Piyali Poddar

569 Posts
पैह्रो पीड़ित यावाङलाई पेम्बा भुटियाद्वारा सहयोग

पैह्रो पीड़ित यावाङलाई पेम्बा भुटियाद्वारा सहयोग

मिरिकका युवा सामाजिक कार्यकर्ता पेम्बा भुटिया सानो सहयोग भए पनि ठूलो मन बोकेर पुगे टुहुरो यावाङ राईको बड़ा बड़ीको घर। चौध वर्षीय यावाङ राईको बाबाको निधन भइसकेको छ भने आमाले पनि तिनलाई छाड़ेर गई। तिनी नौ माइल राणा गाउँमा एकलै बस्दै थिए। यसै क्रममा 4 अक्टोबर बिहानपख आएको विनाशकारी पैह्रोले तिनको घर क्षतिग्रस्त पारिदियो। तिनी भाग्यले बाँचे अनि अहिले आफ्ना बड़ा-बड़ीको घरमा बस्दै आइरहेका छन्।आमा-बाबाविहीन तिनै किशोरलाई सहयोग गर्न बुधवार मिरिक निवासी पेम्बा भुटिया यावाङका बड़ा-बड़ीको घरमा पुगेका हुन्। भुटियाले खाद्य सामग्री तथा लताकपड़ा प्रदान गरे। यस अवसरमा बोल्दै पेम्बा भुटियाले भने यावाङ राईको वस्तुस्थिति बुझेपछि ठूलो मन लिएर सानो…
Read More
बाउन्सरसहित काउन्सिलर छठ घाटमा

बाउन्सरसहित काउन्सिलर छठ घाटमा

घाटमा त्यो बेला राम्रै भीड़ थियो। छठ व्रतीहरूदेखि सर्वसाधारण मानिससम्म सबैजना छठ माताको आराधनामा तल्लीन थिए। अकस्मात् सबैको ध्यान एक भक्तले दण्डी काटिरहेको दृश्यतर्फ तानियो। जसले दण्डी काटिरहेका थिए तिनीसित आठजना बाउन्सर पनि थिए। तिनी कुनै सेलिब्रिटी हुन् कि? धेरैले प्रश्न गरे। भीड़मा कतिपयले भने, होइन होइन, तिनी सेलिब्रिटी होइनन्, तिनी पाँच नम्बर वार्डकी भाजपा काउन्सिलर अनिता महतो हुन्। बस् त्यो दृश्य क्यामेरामा कैद भएपछि सामाजिक सञ्जालमा भाइरल बन्यो। तर स्पष्टीकरणमा जनप्रतिनिधि अनिता महतोले भनिन्, यी बाउन्सरहरू मेरा होइनन्। बाउन्सरको व्यवस्था छठ समितिले गरेको हो। छठ पूजाको पहिलो र दोस्रो दुवै दिन आठजना बाउन्सरसहित दण्डी काट्दै घाटमा पुगेकी थिइन् काउन्सिलर…
Read More
तोरीबारीमा वेलनेस टुरिज्मको पहल

तोरीबारीमा वेलनेस टुरिज्मको पहल

प्रकृतिसित एकाकार भएर कोही ध्यानमा मग्न छन् त कोही योगासनमा व्यस्त छन्। सबै अपरिचित अनुहार हुन् किनकि ती सबै पर्यटक हुन्। प्रकृतिको बीचमा शान्ति खोज्दै तिनीहरू वेलनेस टुरिज्मको आकर्षणमा परेर टाढ़ा टाढ़ाबाट आएका हुन् तोरीबारीमा। तर एक दशक अघिसम्म केरलाबाहेक वेलनेस टुरिज्म अपरिचित थियो। त्यसो भए अचानक किन स्वास्थ्य पर्यटनमा यति जोड़ दिइँदैछ? पर्यटन व्यवसायीहरूअनुसार कोभिड महामारीबाट शिक्षा लिएपछि मानिसहरू अब आत्म संरक्षण र मानसिक सन्तुलनका निम्ति वेलनेस टुरिज्मतर्फ आकर्षित भइरहेका छन्। स्वास्थ्य पर्यटनको विस्तारका लागि तिनीहरू स्वयं पनि पहल गर्न थालेका छन्।वेलनेस टुरिज्मले केवल शारीरिक स्वास्थ्यसित होइन तर मानसिक र आध्यात्मिक सन्तुलनसित पनि गहिरो सम्बन्ध राख्छ। यसकारण प्रत्येक वर्ष…
Read More
झलमल्ल कञ्चनजङ्घा हेर्न पर्यटकहरू भीड़

