Piyali Poddar

496 Posts
सिलगढ़ीको दक्षिण शान्तिनगरमा वृद्धामाथि आक्रमण, सुनका गहना लुटपाट

सिलगढ़ीको दक्षिण शान्तिनगरमा वृद्धामाथि आक्रमण, सुनका गहना लुटपाट

सिलगढ़ीको दक्षिण शान्तिनगरमा एक वृद्धा माथि आक्रमण गरी सुनका गहना लुटिएको दुःखद घटना सार्वजनिक भएको छ। उक्त घटना आइतबार मध्यराततिर भएको बताइएको छ।प्राप्त विवरणअनुसार तीन जना मुखछोपेर आएका अपराधीहरू घरभित्र जबरजस्ती पसेर श्यामोली चक्रवर्ती नामकी वृद्धालाई आक्रमण गरेका थिए। आरोप अनुसार ती अपराधीहरूले उनको मुखमा कपडा ठोक्नाका साथै उनलाई कुटपिट गरेर कानमा लगाएको सुनको झुम्का जबर्जस्ती तानेर लगे।यद्यपि आक्रमणको बाबजुद वृद्धा साहस देखाउँदै अर्को कोठामा पुगेकी थिइन् र छोरालाई खबर गर्न सफल भइन्। उल्लेखनीय कुरा के छ भने, केही दिनअघि पनि सोही इलाकामा यस्तै प्रकृतिको चोरीको घटना भएको थियो। स्थानीय बासिन्दाहरूको भनाइमा, दक्षिण शान्तिनगरमा यस्ता घटना बढ्दै गएका छन् र…
Read More
वृद्ध महिलाको सुनको चेन छिनताई

वृद्ध महिलाको सुनको चेन छिनताई

वार्ड नम्बर 36 अन्तर्गत शान्तिनगरको बौबजार क्षेत्रमा बिहीवार बिहान लगभग 5 बजी बाइकमा आएका दुईजना युवकहरूले मर्निङ वक गरिरहेकी एक वृद्ध महिलाको सुनको चेन थुतेर सुइँकुच्चा ठोके। यस्तो घटनाले इलाकामा आतङ्कको स्थिति सिर्जना भएको छ। प्राप्त जानकारीअनुसार पीड़ित महिला सन्ध्या कुण्डु हिँड़िरहेका बेला पछाड़िबाट आएर एक युवकले तिनको घाँटी समातेर सुनको चेन थुतेर लगे। अर्का युवक मोटरसाइकल लिएर केही दूरीमा पर्खेर बसेका थिए। त्यसपछि बाइकमा चढ़ेर दुवै युवकले सुइँकुच्चा ठोके। घटनाको क्रममा उक्त महिलालाई चोटपटक समेत लागेको बताइएको छ। शहरभरि यस्ता लुटपाटका घटना बढ्दै गइरहेको हुँदा स्थानीय मानिसहरूमा सुरक्षाप्रति चिन्ता बढ़िरहेको छ। पुलिस गस्तीको प्रभावकारितामाथि पनि प्रश्न उठ्न थालेको छ।…
Read More
भगौड़े आरोपी सुजीत साहा पक्राउ

भगौड़े आरोपी सुजीत साहा पक्राउ

डायमण्ड हार्बर थाना पुलिसले भक्तिनगर थाना पुलिसको सहयोगमा 2022 देखि भगौड़े आरोपी सुजीत साहालाई अन्ततः पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार 44 वर्षीय सुजीत साहा रायगञ्ज दक्षिण वीरनगरका वासिन्दा हुन्। धेरै व्यक्तिहरूलाई जागिर दिने प्रलोभनमा पारेर लगभग 30 देखि 35 लाख रुपियाँको ठगी गरेको तिनीमाथि आरोप लागेको छ। 2022 मै डायमण्ड हार्बर थानामा सुजीत साहाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। तर फर्जी कागजातका कारण पुलिसले तिनलाई पक्राउन गर्न सकेको थिएन। यद्यपि पुलिसले निरन्तर तिनको खोजी गरिरहेको थियो। अन्ततः पुलिसले सुजीत साहाको मोबाइल फोन ट्रेस गरी तिनको लोकेशनबारे पत्तो लगायो। सुजीत साहा लामो समयदेखि सिलगढ़ीको 41 नम्बर वार्डमा लुकेर बसेका पुलिसले जानकारी पायो।…
Read More
सिलगढ़ी एटीएम लुटकाण्डमा तीन पक्राउ

