31
Oct
दिल्लीबाट एक बिहानको रेल्वे यात्रामा पुग्न सकिने उत्तराखण्डको देहरादूनस्थित बौद्धशिक्षा आधारित एक बोर्डिङमा नेपाली विद्यार्थीमाथि भएको कुटपिट र अमानवीय व्यवहारको घटना बाहिर आएपछि दिल्लीमा रहेका नेपाली राजदूत र काठमाडौंमा परराष्ट्र मन्त्री दुवैले ‘यसबारे ध्यानाकर्षण’ भएको ट्वीट सूचना बाहिर ल्याए । गत सोमबार भएको कुटपिटको खबर बिहीबार मिडियामा आएपछि हरिद्वार, ऋषिकेश र देहरादूनको नेपाली समाजका प्रतिनिधिले आफ्नै स्रोत तथा पहुँचका भरमा बिहीबार दिनभर लगाएर उक्त बोर्डिङ शाक्य एकेडेमीका सञ्चालक समूहसँग वार्ता गरे । वार्तापछि एकेडेमी प्रिन्सिपल छिरिङ छोदेनले ऊक्त घटनाप्रति क्षमायाचना माग्दै विद्यार्थीको इच्छाअनुसार घर फिर्ता पठाइने लिखित प्रतिबद्धता जनाइन् । उत्तराखण्डका सबै मुख्य पत्रपत्रिका, श्रव्यदृश्य माध्यममा विद्यार्थीमाथि भएको हर्कतको निन्दासहित प्राथमिकताका समाचार आइरहेकै बेला उत्तराखण्ड…
