25
Sep
सोमवार मात्र वन विभाग र रेल मन्त्रालयबीच बैठक भएको थियो। उक्त बैठकमा दुई वर्षभरि जङ्गल मार्गमा रेलको धक्काले कुनै हात्तीको मृत्यु नभएको हुँदा सन्तोष व्यक्त गरिएको थियो। साथै रेल र वन विभागबीच अझ बढ़ी समन्वयमाथि जोड़ दिइएको थियो। तर उक्त बैठकको छायाँ मेटिन नपाउँदै फेरि रेलको धक्काले एउटा हात्ती शावकको मृत्यु भएको छ। घटनामा माउ हात्ती पनि गम्भीर घाइते भएको छ। बुधवार राति 7.30 बजी आलिपुरद्वारदेखि सियालदाहतर्फ जाँदै गरेको डाउन कञ्चनकन्या एक्सप्रेसको धक्काले हात्ती शावकको मृत्यु भयो। बाख्राकोट र सेवक स्टेशनबीच एलेनबारी-मङपङ जङ्गल क्षेत्रमा रेलमार्गमै दुर्घटना भएको हो। यसकारण कञ्चनकन्या एक्सप्रेस रोक्नु परेको थियो। अहिले उक्त रेलमार्गमा रेल आवतजावत बन्द…