सिलगढ़ी एटीएम लुटकाण्डमा तीन पक्राउ

सिलगढ़ीमा भएको एटीएम लुट काण्डमा हरियाणाबाट तीनजना अपराधीहरू पक्राउ गरिएको छ। यिनीहरूलाई हरियाणाको नुह जिल्लाबाट पक्राउ गरिएको हो। तीमध्ये एक हरियाणाका वासिन्दा छन् भने दुईजना भक्तिनगर थानाअन्तर्गत क्षेत्रका वासिन्दा रहेका बताइएको छ। पक्राउ परेका व्यक्तिहरू हुन् मोहम्मद इसराइल, जावेद खान र खुर्शीद। प्रधाननगर थाना पुलिसले तिनीहरूलाई पक्राउ गरी सिलगढ़ी ल्याइएको हो। अहिले तिनीहरूलाई सोधपुछ गरिँदैछ। मैनागुड़ीको एटीएम लुट काण्डको प्रभाव बाँकी रहँदै सिलगढ़ीमा पनि अर्को एटीएम लुटको घटना भएको हो। प्रधाननगर थानादेखि केवल 500 मिटर टाढ़ा चम्पासारीको सड़कमा पूर्ण रूपले आवासीय क्षेत्रमा एउटा समूहले 13 मिनटमै एटीएम लुट पूरा गरेको थियो। बितेको बिहीवार राति 1.44 देखि 1.57 बजीसम्म फिल्मी शैलीमा…
Read More
भूटानी ट्रकहरूलाई फूलबारी सीमाबाट प्रवेश निषेधको माग

भूटानी ट्रकहरूलाई फूलबारी सीमाबाट प्रवेश निषेधको माग

भूटानी ट्रकहरूलाई फूलबारी सीमाबाट प्रवेश गर्न नदिनुपर्ने मागमा सोमबार सिलगढ़ीको फूलबारी क्षेत्रमा चर्को विरोध प्रदर्शन भयो। यस क्रममा थुप्रै प्रदर्शनकारी पक्राउ परेका छन्। भूटानबाट आएको ट्रकलाई सिधा बङ्गलादेश प्रवेश गर्न नदिने माग राख्दै भारत-बङ्गलादेशको फूलबारी 2 नम्बर सीमामा तनाउको अवस्था सिर्जना भयो। बिहानैदेखि फूलबारी 2 बोर्डर लोकल ट्रक ओनर्स वेलफेयर एसोशिएशन, फूलबारी एक्सपोर्टर्स एसोशिएशन, फूलबारी ड्राइभर एसोशिएशन र फूलबारी सी एण्ड एफ एसोशिएशन चारवटा सङ्घले संयुक्त रूपमा सीमा नाका बन्द गर्दै विरोध प्रदर्शन थाले। भूटानी ट्रकहरूले फूलबारी सीमामा सामग्री झार्नुपर्छ, त्यसपछि ती सामान भारतीय ट्रकमार्फत बङ्गलादेश पुर्याअउनुपर्ने प्रदर्शनकारीहरूको माग छ। यो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै ट्रक मालिक…
Read More
घर घर जगन्नाथको महाप्रसाद

घर घर जगन्नाथको महाप्रसाद

द्वारे राशनमार्फत दिघाको जगन्नाथ मन्दिरको प्रसाद घर-घरमा वितरण गर्ने कार्य राजगञ्जमा आरम्भ भएको छ। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको वाचाअनुसार जगन्नाथ मन्दिरको महाप्रसाद घर-घरमा पुर्यादउने अभियानको शुभारम्भ गरिएको हो। शुक्रवारदेखि राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायतअन्तर्गत साहुडाङ्गी वरिपरिको क्षेत्रमा द्वारे राशन योजनामार्फत यो विशेष प्रसाद वितरण भइरहेको छ। बितेको महीनाको अक्षय तृतीयाको दिन मुख्यमन्त्रीले दिघा समुद्र किनारमा नवनिर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरेकी थिइन्। त्यसै अवसरमा राज्यका प्रत्येक नागरिकले जगन्नाथ देवको आशीष पाउन सकून् भनेर मन्दिरको महाप्रसाद घर-घरमा पुर्यागइने तिनले घोषणा गरेकी थिइन्। सोही घोषणाअनुसार अहिले राजगञ्जमा महाप्रसाद वितरण आरम्भ गरिएको हो।प्राप्त जानकारीअनुसार यो प्रसाद वितरण 20 जूनदेखि आरम्भ भई 26 जूनसम्म…
Read More
मिरिक झीलमा सफाई अभियान

मिरिक झीलमा सफाई अभियान

मिरिक नगरपालिका कार्यालयका सफाई कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले मङ्गलवार मिरिक झीलमा व्यापक सफाई अभियान चलाएका छन्। मिरिक झीलको एक भागमा सोमवार केही माछाहरू मरेका अवस्थामा देखिए साथै धेरै फोहोर थुप्रिएका देखिएको थियो। त्यसलाई केन्द्र गरेर मङ्गलवार मिरिक नगरपालिकाका सफाई कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले संयुक्त रूपमा सफाई अभियान चलाएका बताइएको छ। सफाई अभियानमा मिरिक झीलमा मरेका माछाहरूलाई उचित स्थानमा फाल्ने व्यवस्थान गरिएको छ अनि फोहोरहरूलाई सङ्ग्रह गरेर मिरिक नगरपालिकाको गाड़ीले उचित स्थानमा तह लगाएको छ। सफाई अभियानमा निस्किएका मिरिक नगरपालिकाका सफाईकर्मीहरू अनि स्थानीय पथ पसलेहरूले मिरिक झीलमा रहेका फोहोरहरूलाई नियमित अन्तरालमा सफाई गर्दै आइरहेको बताए। तर बर्खा मौसम रहेको…
Read More
खोरमा थुनुवा वयस्क चितुवाश्

