Piyali Poddar

569 Posts
काउले गाउँमा यातायात सुचारु

काउले गाउँमा यातायात सुचारु

मिरिक नगरपालिका वार्ड नम्बर 6 को काउले गाउँमा गत 4 अक्टोबर गएको भीषण पैह्रोको कारण अवरुद्ध बनेको सड़क पुन सञ्चालनमा आएको छ। स्थानीय वासिन्दाहरूको निरन्तर माग र अनुरोधपछि मिरिक आईजीजेएफका संयोजक प्रशान्त लामा अनि सञ्जीव लामाले पहल गर्दै जेसीबी उपलब्ध गराउँदा सड़क सफा गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ।पैह्रोको कारण सड़क अवरुद्ध हुँदा काउले गाउँका वासिन्दाहरूले दैनिक आवतजावत, विद्यालय जान, स्वास्थ्य उपचार तथा आवश्यक सामग्री लैजान अनि ल्याउनकठिनाइ भोगिरहेका थिए। सड़क सफा गर्ने कार्यपछि स्थानीय मानिसहरूलाई ठूलो राहत पुगेको छ। स्थानीय मानिसहरूले सहयोग उपलब्ध गराई समस्याको समाधान गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
Read More
सिलगढ़ीमा फ्लाइओभरनजिक युवकको संदिग्ध मृत्यु

सिलगढ़ीमा फ्लाइओभरनजिक युवकको संदिग्ध मृत्यु

शहरको देशबन्धु चित्तरञ्जन दास फ्लाइओभरनजिक 30 वर्षका एक युवकको रहस्यमय ढङ्गले मृत्यु भएको छ। मृत युवकको नाम सद्दाम हुसैन हो। तिनको घर सिलगढ़ीको डाङ्गीपाड़ा क्षेत्रमा थियो। सोमवार अबेर राति रक्ताम्मे अवस्थामा तिनको शव सिलगढ़ी थानाको एण्टी–क्राइम विङको गस्ती भ्यानले उद्धार गरेको थियो।पुलिस सूत्रअनुसार उक्त राति गस्तीको क्रममा फ्लाइओभर छेउको सड़कमा रक्ताम्मे शव देखेपछि पुलिसले तुरुन्तै उद्धार गरी सिलगढ़ी जिल्ला अस्पताल लग्यो। मृत युवकको मोबाइल फोन र कागजातमार्फत परिवारसित सम्पर्क गरेर जाँचकर्ताहरूले जानकारी दिए। खबर पाएलगत्तै तिनका आफन्त तथा स्थानीय वासिन्दाहरू अस्पतालमा पुगे। परिवारका दाबीअनुसार, सद्दाम हिजो राति एउटा विवाह समारोहमा गएका थिए र राति लगभग 12 बजी घर फर्कने क्रममा…
Read More
गम्भीर बिरामी टेबल टेनिस खेलगुरु अमित दाम

गम्भीर बिरामी टेबल टेनिस खेलगुरु अमित दाम

शरीरमा इन्फेक्सनका कारण ज्वरोले पीड़ित भइरहेको समय शारीरिक अवस्था तीव्र रूपले बिग्रँदै गइरहेको छ सिलगढ़ी तथा उत्तर बङ्गालका टेबल टेनिस खेलगुरु अमित दामको। गत शनिवार तिनलाई तीव्र ज्वरो आएको थियो। पछि ज्वरो केही कम्ती भए पनि शरीरमा इन्फेक्सन लगातार बढ़िरहेको जानकारी प्राप्त भएको छ। त्यसपछि चिकित्सकहरूको सल्लाहअनुसार सोमवार मध्य राति हिलकार्ट रोडस्थित एउटा निजी नर्सिङ होममा तिनलाई भर्ना गरियो।राज्यका नामी कोच तथा खेलगुरु अमित दामको मार्गदर्शनमा असङ्ख्य टेबल टेनिस प्रतिभाहरूको उदय भएको छ। तिनको योगदानकै फलस्वरूप आज सिलगढ़ी टेबल टेनिस नगर भनेर चिनिन पुगेको हो। उत्तर बङ्गालमा टेबल टेनिसको विकासमा तिनको योगदान अपूरणीय छ।हाल गम्भीर रूपले अस्वस्थ रहेका यी खेलगुरुको…
Read More
कालेबुङलाई बाल विवाहमुक्त बनाउने सोसाइटीको संकल्प

