Piyali Poddar

569 Posts
महाकाल मन्दिर : जमीनका लागि मन्त्री परिषदको स्वीकृति

महाकाल मन्दिर : जमीनका लागि मन्त्री परिषदको स्वीकृति

मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणाअनुसार उत्तर बङ्गालमा महाकाल मन्दिरका लागि जमीन हस्तान्तरण गर्न मन्त्री परिषदले हरियो झण्डी देखाएको छ। सोमवार बसेको राज्य मन्त्री परिषदको बैठकमा निर्णय गरिएअनुसार यो मन्दिर सिलगढ़ीको मतिगढ़ामा निर्माण गरिनेछ। यसका लागि उजानु मौजामा लगभग 25 ऐकर र गौड़चरन मौजामा लगभग 4 ऐकर जमीन सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीलाई उपलब्ध गराइनेछ। यससितै शहर र गाउँ क्षेत्रमा थप सड़क निर्माण परियोजनाहरूलाई पनि अनुमोदन दिइएको छ। बाङ्गलार बाड़ी परियोजनाका लागि पनि थप बजेट विनियोजन गरिँदैछ।मन्त्री परिषदको बैठकपछि पत्रकार सम्मेलन गर्दै राज्यकी अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले भनिन्, मतिगढ़ाको लक्ष्मी टाउनशिपस्थित 25.15 ऐकर जमीन लिज होल्डरको हातबाट सरकारको स्वामीत्वमा आउनेछ। त्यसमध्ये 17.41 ऐकर जमीन भूमि…
Read More
समय सीमा अगावै एसआईआरको कार्य समाप्त

समय सीमा अगावै एसआईआरको कार्य समाप्त

हात्ती–चितुवा जस्ता जङ्गली जनावरहरूको लगभग दैनिक आवातजावात छ। साँझ पर्ने बित्तिकै जङ्गली जनावरको डरले विशेष आवश्यकताबाहेक स्थानीय मानिसहरू घरबाहिर निस्कँदैनन्। यस्तो जोखिमपूर्ण बूथमा तोकिएको समयभन्दा पहिल्यै मतदाता सूचीको विशेष गहन संशोधनको काम पूरा गरेकी छन् बीएलओ ममीना बेगमले। दिनमा मात्र होइन जोखिम लिएर राति पनि जङ्गल पार गरेर तिनले एसआईआरको कार्य समाप्त गरेकी छिन्।जलपाइगढ़ीको सालबारी 1 नम्बर ग्राम पञ्चायतअन्तर्गत चानाडीपार 15/44 नम्बर बूथको बीएलओको जिम्मा ममीनालाई दिइएको थियो। यस बूथमा मोठ 1419 जना मतदाताहरू छन्। जङ्गलले घेरिएको यस क्षेत्रमा घर घरै पुगेर एसआईआरका फारम वितरण तथा सङ्कलन गर्नु अत्यन्त कठिन काम थियो। जङ्गली जनावरको डरलाई बेवास्ता गर्दै तिनी साँझपछि पनि…
Read More
फेरि पहाड़मा स्टिम इञ्जिन चल्ने

