Piyali Poddar

496 Posts
मालबजार नगरपालिकामा नवान्नबाट विशेष अडिट टोली

मालबजार नगरपालिकामा नवान्नबाट विशेष अडिट टोली

मालबजार नगरपालिकामा नवान्नबाट अचानक विशेष अडिट टोलीको आगमनले राजनैतिक वृत्तदेखि सर्वसाधारणसम्म चासो र चर्चा सिर्जना भएको छ। सोमवार बिहानै उक्त अडिट टोली नगरपालिकामा पुगेर नगर प्रशासनका विभिन्न विभागका कागजातहरू परीक्षण गर्न थालेको हो।विशेष सूत्रअनुसार नगरपालिकामा वित्तीय अनियमितता र विकास कार्यमा पारदर्शिता नहुँदा सम्बन्धित कैयन् उजुरी हालै राज्य सरकारसमक्ष पुगेको थियो। त्यसैले नवान्नबाट उच्च स्तरीय यो विशेष अडिट टोली पठाइएको अनुमान गरिएको छ।यस घटनाले राजनैतिक वृत्तमा पनि विभिन्न अड़कलबाजी आरम्भ भएको छ। सूत्रअनुसार यस विशेष अडिटमार्फत नगरपालिकाको आर्थिक लेखाजोखा, विकास योजनाहरू, विनियोजित रकमको प्रयोग साथै कर्मचारी भर्ना सम्बन्धी विषयहरू सूक्ष्म रूपमा जाँच गरिएको छ।
Read More
आँधीले नक्सलबारीमा क्षति

आँधीले नक्सलबारीमा क्षति

आइतवार राति अबेर आएको भीषण आँधीले नक्सलबारीको शान्तिनगर क्षेत्रमा ठूलो क्षति पुर्याबएको छ। आँधीका कारण दर्जनौँ घरहरू क्षतिग्रस्त भएका छन् भने 25 भन्दा अधिक रूखहरू ढलेका छन्। प्राप्त जानकारीअनुसार आँधीका क्रममा चलेको तीव्र हावाले ठूला रूखहरू ढल्दा धेरै घरहरूलाई क्षति पुगेको छ। सोही क्रममा अर्चना बर्मन ढलेको रूखको चपेटमा परेकी थिइन्। तिनलाई स्थानीयहरूले उद्धार गरी नक्सलबारी अस्पताल पुर्याेए। त्यहाँबाट थप उपचारका लागि अर्चना बर्मनलाई उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। उखेलिएका रूखहरूले विद्युतीय तारहरू पनि चुँड़ाएपछि क्षेत्रमा पूर्ण रूपले विद्युत् आपूर्ति बन्द भएको छ। स्थानीय मानिसहरूले तत्कालै नक्सलबारी ग्राम पञ्चायत र बीडीओलाई घटनाबारे जानकारी गराएका थिए। पञ्चायत सदस्य…
Read More
महिलाको घिच्रोदेखि गहन लुट

महिलाको घिच्रोदेखि गहन लुट

सिलगढ़ी महकुमाअन्तर्गत फाँसीदेवा ब्लकको ज्योतिनगर गाउँमा दिउँसै महिलाको घिच्रोदेखि सुनको गहन लुटिएको घटना सार्वजनिक भएको छ। स्थानीय सूत्रअनुसार शुक्रवार एक महिला फूल टिपेर घर फर्कँदै थिइन्। त्यसै बेला अचानक मोटरसाइकलमा आएका दुईजना युवकले महिलाको घिच्रोमा सुनको गहना थुतेर सुइँकुच्चा ठोके। घटना यति छिटो भयो कि महिलाले केही बुझ्न नपाउँदै ती अपराधीहरू भागिसकेका थिए।गहना लुटिएपछि आत्तिएकी महिलाले हतार-हतार घर पुगेर परिवारलाई घटनाबारे जानकारी गराइन्। त्यसपछि स्थानीय वासिन्दाहरू घटनास्थलमा पुगेर घरनजिकै रहेको एक सीसीटिभी फूटेज हेर्दा दुईजना युवकहरूले मोटरसाइकलमा आएर गहना लुटेका देखियो।यस घटनापछि पीड़ित परिवारले फाँसीदेवा थानामा प्राथमिकी दर्ता गरेकी छन्। यति बेला पुलिसले सीसीटिभी फूटेजको आधारमा जाँच आरम्भ गरेको छ।…
Read More
कुखुरा बोकेको गाड़ी दुर्घटनाग्रस्त

