Piyali Poddar

496 Posts
गाईको मृत्युमा अनेकौ प्रश्न

गाईको मृत्युमा अनेकौ प्रश्न

भारत नेपाल सीमा ओकेटी चियाबारीको खड्का गाउँनजिक बाटोमै बिमारी अवस्थामा गाई छोड़िएको थियो। आज 21 दिनपछि उक्त गाईको मृत्यु भएको छ। अहिले यस घटनाबारे निकै चर्चा चुलिएको छ। धेरै प्रयास र उपचार गरे पनि अन्ततः गाईको मृत्यु भएपछि उक्त गाई कसको हो अथवा कसले ल्याएर गाईलाई बाटोमै छोड़िदियो भन्ने प्रश्न रहस्य नै बनेको छ। धेरै मानिसहरूले गाई नेपालबाट भारत ल्याइएको अनि यो गाई तस्करीको मामिला हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। कसैले पाल्न ल्याइएको भए वा गाँउबाट चरणमा गएको गाई भए मालिक देखा पर्थे। तर 21 दिनसम्म गाईले जीवन र मृत्युमाझ सङ्घर्ष गरिरहँदा पनि गाई मालिक ननिस्केपछि आशङ्का अझ गहिरो…
Read More
सिलगढ़ीमा फेरि एटीएम लुटपाट

सिलगढ़ीमा फेरि एटीएम लुटपाट

बुधवार बिहान लगभग 3 बजी आशीघर पुलिस चौकीनजिक लोकनाथ बजारमा रहेको एक राष्ट्रियकृत ब्याङ्कको एटीएम मेसिनबाट पैसा लुटिएको खबर छ। प्राप्त जानकारीअनुसार चारचक्के गाड़ीमा आएका दुईजना दुष्कर्मीले ग्यास कट्टर प्रयोग गरेर एटीएम मेसिन काटी पैसा लुटे। घटनाको जानकारी पाएपछि सिलगढ़ी थाना पुलिस टोली घटनास्थल पुगेको थियो अनि जाँच थालिएको छ। पुलिस तथा स्थानीय सूत्रअनुसार दुष्कर्मीहरूले बुधवार बिहानै एटीएम लुटपाट गरेका हुन्। सीसीटीभी फूटेजमा तिनीहरू मुख गम्छाले छोपेर आएका देखिन्छन्। ग्यास कट्टरको प्रयोग गर्दा एटीएममा आगो लागेको थियो। आगलागी देखेपछि स्थानीय वासिन्दा प्रदीप कर्मकारले दमकल विभागलाई खबर गरे। सिलगढ़ीदेखि आएको दमकलको एउटा इञ्जिनले आगोलाई नियन्त्रणमा ल्यायो। त्यही मौका छोपेर दुष्कर्मीहरूले एटीएमबाट…
Read More
पानी ट्याङ्कीबाट बङ्गलादेशी नागरिक पक्राउ

पानी ट्याङ्कीबाट बङ्गलादेशी नागरिक पक्राउ

अवैध रूपले भारत प्रवेश गरेको आरोपमा फेरि एसएसबीको जालमा एकजना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। भारत–नेपाल सीमा क्षेत्रमा पर्ने पानी ट्याङ्कीमा बिहीवार अबेर राति विशेष अभियान चलाउँदा तिनलाई एसएसबीका जवानहरूले नियन्त्रणमा लिएका हुन्। पक्राउ परेका व्यक्तिको नाम मोहन्त बर्मन बताइएको छ। प्राप्त जानकारीअनुसार भारतमा अनाधिकृत रूपले प्रवेश गरेको 10 महीनाभित्रै तिनले दलाल गिरोहमार्फत भारतीय आधार कार्ड र प्यान कार्डसमेत बनाइसकेका थिए। तिनी बङ्गलादेशको ठुकगाउँ जिल्लाका वासिन्दा हुन्।एसएसबी सूत्रअनुसार उक्त बङ्गलादेशी नागरिक 10 महीनाअघि भारत–बङ्गलादेश सीमाको हल्दीबारी इलाकाबाट एक दलालको सहयोगमा भारत प्रवेश गरेका थिए। भारतका विभिन्न स्थान घुमेपछि तिनी नेपाल सीमावर्ती पानी ट्याङ्कीको कालीमन्दिर छेउमा रहेको एउटा भाड़ाको घरमा बस्न…
Read More
कसमसभित्र खाद्य सुरक्षा विभागको कारवाही

