Piyali Poddar

569 Posts
शङ्कर घोष अनि रञ्जन सरकारबीच द्वन्द्व

शङ्कर घोष अनि रञ्जन सरकारबीच द्वन्द्व

पाड़ाको क्लबको सिमाना पर्खाल निर्माण विषयबारे भाजपा बनाम तृणमूल विवाद चर्किएको छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा यो विवाद विधायक बनाम उप–मेयरबीच भएको हो। घटनाप्रति स्थानीय वासिन्दाहरू असन्तुष्ट भएका छन्। सिलगढ़ीको 15 नम्बर वार्डस्थित उद्यान समिति क्लबमा विधायक कोषबाट पाँच लाख रुपियाँ प्रयोग गरी सिलगढ़ी जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीले पूजाअघि सिमाना पर्खाल निर्माणको कार्य थालेको थियो। तर सोमवार सोही कामका लागि फेरि उत्तर बङ्गाल उन्नयन डिपार्टमेण्टबाट रकम छुट्याई शिलान्यास कार्यक्रम गरियो। सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषले भने, स्थानीय वासिन्दाको मागअनुसार मैले क्लबको सिमाना पर्खाल बनाउनका लागि पाँच लाख रुपियाँ छुट्याएको थिएँ। एसजेडीएले काम आरम्भ पनि गरिसकेको थियो। त्यसपछि उत्तर बङ्गाल विकास विभागले…
Read More
जाली प्रमाण-पत्र प्रकरणमा सिलगढ़ीकी महिला एजेण्ट पक्राउ

जाली प्रमाण-पत्र प्रकरणमा सिलगढ़ीकी महिला एजेण्ट पक्राउ

खोरीबारी ग्रामीण अस्पतालमा भएको जाली जन्म–मृत्यु प्रमाणपत्र प्रकरणअन्तर्गत सिलगढ़ीकी एक महिला एजेण्टलाई पक्राउ गरिएको छ। यसपछि यस प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या पाँच पुगेको छ। पुलिस सूत्रअनुसार पक्राउ परेकी महिलाको नाम निलिमा राय हो। तिनी सिलगढ़ीको अरविन्दपल्लीकी निवासी हुन् र जालसाजी गिरोहको एजेण्टका रूपमा तिनले काम गर्थिन्।स्वास्थ्य विभागका सूत्रले दिएको जानकारीअनुसार, खोरीबारी ग्रामीण अस्पतालबाट यो वर्ष मईदेखि जुलाई महीनासम्मको अवधिमा लगभग 870 वटा नक्कली प्रमाणपत्र जारी भएको तथ्य बाहिर आएको छ। स्वास्थ्य विभागको उजुरीको आधारमा जाँच अघि बढ़ाउँदै पुलिसले मुख्य आरोपी पार्थ साहासहित पाँचजनालाई पक्राउ गरेको हो। आरोपी पार्थ साहाबाट ठूलो रकमको साटो उक्त महिलाले जन्म–मृत्यु प्रमाणपत्रहरू तयार गर्थिन् भन्ने आरोप…
Read More
अलिपुरद्वारमा नगरपालिकाद्वारा विधायकको पैसा लिन अस्वीकार

अलिपुरद्वारमा नगरपालिकाद्वारा विधायकको पैसा लिन अस्वीकार

जुलाई महीनादेखि बिग्रिएको विद्युत चुल्हो मरम्मती हुन सकेको छैन। बिद्युत चुल्हो मरम्मतीका लागि विधायकले रकम उपलब्ध गराउन चाहे पनि नगरपालिकाले त्यो पैसा लिन अस्वीकार गरेको छ। अलिपुरद्वार शहरको 17 नम्बर वार्डको शिभगञ्ज श्मशानघाटमा मात्र विद्युत चुल्हो छ। यो चुल्हो केही महीनादेखि बिग्रिएको अवस्थामा छ। हावाहुरीका कारण यसको चिम्नी उड़ेको थियो जसका कारण सर्वसाधारणलाई असुविधा भइरेहेको छ। अलिपुरद्वारका विधायक तथा तृणमूल नेता सुमन काञ्जिलाले विद्युत चुल्हो मरम्मतीका लागि विधायक कोषबाट 10 लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेर त्यसबारे जिला शासकलाई पत्र लेखे। विधायक सुमनले भने, गत जुलाईमा प्राकृतिक प्रकोपका कारण विद्युत चुल्हो बिग्रिएको थियो अनि त्यसपछि बन्दै छ। त्यो अहिलेसम्म पनि…
Read More
रिचाहरूको जीतले सिलगढ़ीमा खुशीको लहर

