09
Jul
तरकारीको मूल्यवृद्धिले मानिसलाई तरकारीको बिक्री बढाउन नयाँ प्रविधि अपनाउन बाध्य बनाएको छ ।मध्य प्रदेश र उत्तर प्रदेश गरी दुईवटा राज्यबाट टमाटर बिक्रीको दुई घटना चर्चामा आएका छन् । मध्य प्रदेशको अशोक नगर नामक सहरले स्मार्टफोन खरिद गर्दा ग्राहकलाई २ किलो टमाटर सित्तैमा उपलब्ध गराउने रोचक अफर आएको छ । यसो गर्दा उनको पसलमा ग्राहकको चाप बढेको छ । हेरौँ उनको भनाइ : पसलका मालिक अभिषेक अग्रवालले भने, ‘टमाटर महँगो भएकाले र बजारमा बढ्दो प्रतिस्पर्धाका कारण ग्राहकलाई केही दिन चाहेकाले हामीले स्मार्टफोनसहित टमाटर दिने निर्णय गरेका छौं । युपीको वाराणसी जिल्लाको अर्को घटना एक तरकारी बिक्रेताले सडकमा आफ्नो टमाटरहरू जोगाउन बाउन्सरहरू…
