Piyali Poddar

493 Posts
विधायकद्वारा राजगञ्जमा सड़क निर्माण कार्यको शिलान्यास

विधायकद्वारा राजगञ्जमा सड़क निर्माण कार्यको शिलान्यास

बुधवार राजगञ्जको सारियाममा पथश्री 3 योजनाअन्तर्गत नयाँ सड़क निर्माण कार्यको शिलान्यास गरिएको छ। विधायक खगेश्वर रोयले राजगञ्ज ब्लकअन्तर्गत कुकुरजान ग्राम पञ्चायत क्षेत्रमा सड़क निर्माण कार्यको शिलान्यास गरेका हुन्।प्राप्त विवरणअनुसार नयाँ सड़क आमबारी–फालाकाटा सड़कनजिकैको काली मन्दिरदेखि फकीरपुर प्राथमिक विद्यालयसम्म नयाँ सड़क निर्माण गरिनेछ। यसले सारियामस्थित राष्ट्रिय राजमार्ग 27 देखि 5.5 किलोमिटर दूरी कभर गर्नेछ। पञ्चायत तथा ग्रामीण विकास विभागको पर्यवेक्षणमा बन्ने यो सड़क लगभग 2.05 करोड़ रुपियाँको लागतमा निर्माण गरिनेछ।विधायक खगेश्वर रोयसितै सड़क निर्माण शिलान्यास कार्यक्रममा जलपाइगढ़ी जिल्ला परिषदका अध्यक्ष रणवीर मजुमदार, जिल्ला परिषद सदस्य उत्तर बर्मन, राजगञ्ज ब्लक टीएमसी अध्यक्ष अरिन्दम ब्यानर्जी, युवा अध्यक्ष निलाद्री घोष, कुकुरजान ग्राम पञ्चायत प्रधान…
Read More
मेडिकलमा सुपर स्पेशियालिटी ब्लक निर्माण भए पनि सञ्चालनमा छैन

मेडिकलमा सुपर स्पेशियालिटी ब्लक निर्माण भए पनि सञ्चालनमा छैन

उत्तर बङ्गालका जनसाधारणलाई अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा सुपर स्पेशियालिटी ब्लक तयार गरिएको छ। योजनाअनुसार त्यहाँ पेडियाट्रिक सर्जरी, प्लाष्टिक सर्जरी र कार्डियोथोरासिक सर्जरीसितै सबै आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुने बताइएको थियो। तर सुपर स्पेशियालिटी विभाग सञ्चालन गर्नको साटो नयाँ भवनमा पुरानो भवनमा रहेका अल्ट्रासोनोग्राफी, सेण्ट्रल ल्याब, ईईजी, सीसीयू जस्ता विभागहरूलाई सारिएको छ।सुपर स्पेशियालिटी विभागका लागि विभिन्न उपकरण पाँच वर्षअघि नै ल्याइएको थियो। लामो समयदेखि अलपत्र परेकाले ती उपकरण खराब हुँदै गइरहेका छन्। निजी अस्पताल तथा नर्सिङ होम सञ्चालकहरूको दबाउकै कारण सुपर स्पेशियालिटी ब्लक पूर्ण रूपले सञ्चालन हुन नदिएको गम्भीर आरोप उठेको छ। मेडिकलमा निःशुल्क…
Read More
एनजेपी रेलवे क्वार्टरमा चोरी प्रकरणमा दुई आरोपी पक्राउ

एनजेपी रेलवे क्वार्टरमा चोरी प्रकरणमा दुई आरोपी पक्राउ

केही दिनअघि एनजेपी रेल क्वार्टरमा भएको चोरी प्रकरणमा सुन–चाँदीका गहना उद्धार गर्दै दुई युवकलाई पुलिसले पक्राउ गरेको छ। घटनामा संलग्न दुई आरोपी अहिले पुलिसको हिरासतमा छन्। गत 13 जुलाईको मध्य राति न्यू जलपाइगढ़ी पुलिस थानाअन्तर्गत सेण्ट्रल कोलोनीस्थित नेताजी क्लबअघि चोरीको घटना भएको थियो।घर मालिकको आरोपअनुसार त्यो राति चोरहरूको समूहले घरका सबै सदस्यहरूलाई नशालु औषधी छर्की बेहोस बनाएर चोरी गरेको थियो। घरको आलमारीको लक तोड़ेर सुनका गहना लगायत धेरै मूल्यवान सामग्री चोरेर तिनीहरूले सुइँकुच्चा ठोकेका थिए। जानकारी पाएपछि न्यू जलपाइगढ़ी पुलिस घटनास्थल पुगेको थियो र छानबिन आरम्भ गरेको थियो।लगभग एक महीना दश दिन लामो जाँचपछि सञ्जय मण्डल नामक एकजना युवकलाई पक्राउ…
Read More
पर्यटनमा उपहार, पर्वअघि नयाँ रूटमा टोय ट्रेन

