22
Jun
महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत क्वात्राले दुई देशबीचको सदियौदेखिको सम्बन्ध र नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका विकास आयोजनाका बारेमा छलफल भएको महान्यायाधिवक्ताको कार्याललयले जानकारी दिएको छ । महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको, संविधान बमोजिमका संरचनाहरु यसको उद्देश्य बमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको राजदूत क्वात्रालाई जानकारी गराए । छलफलका क्रममा महान्यायाधिवक्ता तथा सरकारी वकिलहरुको गत वर्ष भारतमा भएको अध्ययन भ्रमणको समेत समीक्षा गरिएको थियो । राजदूत क्वात्राले नेपालका सरकारी वकिलहरुको लागि आवश्यक पर्ने तालिम, अध्ययन भ्रमण तथा…