कालेबुङलाई बाल विवाहमुक्त बनाउने सोसाइटीको संकल्प

सोसाइटी फर पीपल्स अवेयरनेस सोसाइटी नामक गैर सरकारी संस्थाले सबै सरोकारवाला निकायसित हातेमालो गर्दै कालेबुङलाई एक वर्षभित्र बाल विवाहमुक्त बनाउने संकल्प लिएको संस्थाका निदेशक तथा सम्पादक प्रवीर बासुले बताएका छन्। बाल विवाहमुक्त भारत अभियानको एक वर्ष पूरा भएको अवसरमा आरम्भ गरिएको 100 दिने तीव्र जनचेतना अभियानले विद्यालय, शैक्षिक संस्था, विवाह हुने धार्मिक स्थलहरू, विवाह सम्बन्धी सेवा प्रदायक, पञ्चायत तथा नगरपालिकाहरूलाई लक्षित गर्दै रणनीतिक कार्ययोजना लागू गरिएको छ। जस्ट राइट्स फर चिल्ड्रेनसित साझेदारीमा एसपीएएन संस्था बाल विवाहको अन्त्यका लागि देशभरिका 451 जिल्लामा सक्रिय अनि 250 भन्दा अधिक संस्थाहरूको ठूलो नेटवर्क हो। यो नेटवर्क गत एक वर्ष एक लाखभन्दा अधिक बाल विवाह…
Read More
मुर्शिदाबादमा हृदयघातको कारण बीएलओको मृत्यु

मुर्शिदाबादमा हृदयघातको कारण बीएलओको मृत्यु

फेरि मुर्शिदाबादमा हृदयघातको कारण एक बीएलओको मृत्यु भएको छ। बिहीवार राति मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआरR) को कार्य गर्ने क्रममा जाकिर होसेन नामक बीएलओ अचानक अस्वस्थ बनेर ढले। तुरुन्तै अस्पताल लगिए पनि तिनलाई बचाउन सकिएन। हृदयघातको कारण तिनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अत्यधिक कामको दबाउकै कारण तिनको ज्यान गएको जाकिरको परिवारको दाबी छ।मुर्शिदाबादको खडग्रामका वासिन्दा जाकिर कान्दी विधानसभा क्षेत्रको दिघा क्षेत्रमा रहेको 14 नं. बूथका बीएलओ थिए। पेशाले प्राथमिक विद्यालयका शिक्षक जाकिरको परिवारअनुसार, तोकिएको समयमा सबै एनुमरेशन फारम बुझाउन सकिन्छ कि सकिँदैन भन्ने तनाउमा थिए तिनी। रातभरि जागो रहेर फारम अपलोड गर्ने काम गर्थे। लगभग प्रत्येक दिन…
Read More
एनजेपी कार्यको निरीक्षणमा सांसद राजु विष्ट

एनजेपी कार्यको निरीक्षणमा सांसद राजु विष्ट

जारी आधुनिकीकरण र विकास सम्बन्धी कार्यको प्रगति निरीक्षण गर्न शुक्रवार दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्ट एनजेपी स्टेशन पुगे। स्टेशन परिसरमा आएर तिनले पूर्व रेलवेका शीर्ष अधिकारीहरूसित एक उच्चस्तरीय बैठकमा सहभागिता जनाए। निरीक्षणको क्रममा सांसदले स्टेशनमा यात्री सुविधाको विस्तार, नयाँ प्लेटफर्म निर्माण कार्य, ट्र्याक तथा गेट मरम्मती, यात्री सुरक्षा सम्बन्धी व्यवस्था र आधुनिक सेवा सम्बन्धी विभिन्न महत्त्वपूर्ण पक्षहरूको निरीक्षण गरे। साथै चलिरहेको परियोजनाको समग्र प्रगति तथा कार्य समाप्त गर्ने सम्भावित समयसीमा उल्लेखित विस्तृत प्रतिवेदन उपलब्ध गराउन रेल अधिकारीहरूलाई तिनले निर्देशन पनि दिए।बैठकपछि पत्रकारसित भएको छोटो कुराकानीमा सांसद राजु विष्टले भने, उत्तर बङ्गालको सबैभन्दा व्यस्त केन्द्रहरूमध्ये न्यू जलपाइगढ़ी स्टेशन एक हो।…
Read More
जलपाइगढ़ीमा 81 प्रतिशत एनुमरेशन फारम अपलोड

