Piyali Poddar

493 Posts
कृषकहरूलाई सामग्रीहरू वितरण

कृषकहरूलाई सामग्रीहरू वितरण

मिरिक महकुमाका कृषकहरूलाई आज खेतीपाती गर्नका लागि कृषि तथा बागवानी विभागको पक्षबाट महकुमा कार्यालय परिसरमा पोली हाउस निर्माणका लागि सामग्रीहरू वितरण गरिएको छ। यस अवसरमा बागवानी तथा कृषि विभागका सभासद प्रणाम रसाइली, थर्बु डुप्टिन समष्टिका विभागीय एमओडी सभासद मिलेश राई, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलाश खवास अनि विभागीय अधिकारीहरू उपस्थित थिए।यी विशिष्ट व्यक्तिहरूको बाहुलीबाट कृषकहरूलाई पोली हाउसका सामग्रीहरू वितरण गरियो। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्ने क्रममा सभासदहरू प्रणाम रसाइली, मिलेश राईले आज मिरिक बस्ती डुप्टिन नम्बर दस अनि सौरेनी बस्तीका 62 जना कृषकहरूलाई सामग्रीहरू वितरण गरिएको बताए। तिनीहरूले विगतमा पनि धेरै कृषकहरूलाई यस्ता सामग्रीहरू वितरण गरिएको बताउँदै आगामी दिन पनि सामग्री…
Read More
आग्नेयास्त्रसहित युवक पक्राउ

आग्नेयास्त्रसहित युवक पक्राउ

सिलगढ़ी महानगर पुलिसको भक्तिनगर थानाअन्तर्गत एण्टी क्राइम विङले बिहीवार राति ठूलो सफलता हात पारेको छ। गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको अभियानमा पुलिसले एकजना आरोपीलाई पक्राउ गरी तिनीबाट एउटा स्वचालित पिस्तोल अनि दुई राउण्ड कारतुस जफत गरेको छ।पुलिस सूत्रअनुसार बिहीवार राति सिलगढ़ी नगर निगमको 41 नम्बर वार्डअन्तर्गत बैकुण्ठपल्ली शिव मन्दिर क्षेत्रमा एकजना शङ्कास्पद युवक घुमिरहेको गुप्त जानकारी प्राप्त भएको थियो। सूचना पाएपछि एण्टी क्राइम विङ त्यहाँ पुग्यो तर पुलिस पुग्नअघि नै युवकले त्यहाँबाट सुइँकुच्चा ठोकिसकेको थियो।पछि सूत्रहरूको सहयोगमा आरोपीको पहिचान र घरको ठेगानाको पत्तो लगाई पुलिसले तिनको घरमै पुगेर तलासी अभियान चलायो। तलासीका क्रममा एउटा स्वचालित पिस्तोल अनि दुई राउण्ड कारतुस…
Read More
पाँच बदमास पक्राउ

पाँच बदमास पक्राउ

ठूलो आपराधिक योजनालाई सिलगढ़ी पुलिसले विफल पारिदिएको छ। बिहीवार अबेर राति एण्टी–क्राइम विङले गोप्य सूचनाका आधारमा ठूलो कारवाही गर्दै पाँचजना बदमाशहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीहरू नाम मो. शादीक, सुबीर सरकार, पलाश मण्डल, निकी दास अनि मो. राहुल हो।पुलिस सूत्रअनुसार मो. शादीक कुल्लीपाड़ा क्षेत्रको वासिन्दा हुन्, सुबीर सरकारको घर फूलेश्वरीमा छ, पलाश मण्डल शान्ति क्षेत्रको निवासी हुन्, निकी दासको घर कुमारटुलीमा छ भने मो. राहुलको घर तीन बत्ती मोड़ क्षेत्रमा छ। यी सबैजना सिलगढ़ी इण्डोर स्टेडियमनजिक फूलेश्वरी मोड़ रेल गेटनजिक जम्मा भएका थिए। गिरोहले ठूलो डकैतीको योजना बनाइरहेको शङ्का छ। पुलिसले तत्काल कारवाही गर्दै यी सबै पाँचजनालाई नियन्त्रणमा लिएको…
Read More
प्रज्ञा डोल्माको पक्षमा भोटको अपील