झलमल्ल कञ्चनजङ्घा हेर्न पर्यटकहरू भीड़

एकातिर झलमल्ल कञ्चनजङ्घाको मुस्कान अर्कातिर तापक्रम क्रमशः घट्दै गइरहेको छ। अक्टोबरको अन्त्यसितै दार्जीलिङ पहाड़ र वरिपरिका पर्यटन स्थलहरू पर्यटकले खचाखच भरिएका छन्। मुख्य शहर मात्र होइन छेउछाउका पकेट रूटहरूमा पनि होटल र होमस्टेहरूमा पर्यटकहरूको बाक्लो भीड़ छ। वाहन चालकहरूको अनुहारमा पनि मुस्कान देखिन्छ। केही चालकहरू त एकै दिनमा तीनपल्ट यात्री लिएर दार्जीलिङ-सिगढ़ी कुदिरहेका छन्। चालकहरूको भनाइअनुसार यस महीनाको पछिल्ला दुई दिनमै तिनीहरूले सबैभन्दा बढ़ी आम्दानी गरेका छन्। मल रोडदेखि रिङ्क मल रोड, भानु भवन वरिपरि, महाकाल मन्दिर क्षेत्र सबै ठाउँमा पर्यटकहरूको भीड़ देखिन्छ।मङ्गलवारसम्म राज्यमा लगातार बिदा छ। आइतवार स्वाभाविक रूपमा साप्ताहिक बिदा, त्यसमा सोमवार र मङ्गलवार छठ पर्वको बिदा छ।…
Read More
दार्जीलिङ मोड़का आगलागी पीड़ितहरूसमक्ष मेयर गौतम देव

दार्जीलिङ मोड़का आगलागी पीड़ितहरूसमक्ष मेयर गौतम देव

गत आइतवार अबेर राति दार्जीलिङ मोड़मा भएको भीषण आगलागीले सम्पूर्ण क्षेत्रमा त्रासको माहौल फैलिएको थियो। केही क्षणमै आगो चारवटा फर्निचर पसलहरूमा फैलियो जसका कारण करोड़ौँ रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।खबर पाएपछि दमकलका पाँचवटा इञ्जिन तत्काल घटनास्थलमा पुगे। लगातार केही घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भए पनि पसलका सम्पूर्ण सामग्रीहरू पहिले नै जलेर खरानी बनेका थिए। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट सर्किटकै कारण आगलागी भएको मानिएको छ।मङ्गलवार सिलगढ़ीका मेयर गौतम देव घटनास्थल निरीक्षण गर्न पुगे। तिनीसित 1 नम्बर बरोका चेयरम्यान, 1 नम्बर वार्डका काउन्सिलर अनि अन्य अधिकारीहरू पनि उपस्थित थिए। मेयरले आगलागीबाट प्रभावित व्यापारीहरूसित कुराकानी गर्दै तिनीहरूको साथमा रहने…
Read More
पुरी मन्दिरको धारामा ओतप्रोत सिलगढ़ी

पुरी मन्दिरको धारामा ओतप्रोत सिलगढ़ी

कोलकाता–चन्दननगरका लाइट थीमबाट यसपल्ट सिलगढ़ी कलेजपाड़ा जगद्धात्री पूजा प्रत्यक्ष उड़िस्साको पुरी जगन्नाथ मन्दिरको पवित्र ध्वनि धारामा ओतप्रोत भएको छ। यो सामान्य पण्डाल होइन तर यसपालिको अद्भुत आकर्षण यही हो कि पूजाको मुख्य केन्द्रमा पुरी शैलीका लाइभ घण्टा, काँसा र शङ्खवादकको टोली समावेश गरिएको छ जसले पहिले नै सिलगढ़ीका दर्शकहरूलाई भावुक बनाइदिएको छ।कलेजपाड़ा पूजा समितिका सचिव सौरभ भास्करले भने, पाँचौँ वर्षमा हामी केवल पण्डाल मात्र देखाउन चाहँदैनौँ। तर मानिसहरूले आँखाले मात्र होइन कान र मुटुको माध्यमबाट पनि पूजाको अनुभव गर्न सकून् भन्ने हाम्रो विचार हो। यही भावनाबाट पुरी मन्दिरको परम्परागत साउण्ड सिस्टमलाई लाइभ रूपमा ल्याइएको हो।यस्तो आध्यात्मिक वातावरणबीच 12 ज्योतिर्लिङ्ग–आधारित भारत…
Read More
दूधे अस्थायी पुलको निर्माण कार्य समाप्त

दूधे अस्थायी पुलको निर्माण कार्य समाप्त

तीन हप्तापछि 12 नम्बर राज्य मार्ग खोलिएको छ। आइतवारदेखि दूधे हुँदै मिरिकतर्फ वाहनहरूको आवागमन गर्न सकिनेछ। यद्यपि सरकारी रूपमा सड़क सोमवार खोलिनेछ। पीडब्ल्यूडी विभागका एकजना अधिकारीले यस विषयमा शनिवार रातभरि पुल निर्माणको काम हुने स्पष्ट जानकारी दिएका छन्। अर्को दिन अर्थात् आइतवारको बिहानसम्म पुल निर्माणको काम समाप्त गर्न भनिएको छ। त्यसपछि गाड़ी चलाएर परीक्षण गरिनेछ। सबै ठिक रहे सोमवारदेखि सामान्य यातायात आरम्भ हुनेछ। तर गह्रौँ वस्तु बोक्ने गाड़ीहरूको आवागमनमा अहिले अनुमति दिइएको छैन। ती गाड़ीहरू सुखियापोखरी, घुम, खरसाङ हुँदै जानु पर्नेछ।4 अक्टोबर राति भीषण वर्षासितै बालासन नदीमा तीव्र जल स्तरमा वृद्धि भयो। त्यसकारण दूधेमा फलामको पुल भत्किएर मिरिकसित सड़क सम्पर्क…
Read More
दार्जीलिङ मोड़मा भयावह आगलागी

