Piyali Poddar

569 Posts
खोरीबारी जाली प्रमाणपत्र काण्डमा पुनः पक्राउ

खोरीबारी जाली प्रमाणपत्र काण्डमा पुनः पक्राउ

खोरीबारी ग्रामीण अस्पतालको जाली जन्म र मृत्यु प्रमाणपत्र प्रकरणमा पुलिसले थप एक व्यक्तिलाई पक्राउ गरेको छ। यससितै पक्राउ पर्ने व्यक्तिहरूको सङ्ख्या 6 पुगेको छ। मुख्य आरोपी पार्थ साहापछि यसपल्ट खोरीबारी र फाँसीदेवा थानाअन्तर्गत बिधाननगर जाँच केन्द्रको संयुक्त पुलिस टोलीले फाँसीदेवा ब्लकको बिधाननगर पाइकपाड़ामा छापा मारेको हो। अभियानका क्रममा अनलाइन सेवाको आवरणमा सञ्चालन भइरहेको एक अवैध कारोबारको पत्तो लागेको छ। त्यहाँबाट पक्राउ परेका सुव्रत घोष उर्फ लिटन घोषको पसलबाट तीनवटा कम्प्युटर जफत गरिएको छ जसमा थुप्रै जन्म र मृत्यु प्रमाणपत्रका अभिलेखहरू भेटिएका छन्। त्यससितै आधार कार्ड बनाउन प्रयोग हुने बायोमेट्रिक मेसिन र रेटिना स्क्यानरसमेत पुलिसले जफत गरेको छ।अहिले पक्राउ पर्ने व्यक्तिलाई…
Read More
32 किलो गाँजा जफत, एक पक्राउ

32 किलो गाँजा जफत, एक पक्राउ

मादक पदार्थविरुद्ध अभियानमा ठूलो सफलता प्राप्त भएको छ। गोप्य सूचनाको आधारमा प्रधाननगर थानाको सादा पोसाक पुलिसले 32 किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम शशि कौर हो। तिनको घर सिलगढ़ीको 45 नम्बर वार्डको बाघजतीन कोलोनीमा रहेको बताइएको छ।पुलिस सूत्रअनुसार बुधवार राति सिलगढ़ी जङ्क्शन क्षेत्रमा उक्त युवक दुईवटा बोरा लिएर बस समात्ने प्रतीक्षामा थिए। उक्त जानकारी पाएपछि प्रधाननगर थानाको सादा पोसाकको पुलिस टोली तत्कालै घटनास्थलमा आइपुग्यो। त्यसपछि शङ्कास्पद युवकलाई सोधपुछ गरियो। पहिले तिनले बोराभित्र सब्जी रहेको र ती सब्जी छेउको जिल्लामा लगिरहेको बताए। तर पुलिसलाई शङ्का लागेपछि तलासी लिइयो। तलासीका क्रममा बोराको माथिल्लो भागमा केही सब्जी भए…
Read More
कोचबिहार नगरपालिकाद्वारा सात वर्षपछि ऱाशि फिर्ता

कोचबिहार नगरपालिकाद्वारा सात वर्षपछि ऱाशि फिर्ता

सन् 2018-19 मा तत्कालीन नगर बोर्डले कोचबिहार नगरपालिकाको पुरानो भवन भत्काएर पीपीपी मोडलमा आधुनिक भवन निर्माण गर्ने योजना बनाएको थियो। त्यसताका नगरपालिकाका चेयरम्यान भूषण सिंहले उक्त पहल गरेका थिए। उक्त योजनाका लागि नगरपालिकाले कलकत्ताको एउटा एजेन्सीसित छलफल गरेपछि उक्त संस्थाले नगरपालिकाको ब्याङ्क खातामा 20 लाख रुपियाँ जम्मा गऱ्यो। पुरानो भवन भत्काएर जी प्लस फाइभ अर्थात् पाँच तल्ले आधुनिक भवन बनाउने योजना बनाइएको थियो जसमा तीन तल्ला नगरपालिका आफैले प्रयोग गर्ने अनि बाँकी तल्ला एजेन्सीलाई सुपुर्द गर्ने चुक्ति भएको थियो। तर नगरपालिकाको उक्त निर्णयमा विवाद सिर्जना हुँदा उक्त योजना स्वीकृत हुन सकेन साथै भूषण सिंह पनि नगरपालिका अध्यक्षको पदमा पनि रहेनन्।…
Read More
एसआईआर घोषणापछि एकपछि अर्को अस्वाभाविक मृत्यु