पर्यटनमा उपहार, पर्वअघि नयाँ रूटमा टोय ट्रेन

जोय राइडपछि यसपल्ट दशैँ–तिहारअघि थप तीनवटा छोटो ट्रिप सञ्चालन हुने भएका छन्। दार्जीलिङ हिमालयन रेल्वे सूत्रले जानकारी दिएअनुसार यस सेप्टेम्बरमा पर्व अघिसम्म टी टिम्बर स्पेशियल, दार्जीलिङ–खरसाङ स्टीम स्पेशियल अनि खरसाङ महानदी सनराइज स्पेशियल राइड सञ्चालन गरिनेछ। जोय राइड अहिले पर्यटकहरूबीच निकै लोकप्रिय बनेको छ। एक महीनाअघि अनलाइनमा टिकट बूक भइसकेको हुन्छ। दिनमा 10-12 पल्टसम्म राइड चलाए पनि भीड़ सम्हाल्न सकिँदैन। पर्यटकहरूको बढ्दो माग व्यवस्थापन गर्न यो योजना बनाइएको हो।दार्जीलिङ हिमालयन रेल्वेका डाइरेक्टर ऋषभ चौधुरीले भने, पर्यटकहरू मात्र नभई दार्जीलिङवासीका लागि पनि टोय ट्रेन मनोरञ्जनको अभिन्न अङ्ग बनेको छ। त्यसैले नयाँ तीनवटा छोटो ट्रिप आरम्भ गर्ने सोच बनाइएको हो। पर्व अघिसम्म…
Read More
पानी ट्याङ्कीबाट बङ्गलादेशी पक्राउ

पानी ट्याङ्कीबाट बङ्गलादेशी पक्राउ

भारत–नेपाल सीमाबाट फेरि एक बङ्गलादेशी युवक पक्राउ परेको छ । अवैध रूपमा तिनी भारतमा बसोवास गर्दै आइरहेको आरोप छ। नेपाल सीमाको पानी ट्याङ्कीस्थित गौरसिंहजोत क्षेत्रबाट तिनलाई एसएसबीले नियन्त्रणमा लिएर पुलिसलाई सुम्पेको हो।एसएसबी सूत्रअनुसार पक्राउ परेका बङ्गलादेशी युवकको नाम अरुण कान्ति राय हो। तिनको घर बङ्गलादेशको लालमोनीहाटमा रहेको बताइएको छ। तीन वर्षअघि तिनी बङ्गलादेशबाट अवैध रूपमा भारत प्रवेश गरेर गौरसिंहजोत गाउँमा बस्न थालेका थिए। तिनले आफ्नो नाम परिवर्तन गरी अर्घ्य बर्मन राखेर आधार कार्ड, प्यान कार्डसहित नक्कली भारतीय कागजातसमेत बनाएका थिए।सोमवार गोप्य सूचनाको आधारमा एसएसबीले तिनलाई नियन्त्रणमा लिएको हो। भारतीय कागजात हेर्दा शङ्का लागेपछि एसएसबी अधिकारीहरूले तिनलाई सोधपुछ गर्न आरम्भ गरे।…
Read More
नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

सखारै बिहान भयावह दुर्घटना भएको छ। चिया श्रमिकहरू बोकेको पिकअप भ्यान पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ अनि धेरै घाइते भएका छन्। सोमवार सखारै बिहान नगराकट्टाको गठिया चियाबारीको अप्पर डिभिजनमा यस्तो मर्मान्तिक घटना भएको हो।प्राप्त जानकारीअनुसार मृत अनि घाइते सबै खयेरकट्टा गाउँ र खयेरबारी क्षेत्रका वासिन्दा हुन्। अन्य दिन जस्तै आज पनि तिनीहरू पिकअप भ्यानमा चढ़ेर गठिया चियाबारीमा अस्थायी वा बिघा काम गर्न जाँदै थिए। तर अचानक गाड़ीले नियन्त्रण हराएर पल्टिँदा सड़क छेउको खाल्डोमा खस्यो। त्यसपछि स्थानीय मानिसहरूले घटनामा परेका सबैलाई उद्धार गरेर चियाबारीको अस्पताल र सोल्कापाड़ा ग्रामीण अस्पताल पुर्यानए। त्यहाँ तीनजनालाई मृत घोषणा गरियो।प्राप्त जानकारीअनुसार मृतहरूमा मृत मनीषा नागाशिया(18),…
Read More
क्षणभरमै सुनका चेनहरूको चोरी