दार्जीलिङ मोड़मा भयावह आगलागी

बितेको राति सिलगढ़ीको दार्जीलिङ मोड़ क्षेत्रमा भयावह आगलागीको घटनाले क्षेत्रभरि होहल्ला मच्चाइदियो। आगो यति तीव्र फैलियो कि हेर्दाहेर्दै चारवटा फर्निचर पसलहरू पूरै जलेर स्वाहा भए भने अर्को पसल आंशिक रूपले क्षतिग्रस्त भएको छ।स्थानीय सूत्रहरूबाट प्राप्त जानकारीअनुसार, राति अचानक आगोको लपेटाहरू देखिएपछि मानिसहरू आफ्ना घरबाट बाहिर निस्किए। घटनाको जानकारी पाएर दमकल विभागका पाँचवटा गाड़ी घटनास्थलमा आइपुगे अनि धेरै घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइयो। तर आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर प्रारम्भिक जाँचमा यो शर्ट सर्किटको कारण भएको हुन सक्ने अनुमान गरिएको छ। चाड़पर्वको यस मौसममा लागेको यस भीषण आगलागीले व्यापारीहरूलाई ठूलो क्षति पुऱ्याएको छ। स्थानीय वासिन्दाहरू पनि यस…
Read More
जाली जन्म–मृत्यु प्रमाणपत्र बेच्ने गिरोह उदाङ्गो

जाली जन्म–मृत्यु प्रमाणपत्र बेच्ने गिरोह उदाङ्गो

जाली जन्म–मृत्यु प्रमाणपत्र बिक्रीको मामिलामा पक्राउ परेका युवकलाई सोधपुछ गरेपछि समग्र गिरोहलाई पक्राउ गर्न सकिने पुलिसको आशा छ। बुधवार मतिगढ़ास्थित बङ्गला सहायता केन्द्रका डेटा एण्ट्री अपरेटर नवजीत गुहानियोगीलाई खोरीबारी थाना पुलिसले पक्राउ गरेको हो। तर मुख्य आरोपी पार्थ साहा भने भागेका छन्। तिनी सिलगढ़ी जिल्ला तृणमूल महिला कङ्ग्रेसकी एक नेत्रीका छोरा हुन्। जाली मतदाता परिचयपत्र र आधार कार्ड बनाउनका लागि यो गिरोह केही समयदेखि भारत–नेपाल सीमा क्षेत्र खोरीबारी क्षेत्रमा सक्रिय रहेको पुलिसले प्रारम्भिक जाँचबाट पत्तो लगाएको छ। ग्रामीण क्षेत्रका जन्म प्रमाणपत्रहरू ब्लक प्राथमिक स्वास्थ्य केन्द्रबाट अनलाइन रूपमा तयार हुने भएकाले ती ग्रामीण अस्पतालहरूलाई नै लक्ष्य बनाइएको हुन सक्ने पुलिसको शङ्का…
Read More
असममा रेल लाइनमा ध्वंस प्रयासको आरोप

असममा रेल लाइनमा ध्वंस प्रयासको आरोप

रेल लाइनमा बम विष्फोट गरेर तोड़फोड़को आरोपले असम फेरि चर्चामा आएको छ। अलिपुरद्वार शहरबाट लगभग 80 किलोमिटर टाढ़ा असमको सालाखाटी र कोकराझारबीच बुधवार राति विस्फोट गराई रेल ट्रयाक उडाइदिएको आरोप उठेको छ। रेल अधिकारीहरूको भनाइअनुसार लगभग दुई फिट लामो रेल ट्र्याक भत्किएको छ। ट्रयाकबीच सिमेण्टका स्लीपरहरू पनि क्षतिग्रस्त भएका छन्। झण्डै 25 हजार भोल्ट विद्युत प्रवाह गर्ने तारलाई समेत क्षति पुगेको बताइएको छ। त्यसपछि मरम्मतीका कारण रेल यातायात केही समयका लागि अवरुद्ध भयो र धेरै रेलहरू विलम्ब चल्न थाले। राति लगभग 1 बजी चिनी लादिएको एक मालगाड़ी त्यही रेलमार्ग हुँदै गइरहेको थियो। विस्फोट भएको स्थानबाट केही टाढ़ा पुगेपछि अचानक झट्का…
Read More