फेरि पहाड़मा स्टिम इञ्जिन चल्ने

पहाड़ी बाटोमा धुवाँ उड़ाउँदै गुड्ने स्टीम इञ्जिनको दृश्य दार्जीलिङ घुम्न आउने पर्यटकहरूलाई सधैँ नै नोस्टाल्जिक बन्छ। केही अघिसम्म दार्जीलिङको सड़कमा यस्तै एउटा स्टीम इञ्जिन चल्थ्यो। तर उमेरका कारण सय वर्षभन्दा पुरानो 799बी लोकोमोटिभ इञ्जिनलाई अन्त्यमा बन्द गरियो। झण्डै 30 वर्षसम्म उक्त इञ्जिनलाई नयाँ दिल्लीको नेशनल रेलवे म्युजियममा सुरक्षित राखिएको थियो। अब उक्त इञ्जिनलाई एक प्रकारले अवकाशबाट फर्काउँदै फेरि पहिलेकै स्थानमा ल्याइएको छ। रेलवे सूत्रअनुसार 125 वर्ष पुरानो बाफले चल्ने यस लोकोमोटिभ इञ्जिनलाई पुनः यात्रीवाहक टोय ट्रेनमा प्रयोग गरिनेछ। यही उद्देश्यका लागि शुक्रवार नयाँ दिल्लीबाट इञ्जिनलाई खरसाङ ल्याइयो।दार्जीलिङ–हिमालयन रेलवे (डीएचआर) सूत्रअनुसार आपातकालीन रूपमा युनेस्को हेरिटेज मान्यता प्राप्त तीनधारे वर्कसपमा इञ्जिनको मरम्मती…
Read More
नाथु ला–छाङ्गुको परमिट अब अनलाइन

नाथु ला–छाङ्गुको परमिट अब अनलाइन

नाथु ला–छाङ्गु लेकमा जाने परमिट अब अनलाइन उपलब्ध हुनेछ। सिक्किम प्रशासनले यस्तै निर्णय गरेको छ। चाँड़ै नै यो प्रणाली कार्यान्वयन हुने बताइएको छ। म्यानुअल परमिट बन्द भएसितै एकातिर जाली कार्य गर्ने समूहलाई रोक्न सकिनेछ भने अर्कातिर पर्यटकहरूलाई पनि धेरै सहज हुने अनुमान गरिएको छ। अहिलेसम्म पूर्व र उत्तर सिक्किमका विभिन्न पर्यटन क्षेत्र घुम्न जान राज्य पर्यटन विभागबाट हस्तलिखित परमिट ल्याउनु पर्थ्यो। अबदेखि भने परमिट अनलाइन जारी गरिनेछ। यसले पर्यटकले सहज अनि शीघ्र परमिट पाउनेछन् भने परमिटको उचित रिपोर्ट पनि रहनेछ। सिक्किम राज्य पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सी. एस. रावअनुसार यो प्रणाली छिट्टै नै कार्यान्वयन गरिनेछ। यसपछि प्रतिबन्धित क्षेत्र र…
Read More
दुर्व्यवहार गरिएको यात्रीहरूको आरोप

दुर्व्यवहार गरिएको यात्रीहरूको आरोप

आरक्षित सीटको टिकट काट्ने समयमा कतिपय यात्रीहरू कहिलेकाहीँ दुर्व्यवहारको शिकार हुँदै आइरहेका छन्। कोचबिहार रेल स्टेशनको टिकट काउण्टरबारे यस्तो आरोप उठेको छ। यात्रीहरूको भनाइमा, काउण्टरको कामकाज यति ढिलो गतिमा हुन्छ कि तोकिएको समयमा टिकट पाउनु त परै जावोस् विरोध जनाएपछि उल्टै आरपीएफ वा जीआरपीलाई बोलाएर चाप दिइन्छ।केही यात्रीहरूले भने रेल कर्मचारीहरूको टिफिन टाइम सम्बन्धी पनि अझै स्पष्टता छैन। धेरै कर्मचारीहरू तोकिएको समयपछि मात्र कार्य आरम्भ गर्छन्। त्यसैले यात्रीहरूलाई लाइनमा घण्टौँसम्म उभिनुपर्ने अवस्था आउँछ। कोचबिहारको न्यू टाउन क्षेत्रका वासिन्दा सञ्जय सरकारले भने, बिहान 11.25 बजी आरक्षित टिकट काट्न काउण्टरमा पुगेँ। 11.30 देखि 12 बजीसम्म काउण्टर बन्द रहन्छ भनेर कर्मचारीले जानकारी दिए।…
Read More
दार्जीलिङ चियाकमान मजदुर युनियनद्वरा राहत वितरण

