुगेर बाहिरिएका बाल गायिका इनुङमा राईलाई पनि सम्मान गरियो। कार्यक्रममा बोल्दै…
Read More