कुखुरा बोकेको गाड़ी दुर्घटनाग्रस्त

नियन्त्रण गुमाएर कुखुरा बोकेको एक गाड़ी सड़कको छेउमा पल्टिएर दुर्घटनाग्रस्त भएको छ। यो घटना शुक्रवार आमबारी–बेलाकोबा राज्य सड़कको शिकारपुर ग्राम पञ्चायतअन्तर्गत सरकारपाड़ा क्षेत्रमा भएको हो।प्रत्यक्षदर्शीहरूअनुसार, बेलाकोबादेखि कुखुरा बोकेर गाड़ी सिलगढ़ीको चम्पासारीतर्फ जाँदै थियो। बाटोमा अचानक गाड़ीको एउटा टायर पड़कियो। त्यसपछि चालकले नियन्त्रण गुमाए र गाड़ी सडकनजिक रहेको बिजुलीको पोलमा ठोक्किएर पल्टियो।घटनामा चालक सामान्य घाइते भए। स्थानीय वासिन्दाहरूले तत्काल तिनलाई उद्धार गरे अनि बेलाकोबा पुलिस चौकीमा खबर गरे। पुलिस घटनास्थलमा आइपुगेर स्थिति नियन्त्रणमा लिएर दुर्घटनाग्रस्त गाड़ीलाई उठाएर पुलिस चौकीमा लगिएको बताइएको छ। पुलिस सूत्रअनुसार घटनाको जाँच आरम्भ गरिएको छ। दुर्घटनाका कारण केही समय सड़कमा वाहनहरूको आवातजावात प्रभावित भएको थियो।
Read More
दुर्लभ हिमालयन स्यालामेण्डर

दुर्लभ हिमालयन स्यालामेण्डर

हिमालयन स्यालामेण्डर (गोरा) संसारको दुर्लभ प्राणीहरूमध्ये एक हो। हिमालयन स्यालामेण्डरबारे धेरै समय अघिदेखि मिरिकमा कार्य गर्दै आइरहेको सामाजिक संस्था नेचर एण्ड इनभाइरमेण्ट प्रोटेक्सन एक्टिभिष्टका संस्थापक अध्यक्ष रमेश गजमेरले विलुप्त भइसकेको डाइनोसोर भन्दा पनि पहिलेको यो जीव रहेको बताए। गजमेरको भनाइमा विनाशको सङ्घारमा रहेको जीव जन्तुहरूको सूची तयार पार्ने अन्तराष्ट्रिय संस्था आईयूसीएनको रेड बुकमा हिमालयन स्यालामेण्डर पनि रहेको छ। त्यसकारण हिमालयन स्यालामेण्डर दुर्लभ प्राणीसितै विलुप्तको सङ्घारमा रहेको पनि तिनले बताए। तिनले विश्वको दुर्लभ प्राणीहरूमध्ये एक हिमालयन स्यालामेण्डर पहाड़को दार्जीलिङ, सुके पोखरी, मिरिक, मार्गेस्टहोप, लाटपञ्चरको सुके पोखरी लगायत भारत नेपालको सीमावर्ती सीमधाप अनि ससाना पोखरीहरूमा पाइने बताए। गजमेरको भनाइअनुसार मिरिक महकुमाको 26…
Read More
दुई गुटको भिड़न्तले तनाउ

दुई गुटको भिड़न्तले तनाउ

दुई समूहबीच भएको भिड़न्तको कारण सिलगढ़ीको बाग्राकोट क्षेत्रमा व्यापक तनाउ फैलिएको छ। आरोपअनुसार बुधवार दिउँसो लगभग 12 बजी बाग्राकोटका सयौँ युवाहरू अचानक लाठी बोकेर टिकियापाड़ा क्षेत्रमा प्रवेश गरे। त्यहाँ पुगेपछि तिनीहरूले पसल, टोटो, अटो लगायतका सवारी साधनहरू तोड़फोड़ गरे। केही आवासीय घरहरू समेत भत्काइएको आरोप छ। सड़क हुँदै आवतजावत गरिरहेका सर्वसाधारणलाई समेत कुटपिट गरिएको बताइएको छ। घटनामा एक महिला र एक बालक घाइते भएका छन्। तिनीहरूलाई सिलगढ़ी जिल्ला अस्पतालमा भर्ना गरिएको छ।त्यसपछि टिकियापाड़ाबाट पनि सयौँ युवाहरू बाग्राकोट क्षेत्रमा पुगे। तिनीहरूले पनि त्यसरी नै सम्पूर्ण बाग्राकोट क्षेत्रमा तोड़फोड़ गरे। यहाँसम्म कि रेलको लिकमा प्रयोग हुने ढुङ्गाले एकार्कामाथि प्रहार गरियो। घटनाको खबर…
Read More
विवाहमा आइपुगेको हात्तीको कटहर भोज

