12
Dec
सर्वोच्च अदालतको स्वीकृतिपछि अयोध्याको रामजन्मभूमिमा अयोध्या मन्दिर निर्माणको पहिलो चरणको परियोजना सम्पन्न भई दुई चरणमा बाँकी छ । मन्दिरको डिजाइन लोकप्रिय वास्तुकार चन्द्रकान्त भाइ सोमपुराको नेतृत्वमा रहेको टोलीले बनाएको थियो, नगारा शैलीको मन्दिर मुख्यतया राजस्थानको मिर्जापुर र बन्सी-पहारपुरबाट किनेको गुलाबी बलौटे ढुङ्गा र नक्काशीदार संगमरमरबाट बनेको छ। मन्दिर निर्माणका लागि २ टन तौल हुने १७ हजार ग्रेनाइट ढुङ्गा प्रयोग गरिएको पनि बताइएको छ । कम्तिमा १ हजार वर्षसम्म मन्दिर मर्मत आवश्यक नपर्ने र १२ मिटर गहिरो रहेको उक्त मन्दिर ६.५ म्याग्निच्युडको भूकम्पबाट पनि बच्न सक्ने ट्रष्टीहरूको प्रतिवेदनमा उल्लेख छ । जगमा ढुङ्गाको ४७ तह बनाइएको समाचारमा उल्लेख छ । "अहिलेसम्म…