प्रज्ञा डोल्माको पक्षमा भोटको अपील

प्रज्ञा फ्यान क्लब मिरिकले मिरिक रङ्गशाला भवनमा सोमवार एउटा साङ्गीतिक कार्यक्रम सम्पन्न गरेर नेपाल राष्ट्रमा आयोजित सारेगमप लिटल च्याम्प गायन प्रतियोगितामा फाइनलमा पुगेकी मिरिककी छोरी प्रज्ञा डोल्मा तामाङलाई प्रतियोगितामा विजय बनाउन सबैलाई भोट गरिदिने अनुरोध गरेको छ। कार्यक्रममा बाल गायिकाहरू इशा राई, आश्मिक खवास, जीटीए आयडलका प्रतियोगी रघु विश्व, मेरो भोइस युनिभर्सका प्रतियोगी आयन विश्वकर्मा, गायिका सुनिति खाती आदिले गीत प्रस्तुत गरे भने बण्टहिल, आश्मिक एण्ड ड्रिमर, आटिस अफ मिरिकले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे। यसै अवसरमा साधना कला केन्द्रका कलाकारहरूले नृत्य प्रस्तुत गरे। कार्यक्रममा सारेगमप लिटल च्याम्स्ा प्रतियोगितामा सेमिफाइनलसम्म पुगेर बाहिरिएका बाल गायिका इनुङमा राईलाई पनि सम्मान गरियो। कार्यक्रममा बोल्दै…
Read More
व्यक्तिगत फाइदा उठाउनेहरूलाई चौहानको चेताउनी

व्यक्तिगत फाइदा उठाउनेहरूलाई चौहानको चेताउनी

मगरजोङ चियाबारी दुई वर्षसम्म बन्द रह्यो। बन्द अवधि मगरजोङ चियाबारीमा कतिपयले व्यक्तिगत फाइदाका लागि चिया बोट उखाल्ने, जमीन काटेर प्रयोग गर्ने जस्ता कार्य गरेको पाइए त्यसको सम्पूर्ण जिम्मावारी तिनीहरू आफैले वहन गर्नुपर्ने जीटीएका अध्यक्ष अञ्जुल चौहानले चेताउनी दिएका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाध्यक्ष तथा नागरी धजे समष्टिका सभासद चौहानले भने, यदि सार्वजनिक फाइदाका लागि जस्तै ट्याङ्की निर्माण वा 10 नम्बर खेल मैदान निर्माणका लागि जमीन प्रयोग भएको हो भने म त्यसको पक्षमा छु। तर व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको कार्यहरूको जिम्मावारी म लिन सक्दिनँ। तिनले थपे, चियाबारी बन्द अवधि मौका छोपेर व्यक्तिगत फाइदाका लागि चियाको बोट उखाल्ने, बाटो वा घर…
Read More
पतिद्वारा पत्नीको ह*त्या

पतिद्वारा पत्नीको ह*त्या

पतिको हातबाट पत्नीको हत्या भएको घटना प्रकाशमा आएको छ। बिहीवार बिहान यो दुखद घटना मैनागुड़ी ब्लकको रामसाई बजार क्षेत्रमा भएको हो। पत्नीलाई हत्या गरेपछि आरोपी पतिले सुइँकुच्चा ठोकेका छन्।थाहा लागेअनुसार मृत महिलाको नाम आर्मिला उराँव (35) हो। बिहीवार मैनागुडी पुलिसले तिनको घरभित्रबाट रगताम्मे शव उद्धार गरेको छ। तिनको शव नजिकै एउटा बञ्चरो पनि फेला पारिएको थियो। यसैबीच तिनका श्रीमान् राजकुमार अहिले भागेका छन्।पुलिस सूत्रअनुसार यी दम्पत्तीका एक छोरा र एक सानी छोरी छन्। पारिवारिक विवादकै कारण राजकुमारले बञ्चरो प्रहार गरेर पत्नीको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। पुलिसले हाल भागेका राजकुमारको खोजी कार्य तीव्र बनाएको छ। शवलाई पोस्टमर्टमका लागि…
Read More
शङ्कर घोष विधानसभाबाट निलम्बित

शङ्कर घोष विधानसभाबाट निलम्बित

आज पश्चिम बङ्गाल विधानसभामा उत्पत्त अवस्था देखियो। मुख्यमन्त्री ममता ब्यानर्जीको भाषणको कारण बिहीवार दिउँसो विधानसभाको विशेष अधिवेशनमा निकै तनाउ चर्कियो। मुख्यमन्त्रीले बोल्न आरम्भ गर्न साथ भाजपाका विधायकहरू आक्रोशित भए। किन तिनीहरूको आवाज दबइयो? किन बोल्न दिइएन? भनेर भाजपा विधायकहरूले प्रश्न उठाए। तब नै होहल्ला, नाराबाजी अनि टेबल ठटाइने काम आरम्भ भयो।मुख्यमन्त्रीको भाषण बीचैमा भाजपा विधायकहरूले सभामुखलाई घेरे। स्थिति नियन्त्रणमा ल्याउन सभामुख विमान बन्दोपाध्यायले भरमग्दुर प्रयास गरे। भाजपाका विधायकहरूमध्ये सबैभन्दा सक्रिय थिए सिलगढ़ीका विधायक शङ्कर घोष। सभामुखले शङ्कर घोषलाई निलम्बन गरे। त्यसपछि स्थिति अझै नियन्त्रणभन्दा बाहिर गयो। मार्शलहरू शङ्कर घोषलाई सदनबाट बाहिर निकाल्न जाँदा नाटकीय तानातानी आरम्भ भयो। शङ्कर घोष विधानसभादेखि…
Read More
आमा-छोरीको उपलब्धिमा गाउँ नै खुशी

