Piyali Poddar

569 Posts
पुलिस अभियानमा नगद राशि जफत

पुलिस अभियानमा नगद राशि जफत

सिलगढ़ी कमिश्नरेट पुलिसले ठूलो सफलता प्राप्त गरेको छ। बुधवार राति हासमी चौक क्षेत्रमा एक युवकबाट 30 लाख नगद राशि फेला पारिएको छ। त्यसपछि तिनलाई पुलिसले पक्राउ गरेको हो। प्राप्त जानकारीअनुसार, पक्राउ परेका युवकको नाम मोहम्मद वासिम हो। तिनको घर उत्तर प्रदेश हो। गोप्य सूचनाका आधारमा सिलगढ़ी थानाको एण्टी–क्राइम विङले बुधवार राति हासमी चौकमा अभियान चलाएको थियो। उक्त क्षेत्र हुँदै स्कूटरमा यात्रा गरिरहेको बेला वासिमलाई रोकेर तलासी लिइयो। तलासी गर्दा तिनको ब्यागबाट 30 लाख रुपियाँ फेला परेको बताइएको छ।सूत्रअनुसार, पक्राउ परेका युवक भारत–बङ्गलादेश सीमा नजिकैको फूलबारी क्षेत्रमा बस्दै आइरहेका थिए। यति ठूलो रकम कहाँ लगिरहेको थियो भन्ने प्रश्नमा तिनले कुनै स्पष्ट…
Read More
एनजेपी स्टेशनमा अज्ञात महिलाको मृतदेह

एनजेपी स्टेशनमा अज्ञात महिलाको मृतदेह

न्यू जलपाइगढ़ी (एनजेपी) स्टेशनको वेटिङ–रूमबाट एक अज्ञात महिलाको मृतदेह फेला परेको छ। मङ्गलवार एक महिला बिरामी परेकी छन् भन्ने जानकारी पाएपछि जीआरपी र आरपीएफ अधिकारीहरू त्यहाँ पुगेका थिए। सूचना पाएलगत्तै पुलिस कर्मीहरू चिकित्सकलाई साथमा लिएर वेटिङ–रूममा पुगे। चिकित्सकले प्रारम्भिक परीक्षणपछि उक्त महिलालाई मृत घोषित गरेका जानकारी प्राप्त भएको छ। जीआरपी सूत्रअनुसार हालसम्म पनि उक्त महिलाको पहिचानबारे थाहा पाइएको छैन। महिलाले हरियो रङ्गको चुरिदार र रातो रङ्गको प्याण्ट लगाएकी थिइन्। घटनाको जाँच न्यू जलपाइगढ़ी जीआरपीले आरम्भ गरेको छ। साथै महिलाको पहिचानबारे पत्तो लगाउने प्रयास जारी छ। एनजेपी स्टेशनबाट मृतदेह उठाएर पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। पोष्टमर्टमपछि…
Read More
सिङ्गेल चियाबारीका पाँच अग्निपीड़ितहरूको गृह प्रवेश

सिङ्गेल चियाबारीका पाँच अग्निपीड़ितहरूको गृह प्रवेश

15 मई 2025 मा भएको भीषण आगलागीमा सिङ्गेल चियाबारीको कफीबारी, गोदमधुरा क्षेत्रमा पाँचवटा घरहरू जलेर भष्म बनेका थिए। उक्त आगलागीका पीड़ित पाँच परिवारलाई घर पुनर्निर्माण गरेर नयाँ घरमा गृह प्रवेश गराइएको छ। आगलागीमा पाँचवटा घरहरू पूर्ण रूपले जलेर नष्ट भएसितै घरमा राखिएका सबै कागजात र व्यक्तिगत सामग्रीहरू पनि सम्पूर्ण रूपले नष्ट बनेका थिए। घटनापछि स्थलगत निरीक्षणमा गएका जीटीए प्रमुख कार्यपाल अनित थापाले पाँचवटै घर पुनर्निर्माण गरिदिने आश्वासन दिएका थिए।अनित थापाले त्यसै बेला दिवस क्षेत्रीलाई सबै पीड़ित परिवारहरूलाई परिचय सम्बन्धी कागजातहरू पुनः बनाउन कानूनी सहयोग पुऱ्याउने जिम्मावारी दिएका थिए। उक्त निर्देशअनुसार 15 दिनभित्र आवश्यक कागजात तयार गरी पीड़ित परिवारहरूलाई हस्तान्तरण गरिएको…
Read More
दम्पत्तीको मृत्युमा रहस्य यथावत

