Piyali Poddar

496 Posts
बीडीओको मन्तव्यले विवाद

बीडीओको मन्तव्यले विवाद

पश्चिम बङ्गालको जलपाइगढ़ी जिल्लाको राजगञ्जमा ब्लक डेभलपमेण्ट अफिसर (बीडीओ) ले सड़क मरम्मतीको मागमा प्रदर्शन गरिरहेका गाउँका महिलाहरूलाई भने, राज्य सरकारबाट लक्ष्मी भण्डारको राशि पाइरहनु भएको छ अनि फेरि किन सड़कमा आउनु भएको? घर जानुहोस्। तर महिलाहरूले स्पष्ट रूपमा भने, हामीलाई लक्ष्मी भण्डारको पैसा होइन सड़कको आवश्यकता छ। त्यसमाथि प्रतिक्रिया दिँदै बीडीओले भने, यदि तपाईँहरूलाई लक्ष्मी भण्डारको पैसा चाहिँदैन भने त्यसै पैसाले सड़क बनाइदिनेछौँ। बीडीओबाट यस्तो अचम्मको मन्तव्यले विवाद सिर्जना भएको छ। त्यस्तो मन्तव्य सुनेर स्थानीय वासिन्दाहरू अचम्मित बने अनि बीडीओलाई घेरेर विरोध जनाए। प्रदर्शनका क्रममा बीडीओ प्रशान्त बर्मनले होस गुमाए। बेलाकोबामा स्थानीय वासिन्दाहरूले जीर्ण सड़कको मरम्मतीको माग गर्दै चक्काजाम गरिरहेका…
Read More
एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

देशको आर्थिक र सामाजिक अवस्थाबारे वाम मोर्चाका नेता मोहम्मद सलिमले चिन्ता व्यक्त गरे। सिलगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा तिनले केन्द्र र राज्य दुवै सरकारको कड़ा आलोचना गरेका छन्। तिनले भने, 2025 मा देश आर्थिक रूपले सङ्कटग्रस्त छ। देशको अर्थतन्त्र धराशायी बन्दैछ तर केन्द्र सरकारले गलत जानकारी दिएर जनतालाई भ्रमित पार्दैछ। सत्य लुकाइएको अनि तथ्यहरूलाई तोड़मोड़ गरिएको तिनले आरोप लगाए।भाषा, धर्म अनि पेसाको आधारमा देशलाई विभाजन गर्ने राजनीति भइरहेको भन्दै तिनले भने, यस्तो विभाजनकारी राजनीतिले देशभरि एकता र सद्भावनालाई ठेस पुर्याीउँदैछ। पश्चिम बङ्गालका सीमान्तकृत र कमजोर वर्गका मानिसहरू बारम्बार अन्य राज्यहरूमा तारो बनिरहेका छन्। तिनीहरू विभिन्न प्रकारका यातनाको शिकार बनिरहेका छन्।मुख्यमन्त्री ममता…
Read More
अल्ट्रासोनोग्राफीका लागि दुई महीनापछि मिति

अल्ट्रासोनोग्राफीका लागि दुई महीनापछि मिति

उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पैसा नदिएसम्म कुनै पनि काम छिट्टो हुँदैन चाहे रगत लिँदा होस् वा कुनै अपरेसन वा सामान्य स्वास्थ्य परीक्षणका लागि होस्। यस्तो आरोप यहाँ नयाँ होइन। लामो समयदेखि नै मेडिकलमा दलालको रगरगीबारे गुनासो आइरहेको छ। अस्पतालका विभिन्न स्थानमा दलालबाट सावधान रहनुहोस् भन्ने सूचना टाँसिएको छ। तर वास्तविकतामा दलालहरूको मनपरी प्रत्येक दिन बढ़िरहेको छ। चिकित्सक, सुरक्षा गार्ड तथा अन्य स्वास्थ्यकर्मीहरू पनि उक्त गिरोहसित प्रत्यक्ष रूपमा संलग्न रहेका आरोप छ। मङ्गलवार फेरि मेडिकल कलेजमा पैसा लिएर स्वास्थ्य परीक्षणको मिति छिट्टो गरिदिएको प्रमाण भेटिएको छ। यस विषयमा अस्पतालको भित्री वृत्तमै प्रश्न उठ्न थालेको छ। यद्यपि अस्पतालका सुपर डा.…
Read More
बाघपुल सुरक्षाको जिम्मा एसएसबीलाई!

बाघपुल सुरक्षाको जिम्मा एसएसबीलाई!