एसआईआर घोषणापछि एकपछि अर्को अस्वाभाविक मृत्यु

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को वातावरणमा फेरि एकै दिन दुईजनाको मृत्युको आरोप उठेको छ। एउटा घटना उत्तर बङ्गालको जलपाइगढ़ीको धूपगुड़ीमा भएको हो भने अर्को मुर्शिदाबादको बहरमपुरमा भएको हो। धूपगुड़ीमा बूथ लेभल अफिसर (बीएलओ) घरमा फारम दिन गएको केही क्षणमै हृदयाघातका कारण एक वृद्धको मृत्यु भयो। अर्कातिर एसआईआर घोषणा भएपछि 4 देखि 6 नोभेम्बरसम्म मुर्शिदाबाद जिल्लामा चारजनाको असामान्य मृत्यु भएको खबर छ।धूपगुड़ीमा मृत्यु भएको वृद्धको नाम लालुराम बर्मन (71) हो। तिनी बारोघरिया 1 ग्राम पञ्चायतको दक्षिण डाङ्गापाड़ा क्षेत्रका वासिन्दा थिए। परिवारअनुसार सन् 2002 को मतदाता सूचीमा लालुराम बर्मनको नाम नरहेको कारण केही दिनदेखि तिनी तनाउमा थिए। बिहीवार बेलुकी बीएलओ…
Read More
राष्ट्रिय टोलीको दिशामा अग्रसर फूटबलर पासाङ

राष्ट्रिय टोलीको दिशामा अग्रसर फूटबलर पासाङ

भाइचुङ र सुनिल छेत्री जस्तै अर्को पहाड़का एकजना फूटबल खेलाड़ी भारतको राष्ट्रिय टोलीको दिशातर्फ अघि बढ़िरहेका छन्। तिनी हुन् पासाङ दोर्जी तामाङ जो सिलगढ़ीका वासिन्दा हुन्। तिनी शहरको 43 नम्बर वार्डस्थित शहीद नगरका निवासी हुन्। पासाङ सिलगढ़ीको महानन्दा क्लबबाट खेल्थे। 22 वर्षीय पासाङको खेलले मोहन बगानका अधिकारीहरूको ध्यान आकर्षित गरेको थियो। यसै वर्षको जनवरी महीनामा पासाङले मोहन बगान सुपर जोइण्ट्स टोलीमा प्रवेश गरेका थिए। त्यसपछि हालै तिनले भारतीय अण्डर 23 फूटबल टोलीमा स्थान पाएका छन्।आज, शुक्रवारदेखि कोलकातामा अण्डर 23 क्याम्प आरम्भ हुँदैछ। बिहीवार राति नै पासाङ कोलकाताको निम्ति प्रस्थान गरेका छन्। कोलकाता पुगेपछि मोहन बगान क्लबको अनुमति लिएर तिनी राष्ट्रिय…
Read More
रिचालाई सिलगढ़ीमा भव्य स्वागत

रिचालाई सिलगढ़ीमा भव्य स्वागत

पहिलो बङ्गाली विश्वकप विजेता क्रिकेटर रिचा घोष सिलगढ़ीस्थित घर फर्किएकी छन्। शुक्रवार बाघडुग्रा हवाईअड्डामा अवतरण गरेको क्षणदेखि नै विश्वकप विजेता भारतीय टोलीकी स्टम्पर–ब्याटर रिचा घोषलाई स्थानीय मानिसहरूले बढ़ो हर्षोल्लासको साथ भव्य स्वागत जनाए। त्यहाँ नगरनिगमका चेयरम्यान गौतम देव, उप–नगर प्रमुख रञ्जन सरकारसहित विभिन्न प्रशासनिक अधिकारीहरू उपस्थित थिए। आज रिचालाई सम्मान गर्न सिलगढ़ी नगर निगमले थुप्रै कार्यक्रमको तयारी गरेको छ। दिउँसो सिलगढ़ीको बाघाजतीन पार्क मैदानस्थित रवीन्द्र मञ्चमा नगर निगमले रिचालाई नागरिक सम्मान प्रदान गर्नेछ। नगर निगम सूत्रअनुसार, अहिलेसम्म लगभग 59 वटा सङ्गठनहरूले उक्त नागरिक सभामा रिचालाई सम्मान जनाउनेछन्।थाहा लागेअनुसार रिचालाई सम्मान दिने निर्णय क्रिकेट एसोसिएशन अफ बेङ्गाल (सीएबी) ले पनि गरेको…
Read More
नशालु पदार्थसहित मिरिकबाट चार पक्राउ