खोरमा थुनुवा वयस्क चितुवाश्

वन विभागको थापेको खोरमा थुनुवा परेको छ एउटा वयस्क चितुवा। घटना मटेली ब्लकको सामसिङ चियाबारीको हो। बिहीवार राति चियाबारीको लोअर लाइनमा राखिएको खोरमा उक्त चितुवा थुनुवा परेको हो। रातको समयमा स्थानीय वासिन्दाहरूले चितुवाको गर्जन सुने। नजिक पुगेर हेर्दा एक वयस्क चितुवा खोरभित्र थुनुवा परेको थियो। त्यसबारे वन विभागको खुनिया मोड़ स्क्वाड र नेउरा साउथ रेञ्जलाई जानकारी दिइयो। वन कर्मचारीहरू घटनास्थलमा आएर खोरसहित चितुवालाई उद्धार गरी लगे। चितुवालाई गोरुमारा जङ्गलमा छोडिने वन विभागले बताएको छ। पछिल्ला केही दिनदेखि उक्त क्षेत्रमा लगातार चितुवाको आक्रमण भइरहेको जानकारी छ। साँझपख चितुवाले घरबाट बाख्रा, सुङ्गुर जस्ता पाल्तु जनावरहरू उठाएर लैजाने घटना भइरहेको थियो। झण्डै एक…
Read More
बङ्गलादेशी छात्रबारे बढ्दै रहस्य

बङ्गलादेशी छात्रबारे बढ्दै रहस्य

शारीरिक रूपमा उपस्थित नभई बङ्गलादेश फर्किएको छु भनेर उल्लेख गर्दै विश्वविद्यालय प्रशासनलाई इमेल गरेर बेपत्ता भएका छन् विवादित बङ्गलादेशी छात्र शान भौमिक। बुधवार बिहान 7 बजी उत्तर बङ्गाल विश्वविद्यालयका संयुक्त रजिष्ट्रार स्वप्नकुमार रक्षितलाई शान भौमिकको इमेल प्राप्त भयो। उक्त इमेलमा भौमिकले आफू स्वदेश फर्किएको उल्लेख गरेका छन्। विद्यार्थी भिसामा भारत आएका शान भौमिक अवैधानिक रूपमा शिक्षण कार्यमा संलग्न भएका तथ्य सार्वजनिक भएपछि हङ्गामा मच्चिएको छ। मङ्गलवार स्वप्नकुमारले शान भौमिकलाई 48 घण्टाभित्र पासपोर्ट र भिसासहित आफ्नो कार्यालयमा उपस्थित हुने निर्देशन दिएका थिए। तर किन शान उपस्थित भएनन् भन्ने प्रश्नको उत्तर अहिलेसम्म पाइएको छैन। के तिनका पासपोर्ट वा भिसा सम्बन्धी कागजातहरूमा कुनै…
Read More
शरीरमा धेरै चोट बोकेरै मृत्यु भयो हात्तीको

शरीरमा धेरै चोट बोकेरै मृत्यु भयो हात्तीको

पहिले बुलडोजरको ठक्कर त्यसपछि अर्को जङ्गली हात्तीको आक्रमण। एकपछि अर्को चोटका कारण जलपाइगढ़ीको एउटा जङ्गली हात्तीको शरीरमा गम्भीर घाउ बनेको थियो। लामो समयदेखि घाइते अवस्थामा त्यो हात्ती बस्ती क्षेत्रमा डुलिरहेको थियो। बितेको बिहीवार वन विभागले त्यस हात्तीको उपचारको व्यवस्था गरेको थियो। तर त्यसले काम गरेन। अन्ततः मङ्गलवार उक्त हात्तीको मृत्यु भयो। प्राप्त सूचनाअनुसार उक्त जङ्गली हात्ती गत फरवरीमा आपालचाँद रेञ्जको जङ्गलबाट नेपुचापुरतिर आएको थियो। त्यहाँ एउटा कङ्क्रिटको घरमा ठोक्किएको थियो। त्यो दिन एउटा बुलडोजरले समेत हात्तीलाई ठक्कर दिएको थियो। त्यसमा हात्तीको शरीरमा धेरै चोटपटक लागेको थियो। यसरी घाइते अवस्थामा पनि हात्ती लामो समयसम्म बस्ती क्षेत्रमा डुलिरह्यो। हात्तीको उपचारको माग गर्दै…
Read More