26
Jun
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्कवादी सङ्गठन अल-कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई 'शहीद'को सङ्ज्ञा दिएपछि उनको चर्को आलोचना भएको छ। बिहीवार संसद्मा सम्बोधन गर्दै खानले पाकिस्तानमा आएर अमेरिकी सेनाले बिन लादेनको हत्या गर्नु आफ्ना लागि लज्जास्पद विषय भएको बताएका थिए। त्यही प्रसङ्गमा उनले बिन लादेनलाई अमेरिकाले शहीद बनाइदिएको टिप्पणी गरेका थिए। अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ तारिखमा भएका आतङ्कवादी आक्रमणहरूको योजनाकार बिन लादेनलाई मानेको थियो। End of Twitter post by @PTISindhOffice "म कहिल्यै बिर्सिन सक्दिनँ - पाकिस्तानीहरूका लागि लाजमर्दो घटना भयो। ओसामा बिन लादेनलाई अमेरिकीहरूले एबटाबादमा आएर मारिदिए, शहीद बनाइदिए," खानले भने। "त्यसपछि पूरै विश्वले हामीलाई गाली गर्यो, जथाभावी भन्यो।…
