Piyali Poddar

569 Posts
शङ्कर घोषलाई अस्पतालबाट छुट्टी

शङ्कर घोषलाई अस्पतालबाट छुट्टी

सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषलाई अस्पतालबाट छुट्टी दिइएको छ। गत सोमवार नगराकट्टामा राहत वितरण गर्न पुगेका बेला तिनी साथै उत्तर मालदाका भाजपा सांसद खगेन मुर्मू जनआक्रोशको शिकार बनेका थिए। घटनाको दुई दिनपछि बुधवार दिउँसो शङ्कर घोष घर फर्किए। तिनको दाहिने हातको लिगामेण्टमा चोट लागेको छ र तिनलाई अझ केही दिनसम्म औषधी खानु पर्नेछ। तर खगेन मुर्मू अझै पनि अस्पतालमै उपचाराधीन छन्। तिनको स्वास्थ्य अवस्था पहिलेभन्दा धेरै स्थिर भए पनि तिनलाई अझ पन्ध्र दिनसम्म बोल्न नदिने सल्लाह दिइएको छ। अवस्था पूर्ण रूपमा स्थिर भएपछि शल्यक्रिया गरिनेछ।अस्पतालबाट छुट्टी पाएपछि शङ्करले भने, मेरो दाहिने हातको लिगामेण्टमा अझै पनि चोट छ। तर पहिलेभन्दा केही…
Read More
मुख्यमन्त्री 2-3 दिनमै पुनः उत्तर बङ्गाल आउने

मुख्यमन्त्री 2-3 दिनमै पुनः उत्तर बङ्गाल आउने

म फेरि 2-3 दिनभित्र आउनेछु, उत्तर बङ्गालका विभिन्न विपद्ग्रस्त क्षेत्रहरूको निरीक्षण सकेर कलकत्ता प्रस्थान गर्नअघि मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो मन्तव्य गरिन्। बुधवार बाघ़डुग्रा विमानस्थल जाने क्रममा ममता ब्यानर्जीले पत्रकारहरूलाई भनिन्, म फेरि 2-3 दिनभित्र उत्तर बङ्गाल आउँदैछु। तिनले अझ भनिन्, चामल, खोर्सानी, हर्दी, दूध आदि सामग्रीहरू झोलामा प्याक गरेर मिरिकसहित जहाँ जहाँ आवश्यक छ, त्यहाँ पठाइँदैछ। हिजो राति मात्र पनि 400 झोला सामग्रीहरू पठाइयो। कम्बल, स्वेटर, कपड़ा पनि पठाइँदैछ। उनले नगराकट्टा, धूपगुड़ी र मैनागुड़ी क्षेत्रको स्थितिमाथि ध्यान राख्न जिल्ला प्रशासनलाई निर्देशन दिएकी छन्। उता नगराकट्टामा प्रभावित मानिसहरूलाई भेट्न जाँदै गर्दा सांसद खगेन मुर्मू र विधायक शङ्कर घोषमाथि आक्रमण भयो। उक्त…
Read More
हर्षवर्धन शृङ्गलाद्वारा पैह्रो प्रभावित क्षेत्रको भ्रमण

हर्षवर्धन शृङ्गलाद्वारा पैह्रो प्रभावित क्षेत्रको भ्रमण

राज्यसभा सांसद हर्षवर्धन शृङ्गलाले मङ्गलवार मिरिकको पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी वस्तुस्थिति बुझे। भ्रमण अवधि सांसदले पैह्रो पीड़ितहरूसित भेटवार्ता गरे अनि पैह्रोमा ज्यान गुमाउनेहरूको परिवारका सदस्यहरू भेट गरी समवेदना प्रकट गरे। तिनले पीड़ितहरूलाई कम्बल अनि राहत सामग्रीहरू पनि वितरण गरे।भ्रमण अवधि हर्षवर्धन शृङ्गलाले भने, पैह्रोले जतासुकै विनाश गरेको छ। यो ठूलो प्राकृतिक आपदा हो। यसैले म आपदा भएको ठाँउमा पुगेर क्षयक्षतिको विवरण सङ्ग्रह गरिरहेको छु। आपदको क्षणमा म पीड़ितहरूको साथमा नै रहेको छु। तिनले भारतका प्रधानमन्त्रीले पैह्रो पीड़ितहरूका लागि क्षतिपूर्तिको घोषणा गरिसकेका बताए। राज्यसभा सांसदको नाताले आफ्नो कार्य गर्ने हर्षवर्धन शृङ्गलाले बताए।
Read More
मुख्यमन्त्रीद्वारा पीड़ित परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान

मुख्यमन्त्रीद्वारा पीड़ित परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान

