Piyali Poddar

493 Posts
सड़क दुर्घटनामा साहुडाङ्गीकी गौरी रायको मृ*त्यु

सड़क दुर्घटनामा साहुडाङ्गीकी गौरी रायको मृ*त्यु

राजञ्ज ब्लकको साहुडाङ्गी क्षेत्रमा एक हृदयविदारक सड़क दुर्घटना भएको छ। कामबाट घर फर्कने क्रममा 21 वर्षीया गौरी रायको मृत्यु भएको हो। घटना बुधवार साँझतिर साहुडाङ्गीको साहु पुलनजिक भएको बताइएको छ। स्थानीय सूत्रअनुसार गौरी राय साहुडाङ्गीको छत्ररपाड़ाकी वासिन्दा थिइन्। तिनका पिता धनश्वर राय (हुलुङ राय) रिक्सा चालक हुन्। आर्थिक कठिनाइका कारण गौरीले पढ़ाईसितै काम गरेर परिवारको जिम्मावारी सम्हाल्दै आएकी थिइन्। तर तिनको सङ्घर्षपूर्ण जीवनको अन्त्य एउटा हृदय विदारक दुर्घटनामा भयो।प्रत्यक्षदर्शी दीनबन्धु रायअनुसार, गौरी काम सकेर घर फर्कँदै थिइन्। अचानक बाटो काट्ने क्रममा तीव्र गतिको एउटा गाड़ीले तिनलाई ठक्कर दियो। घटनास्थलमै गौरीको मृत्यु भयो। खबर पाएपछि एनजेपी थाना र भोरेर आलोको थाना…
Read More
प्राथमिक शिक्षक नियुक्तिको विज्ञापनविरुद्ध उच्च न्यायालयमा मुद्दा

प्राथमिक शिक्षक नियुक्तिको विज्ञापनविरुद्ध उच्च न्यायालयमा मुद्दा

राज्यको प्राथमिक विद्यालयहरूमा 13421 रिक्त पदमा शिक्षक नियुक्त गर्ने निर्णय प्राथमिक शिक्षा परिषदले लिएको छ। तर उक्त नयाँ नियुक्ति विज्ञापनलाई चुनौती दिँदै अहिले कलकत्ता उच्च न्यायालयमा मुद्दा दर्ता गरिएको छ। बिहीवार उक्त विज्ञापनलाई चुनौती दिँदै न्यायालयको ध्यान आकर्षण गराइएको हो।टेट परीक्षाका प्रश्नहरूमा त्रुटि सम्बन्धी मुद्दाको निष्कर्ष नआई नयाँ नियुक्ति प्रक्रिया किन आरम्भ गरिँदैछ? भनेर रोजगारका आकाङ्क्षीहरूको एक समूहले प्रश्न उठाएको छ। यही प्रश्न उठाउँदै मुद्दा दर्ता गरिएको हो। यस विषयमा अर्को हप्तामा सुनुवाइ हुने सम्भावना रहेको बताइन्छ।उम्मेद्वारहरूको भनाइअनुसार, 2017 र 2022 को टेट परीक्षामा लगभग 20 वटा प्रश्न गलत थिए। ती 20 प्रश्नको अङ्क पाउने हो भने तिनीहरू परीक्षा उत्तीर्ण…
Read More
मुर्मू-घोष आक्रमण प्रकरणमा थप दुई पक्राउ

मुर्मू-घोष आक्रमण प्रकरणमा थप दुई पक्राउ

सोमवार नगरकट्टाको बामनडाङ्गामा बाढ़ीको स्थिति निरीक्षणका क्रममा मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मू अनि सिलगढ़ीका विधायक शङ्कर घोषमाथि आक्रमण भएको थियो। उक्त घटनामा नगरकट्टा थाना पुलिसले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको नाम शहानुर आलम अनि तोफायेल हुसैन हो। बिहीवार बिहान सुल्कापाड़ाको खयेरबारीबाट तिनीहरूलाई पक्राउ गरिएको हो। यससितै उक्त आक्रमण प्रकरणमा हालसम्म चारजना पक्राउ परेका छन्। बुधवार दुईजनालाई पक्राउ गरिएको थियो। बाँकी आरोपीहरूको खोजी कार्य जारी छ।बामनडाङ्गामा बाढ़ीको अवस्था निरीक्षणका क्रममा खगेन मुर्मू अनि शङ्कर घोष प्रदर्शनकारीहरूको घेरामा परेका थिए। लाट्ठी, जुत्ता बोकेर धेरै मानिसहरू तिनीहरूमाथि आक्रमण गर्न पुगेका थिए। नदीको ढुङ्गाले भाजपा नेताहरू सवार गाड़ीमा प्रहार गरिएको…
Read More
पैह्रोले क्षतिग्रस्त सड़क सुचारु गर्ने कार्य जारी