विवाहमा आइपुगेको हात्तीको कटहर भोज

अलिपुरद्वार राष्ट्रिय वन्य निकुञ्जनजिक शालकुमार 2 ग्राम पञ्चायतको सुरीपाड़ा वासिन्दा प्रकाश रायकी छोरीको त्यो दिन विवाह कार्यक्रम चलिरहेको थियो। त्यसैले त्यहाँ पकाएको पकवानको सुगन्ध जताततै फैलिरहेको थियो। विवाह मण्डपमा डीजे बजिरहेको थियो अनि त्यहाँ नाचगान पनि चलिरहेको थियो। त्यसैबीच विवाह घरमा हात्ती आइपुग्यो। कोलाहलमाझ कसैले हात्तीप्रति ध्यान नै दिएन। मण्डपबाट बाहिर निस्कन लाग्दा एउटी महिलाले भने अचानक हात्तीलाई देखिन्। अचम्मै मानेर महिला चिच्याइन्। तब विवाहको कोलाहल केही कम्ती भयो। तरै पनि डीजेको ठूलो आवाजको कारण धेरै मानिसहरूले केही बुझ्न सकेनन्। नाचगान र गीत भइरह्यो। तर पनि दाँते हात्तीले कसैलाई केही गरेन।लेजरको प्रकाश र डीजेको ठूलो आवाजले हात्ती केही रिसाएको थियो।…
Read More
गाजा तस्करीको आरोपमा तीन महिला पक्राउ

गाजा तस्करीको आरोपमा तीन महिला पक्राउ

बिन्नागुड़ी ग्राम पञ्चायतअन्तर्गत कृष्णनगर कोलोनीस्थित पग्ला बस्तीबाट झाड़ुको बिट्टामा लुकाएर गाँजा तस्करी गर्ने प्रयास गरिरहेको आरोपमा तीन महिलाहरूलाई पक्राउ गरिएको छ। सिलगढ़ी पुलिस कमिश्नरेटअन्तर्गत पर्ने भोरेर आलो थाना पुलिसद्वारा पक्राउ गरिएको हो। पक्राउ परेका महिलाहरूमा कूचबिहारको माथाभाङ्गाकी भारती हल्दार र तिनकी छोरी कनिका हल्दार साथै दक्षिण दिनाजपुरकी तिनीहरूकै आफन्त छाइना दास छन्। पुलिस सूत्रअनुसार सोमवार राति झाड़ु बोकेको एउटा ई-रिक्सा पग्ला बस्ती क्षेत्रको एउटा घरमा पुगेको थियो। स्थानीय वासिन्दाहरूले शङ्का लागेर त्यसबारे पुलिसलाई सूचना दिए। त्यसपछि गरिएको छापामा पुलिसले झाड़ुको बिट्टाभित्र लुकाइएको 35 केजी गाँजा फेला पारेको हो। प्रारम्भिक सोधपुछमा उक्त गाँजा कूचबिहारबाट झाड़ु बिट्टामा लुकाएर ल्याइएको अनि त्यसलाई विभिन्न…
Read More
आधुनिकीकरणको दिशामा एनजेपी स्टेशन

आधुनिकीकरणको दिशामा एनजेपी स्टेशन

उत्तरतर्फ घुम्न आउने पर्यटक वा सामान्य यात्रीहरू जब न्यू जलपाइगढ़ी (एनजेपी) स्टेशनमा पाइला राख्छन् तब तिनीहरूको मनमा पहिलो प्रश्न उठ्छ चारैतिर यत्रो खन्ने कार्य किन भइरहेको छ? उत्तर एउटै हो स्टेशनको आधुनिकीकरणको कार्य भइरहेको छ। यद्यपि यस कार्यको प्रगति गर्वको विषय बन्दै गइरहेको छ। स्टेशन निरीक्षणमा आएका जलपाइगढ़ीका भाजपा सांसद जयन्त रायले विकासको विवरण दिन कुनै कसर बाँकी राखेनन्। सांसद रायले भने, उत्तर–पूर्व भारतको सबैभन्दा आधुनिक स्टेशनका रूपमा न्यू जलपाइगढ़ी स्टेशन निर्माण हुँदैछ। यहाँ आधुनिक खानाका पसल, स्टल र पार्किङ क्षेत्र पनि रहनेछ। तिनले थपे, आगामी वर्षको मार्च महीनाभित्रै काम पूरा हुने अपेक्षा गरिएको छ। नयाँ भवन निर्माणका लागि पनि…
Read More
पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सोमवार बिहान एसियन हाइवे 2 अन्तर्गत बाघडुग्राको सन्न्यासी चियाबारी क्षेत्रमा भएको सड़क दुर्घटनामा आँप बोकेको पिकअप भ्यान र ट्रक आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, पिकअप भ्यान बिहारबाट आँप बोकेर सिलगढ़ीतर्फ आइरहेको थियो भने ट्रकरी सिलगढ़ीदेखि फर्कँदै थियो। बाघडुग्राको सन्न्यासी चियाबारीमा दुवै वाहन एकार्कामा सोझै ठोक्किए। ठक्करमा पिकअप भ्यान पूर्ण रूपले क्षतिग्रस्त भएको छ। दुर्घटनामा बिहार निवासी गड्डु कुमार यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पिकअप भ्यानका चालक र अर्का एक यात्री गम्भीर रूपले घाइते भएका छन्। तिनीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पुर्या्इएको छ। दुर्घटनापछि ट्रक चालकले घटनास्थलबाट…
Read More