दम्पत्तीको मृत्युमा रहस्य यथावत

डाबग्राम 2 ग्राम पञ्चायतअन्तर्गत थारुघाटी क्षेत्रमा दम्पत्तीको शव फेला परेको घटनामा रहस्य अझ गहिरिँदै गइरहेको छ। मृत अनमा राय र तपन रायको घाँटीमा धारिलो हतियारले आक्रमण गरेको चोटका दाग भेटिएका छन्। तपनले आफ्नी श्रीमतीलाई हत्या गरेर त्यसै हतियारले आफ्नो घाँटीमा चोट पुर्याभएका पुलिसले दाबी गरेको छ। तर आफैलाई आक्रमण गरेपछि तपनले त्यो हतियार कहाँ फाले? त्यो प्रश्न अहिले दम्पत्तीका परिवारसमक्ष उभिएको छ। पुलिसले गरिरहेको आत्महत्याको दाबी हतियार हराएको घटनाको कारण टिक्ने हो कि होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ। घटनास्थलदेखि साहु खोलाको किनारासम्म सोमवार दिनभरि खोजी गर्दा पनि जाँचकर्ताहरूले त्यो हतियार फेला पार्न सकेनन्। यदि तपनले आफ्नो घाँटीमा आफैले…
Read More
सिलगढ़ीमा सीएए शिविर

सिलगढ़ीमा सीएए शिविर

मतदाती सूचीको विशेष गहन परिशोधन वा एसआईआर मुद्दापछि अब सिलगढ़ीमा सिटिजनशिप एमेण्डमेण्ट एक्ट अर्थात सीएए शिविर आरम्भ गरिएको छ। सोमवार वार्ड नम्बर 24 मा रहेको विधायक कार्यालयमा विधायक शङ्कर घोषले सिटिजनशिप एमेण्डमेण्ट एक्ट (सीएए) शिविर उद्घाटन गरे। शिविरमा आवेदकहरूलाई प्रक्रिया सहज बनाउन कानूनी सहायता, आवश्यक कागजात–सम्बन्धी मार्गदर्शन तथा विभिन्न सेवाहरू उपलब्ध गराइने बताइएको छ।सीएए शिविरको उद्घाटनपछि विधायक शङ्कर घोषले फेरि एकपल्ट एसआईआर र सीएए मुद्दाबारे तृणमूल कङ्ग्रेसमाथि कठोर प्रहार गरे। विधायक घोषअनुसार केन्द्र सरकारका जनहितकारी योजनाहरू कार्यान्वयन हुन नदिन राज्य सरकारले निरन्तर अवरोध सिर्जना गर्दै आइरहेको छ। जनताको अधिकार र लाभसम्म पुग्ने पथमा राज्य सरकारले पटक–पटक बाधा खड़ा गरिरहेको तिनले…
Read More
एक डिजिट लटरीको कारोबार

एक डिजिट लटरीको कारोबार

राज्यमा चलिरहेको सरकारी लटरी होइन कोचबिहारको दिनाहाटामा सिङ्गल डिजिट लटरीप्रति मानिसहरूको मोह बढ़िरहेको छ। जहाँ सरकारी लटरी दिनमा तीनपटक चल्छ त्यहाँ सिङ्गल डिजिट वा एक अङ्कको खेल आधा–आधा घण्टामा हुन्छ। छिटो नाफाको आशामा साधारण मजदुरदेखि ससाना व्यवसायीसम्म लोभको जालमा परेर दरिद्र बन्दै गइरहेका छन्। अर्कातिर सरकारी कोषमा कुनै राजस्व पनि परेको छैन। 12.50 रुपियाँ तिरेर एउटा टिकट काट्दा पचास रुपियाँ नभई सिधै 100 रुपियाँ पाइने व्यवस्था छ।थाहा पाएअनुसार असमका एक व्यक्ति दिनाहाटा शहरमा घर भाड़ामा लिएर यस्तो ऱ्याकेट सञ्चालन गरिरहेका छन्। तिनीसँग सत्तारूढ़ दल नजिकका केही व्यक्तिहरू पनि संलग्न रहेका आरोप छ। जहाँ सरकारी लटरीमा पाँच अङ्कको पहिलो पुरस्कार घोषणा…
Read More
शहरभरि शिलान्यास र सम्मान कार्यक्रम, विपक्षीहरूको कटाक्ष

शहरभरि शिलान्यास र सम्मान कार्यक्रम, विपक्षीहरूको कटाक्ष

गत बुधवार नगरपालिकाको तर्फबाट 41 नम्बर वार्डमा 99 लाख रुपियाँमा सड़क, ढलसहित विभिन्न योजनाहरूको शिलान्यास भयो। उक्त दिन 43 नम्बर वार्डमा 43 लाख रुपियाँ खर्चमा सड़क र ढल निर्माण सम्बन्धी विभिन्न योजनाहरूको पनि शिलान्यास गरियो। 40 नम्बर वार्डमा पनि 85 लाख रुपियाँमा उस्तै प्रकारका कामहरूको शिलान्यास भयो। बिहीवार शहरको 13 नम्बर वार्डका दशजना ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गरियो। त्यसपछि शहरका 47 वटा सबै वार्डमा पनि प्रत्येक वार्डका दश–दशजनालाई सम्मान प्रदान गरिनेछ। कतै वार्डका काउन्सिलर स्वयं उपस्थित हुनेछन् त कतै मेयर स्वयं जानेछन्।केही दिनअघि सिलगढ़ी आइपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले मार्चमै विधानसभा चुनाउ घोषणा हुन सक्ने सङ्केत दिएकी थिइन्। त्यसको केही दिनमै…
Read More
बाल दिवसमा विशेष टोय ट्रेन यात्रा