नशालु पदार्थसहित मिरिकबाट चार पक्राउ

थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा मिरिक पुलिसले नशालु पदार्थविरुद्ध अभियान जारी राखेको छ। मिरिक पुलिसले नशालु पदार्थविरुद्ध चलाएको विशेष अभियानमा मिरिकका विभिन्न ठाँउबाट नशालु पदार्थसहित चारजनालाई पक्राउ गरियो। पक्रा परेकाहरूलाई अघिल्ला कारवाहीका लागि मिरिक न्यायालयमा पठाएको छ।मिरिकबाट नशालु पदार्थको सेवन र बिक्रीलाई जराबाटै उखेलेर फाल्न मिरिक पुलिस सक्रिय बनेको छ। त्यस दिशामा मिरिक पुलिसले छानबिन अभियानलाई गति दिइरहेको छ। साथै सन्देहजनक व्यक्तिहरूलाई सोधखोज अनि तलासी पनि गरिरहेको छ। मिरिक पुलिसले यस अभियानलाई आगामी दिन पनि जारी राख्ने बताएको छ। मिरिक पुलिसको नशालु पदार्थविरुद्ध अभियानलाई सबैले प्रशंसा गरिरहेको छ।
Read More
वृद्धाको दुईवटा मतदाता परिचयपत्र

वृद्धाको दुईवटा मतदाता परिचयपत्र

एसआईआरको प्रक्रिया चलाउँदा एउटै वृद्धाको दुईवटा मतदाता परिचयपत्र फेला परेको घटना प्रकाशमा आएको छ। एउटै व्यक्तिको नाममा दुईवटा अलग-अलग फोटोसहित परिचयपत्र छन्। दुवै मतदाता कार्डमा वृद्धाको नाम र ठेगाना एकै भए पनि एपिक नम्बर अनि अभिभावकको नाम अलग–अलग छन्। एउटा कार्डमा लिङ्ग पुरुष र अर्कोमा महिला उल्लेख गरिएको छ। मतदाता सूचीमा पनि तिनको नाम दुईपल्ट सूचीकृत छ। बालुरघाट नगरपालिकाको 8 नम्बर वार्डको मङ्गलपुर क्षेत्रमा एसआईआर फारम बुझाउने क्रममा बीएलओको नजरमा यस्तो घटना फेला परेको हो। त्यसपछि विवाद सिर्जना भयो। बीएलओले तुरुन्तै उक्त विषयबारे बीडीओ कार्यालयलाई जानकारी गराए। बिहीवार नै अधिकारीहरू वृद्धाको घर पुग्ने जानकारी पनि प्राप्त भएको छ। यसरी तृणमूलले…
Read More
धम्कीको आरोपमा युवक पक्राउ

धम्कीको आरोपमा युवक पक्राउ

डेढ़ महीनाअघि नयाँ दिल्लीमा दुई समूहबीच भएको झड़प र एकार्कामाथि भएको प्राणघातक आक्रमणको जाँचको क्रममा दिल्ली पुलिसले सिलगढ़ीसित सम्बन्ध रहेको थाहा पाएको छ। त्यसै मामिलामा बुधवार फरीदाबाद साइबर क्राइम थाना पुलिसले सिलगढ़ीका वासिन्दा ऋतम महाजनलाई पक्राउ गरेको छ। बिहीवार पक्राउ परेका ऋतम महाजनलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरी ट्राञ्जिट रिमाण्डमा नयाँ दिल्ली लगिएको छ। पुलिसअनुसार, झण्डै डेढ़ महीनाअघि दुई समूहबीच ठूलो झड़प भएको थियो। एक व्यक्तिमाथि धारिलो हतियारले प्राणघातक हमला गरिएको आरोप छ। घाइते व्यक्तिले पुलिसमा उजुरी गरेपछि जाँचका क्रममा सातजना पक्राउ परेका थिए। पछि सोही घाइते व्यक्तिले फरीदाबाद साइबर क्राइम थानामा अर्को उजुरी दर्ता गरे जसमा तिनले ऋतमको फोन नम्बर…
Read More
भाजपा बीएलएसित कुटपिटको आरोप

भाजपा बीएलएसित कुटपिटको आरोप

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गत एन्युमरेशन फारम वितरणबारे कोचबिहारको माथाभाङ्गा 1 ब्लकको पचागढ़ ग्राम पञ्चायतको 239 नम्बर बूथमा तनाउ उत्पन्न भयो। छाटखाटेरबारी क्षेत्रमा भाजपा बूथ लेभल एजेण्ट निवास दासलाई दुर्व्यवहार गरिएको आरोप छ। निवास दासलाई जुत्ताको माला लगाएर गाउँभरि घुमाइएको तृणमूल कङ्ग्रेसमाथि आरोप लागेको छ। भाजपाको आरोपअनुसार, बीएलओ निशीथ राय अनि तृणमूलका केही स्थानीय नेताहरूले मिलेमतो गरेर यस्तो गरेका हुन्। यस घटनाको कारण बिहीवार माथाभाङ्गामा तनाउ सिर्जना भयो। स्थिति नियन्त्रणमा लिन घटनास्थलमा ठूलो सङ्ख्यामा पुलिस तैनाथ गरिएको छ।भाजपा बीएलए निवास दासले भने, मैले फोन गरेपछि बीएलओले हामी धर्म चक्रवर्तीको घरमा आएका छौँ अनि तपाईँ पनि यहाँ आउनुहोस् भनेर…
Read More