पैह्रोले क्षतिग्रस्त सड़क सुचारु गर्ने कार्य जारी

गत 4 अक्टोबरको दिन मिरिकमा भएको अत्यधिक वर्षाले मिरिक महकुमाको अधिकांश ठाँउहरूमा पैह्रो गएपछि ती गाउँ बस्तीहरूमा अझ पनि यातायात सुचारु बन्न सकेको छैन। यद्यपि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको पहलमा मिरिक बस्ती अनि मरमालाई जोड्ने दुवै सड़कमा वाहनको आवतजावत आरम्भ भएको छ भने मिरिक थर्बु चेक पोष्टदेखि राङभाङ पर्यटन केन्द्रसम्म पुग्ने सड़कलाई पनि सुचारु गर्ने कार्य जारी छ। दशैँ तिहारको बेला चारैतिर यातायात ठप्प बनेपछि मानिसहरूलाई यातायातमा धेरै समस्या भइरहेको देखिएको छ।कतिपय ठाँउहरूमा होमस्टेमा आउने पर्यटकहरूको गाड़ी फँसेको पनि देखिएको छ। यता खरबानीको मुख्य सड़कमा पनि पैह्रो झरेको छ। पैह्रोले ठूला वाहनहरूको यातायात अवरुद्ध भएको छ। खरबानीलाई…
Read More
शङ्कर घोषलाई अस्पतालबाट छुट्टी

शङ्कर घोषलाई अस्पतालबाट छुट्टी

सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषलाई अस्पतालबाट छुट्टी दिइएको छ। गत सोमवार नगराकट्टामा राहत वितरण गर्न पुगेका बेला तिनी साथै उत्तर मालदाका भाजपा सांसद खगेन मुर्मू जनआक्रोशको शिकार बनेका थिए। घटनाको दुई दिनपछि बुधवार दिउँसो शङ्कर घोष घर फर्किए। तिनको दाहिने हातको लिगामेण्टमा चोट लागेको छ र तिनलाई अझ केही दिनसम्म औषधी खानु पर्नेछ। तर खगेन मुर्मू अझै पनि अस्पतालमै उपचाराधीन छन्। तिनको स्वास्थ्य अवस्था पहिलेभन्दा धेरै स्थिर भए पनि तिनलाई अझ पन्ध्र दिनसम्म बोल्न नदिने सल्लाह दिइएको छ। अवस्था पूर्ण रूपमा स्थिर भएपछि शल्यक्रिया गरिनेछ।अस्पतालबाट छुट्टी पाएपछि शङ्करले भने, मेरो दाहिने हातको लिगामेण्टमा अझै पनि चोट छ। तर पहिलेभन्दा केही…
Read More
मुख्यमन्त्री 2-3 दिनमै पुनः उत्तर बङ्गाल आउने

मुख्यमन्त्री 2-3 दिनमै पुनः उत्तर बङ्गाल आउने

म फेरि 2-3 दिनभित्र आउनेछु, उत्तर बङ्गालका विभिन्न विपद्ग्रस्त क्षेत्रहरूको निरीक्षण सकेर कलकत्ता प्रस्थान गर्नअघि मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो मन्तव्य गरिन्। बुधवार बाघ़डुग्रा विमानस्थल जाने क्रममा ममता ब्यानर्जीले पत्रकारहरूलाई भनिन्, म फेरि 2-3 दिनभित्र उत्तर बङ्गाल आउँदैछु। तिनले अझ भनिन्, चामल, खोर्सानी, हर्दी, दूध आदि सामग्रीहरू झोलामा प्याक गरेर मिरिकसहित जहाँ जहाँ आवश्यक छ, त्यहाँ पठाइँदैछ। हिजो राति मात्र पनि 400 झोला सामग्रीहरू पठाइयो। कम्बल, स्वेटर, कपड़ा पनि पठाइँदैछ। उनले नगराकट्टा, धूपगुड़ी र मैनागुड़ी क्षेत्रको स्थितिमाथि ध्यान राख्न जिल्ला प्रशासनलाई निर्देशन दिएकी छन्। उता नगराकट्टामा प्रभावित मानिसहरूलाई भेट्न जाँदै गर्दा सांसद खगेन मुर्मू र विधायक शङ्कर घोषमाथि आक्रमण भयो। उक्त…
Read More
हर्षवर्धन शृङ्गलाद्वारा पैह्रो प्रभावित क्षेत्रको भ्रमण