उत्तर बङ्गालको भीषण बाढ़ी र पैह्रोले उत्पन्न गरेको विपद स्थितिको स्थलगत निरीक्षण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार नै उत्तर बङ्गाल आइपुगेकी छन्। मङ्गलवार तिनी मिरिकको दूधे पुगिन्। त्यहाँ तिनले पैह्रो प्रभावित क्षेत्र घुमेर निरीक्षण गरिन् र पीड़ित मानिसहरूसित प्रत्यक्ष कुराकानी गरिन्। पहिले नै मृत व्यक्तिहरूको परिवारका लागि आर्थिक सहयोगको घोषणा गरेकी मुख्यमन्त्रीले आज दूधेमा ती 12 मृत परिवारका सदस्यहरूलाई आफैले 5 लाख रुपियाँको चेक प्रदान गरिन्। साथै तिनले मृत व्यक्तिको परिवारका एक सदस्यलाई स्पेसल होम गार्डको रोजगार दिइने बताइन्। उक्त नियुक्तिमा शैक्षिक योग्यता र शारीरिक उचाइँमा छुट दिइने पनि तिनले आश्वासन दिइन्।मुख्यमन्त्रीले प्रभावित क्षेत्रमा अहिलेका लागि कम्युनिटी किचन निरन्तर सञ्चालनमा…
Read More
घाइते सांसदसित भेट गर्न मुख्यमन्त्री अस्पतालमा

घाइते सांसदसित भेट गर्न मुख्यमन्त्री अस्पतालमा

घाइते भाजपा सांसद खगेन मुर्मूलाई भेट्न मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलवार सिलगढ़ीको एक निजी नर्सिङ होम पुगिन्। मालदा उत्तरका भाजपा सांसद हाल आईसीयूमा भर्ना छन्। तर तिनले भाजपा सांसदसित भेट गरे पनि सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषसित भने भेट गरिनन्। उल्लेखनीय छ, हिजो नगराकट्टाको बामनडाङ्गा चियाबारीको पीड़ित परिवारहरूलाई भेट्न गएका बेला भाजपा सांसद र विधायकमाथि आक्रमण भएको थियो। खगेन मुर्मूको आँखामुनि ढुङ्गाले लाग्दा लगातार रगत बगिरहेको थियो। शङ्कर घोष पनि आक्रमणमा परेका थिए। घटनापछि भाजपाले यो हमला सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले योजनाबद्ध रूपमा गराएको आरोप लगाएको थियो। तर तृणमूलले उक्त आरोप अस्वीकार गरेको छ। घटनापछि सांसद र विधायकलाई अस्पताल लगिएको थियो।आज…
Read More
सांसद विष्टद्वारा रक्षामन्त्री अनि सीडीएससित भेट

सांसद विष्टद्वारा रक्षामन्त्री अनि सीडीएससित भेट

आज दार्जीलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले रक्षामन्त्री राजनाथ सिंह र रक्षा स्टाफ प्रमुख तथा सैन्य मामिला विभागका सचिव जनरल अनिल चौहानसित भेट गरेका छन्। तिनले दार्जीलिङको लेबोङस्थित सैनिक अस्पताललाई अन्यत्र स्थानान्तरण नगर्न र गोर्खा युवाहरूलाई टेरिटोरियल आर्मी (टीए) मा भर्ना हुन विशेष अङ्क छुटको व्यवस्था गर्न माग गरे। विष्टले दार्जीलिङ पहाड़मा धेरै सैनिक, तिनका परिवार र 20 हजार भन्दा अधिक भूतपूर्व सैनिकहरू बस्ने गरेका बताए। यस्तो ठूलो समुदायका लागि लेबोङ सैनिक अस्पताल केवल स्वास्थ्य सुविधा मात्र नभई भारतीय सेना र स्थानीय जनताबीचको विश्वास र ऐतिहासिक सम्बन्धको प्रतीक भएको तिनले उल्लेख गरे। तिनले यस अस्पताललाई दार्जीलिङमै…
Read More
रेलको धक्काले हात्तीको मृत्यु

रेलको धक्काले हात्तीको मृत्यु

सोमवार मात्र वन विभाग र रेल मन्त्रालयबीच बैठक भएको थियो। उक्त बैठकमा दुई वर्षभरि जङ्गल मार्गमा रेलको धक्काले कुनै हात्तीको मृत्यु नभएको हुँदा सन्तोष व्यक्त गरिएको थियो। साथै रेल र वन विभागबीच अझ बढ़ी समन्वयमाथि जोड़ दिइएको थियो। तर उक्त बैठकको छायाँ मेटिन नपाउँदै फेरि रेलको धक्काले एउटा हात्ती शावकको मृत्यु भएको छ। घटनामा माउ हात्ती पनि गम्भीर घाइते भएको छ। बुधवार राति 7.30 बजी आलिपुरद्वारदेखि सियालदाहतर्फ जाँदै गरेको डाउन कञ्चनकन्या एक्सप्रेसको धक्काले हात्ती शावकको मृत्यु भयो। बाख्राकोट र सेवक स्टेशनबीच एलेनबारी-मङपङ जङ्गल क्षेत्रमा रेलमार्गमै दुर्घटना भएको हो। यसकारण कञ्चनकन्या एक्सप्रेस रोक्नु परेको थियो। अहिले उक्त रेलमार्गमा रेल आवतजावत बन्द…
Read More
रिपोटर्स क्लब अफ मिरिकको पाँचौँ स्थापना दिवस