दार्जीलिङ चियाकमान मजदुर युनियनद्वरा राहत वितरण

माकपाका श्रमिक सङ्गठन दार्जीलिङ चियाकमान मजदुर युनियनले जिल्ला सदस्य किस्मत तामाङको नेतृत्वमा थर्बु नन्दलाल गाउँमा पैह्रो पीड़ितहरूलाई राहत सामग्री वितरण गरेको छ। राहत सामग्रीमा न्यानो लुगा, कम्बल, भाँड़ा-कुड़ा, खाद्य सामाग्री आदि वितरण गरिएको किस्मत तामाङले बताए। तिनले युनियनले राहत सामग्री वितरणसितै सरकारको ध्यान आकर्षण गराँउदै पैह्रो सोहोर्ने कार्य पनि गरिरहेको बताए।गत 4 अक्टोबर गएको विनाशकारी पैह्रोले धेरै ठाउँ क्षति गरेको अनि कतिपय घर छेउमा रहेको पैह्रो अहिले पनि जस्ताको त्यस्तै रहेको तिनले बताए। प्रशासनले पैह्रो सफा नगरेको अनि पीड़ितहरूलाई हालसम्म पुनर्वास नगराएको कारण माकपाका श्रमिक सङ्गठन दार्जीलिङ चियाकमान मजदुर युनियनले श्रमदानको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउन नै दैनिक यस्तो कार्यक्रम गरिरहेको…
Read More
सिलगढ़ीमा पनि भुइँचालोको कम्पन

सिलगढ़ीमा पनि भुइँचालोको कम्पन

बिहान 10.10 बजी कार्यालयहरू खुलिसकेका थिए अनि कर्मचारीहरू कार्यालय पुग्दै थिए। त्यसै बेला एकाएक मानिसहरूको होहल्ला आरम्भ भयो भुइँचालो… भुइँचालो… भुइँचालो। मानिसहरू कार्यालयबाट निस्केर खुल्ला मैदानतर्फ भाग्न थाले। तिनीहरूको अनुहारमा स्पष्ट रूपमा आतङ्क देखिन्थ्यो। यस्तो दृश्य कलकत्ताका धेरै कार्यालयहरूमा देखियो जहाँ कर्मचारीदेखि लिएर भवनमा बस्ने मानिसहरूले भुइँचालोको कम्पन अनुभव गरे। सिलगढ़ीका केही क्षेत्रहरूमा पनि आज धेरैले भुइँचालोको कम्पन अनुभव गरे। तर कलकत्तामा जस्तो तीव्र कम्पन भने यहाँ अनुभव गरिएन। तर पनि स्थानीय मानिसहरूले हल्का कम्पन अनुभव भएको बताए। अधिकांश मानिसहरूले भने कुनै कम्पन अनुभव नभएको बताए।प्राप्त जानकारीअनुसार हल्का भुइँचालोको झट्का समग्र बङ्गालभरि अनुभव गरिएको छ। तर कलकत्ता र वरपरका धेरै…
Read More
सड़क दुर्घटनामा बीएलओको मृत्यु