आमा-छोरीको उपलब्धिमा गाउँ नै खुशी

मिरिक महकुमाअन्तर्गत टिङलिङ प्वाली धुराका आमा छोरी ठूलो उपलब्धि प्राप्त गरेका छन्। आमा रिया प्रधान छेत्री अनि छोरी समृद्धि छेत्रीले गत 30 अगस्तमा दार्जीलिङको भानु भवनमा सकुन प्रोडक्शनद्वारा आयोजित फेस अफ द दार्जीलिङ प्रतियोगितामा मिस ग्लोरियस अनि साइनिङ स्टार उपाधि हत्याए। तिनीहरूको उपलब्धिले क्षेत्रको नाम पनि सबैतिर चर्चा आइरहोक छ। आमी रिया प्रधान छेत्रीले प्रतियोगितामा फेस अफ द दार्जीलिङको उपाधि प्राप्त गरेकी हुन् भने छोरी समृद्धिले किड्स क्याटोगेरीमा साइनिङ स्टारको ताज पहिरिइन्।आमा -छोरीको यस्तो उपलब्धिदेखि हर्षित बन्दै टिङलिङ चियाबारी नव प्रतिभा समाजले कार्यक्रम आयोजन गरेर दुवैलाई बधाई टक्राएको छ। समाजका सचिव वल्लभ अधिकारी अनि सदस्य अशोक छेत्रीले आमा छोरीको यस…
Read More
भोरेर आलोमा एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालन हुने

भोरेर आलोमा एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालन हुने

नयाँ वर्षको आरम्भतमा गजलडोबाको भोरेर आलो पर्यटन केन्द्रमा एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालनमा आउनेछ। पर्यटन विभागले यस पार्कको पूर्वाधार पहिले नै तयार गरिसकेको छ। तर पनि यस पार्कलाई पर्यटन विभागले सञ्चालन गर्ने छैन। त्यसको जिम्मा एउटा निजी संस्थाले दिइनेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले सन् 2018 मा गजलडोबा पर्यटन हबको उद्घाटन गरेकी थिइन्। त्यसपछि भोरेर आलोमा लगभग दुई ऐकर जग्गामा हात्ती सफारीका लागि पार्क तयार गरिएको थियो। तर वन विभाग अनि पर्यटन विभागमाझ भएको विवादले त्यो पार्क सञ्चालन हुन सकेन। उक्त पार्कमा हात्ती चढ्ने भऱ्याङसहितको घर, माहुतेहरूको बस्ने ठाउँ अनि टिकट काउण्टरसमेत तयार गरिएको थियो। तर पार्क सञ्चालन नहुँदा त्यहाँ पर्यटन विभागले एउटा…
Read More
मेयर परिषदबाट बर्खास्त श्रावणी दत्त

मेयर परिषदबाट बर्खास्त श्रावणी दत्त

14 नम्बर वार्डकी काउन्सिलर श्रावणी दत्तलाई मेयर परिषद पदबाट हटाइएको छ। यसबारे अहिले नै सिलगढ़ीको राजनीतिमा चर्चा चुलिएको छ। तर यस विषयमा अझसम्म श्रावणी दत्तको कुनै प्रतिक्रिया आएको छैन। तृणमूल कङ्ग्रेसका दुई गुटमाझ रहेको विवादका कारण आइतवार मध्य राति सिलगढ़ी नगर निगमको 14 नम्बर वार्डको राजीव मोड़मा तनाउ सिर्जना भएको थियो। वार्डकी काउन्सिलर श्रावणी दत्त, तृणमूलकै अर्को गुटका नेता राजु दास तथा तिनका समर्थकबीच वाकयुद्ध भएको थियो। त्यस वाकयुद्धपछि बढ़ेर कुटपिटसम्म पुगेको आरोप छ। राजीव मोड़मा अबेर रातिसम्म एक-दुई पसल खुल्ला राखेर बाहिरका मान्छेहरूले स्थानीय मानिसहरूसित उल्टापुल्टा व्यवहार गरिरहेका साथै खुल्ला सड़कमा मदिराको सेवन पनि भइरहेको वार्ड काउन्सिलरको आरोप छ।…
Read More