जलपाइगढ़ीमा 81 प्रतिशत एनुमरेशन फारम अपलोड

एनुमरेशन फारम अनलाइनमा अपलोड गर्ने अन्तिम मिति 4 दिसम्बर हो। त्यसअघि नै सबै बीएलओहरूलाई एनुमरेशन फारम अपलोड गर्न निर्देशन दिइएको छ। जलपाइगढ़ी जिल्लामा अहिलेसम्म 81 प्रतिशत फारम अपलोड भएको छ तथ्य अघि आएको छ। 27 नोभेम्बर बिहीवार बिहानसम्म जलपाइगढ़ी जिल्लामा एसआईआर फारमको डिजिटाइजेशन 81.11 प्रतिशत भएको छ। जिल्लाका 19 लाख 14 हजार 22 जनामध्ये 15 लाख 52 हजार 392 जनाको एनुमरेशन फारमको डिजिटाइजेशन सम्पन्न भइसकेको छ। बुधवारसम्म मटेली ब्लकमा सबैभन्दा अधिक डिजिटाइजेशन भएको थियो। तर बिहीवार बिहानदेखि क्रान्ति ब्लक धेरै अघि रहेको देखिएको छ।जलपाइगढ़ी जिल्लामा सबैभन्दा उत्कृष्ट काम मटेली ब्लकमा भएको छ। क्रान्ति ब्लकमा एनुमरेशन फारमको डिजिटाइजेशन 88.66 प्रतिशत पुगेको…
Read More
बाघपुलको वैकल्पिक पुल निर्माण हुने

बाघपुलको वैकल्पिक पुल निर्माण हुने

कोरोनेशन ब्रिज अर्थात बाघपुलको वैकल्पिक पुल निर्माणको टेण्डर आगामी दिसम्बर महीनाभित्र गरिने जानकारी प्राप्त भएको छ। दार्जीलिङ सांसद राजु विष्टले बिहीवार विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएका हुन्। विज्ञप्तिमा राजु विष्टले लेखेका छन्, केन्द्र सरकारले नयाँ पुल र पहुँच सड़क निर्माणका लागि 1190 करोड़ रुपियाँ आवण्टन गरे भए पनि क्षेत्राधिकारका मुद्दाहरूले धेरै ढिलो भएको थियो। विशेष खण्ड पश्चिम बङ्गालको पीडब्ल्यूडी-एनएच डिभिजन अन्तर्गत थियो। तर अब यो आधिकारिक रूपमा भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) लाई हस्तान्तरण गरिएको छ।तिनले अझ लेखेका छन्, मैले एनएचएआईका अधिकारीहरूसित बैठक गरेपछि बाघपुलको भ्रमण गरेँ। वैकल्पिक पुल र पहुँच सड़क, सिलगढ़ी रिङ्ग रोड अनि सिलगढ़ीलाई गोरखपुर जोड्ने…
Read More
एनबीएसटीसीलाई नयाँ 67 सीएनजी बस

एनबीएसटीसीलाई नयाँ 67 सीएनजी बस

उत्तर बङ्गाल राज्य परिवहन निगमलाई अन्ततः केही राहत पुग्ने सङ्केत देखिएको छ। उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) लाई शीघ्रै नयाँ 67 सीएनजी बस प्राप्त हुन लागेको छ। उत्तर बङ्गालका विभिन्न रूटमा यी बसहरू सञ्चालन हुनेछन्। आशाजनक कुरो के छ भने यीमध्ये सिलगढ़ीदेखि दार्जीलिङ पहाड़ी मार्गमा आवागमनका लागि विशेष 18 वटा बस उपलब्ध गराइँदैछ। आगामी तीनदेखि चार महीनाभित्र यी बसहरू सड़कमा उतार्न सकिने निगमले आशा व्यक्त गरेको छ। एनबीएसटीसीका म्यानेजिङ डाइरेक्टर दीपङ्कर पिपलाईले भने, राज्यको वित्त विभागको स्वीकृति आइसकेको छ। प्रशासनिक स्वीकृति मिल्ने बित्तिकै बस निर्माणको आदेश दिइनेछ। यसले केही भए पनि बसको अभाव पूरा गर्न सहयोग हुनेछ।निगम सूत्रअनुसार 67…
Read More
सन्दकफूमा पर्यटकको मृत्यु

सन्दकफूमा पर्यटकको मृत्यु

सन्दकफू घुम्न जाने क्रममा जादवपुरकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत महिलाको नाम अनिन्दिता गङ्गोपाध्याय (72) हो। तिनी परिवारसित पहाड़ घुम्न गएकी थिइन्। त्यहाँ अचानक तिनको स्वास्थ्य बिग्रियो। हतार–हतार तिनलाई सुखेपोखरी अस्पताल लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे।अनिन्दिता गङ्गोपाध्यायले विवाह गरेकी थिइनन्। तिनी दिदीको परिवारसित विभिन्न स्थानमा घुम्न जाने गर्थिन्। यसपालि पनि दिदीको परिवारसितै तिनी पहाड़ आएकी थिइन्। 21 नोभेम्बरमा तिनीहरू दार्जीलिङ पुगेका थिए। दार्जीलिङ शहरमा घुमफिर गरेपछि दुई दिन लेप्चा जगतमा बिताएपछि शनिवार तुम्लिङ पुगे।तुम्लिङबाट आइतवार सन्दकफू पुगे। सोमवार बिहानदेखि नै तिनको स्वास्थ्य बिग्रन थालेको थियो। त्यसपछि तिनलाई सुखेपोखरी ब्लक अस्पताल लगियो। त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषणा…
Read More