सड़क दुर्घटनामा बीएलओको मृत्यु

कोचबिहारमा एकजना बीएलओको सड़क दुर्घटनामा मृत्यु भएको छ। एसआईआर सम्बन्धी काम सकेर मोटर साइकलमा घर फर्कँदै गर्दा उक्त बीएलओ दुर्घटनामा परे। मृत ललित अधिकारी शीतलकुचीका वासिन्दा थिए। बिहीवार साँझ माथाभाङ्गामा पञ्चानन पुलनजिक तिनको मोटर साइकल दुर्घटनामा परेको बताइएको छ। सूत्रअनुसार तिनको मोटर साइकल र एउटा पिकअप भ्यान मुखामुखी ठोक्कियो। यस दुर्घटनामा तिनी गम्भीर रूपले घाइते भए। तिनलाई पहिले माथाभाङ्गा अस्पताल लगियो। त्यसपछि जिल्लाकै अर्को एउटा निजी अस्पतालमा स्थानान्तरण गरिएको थियो जहाँ ललितको मृत्यु भयो।ललित अधिकारी हाल माथाभाङ्गा मयनातली मोड़ क्षेत्रमा बस्दै थिए। तिनको घर शीतलकुची ब्लकको गोसाइरहाट–बड़ा धापरा–चाँदरा क्षेत्रमा छ। हिजो तिनी सोही क्षेत्रमा अवस्थित 205 नम्बर बूथमा एसआईआरको काम…
Read More
घोड़ा सवारीतर्फ आकर्षित बन्दै पर्यटकहरू

घोड़ा सवारीतर्फ आकर्षित बन्दै पर्यटकहरू

मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षणहरूमध्ये एउटा हो घोड़ा सवारी। मिरिक पर्यटन केन्द्रमा घुम्न आउने अधिकांश पर्यटकहरू घोड़ा सवारीतर्फ आकर्षित बनिरहेका छन्। त्यसैले अधिकांश पर्यटकहरूलाई घोड़ा सवारी गरिरहेको देखिन्छ भने यहाँका धेरै बेरोजगारहरूले घोड़ा सवारी गराएर आफ्नो जीविकोपार्जन गरिरहेका छन्। मिरिक पर्यटन केन्द्रमा अहिले 30 देखि 40 वटा घोड़ाहरू रहेका छन् भने उति नै बेरोजगारहरू यसमा संलग्न रहेर धेरथोर अर्थ आर्जन गरिरहेका छन्।मिरिक पर्यटन केन्द्रमा पर्यटन मौसम आरम्भ भइसकेकाले घोड़ा सवारी गर्ने पर्यटकहरू दैनिक आइरहेका अनि अधिकांश पर्यटकहरूले घोड़ा सवारी गरेर मिरिक झील, हरियाली चियाबारी, सुन्तलाबारी आदिको दृश्य अवलोकन गरिरहेका घोड़ावालाहरू बताउँछन्।दूरीअनुसार पर्यटकहरूले घोड़ा सवारीको शुल्क तिर्नुपर्ने घोड़ावालाहरूले बताउँदै पर्यटकहरूलाई घोड़ा…
Read More
दिलीप बर्मनबारे निर्णयविहीन नगर निगम

दिलीप बर्मनबारे निर्णयविहीन नगर निगम

श्रावणी दत्तलाई पदबाट हटाएर अभया बसुलाई मेयर पार्षदको कुर्सीमा बसाइए पनि विद्रोही मेयर पार्षद दिलीप बर्मनबारे सिलगढ़ी नगर निगमले यसपल्ट पनि कुनै निर्णय लिन सकेन। बुधवार सिलगढ़ीका मेयर गौतम देवले अभया बसुलाई मेयर पार्षद पदमा नामित गरे। गत 2 सेप्टेम्बर आफ्नै वार्डको झगड़ामा नाम जोड़िँदा श्रावणीले मेयर पार्षदको पद गुमाएकी थिइन्। त्यहाँदेखि पद रिक्त थियो। त्यसपछि मेयर गौतम देवले अभयालाई मेयर पार्षदमा समावेश गरिएको घोषणा गरे।तर दिलीप बर्मनको विषयमा तृणमूल कङ्ग्रेसको सिलगढ़ी नगर निगम परिषद दलले शीर्ष नेतृत्वसित आवश्यक कदम चाल्न अनुरोध गरेको छ। बुधवार नगरपालिकामा आयोजना गरिएको पत्रकार भेटघाटमा सत्तारूढ़ दलका 36 जना काउन्सिलरहरूले एकै स्वरमा दिलीप बर्मनविरुद्ध कठोर…
Read More