हर्षवर्धन शृङ्गलाद्वारा पैह्रो प्रभावित क्षेत्रको भ्रमण

राज्यसभा सांसद हर्षवर्धन शृङ्गलाले मङ्गलवार मिरिकको पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी वस्तुस्थिति बुझे। भ्रमण अवधि सांसदले पैह्रो पीड़ितहरूसित भेटवार्ता गरे अनि पैह्रोमा ज्यान गुमाउनेहरूको परिवारका सदस्यहरू भेट गरी समवेदना प्रकट गरे। तिनले पीड़ितहरूलाई कम्बल अनि राहत सामग्रीहरू पनि वितरण गरे।भ्रमण अवधि हर्षवर्धन शृङ्गलाले भने, पैह्रोले जतासुकै विनाश गरेको छ। यो ठूलो प्राकृतिक आपदा हो। यसैले म आपदा भएको ठाँउमा पुगेर क्षयक्षतिको विवरण सङ्ग्रह गरिरहेको छु। आपदको क्षणमा म पीड़ितहरूको साथमा नै रहेको छु। तिनले भारतका प्रधानमन्त्रीले पैह्रो पीड़ितहरूका लागि क्षतिपूर्तिको घोषणा गरिसकेका बताए। राज्यसभा सांसदको नाताले आफ्नो कार्य गर्ने हर्षवर्धन शृङ्गलाले बताए।
Read More
मुख्यमन्त्रीद्वारा पीड़ित परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान

मुख्यमन्त्रीद्वारा पीड़ित परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान

उत्तर बङ्गालको भीषण बाढ़ी र पैह्रोले उत्पन्न गरेको विपद स्थितिको स्थलगत निरीक्षण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार नै उत्तर बङ्गाल आइपुगेकी छन्। मङ्गलवार तिनी मिरिकको दूधे पुगिन्। त्यहाँ तिनले पैह्रो प्रभावित क्षेत्र घुमेर निरीक्षण गरिन् र पीड़ित मानिसहरूसित प्रत्यक्ष कुराकानी गरिन्। पहिले नै मृत व्यक्तिहरूको परिवारका लागि आर्थिक सहयोगको घोषणा गरेकी मुख्यमन्त्रीले आज दूधेमा ती 12 मृत परिवारका सदस्यहरूलाई आफैले 5 लाख रुपियाँको चेक प्रदान गरिन्। साथै तिनले मृत व्यक्तिको परिवारका एक सदस्यलाई स्पेसल होम गार्डको रोजगार दिइने बताइन्। उक्त नियुक्तिमा शैक्षिक योग्यता र शारीरिक उचाइँमा छुट दिइने पनि तिनले आश्वासन दिइन्।मुख्यमन्त्रीले प्रभावित क्षेत्रमा अहिलेका लागि कम्युनिटी किचन निरन्तर सञ्चालनमा…
Read More
घाइते सांसदसित भेट गर्न मुख्यमन्त्री अस्पतालमा

घाइते सांसदसित भेट गर्न मुख्यमन्त्री अस्पतालमा

घाइते भाजपा सांसद खगेन मुर्मूलाई भेट्न मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलवार सिलगढ़ीको एक निजी नर्सिङ होम पुगिन्। मालदा उत्तरका भाजपा सांसद हाल आईसीयूमा भर्ना छन्। तर तिनले भाजपा सांसदसित भेट गरे पनि सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषसित भने भेट गरिनन्। उल्लेखनीय छ, हिजो नगराकट्टाको बामनडाङ्गा चियाबारीको पीड़ित परिवारहरूलाई भेट्न गएका बेला भाजपा सांसद र विधायकमाथि आक्रमण भएको थियो। खगेन मुर्मूको आँखामुनि ढुङ्गाले लाग्दा लगातार रगत बगिरहेको थियो। शङ्कर घोष पनि आक्रमणमा परेका थिए। घटनापछि भाजपाले यो हमला सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले योजनाबद्ध रूपमा गराएको आरोप लगाएको थियो। तर तृणमूलले उक्त आरोप अस्वीकार गरेको छ। घटनापछि सांसद र विधायकलाई अस्पताल लगिएको थियो।आज…
Read More
सांसद विष्टद्वारा रक्षामन्त्री अनि सीडीएससित भेट

सांसद विष्टद्वारा रक्षामन्त्री अनि सीडीएससित भेट

आज दार्जीलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले रक्षामन्त्री राजनाथ सिंह र रक्षा स्टाफ प्रमुख तथा सैन्य मामिला विभागका सचिव जनरल अनिल चौहानसित भेट गरेका छन्। तिनले दार्जीलिङको लेबोङस्थित सैनिक अस्पताललाई अन्यत्र स्थानान्तरण नगर्न र गोर्खा युवाहरूलाई टेरिटोरियल आर्मी (टीए) मा भर्ना हुन विशेष अङ्क छुटको व्यवस्था गर्न माग गरे। विष्टले दार्जीलिङ पहाड़मा धेरै सैनिक, तिनका परिवार र 20 हजार भन्दा अधिक भूतपूर्व सैनिकहरू बस्ने गरेका बताए। यस्तो ठूलो समुदायका लागि लेबोङ सैनिक अस्पताल केवल स्वास्थ्य सुविधा मात्र नभई भारतीय सेना र स्थानीय जनताबीचको विश्वास र ऐतिहासिक सम्बन्धको प्रतीक भएको तिनले उल्लेख गरे। तिनले यस अस्पताललाई दार्जीलिङमै…
Read More