क्षणभरमै सुनका चेनहरूको चोरी

दोकानमा पसेर मालिककै आँखैअघि सुनको चेन लिएर चम्पट कसे दुईजना चोरहरूले। यो घटना सिलगढ़ीनजिक शिवमन्दिर क्षेत्रमा सोमवार भएको हो। बिहान गहना दोकान खोलेपछि पहिलो ग्राहक बनेर पसेका एकजना व्यक्तिले लकेट देखाउन भने। तर लकेट मन नपरेपछि तिनले सुनको चेन देखाउने माग गरे। त्यसपछि तिनले केही गहनाहरू पनि हेरे। फेरि चेन देखाउन भने। त्यसै बेला अर्को व्यक्ति पनि दोकानभित्र पसे। दुवैजनाले टोपी लगाएका थिए। एकजना व्यक्तिको हातमा ब्याग थियो।कुराकानीकै क्रममा तिनीमध्ये एकजनाले 10 वटा सुनका चेन भएको सानो गुलाबी प्याकेट उठाएर आफ्नो खल्तीमा हाले। तुरन्तै हातमा ब्याक बोक्ने व्यक्ति केही नलिई दोकानबाहिर निस्किए। त्यसपछि अर्को व्यक्ति पनि केही नलिई दोकानदेखि बाहिरिएपछि…
Read More
अगस्तको अन्त्यमा खोलिने गजलडोबा पुल

अगस्तको अन्त्यमा खोलिने गजलडोबा पुल

यसै महीनाको अन्त्यतिरै गजलडोबा टिस्टा ब्यारेजको पुल खोलिनेछ। दुर्गा पूजालाई ध्यानमा राखेर 140 दिनको साटो 120 देखि 125 दिनमै पुल खोलिने भएको हो। बुधवार जलपाइगढ़ी सर्किट हाउसमा जिल्ला शासक श्याम पारभिनले औपचारिक रूपमा यस्तो जानकारी दिइन्। तर पुल आवागमनका लागि खोलिएपछि डम्पर चल्न दिने कि नदिने भनेर अहिले नै टिप्पणी गर्न चाहिनन् तिनले। सन् 2023 मा सिक्किमको झील फुटेपछि आएको बाढ़ीको समय ब्यारेजमाथि रहेको पुललाई केही क्षति पुगेको थियो। गत वर्ष उत्तरकन्यामा मुख्यमन्त्री उपस्थित रहँदा राज्यका मुख्य सचिव मनोज पन्तले जिल्ला अधिकारी र इञ्जिनियरसहित ब्यारेज र क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गरेका थिए। त्यसपछि तिनले कोलकाता फर्किनेबित्तिकै पुल परीक्षणको आदेश दिएका…
Read More
निसिथ प्रामाणिकको वाहनमाथि आक्रमण

निसिथ प्रामाणिकको वाहनमाथि आक्रमण

दिनाहाटा न्यायालयमा हाजिरा दिन पुग्दा पूर्व केन्द्रीय मन्त्री निसिथ प्रामाणिकले विरोधको सामनामा परे। तिनको गाड़ीलाई लक्ष्य गरेर अण्डा र ढुङ्गा प्रहार गरिएको तृणमूल कार्यकर्तामाथि आरोप लागेको छ। सन् 2018 मा अबु मियाँ नामक एक तृणमूल कार्यकर्तालाई घरबाटै निकालेर हत्या गरिएको आरोपमा निसिथ प्रामाणिकसहित 41 जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। त्यति बेला निसिथ प्रामाणिक तृणमूल युवा कङ्ग्रेसका नेता थिए। तृणमूल युवा अनि मातृ तृणमूल सङ्गठनबीच द्वन्द्वका कारण त्यो बेला प्रत्येक दिन दिनाहाटाको राजनीति गर्मिन्थ्यो।यसै हत्या प्रकरणमा हाजिरा दिन निसिथ प्रामाणिक मङ्गलबार दिनाहाटा न्यायालय पुगेका थिए। तिनको हाजिरालाई ध्यानमा राखेर दिनाहाटा न्यायालय परिसरमा कठोर सुरक्षा व्यवस्था मिलाइएको थियो। पूर्व केन्द्रीय मन्त्रीलाई घेरेर…
Read More
ग्राम पञ्चायत सदस्य सङ्गीत राईको नेतृत्वमा सड़क सफाई

ग्राम पञ्चायत सदस्य सङ्गीत राईको नेतृत्वमा सड़क सफाई

बुधवार निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाबारीबीच गाँउसम्म पुगेको सड़क सफाई गरिएक छ। बितेको दिनहरूमा अविरल झरीले सड़क छेउछाउमा झरेको पैहोलाई जेसीबीद्वरा सफा गर्ने कार्य गरियो। ग्राम पञ्चायत सदस्य सङ्गीत राईको नेतृत्वमा सफाई कार्य गरिएको हो। यस अवसरमा बोल्दै ग्राम पञ्चायत सदस्य सङ्गीत राईले भने, बितेको दिनहरूको वर्षाले सड़कका धेरै ठाँउमा पैह्रो अनि ढिस्कना झरेर यातायातमा समस्या भइरहेको थियो। त्यसलाई समधान गर्दै यातायात सुचारु गराउन बुधवार सड़क सफाई गरिएको हो। तिनले यो कार्य निरन्तर जारी रहने बताउँदै भने, हामी क्षेत्रका मानिसहरूलाई यातायातमा कुनै प्रकारको समस्या नहोस् भनेर कार्य गरिरहेका छौँ।
Read More