केन्द्रको अन्तिम स्वीकृति मिल्ने बित्तिकै सेवकको बाघपुलको सुरक्षाको जिम्मा राज्य पुलिसबाट एसएसबी (सशस्त्र सीमा बल) को हातमा जानेछ। पुलको दुवै छेउमा अर्धसैनिक बलको चेकपोस्ट बनाउने प्रस्ताव केन्द्रीय गृह मन्त्रालय अनि रक्षा मन्त्रालयमा पठाइएको छ। 24 घण्टा निगरानीका लागि सीसीटीभी क्यामेरा जड़ान गरिनेछ। यो निर्णय केन्द्रीय गुप्तचर निकायहरूको रिपोर्टको आधारमा लिइएको हो। उत्तर–पूर्व भारतसित सड़क मार्गमार्फत सम्पर्कको प्रमुख मार्गमा पर्छ सेवकको बाघपुल। भूटानसित व्यापारिक कारोबारको हिसाबले पनि यो पुल अत्यन्त महत्त्वपूर्ण छ। हाल रक्षा सम्बन्धी कारणले यस पुलको महत्त्व अझ बढ़ेको छ। सेनाका रासन, हतियार तथा अन्य सामग्री यही पुल हुँदै उत्तर–पूर्व भारत र सिक्किमसम्म पुग्ने गर्छ।टिस्टा नदीमा बाढ़ी र पहाड़ी…
Read More
बसको अभावले समस्यामा एनबीएसटीसी

बसको अभावले समस्यामा एनबीएसटीसी

नियमअनुसार सरकारले सञ्चालनमा ल्याएको सार्वजनिक वाहनहरू 15 वर्षभन्दा पुराना भए तिनीहरूलाई सड़कमा उतार्न पाइँदैन। तर राज्य परिवहन विभागले कोभिडको समयमा बस सेवा बन्द रहेको स्थितिलाई ध्यानमा राख्दै बसहरूको अवधि 15 वर्षदेखि बढ़ाएर 17 वर्ष पुर्यााउने प्रस्ताव अघि सारेको थियो। यद्यपि त्यो प्रस्ताव अहिले ठण्डा पेटीमा पसेको छ। त्यसकारण उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) समस्यामा परेको छ।यो वर्ष निगमका 50 वटा बसको आयु 15 वर्ष नाघ्दैछ। त्यसकारण ती बसहरू हटाउनु पर्नेछ। यसअघि 2023 मा एकैचोटि 189 वटा बसको मियाद सकिएपछि हटाउनु परेको थियो। यसको प्रभाव निगमको आम्दानीमाथि परेको थियो। जति सङ्ख्यामा बसहरू नियमका कारण प्रयोगबाहिर गए त्यति सङ्ख्यामा नयाँ बसहरू…
Read More
पानी ट्याङ्कीबाट चिनियाँ नागरिक पक्राउ

पानी ट्याङ्कीबाट चिनियाँ नागरिक पक्राउ

सोमवार भारत–नेपाल सीमाको पानी ट्याङ्की क्षेत्रबाट एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिबाट दुईवटा फरक-फरक नामको स्विट्जरल्याण्डको पासपोर्ट अनि नक्कली नेपाली परिचयपत्र फेला पारिएको छ। आज खोरीबारी पुलिसले तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको छ। थाहा लागेअनुसार उक्त चिनियाँ नागरिकलाई सोमवार नेपालदेखि पानी ट्याङ्कीको मेची पुल हुँदै अवैध रूपमा भारत प्रवेश गर्ने क्रममा सीमा क्षेत्रमा तैनाथ एसएसबीको 41 नम्बर बटालियनका जवानहरूले पक्राउ गरेका हुन्। सोधपुछपछि सोमवार अबेर राति एसएसबीले तिनलाई खोरीबारी पुलिसलाई जिम्मा लगाएको हो।एसएसबी सूत्रअनुसार सोमवार बेलुका नियमित चेकिङका क्रममा एसएसबी जवानहरूले उक्त चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएका थिए। जाँच गर्दा तिनीबाट दुईवटा अलग नामको स्विट्जरल्याण्डको पासपोर्ट फेला…
Read More
सड़क दुर्घटनामा दुईको मृत्यु

सड़क दुर्घटनामा दुईको मृत्यु

एक दुखद सड़क दुर्घटनामा दुई साथीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। यो घटना आइतवार अबेर राति बाघडुग्राको गङ्गाराम चियाबारीस्थित राष्ट्रिय राजमार्गको चर्च मोड़नजिक भएको हो। मृतहरूमा मुनी चियाबारीका वासिन्दा बादल मुण्डा अनि अमन हुन्।प्राप्त रिपोर्टअनुसार तीनैजना साथी एउटा मोटरसाइकलमा घोषपुकुरदेखि घर फर्किंदै थिए। मोटरसाइकलको नियन्त्रण हराउँदा एउटा चार चक्के गाड़ीसित ठोक्कियो। घटनास्थलमै दुईजनाको मृत्यु भयो भने तेस्रो व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।दुर्घटनापछि बाघडुग्रा पुलिस तुरुन्तै घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गराएको छ। शवहरूलाई पोस्टमर्टमका लागि पठाइएको छ र पुलिसले घटनाको जाँच आरम्भ गरेको छ।
Read More
34 किशोरीहरू उद्धार, तीन एजेण्ट पक्राउ