रिपोटर्स क्लब अफ मिरिकको पाँचौँ स्थापना दिवस

मिरिकका सक्रिय पत्रकारहरूको सह्गठन रिपोटर्स क्लब अफ मिरिकले क्लब गठनको पाँचौँ स्थापना दिवससितै मिरिक गौरव सम्मान कार्यक्रम सम्पन्न गरेको छ। क्लबका मुख्य संरक्षक एसबी गजमेरको अध्यक्षता अनि सचिव प्रवेश हाङखिमले सञ्चालन गरेका कार्यक्रममा मिरिक साहित्य सुनौ परिवारका अध्यक्ष अमर दुङमाली प्रमुख अतिथिको रूपमा उपस्थित थिए। मिरिकका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि अनि साहित्यकारहरू पनि कार्यक्रममा उपस्थित थिए। रिपोर्टस क्लब अफ मिरिकका अध्यक्ष मुस्कान राई खेसाहाङले क्लब गठन भएपछि स्थापना दिवस पालन गर्दै आए पनि गत वर्षदेखि मिरिक गौरव सम्मान कार्यक्रम पनि आरम्भ गरिएको बताए। विभिन्न क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेका व्यक्तिहरूलाई गौरव सम्मान कार्यक्रममा सम्मान गर्ने प्रथा आरम्भ गरिएको तिनले थप बताए।…
Read More
विवाहको 15 दिनपछि नाबालिका उद्धार

विवाहको 15 दिनपछि नाबालिका उद्धार

विवाह भएको 15 दिनपछि नाबालिका आफैले पुलिसलाई खबर गरिन्। फोन प्राप्त गरेपछि बालुरघाट थाना पुलिसले नाबालिकालाई उद्धार गर्योग। तर आरोपी श्रीमान र तिनका परिवारजनलाई पुलिसले पक्राउ गर्न सकेन। तिनीहरू भागेका छन्। अहिले उक्त नाबालिकालाई चाइल्ड वेलफेयर कमिटीको संरक्षणमा राखिएको छ। तिनलाई मालदाको एउटा होममा पठाइएको छ।बालुरघाट पुलिसअनुसार नाबालिकाको उमेर 16 वर्ष हो। यसपल्ट तिनले माध्यमिक परीक्षा दिएकी थिइन्। तिनको घर पश्चिम मेदिनीपुरमा हो। नाबालिकाले चाइल्ड वेलफेयर कमिटीलाई आप्नो बाबा दैनिक मजदुरी गर्ने कामदार भनेर बताएकी छिन्। घरमा एउटी बहिनी पनि छ। केही महीनाअघि सामाजिक सञ्जालमार्फत तिनको चिनाजाना बालुरघाटका एक युवकसित भएको थियो। आरोपअनुसार उक्त युवकले फसाएर तिनलाई बालुरघाट बोलाए। युवकले…
Read More
सिलगढ़ी–रङटङ जोइराइड आरम्भ

सिलगढ़ी–रङटङ जोइराइड आरम्भ

सिलगढ़ी जङ्क्सनदेखि प्रत्येक शुक्रवार, शनिवार अनि आइतवार दिउँसो 12 बजी टी एण्ड टिम्बर स्पेशियल जोइराइड नामक टोय ट्रेन सञ्चालन हुने भएको छ।रेल सुकनामा छोटो विश्राम गरेपछि 1.15 बजी रङटङ पुग्नेछ जहाँ लगभग 3 घण्टा उभिनेछ। एकतर्फी भाड़ा 500 रुपियाँ अनि राउण्ड ट्रिपको भाड़ा 750 रुपियाँ तोकिएको छ। महालयाको दिन सिलगढ़ी जङ्क्सनदेखि रङटङसम्म टी एण्ड टिम्बर जोइराइड सञ्चालन भयो।रेलमार्गमा भीड़, पसल र गाई–गोरुको कारण सुरक्षाको चुनौती रहेको रेल कर्मीले बताए। यात्रीहरूले पङ्खा, मोबाइल चार्जिङ जस्ता सुविधाहरूको अभावमा असुविधा रहेको अनुभव सुनाए। तर अधिकारीहरूअनुसार रङटङ वरिपरिका स्थान घुम्न सकिने भएकाले रेल रोकिने व्यवस्था गरिएको हो।भविष्यमा पूर्णिमाको दिन नाइट राइड सञ्चालन गरी सुकना…
Read More