बाल दिवसमा विशेष टोय ट्रेन यात्रा

बाल दिवसलाई केन्द्र गरेर दार्जीलिङ हिमालयन रेलवेले एक भावनात्मक र मानवीय पहल प्रस्तुत गरेको छ। सिलगढ़ी जङ्क्शनदेखि रङटङसम्म ओटिस्टिक तथा दृष्टिहीन बालक-बालिकालाई विशेष टोय ट्रेन यात्रा सञ्चालन गरियो। हिमाली रेलमार्गको ऐतिहासिकताबीच ससाना अनुहारमा उमङ्ग, आश्चर्य र रङ्गीन हाँसो प्रस्फुटित भयो। आज सिलगढ़ी जङ्क्शन उत्सव स्थलमा परिणत भएको थियो। रङ्गीन बेलुन, खुशीले भरिएका बालक-बालिकाहरू, सङ्गीत र अभिभावकहरूको उत्साहले प्लेटफर्म गुञ्जयमान बनेको थियो। ट्रेन छुट्न साथ प्रत्येक घुम्तीमा उज्याला–छायाँ साथै जङ्गलको हरियाली सौन्दर्यले बालक-बालिकालाई अद्वितीय अनुभव प्रदान गर्यो । कोही झ्यालबाट चिसो हावा छुन खोजिरहेका थिए त कोही फेरि ट्रेनको आवाजमा नाच्दै रमाइरहेका थिए मानौँ रेलको पूरै डिब्बा उत्साहको तरङ्गमा डुबेको थियो।यस…
Read More
प्रधान अध्यापिकालाई कान समातेर उठबस गराइएको घटनामा जाँच आरम्भ

प्रधान अध्यापिकालाई कान समातेर उठबस गराइएको घटनामा जाँच आरम्भ

जलपाइगढ़ीको सुनीतिबाला सदर गर्ल्स हाई स्कूलकी प्रधान अध्यापिकालाई कान समातेर उठबस गराइएको घटनाको विरोधमा जलपाइगढ़ी सदर ब्लकमा धर्नाको घोषणा गर्दै जलपाइगढ़ी शिक्षा बचाओ कमिटीले शुक्रवार सदर ब्लकअन्तर्गतका सबै विद्यालय–कलेज बन्द रहने जानकारी दिएको छ।आज जिल्ला युवा कङ्ग्रेसले जिल्ला उच्च माध्यमिक विद्यालय निरीक्षकलाई स्मारकपत्र चढ़ाउँदै घटनाको छानबिनको माग गरेको छ। जलपाइगढ़ी शिक्षा बचाओ कमिटीका संयोजक कौशिक गोस्वामीले भने, विद्यालयकी प्रधान अध्यापिकाले घटनाबारे प्रमाणसहित जिल्ला उच्च माध्यमिक विद्यालयका निरीक्षकलाई उजुरी दिएकी थिइन्। तर त्यसपछि पनि कुनै कदम चालिएन। त्यसै घटनाको विरोध स्वरूप शुक्रवार विद्यालय–कलेजहरू बन्दको आह्वान गरिएको हो।जिल्ला उच्च माध्यमिक विद्यालय निरीक्षक सुजीत सरकारले भने, त्यस घटनाको छानबिनका लागि पहिल्यै एक टोली…
Read More
नक्सलबारीको जङ्गलनजिक क्रसर मसिन

नक्सलबारीको जङ्गलनजिक क्रसर मसिन

संरक्षित वन क्षेत्रनजिक सत्तारूढ़ तृणमूल नेताद्वारा राखिएको क्रसर मसिनका कारण वन्यजन्तुहरू सङ्कटमा परेका छन्। नक्सलबारी ब्लकको मणिराम ग्राम पञ्चायतअन्तर्गत पर्ने कलाबारी वन क्षेत्रनजिक फेरि एउटा क्रसर मसिन राखिएको आरोप छ। यस विषयले विवाद चर्किएको छ। क्षेत्रका थुप्रै पर्यावरणप्रेमी सङ्गठनहरूले क्रसर मसिन राखिएको घटनाविरुद्ध आवाज उठाइरहेका छन्। वन विभागले भने जिम्मावारी प्रदूषण नियन्त्रण बोर्डमाथि थोपरेको छ। डीएलएलआरओ रामकुमार तामाङले भने, क्रसर राख्ने अनुमति प्रदूषण नियन्त्रण बोर्डले दिन्छ। तिनीहरूले जङ्गलनजिक अनुमति कसरी दिए भन्ने विषयमा जाँच गरिनेछ।कलाबारी वन क्षेत्रनजिक रक्मजोत क्षेत्रमा दुई महीनाअघि दुईवटा क्रसर मसिन राखिएका छन्। त्यहाँट ढुङ्गालाई टुक्रा गरी तयार गिटी बिहारतिर पठाइन्छ। माछी नदीनजिक राखिएको क्रसरका लागि दिन-रात…
Read More