34 किशोरीहरू उद्धार, तीन एजेण्ट पक्राउ

ठ्याक्कै 7 दिनपछि फेरि एउटै घटना सिलगढ़ीमा पुनः दोहोरिएको छ। फेरि रोजगार दिने प्रलोभनमा किशोरीहरूलाई तस्करी गर्न खोजिएको आरोप छ। बितेको 21 जुलाई तारिख बेलुका एनजेपी स्टेशनबाट 56 जना किशोरीहरूलाई उद्धार गरिएको थियो। यसपल्ट सिलगढ़ी जङ्क्सन क्षेत्रबाट तस्करीको प्रयास विफल पार्दै प्रधाननगर थानाको पुलिसले 34 जना किशोरीहरूलाई उद्धार गरेको छ। ती किशोरीहरूलाई रोजगार दिने प्रलोभन देखाई जङ्क्सनबाट राँची लैजान बस रिजर्भ गरिएको थियो। उद्धार गरिएका किशोरीहरू प्रायः नागरकट्टा, मटेली र अलिपुरद्वारका चियाबारी क्षेत्रका वासिन्दा हुन्। यसै क्रममा तीनजनालाई पुलिसले पक्राउ गरेको छ। तस्करीको सञ्चालनको शैली हालसालै जीआरपीले उद्धार गरेका किशोरीहरूको घटनासित निकै मेल खान्छ। त्यसैले ती एजेण्टहरूको सम्बन्ध सोही गिरोहसित…
Read More
एसएसबीद्वारा प्रतिबन्धित विदेशी सामग्री जफत

एसएसबीद्वारा प्रतिबन्धित विदेशी सामग्री जफत

आठौँ वाहिनी सशस्त्र सीमा बलका सीमा चौकी बड़ामणिरामजोतका जवानहरूले विशेष गस्तीको क्रममा एक पुरुष तस्करलाई पक्राउ गरेका छन्। सीमा स्तम्भ नम्बर 87/3 देखि लगभग 6.5 किलोमिटर टाढ़ा नक्सलबारी टोल प्लाजनजिक उक्त व्यक्तिबाट 60 किलो ओखर (चिनियाँ उत्पाद), डाबर हाजमोला रेगुलर 38 कण्टेनर प्रति कण्टेनर 500 ग्राम (नेपालमा निर्मित), डाबर हाजमोला पुदिना 58 कण्टेनर प्रति कण्टेनर 500 ग्राम (नेपालमा निर्मित), डाबर रेड पेष्ट 360 टुक्रा प्रति टुक्रा 80 ग्राम (नेपालमा निर्मित), डाबर रेड पेष्ट 144 टुक्रा प्रति टुक्रा 40 ग्राम (नेपालमा निर्मित), सनस्लिक श्याम्पू (कालो चिन्ह) 2400 प्रत्येक पाउच 5 एमएल (नेपालमा निर्मित), सनसिल्क श्याम्पू (कपाल झर्ने समाधान) 5 एमएलका 1200…
Read More
जैविक मह उत्पादनमा जीटीएको जोड

जैविक मह उत्पादनमा जीटीएको जोड

पहाड़का वासिन्दालाई मौरी पालनतर्फ प्रोत्साहित गर्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) ले जैविक मह उत्पादनमा विशेष ध्यान दिइरहेको छ। पहाड़मा केही किसानहरूले मौरी पाल्ने गरेका छन् तर यसको मुख्य उद्देश्य भनेको जमीनमा फल्ने बालीलाई बाँदर, हात्ती लगायतका वन्यजन्तुबाट जोगाउनु हो। धेरै किसानले उत्पादन गरेको मह बोतलमा हालेर स्थानीय बजारमा बिक्री गर्छन्। तर उत्पाद यति थोरै हुन्छ कि निर्यात गर्न सकिँदैन। जबकि जैविक महको बजार मूल्य निकै राम्रो छ। यसतर्फ ध्यान दिँदै जीटीएले मौरी पालनमा थप प्रोत्साहन दिइरहेको छ। किसानहरूलाई प्रशिक्षणसितै मौरी राख्न ‘बी बक्स’ पनि उपलब्ध गराइँदैछ।जीटीएका मुख्य जनसम्पर्क अधिकारी शक्तिप्रसाद शर्माले भने, जैविक महको राम्रो माग छ। शरीर स्वस्थ राख्न…
Read More