कसमसभित्र खाद्य सुरक्षा विभागको कारवाही

शहरका प्रमुख र व्यस्त मलमध्ये एक कसमस मलभित्र रहेको आइसक्रिम पार्लरमा आज खाद्य सुरक्षा विभागले ठूलो कारवाही गरेको छ। निरीक्षणका क्रममा देखिएका दृश्यहरू केवल हैरान पार्ने मात्र नभई उपभोक्ताहरूको स्वास्थ्यबारे गम्भीर चिन्ता सिर्जना गर्ने विषय छन्। आइसक्रिम पार्लरभित्र सफाईको चरम अभाव रहेको, खाद्य सामग्रीहरू खुल्ला अनि अस्वच्छ तरिकाले राखिएका अनि पसलभित्र साङ्ग्लो समेत देखिएको विभागले पत्तो लगायो। साथै उक्त पार्लर कानूनी रूपले मान्य व्यापार अनुमतिबिना सञ्चालन भइरहेको पनि पाइयो। यी त्रुटिहरू देखेपछि खाद्य सुरक्षा अधिकारीहरूले पार्लरलाई कठोर चेताउनी दिँदै सात दिनको म्याद दिएका छन्। उक्त अवधिभित्र सरसफाई, कीट नियन्त्रण र कानूनी कागजातहरू पूरा गर्न निर्देशन दिइएको छ। यदि तोकिएको समयमा…
Read More
समस्याको समाधान गरिदिने अनुरोध

समस्याको समाधान गरिदिने अनुरोध

सुके जोरबङ्लो खण्डअन्तर्गत गोपालधारा कोठी गाँउ डनबस्को स्कूलदेखि गोपालधारा भीर गाँउसम्म स्थानीय मानिसहरूले श्रमदानद्वारा खनन गरेका सड़कमा धेरै पैह्रो झरेर अहिले यातायात ठप्प बनेको छ। यातायात ठप्प बनेपछि स्थानीय मानिसहरूले धेरै समस्या झेल्न परिरहेको छ। पैह्रोले सड़कमा अवरोध सिर्जना भएपछि यस सड़कमा दैनिक ओहोर दोहोर गर्ने स्थानीय विद्यार्थी, चिया श्रमिक अनि साधारण मानिसहरूलाई धेरै समस्या भइरहेको स्थानीय जङ्गबीर सिरूपालीले बताए। सड़क ठप्प भएपछि कतिपय मसिना विद्यार्थीहरू विद्यालय जान असमर्थ बनेका पनि तिनले बताए। तिनले भने, भीर गाउँ विकासदेखि वञ्चित रहेको ठाउँ हो। हामीले चिने र जानेका सबैलाई सड़क निर्माणका लागि निवेदन गरेका हौँ। तर कसैले हाम्रो समस्याको समधान गरिदिएन। बल्ल…
Read More
किशनगञ्जबाट लागू औषधीसहित दुई पक्राउ

किशनगञ्जबाट लागू औषधीसहित दुई पक्राउ

सीमा सुरक्षा बल (बीएसएफ) अनि किशनगञ्ज पुलिसले संयुक्त अभियान सञ्चालन गरेर दुईजना लागू औषधी तस्करलाई पक्राउ गरेको छ। यो कारवाही उत्तर बङ्गाल फ्रण्टियरअन्तर्गत किशनगञ्ज सेक्टरको एमजीएम किशनगञ्ज क्षेत्रमा गरिएको हो। अभियानमा दुवै तस्करहरू शङ्कास्पद निषेधित लागू औषधीसहित पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा बीएसएफ अनि किशनगञ्ज पुलिसको टोलीले बुधवार दिउँसो लगभग 2.15 बजी अभियान चलाएको थियो। खोजतलासीका क्रममा दुवै आरोपीहरूबाट एक प्याकेट फेला पारियो जसमा 101.15 ग्राम शङ्कास्पद लागू औषधी फेला परेको हो। फेला पारिएको सामग्रीको भारतीय बजार मूल्य लगभग रु. 90,000 आकलन गरिएको छ भने अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य अझ बढ़ी हुन सक्ने अनुमान गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको…
Read More
ल्याम्प्स बोर्ड गठन नगरे आन्दोलनको चेताउनी

ल्याम्प्स बोर्ड गठन नगरे आन्दोलनको चेताउनी

कार्यालय छ तर बोर्ड छैन। उत्तर बङ्गालका आदिवासीहरूका लागि गठन गरिएको थियो लार्ज एरिया मल्टी पर्पोज सोसाइटी (ल्याम्प्स)। तर कोरोना महामारीको समयमा ल्याम्प्स बोर्ड विघटन गरियो। त्यसको परिणाम स्वरूप ल्याम्प्सको आफ्नै ब्याङ् खाताकमा करोड़ौँ रुपियाँ जम्मा भए पनि आदिवासी तथा विभिन्न जनजाति समुदायका मानिसहरूले त्यसलाई प्रयोग गर्न सकिरहेका छैनन्। ठूलो परियोजनाहरू पनि रोकिएका छन्। राज्यभरि बीडीओहरूलाई ल्याम्प्सको विशेष जिम्मावारी दिइएको छ। तर प्रशासनिक कार्यमा व्यस्त भएकाले तिनीहरूले ल्याम्प्सका काममा समय दिन सकिरहेका छैनन्। त्यसैले आदिवासी विकास परिषदले छिट्टै ल्याम्प्स बोर्ड गठन गर्नुपर्ने माग उठाएको छ। वामकालीन समयमा आदिवासी र जनजातिहरूको आफ्नै संस्था बनेको थियो ल्याम्प्स। सहकारी समितिको चुनाउ जस्तै ल्याम्प्समा…
Read More
नयाँ रूप लिँदै सेवकेश्वरी काली मन्दिर