रिचाहरूको जीतले सिलगढ़ीमा खुशीको लहर

भारतको महिला क्रिकेट टोली विश्व च्याम्पियन बनेको छ। घरेलु मैदानमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई 52 रनले पराजित गर्दै हरमनप्रीत कौरको टोलीले उपाधि कब्जा गरेको हो। यस जीतमा बङ्गालकी रिचा घोषले ठूलो भूमिका खेलेकी छिन्। आफ्नै शहरकी छोरीको सफलतामा सिलगढ़ी पनि उत्सवमा डुब्यो। खेल सकिए लगत्तै मध्य रातमै सिलगढ़ी वासिन्दा सड़कमा निस्किएर उल्लास मनाए। भारतको जीत र रिचाको प्रदर्शन दुवै कारणले सबै रोमाञ्चित थिए।आइतवार राति सिलगढ़ीकी छोरीको हातबाट पहिलोपटक बङ्गालले क्रिकेट विश्व कप जीतको स्वाद पायो। खेल समाप्त हुन साथ शहरभरि उत्सव आरम्भ भयो। विभिन्न क्षेत्रका मानिसहरू हातमा भारतको झण्डा लिएर सड़कमा निस्किए। भारतको जयजयकार र रिचाको प्रशंसाले सड़कहरू गुञ्जायमान बन्यो…
Read More
क्यान्सर ब्लकको परिसेवा आरम्भमा विलम्ब

क्यान्सर ब्लकको परिसेवा आरम्भमा विलम्ब

उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा निर्माणाधीन क्यान्सर ब्लकको निर्माण कार्यमा चरम विलम्बबारे प्रश्न उठिरहेको छ। जुन गतिमा काम हुनुपर्ने थियो त्यो हुँदै नभएको आरोप छ। त्यसैले दिसम्बरदेखि सेवा आरम्भ गर्ने योजना अब लगभग असम्भव भएको छ। राज्यका मुख्य सचिव अनि स्वास्थ्य विभाग सचिवले अस्पताल निरीक्षणका क्रममा दिसम्बरसम्म कार्य पूरा गर्ने निर्देशन दिएका थिए। दिसम्बरदेखि क्यान्सर बल्कमा ओपीडी सेवा आरम्भ हुने रोगी कल्याण समितिको बैठकहरूमा पनि पटक–पटक भनिएको थियो।तर अहिले अस्पताल प्रशासनले नै त्यो सम्भव नहुने सङ्केत दिएको छ। उत्तर बङ्गाल मेडिकल कलेजका सुपरिण्टेण्डेण्ट डा. सञ्जय मलिकले भने, दिसम्बरको पहिलो हप्तादेखि क्यान्सर ब्लकमा ओपीडी सेवा आरम्भ गर्ने योजना थियो। तर…
Read More
जलपाइगढ़ी नगरपालिकाविरुद्ध उच्च न्यायालयमा मुद्दा

जलपाइगढ़ी नगरपालिकाविरुद्ध उच्च न्यायालयमा मुद्दा

करला नदीनजिक वार्ड नम्बर 24 मा जलपाइगढ़ी नगरपालिकाले दोस्रो डम्पिङ ग्राउण्ड बनाएको विषयमा अहिले ठूलो विवाद चलिरहेको छ। जहाँ नगरपालिका फोहोर फ्याँकिरहेको छ त्यो दुई परिवारको निजी जमीन रहेको नयाँ कुरा बाहिर आएको छ। उक्त जमीनका मालिकसित कुनै अनुमति नलिई नगरपालिका त्यहाँ फोहोर फ्याँक्न थालेको आरोप छ। निजी जमीनमा कसरी डम्पिङ ग्राउण्ड बनाइयो भनेर प्रश्न उठाउँदै उक्त जमीनका मालिक भास्कर सरकारले कलकत्ता उच्च न्यायालयमा नगरपालिकाविरुद्ध मुद्दा दर्ता गरेका छन्। पाँच दिनअघि दर्ता गरिएको उक्त मुद्दामा जलपाइगढ़ी नगरपालिका र बीएलआरओलाई पक्ष बनाइएको छ। शहरको बस्तीबीच नगरपालिकाको दोस्रो डम्पिङ ग्राउण्ड बनाइएको विरोधमा जलपाइगढ़ी परिवेश बचाओ नागरिक कमिटी पहिले नै सड़कमा उत्रिसकेको छ।…
Read More
गुण्डा लगाएर भाइमाथि आक्रमण गरेको आरोप

गुण्डा लगाएर भाइमाथि आक्रमण गरेको आरोप

सिलगढ़ीको इष्टर्न बाइपास नजिकको डाबग्राम–2 ग्राम पञ्चायतअन्तर्गत सरदा मोड़ क्षेत्रमा एक युवामाथि आफ्नै भाइमाथि भाड़ाका गुण्डा पठाएर आक्रमण गरेको आरोप लागेको छ। घटना शनिवार दिउँसोको हो। घर कब्जा गरेको विषयमा ठूला भाइ मानिक साहाले भाड़ामा गुण्डा लगाएर कान्छो भाइ रतनको घरमा आक्रमण गरेको आरोप छ। स्थिति यति तनाउग्रस्त बनेपछि सिलगढ़ी पुलिस कमिश्नरेटले आशीघर थानालाई तुरुन्त कारवाहीको निर्देश दियो। त्यसपछि दुवै भाइसहित अर्को एक व्यक्तिलाई पुलिसले पक्राउ गर्योन। पक्राउ परेका मानिक साहा, रतन साहा अनि शिशिर सिंहलाई आइतवार जलपाइगढ़ी जिल्ला न्यायालयमा प्रस्तुत गर्दा न्यायाधीशले तीनैजनालाई जेल हिरासतमा पठाउने आदेश दिए।घटना केही वर्षअघि आरम्भ भएको जग्गा सम्बन्धी विवादसित जोड़िएको बताइन्छ। रतनकी श्रीमती…
Read More
आँगनबाड़ी कर्मचारीहरूद्वारा स्मार्टफोन योजनाविरुद्ध विरोध प्रदर्शन

