Editor

5003 Posts
कोरोनाबाट एक भारतीयसहित थप ३ जनाको मृत्यु

कोरोनाबाट एक भारतीयसहित थप ३ जनाको मृत्यु

 नेपालमा कोरोना संक्रमणबाट एक भारतीयसहित थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक छ्न् । कोरोना संक्रमणका कारण साउन ११ गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटु तथा मधुमेहका रोगी थिए । त्यसैगरी धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको साउन ११ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी साउन १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनलाई थप उपचार का लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटैमा मृत्यु भएको…
Read More
सीमामा निस्फिक्री आउजाउले जोखिम

सीमामा निस्फिक्री आउजाउले जोखिम

 नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो । सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो । कोरोना संक्रमितको दिनदिनै मृत्यु हुन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘नाकाबाट लुकीछिपी’ आउनेले जोखिम बढाएको भन्दै सुरक्षा अधिकारीहरूलाई सीमामा थप कडाइ गर्न आइतबार निर्देशन नै दिएका थिए । संघीय सरकारले लकडाउन खोलेसँगै सीमामा अपनाइएको सतर्कतालाई ‘खुकुलो’ मानेर…
Read More
निसान भारतको आगामी बी-एसयूवी ‘निसान म्याग्नाइट’

निसान भारतको आगामी बी-एसयूवी ‘निसान म्याग्नाइट’

निसान भारतले यसको अत्यधिक प्रत्याशित बी-एसयूवी को अवधारणा संस्करण खोल्यो। निसान म्याग्नाइटको रूपमा स्थापित, टेक्नोलोजी युक्त र स्टाइलिश बी-एसयूभी भारतमा आर्थिक वर्ष २०२० मा सुरू गरिनेछ। म्याग्नाइट शब्द "चुम्बकीय" र "प्रज्वलित" को एक पोर्टमेन्टो हो। जहाँ चुम्बकीयले ग्राहकलाई आकर्षित गर्ने डिजाईन र उत्पाद गुणहरू हाइलाइट गर्दछ, जहाँ आगोले नयाँ युगको सुरूवातलाई जोड दिन्छ जुन निसान भारतमा ल्याउन चाहन्छ। निसान म्याग्नाइट एक फिचर-रिच प्रीमियम हुनेछ जो स्टाइलिश डिजाइनको साथ एक मजबूत र गतिशील सडक उपस्थितिको लागि प्रस्ताव हुनेछ।“निसान म्याग्नाइट निसानको ग्लोबल एसयूवी डीएनएमा विकासवादी छलांग हो। जहाजमा काट्ने-एज टेक्नोलोजीको साथ, यो यसको क्षेत्रमा एक खेल-परिवर्तक हुनेछ। उप-चार मिटर कोटीमा एक बोल्ड…
Read More
वी.आई.एल ले एक एकीकृत भोडाफोन रेड अनुभव प्रदान गर्दछ

वी.आई.एल ले एक एकीकृत भोडाफोन रेड अनुभव प्रदान गर्दछ

भोडाफोन आइडिया लिमिटेड, भारतको अग्रणी दूरसंचार सेवा प्रदायक मध्ये एक हो, भोडाफोन रेड अन्तर्गत सबै आइडिया पोस्ट-पेड ग्राहकहरु लाई ल्याएर आफ्नो पोस्टपेड समेकन यात्रा पूरा गर्ने घोषणा गर्‍यो। सबै भोडाफोन आईडिया पोस्टपेड ग्राहकहरूले भोडाफोन रेड योजनाको फाइदा लिन सक्छन्। यसले कम्पनीलाई आई॰वी॰आर॰, युएसएसडी, माई भोडाफोन ऐप र वेबसाइटहरूको लाभदायक उत्पादनहरू, सेवाहरू र भुक्तानीको लागि समृद्ध मेनू विकल्पहरूको साथ सेल्फ-सेवा च्यानलहरू मार्फत एक समान ग्राहक अनुभव प्रदान गर्न सक्षम गर्दछ। पूर्व आईडिया पोस्टपेड ग्राहकहरूले अब रेड परिवार सदस्यता, सम्पूर्ण परिवारका लागि एकल बिल, भोडाफोन प्लेमा पहुँच, प्रीमियम सामग्री र अन्य मूल्य वर्धित सेवाहरूको गुलदस्ता लिन सक्छन्।पोष्टपेड कन्सोलिडेसन पूरा हुने घोषणा गर्दै…
Read More
आईपीएल यसै वर्ष युएईमा हुने

