20
Jul
इण्डियन मेडिकल एसोसिएसन (आईएमए)ले भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था निकै खराब रहेको बताएको छ । आईएमएका अनुसार भारतको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कम्युनिटी ट्रान्समिसनको संकेत देखिएको छ । आईएमए हस्पिटल बोर्ड अफ इन्डियाका अध्यक्ष डा. वीके मोङ्गाले एएनआईसँगको कुराकानीमा भारतमा कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिएको बताए । भारतमा अहिले दैनिक ३० हजारभन्दा पनि धेरै नयाँ संक्रमित भेटिन थालेका छन् । मोङ्गाले भने, ‘मुलुकको लागि यो निकै खराब अवस्था हो । यससँगै जोडिएका धेरै पाटाहरु छन् तर अब यो ग्रामीण क्षेत्रमा फैलिरहेको छ । यो निकै खराब संकेत हो ।’ मोङ्गाले ग्रामीण क्षेत्रमा कोरोना भाइरस नियन्त्रण सरकारको लागि…