आँगनबाड़ी कर्मचारीहरूद्वारा स्मार्टफोन योजनाविरुद्ध विरोध प्रदर्शन

पश्चिम बङ्गाल आँगनबाड़ी कर्मचारी एवं सहायिका कल्याण समिति, जोरबङ्गलो–सुकेपोखरी शाखाले राज्य सरकारले एकीकृत बाल विकास परियोजनाअन्तर्गत आँगनबाड़ी कार्यकर्ताहरूलाई 5जी स्मार्टफोन किन्नका लागि उपलब्ध गराएको 10 हजार रुपियाँको अनुदानविरुद्ध आज तीव्र विरोध जनाएको छ। समितिका प्रतिनिधिहरूले आज सुकेपोखरी स्थित बाल विकास परियोजना कार्यालयमा परियोजना अधिकारी रिञ्छेन लामा यल्मोलाई ज्ञापन पत्र बुझाउँदै राज्यको निर्णयप्रति आपत्ति जनाए। समितिकी सभानेत्री फुर्बा किमाअनुसार केन्द्र सरकारले सन् 2021 र 2026 मा क्रमशः 10 हजार र 8 हजार रुपियाँको सहयोग उपलब्ध गराएको भए पनि यसपटक राज्य सरकारले केवल 10 हजार रुपियाँ उपलब्ध गराएको छ र बाँकी 8 हजार रकम गायब भएको जनाएकी छिन्। तिनीअनुसार सरकारले अनिवार्य रूपमा…
Read More
गैँड़ाको सिङ तस्करीमा 7 वर्षको जेल

गैँड़ाको सिङ तस्करीमा 7 वर्षको जेल

राज्य र उत्तर–पूर्वका विभिन्न राज्यहरूका लागि त्रास बनेको कुख्यात अवैध शिकारी रिकच नार्जिनारीलाई बुधवार जलपाइढ़ीका मुख्य न्यायिक दण्डाधिकारी न्यायालयले गैँड़ाको सिङ तस्करी सम्बन्धी मुद्दामा 7 वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। साथै तिनलाई एक लाख रुपियाँ जरिमाना तिर्न पनि आदेश दिइएको छ। जरिमाना नतिरे थप 6 महीनाको कारावास भोग्नु पर्नेछ। वन विभागअनुसार, हालका वर्षहरूमा वन्यजन्तु शिकार तथा तिनका अङ्ग तस्करी सम्बन्धी मुद्दामा यति लामो सजायको उदाहरण देशमा दुर्लभ छ। गत वर्ष गैँड़ा र हात्ती हत्या प्रकरणमा अलिपुरद्वार जिल्ला पुलिस अनि जलदापाड़ा वन विभागले नार्जिनारीलाई असमको कामरूप क्षेत्रबाट पक्राउ गरेका थिए। वन विभागको आरोप अनुसार सन् 2014 देखि 2018 बीच जलदापाड़ा…
Read More
नक्कली प्रमाण-पत्र प्रकरण अझ एक पक्राउ

नक्कली प्रमाण-पत्र प्रकरण अझ एक पक्राउ

जन्म–मृत्युको नक्कली प्रमाणपत्र कारोबारको जालो कति फैलिएको छ भन्ने विषयमा जाँच अधिकारीदेखि लिएर सिलगढ़ी कमिश्नरेटको गोप्य विभाग समेत चिन्तित परेको छ। बुधवार खोरीबारी ग्रामीण अस्पतालको घटनासित सम्बन्धित बाघडुग्राको पुटीमारीबाट गिरोहका अर्को एजेण्टलाई पक्राउ गरिएको छ। सिलगढ़ी पुलिस आयुक्तालयको डिटेक्टिभ डिपार्टमेण्टको फन्दामा परेको उक्त एजेण्टको नाम हो ललनकुमार ओझा। पक्राउ परेका ललनकुमारबाट खोरीबारी लगायत विभिन्न अस्पतालका नक्कली जन्म प्रमाणपत्रहरू फेला पारिएको छ। केही नक्कली आधार र मतदाता परिचयपत्र पनि फेला पारिएको छ।बुधवार दिउँसो डिटेक्टिभ डिपार्टमेण्टाको एउटा टोलीले ललनको घरमा छापा मारेको थियो। आयुक्तालयका एसीपी (पश्चिम) देवाशीष बसुले भने, ललनको घरमा छापा चलाएर 11 वटा नक्कली जन्म–मृत्यु प्रमाणपत्र, केही आधार कार्ड अनि…
Read More