आईपीएल यसै वर्ष युएईमा हुने

 इण्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष  वृजेश पटेलले १३औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले प्रतियोगिताको मिति भने सार्वजनिक गरेनन् । तर पछिल्लो समय सार्वजनिक रिपोर्ट अनुसार बीसीसीआईले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आईपीएल गर्ने तयारी गरेको पनि क्रिकइन्फोले जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा हुने तय भएको टी-२० विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउने तयारी थालिएको हो । पटेलले…
Read More
विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख गरेकी थिइन् । कंगनाले भनेकी छिन्–‘भारतीय दर्शकलाई भारतका प्रतिभाहरुमा खासै मन जाँदैन । केही फ्यान त यस्ता छन् कि जो विदेशी नायिकाको तारिफ गर्नमा व्यस्त रहन्छन् । आलिया भट्ट, कट्रिना कैफ, ज्याकलिन फर्नान्डेज जस्ता नायिकालाई मन पराउने दर्शकलाई आफ्नो भाषा र रंग मन पर्दैन । यहाँ दशकौदेखि खानहरुको राज चल्दै…
Read More
अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो । महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अस्टेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा कायम गरिराख्न नयाँ नियमहरु परिवर्तन गरेको आप्रवासनमन्त्री अलान टुजले बताए । अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब वार्षिक ४० अर्ब डलरको योगदान गर्ने गर्दछन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको कमीका कारण गत ५ महिना अवधिभर अष्ट्रेलियाका विश्वविद्यालयहरुले करिब १६ अर्ब अष्ट्रेलियन डलरको घाटा व्यहोरेको…
Read More
सुशान्तबारे मेरो दाबी झुटो भए पद्यमश्री फिर्ता गर्छु’

सुशान्तबारे मेरो दाबी झुटो भए पद्यमश्री फिर्ता गर्छु’

बलिउड नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही हस्तीहरुको बिषयमा खुलासा गरिरहेकी छिन् । उनले, निर्माता करण जोहर र निर्देशक महेश भट्टको बिषयमा बोलेकी थिइन् । बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउनमा करण र महेश अगाडि रहेको दाबी उनको थियो । उनै, कंगनाले फेरि अर्को नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो दाबी झुटो भएको खण्डमा पद्यमश्री अवार्ड नै फिर्ता गर्ने दाबी गरेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या नगरेको भन्दै उनको योजनावद्ध रुपमा हत्या भएको दाबी गर्दै आएकी छिन् । कंगनाले एक टेलिभिजन अन्र्तवार्तामा भनेकी छिन्–‘मेरो भनाई राख्नका लागि मुम्बई प्रहरीबाट मलाई फोन आएको थियो । तर, म मनाली भएकाले जान…
Read More
निसानले अरियाको साथ नयाँ अध्याय खोल्यो

निसानले अरियाको साथ नयाँ अध्याय खोल्यो

आफ्नो निसान नेक्सट रूपान्तरण योजनाको एक महत्त्वपूर्ण माईलस्टोनको रूपमा चिन्ह लगाउँदै, निसानले सबै-नयाँ अरियाको अनावरण गर्‍यो। कम्पनीको पहिलो सबै इलेक्ट्रिक क्रसओभर एसयूभीको रूपमा, अरियाले निसान ब्रान्डको लागि नयाँ अध्याय खोल्छ र कम्पनीको दर्शनको मूर्त रूप दिन्छ: व्यक्तिको जीवन समृद्ध पार्दै। निसानको प्रविधि र डिजाइनको शिखर प्रतिनिधित्व गर्दै, १००% इलेक्ट्रिक निसान अरिया योकोहामामा डिजिटल कार्यक्रमको क्रममा डेब्यू गरियो। "हामीले निसान अरियालाई आजका ग्राहकहरूको आकांक्षा र व्यावहारिक आवश्यकताहरूको जवाफको रूपमा सिर्जना गरेका छौं," निसान सीईओ मकोटो उचिडाले भने। "ई.वी. र क्रसओभरमा हाम्रो शक्तिहरूको संयोजन, यो निसानको उत्साह र डिजाईनको नयाँ युगको प्रदर्शन हो", उनले थपे। अरियाले निसानको १ 18 महिनामा १२ नयाँ…
Read More
एकसाथ पर्दामा प्रभाष र दीपिका

एकसाथ पर्दामा प्रभाष र दीपिका

साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् । यी दुई कलाकारलाई एकसाथ पर्दामा ल्याउने काम निर्देशक नाग अश्विनले गर्न लागेका हुन् । अश्विनले निर्देशन गरेको ‘महानती’ चलचित्रले राष्ट्रिय पुरस्कार समेत जितेको थियो । यो प्रभाषले अभिनय गर्न लागेको २१ औं चलचित्र हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाष एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ । यो चलचित्रलाई तेश्रो विश्वयुद्धको कथामा तयार पारिनेछ । यो चलचित्रलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । यो चलचित्रलाई हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण गरिनेछ । चलचित्र…
Read More