नयाँ रूप लिँदै सेवकेश्वरी काली मन्दिर

शताब्दीऔँ पुरानो सेवकेश्वरी कालीबाड़ी मन्दिरले नयाँ रूप लिँदैछ। केवल पूजा–पाठको स्थल मात्र नभएर यस काली मन्दिरलाई सेवोक क्षेत्रकै एक प्रमुख पर्यटन गन्तव्यको रूपमा पनि चिनिन्छ। सिलगढ़ी, जलपाइगढ़ीसहित टाढ़ा-टाढ़ादेखि पनि दिनहुँ धेरै श्रद्धालुहरू मन्दिर दर्शन गर्न आउँछन्। अहिले मन्दिर व्यवस्थापन समितिले 50 लाख रुपियाँ खर्च गरेर मन्दिरको जीर्णोद्धार कार्य आरम्भ गरेको छ। आगामी दिन मन्दिरमा लिफ्ट वा एस्केलेटर जड़ान गर्ने योजना पनि रहेको व्यवस्थापन समितिले जनाएको छ।सेवकेश्वरी काली मन्दिर व्यवस्थापन समितिका सचिव सुव्रत साहाले भने, यो ऐतिहासिक मन्दिर हो तर यसको संरक्षण राम्ररी भएको थिएन। पानी पर्दा पानी चुहुन्थ्यो। थुप्रै संरचनाहरू जर्जर भइसकेका थिए। विश्रामगृहको अवस्था पनि राम्रो थिएन। त्यसैले मन्दिरको…
Read More
मेयर कप टेबल टेनिस प्रतियोगिताको उद्घाटन

मेयर कप टेबल टेनिस प्रतियोगिताको उद्घाटन

सिलगढ़ी नगर निगमको तत्त्वावधानमा र बङ्गाल स्टेट टेबल टेनिस सङ्घको सहयोगमा आज मेयर कप अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको भव्य रूपमा उद्घाटन गरिएको छ। यो कार्यक्रम सिलगढ़ीको इण्डोर स्टेडियममा सम्पन्न भएको हो जहाँ विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भइरहेका छन्। उद्घाटन समारोहमा नगर निगमका अधिकारीहरू, विद्यालय प्रतिनिधिहरू अनि खेलप्रेमीहरू ठूलो सङ्ख्यामा उपस्थित थिए। यस प्रतियोगिताको उद्देश्य विद्यालय स्तरमै टेबल टेनिस जस्ता खेलहरूलाई प्रवर्द्धन गर्नु र नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्नु हो। प्रतिस्पर्धामा बालक-बालिकाहरूको उल्लेख्य उत्साह देखिएको छ। आयोजनाको अन्त्यमा विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरिनेछ। सिलगढ़ी नगर निगमको यो पहल खेल संस्कृतिलाई बलियो बनाउने दिशामा एक सराहनीय कदम मानिएको छ।
Read More
बङ्गला भाषामा कुराकानी गर्दैमा दम्पत्तीसित दुर्व्यवहार

बङ्गला भाषामा कुराकानी गर्दैमा दम्पत्तीसित दुर्व्यवहार

बङ्गला भाषामा कुराकानी गरेको निहुँमा कोचबिहारका एक दम्पत्तीसित भाजपा शासित राज्य हरियाणामा दुर्व्यवहार गरिएको आरोप लागेको छ। तिनीहरूलाई केवल मौखिक रूपमा मात्र होइन तर पुलिसले थानामा लगी लामो समयसम्म सोधपुछ गरेर रोकेको आरोप पनि छ। अन्ततः सोमवार दिउँसो तिनीहरू रिहा भए पनि अब तिनीहरू उक्त राज्यमा बस्न सक्ने हुन् कि होइनन् भन्ने चिन्तामा छन् कोचबिहारको जिरानपुरका सिरोज आलम मियाँ र तिनकी श्रीमती शाकिरन बीबी। यस घटनामा राज्यको सत्तारूढ़ दल तृणमूलले स्वाभाविक रूपमा भाजपामाथि आक्रोश व्यक्त गरेको छ। अन्य राज्यहरूमा बङ्गला भाषीहरूमाथि भइरहेको दुर्व्यवहारको मुद्दा सोमवार नवान्नमा बसेको राज्य मन्त्री परिषदको बैठकमा पनि उठेको थियो। सूत्रअनुसार बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्,…
Read More