Editor

5003 Posts
‘आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा पारस खड्का

‘आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा पारस खड्का

नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् । आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको 'आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड' ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् । आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् । उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् । आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ । पारससँगै स्कटल्यान्डका काइल कोटजर,केलम म्याकलेओड र रिची बेरिङटन, पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।…
Read More
दोलखा भीमेश्वरको शिलामा ‘पसिना’

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’

दोलखा भीमेश्वर मन्दिरमा रहेको शिलामा मंगलबार दिउँसो ‘पसिना’ आएको छ । दिउँसो १ बजेर ४३ मिनेटदेखि २ बजेर ५४ मिनेटसम्म शिलामा ‘पसिना’ आएको भीमेश्वर नगरपालिका—२ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए । त्यसपछि पुन: दोहार्‍याएर ‘पसिना’ आएको थियो । भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनहरु मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने गर्छन् । भीमेश्वरको शिला (चट्टान)मा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गर्ने गरिएको छ । कोरोना महामारीका कारण बन्द भएको मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीयलाई खबर गरेपछि जिल्ला प्रशासनका प्रतिनिधि, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी, नेपाल सेना दोलखाका…
Read More
अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सीसीएमसीको निर्णय

अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सीसीएमसीको निर्णय

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेको छ ।  सीसीएमसी निर्देशक समितिको मंगलबारको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि कोरोना संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो । संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । उनले भने, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’…
Read More
पार्टी दुई तिहाई नजिक हुँदाहुँदै पनि कांग्रेससँग हार-गुहार गर्नुपर्ने ! [अन्तर्वार्ता]

पार्टी दुई तिहाई नजिक हुँदाहुँदै पनि कांग्रेससँग हार-गुहार गर्नुपर्ने ! [अन्तर्वार्ता]

नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच धुव्रीकरण भइँरहदा हरिवोल गजुरेलसहितका केही नेता भेटघाटमा जुटेका छन् । उनीहरुले आइतबार प्रधानमन्त्री ओली र सोमबार कार्यकारी अध्यक्ष दाहालसँग भेट गरे । पार्टीलाई फुटबाट बचाउनु पर्छ, सरकार र पार्टीको काम प्रभावकारी बनाउनुपर्छ भन्ने पक्षमा हो । अहिले फुट भयो भने राष्ट्रलाई नै दुर्घटनातिर लैजान्छ । जनतामा ठूलो निराशा पैदा हुन्छ । जेजति परिवर्तन भएका छन्, त्यसमाथि नै प्रश्न खडा हुनसक्छ । परिवर्तन विरोधी, कम्युनिष्ट विरोधीलाई खुशीको हुन्छ । तर, राष्ट्र र जनताका पक्षमा उभिनेहरुका लागि दुखदायी हो । जनताको लागि के–के गर्दा पार्टी फुटबाट जोगिन सक्छ, त्यहीँ–त्यहीँ गरिराखेका छौं । दौडधुप…
Read More
नेकपा विवाद : संवाद ठप्प, गुटबन्दी चुस्त

नेकपा विवाद : संवाद ठप्प, गुटबन्दी चुस्त

आरोप-प्रत्यारोपकाबीच विवाद बढ्दै जाँदा नेकपाका दुई समूहका शीर्ष नेताबीच संवाद ठप्प भएको छ । तर, दस दिनका लागि सचिवालय बैठक स्थगित गरेका शीर्ष नेता समूहगत छलफल र रणनीतिमा निर्माणमा भने व्यस्त छन् । दुवै पक्षबीचको संवादहीनता र यसबीचमा उनीहरुले गरेको तयारीले मंसिर १३ को सचिवालय बैठकपछिको नेकपा राजनीति थप टकरावपूर्ण र जटिल हुने सम्भावना बढेको छ । पछिल्लोपटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी सचिवालयमा प्रवेश गरेका दुवै अध्यक्षका पत्र र दाहालको राजनीतिक प्रस्तावलाई छलफलका लागि तल्ला तहसम्म पठाएपछि नेकपाभित्र बढ्दो टकराव सतहमा आएको हो । पार्टी विवाद मिलाउन दोस्रो तहका केही नेताहरुको दौडधूप चले पनि गुटगत…
Read More
राष्ट्रपति निर्वाचित जो बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न डोनल्ड ट्रम्प तयार

राष्ट्रपति निर्वाचित जो बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न डोनल्ड ट्रम्प तयार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन्।उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) लाई 'गर्नुपर्ने आवश्यक काम गर्न' सिफारिस गरेको बताए। तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ।जीएसएले पनि बाइडनलाई 'स्पष्ट विजेता'को रूपमा आफूले स्वीकार गरेको जनाएको छ। अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ।जीएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन्। ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका…
Read More
मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें

मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें

 'ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,' कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे । श्वास फेर्न नसकेर छटपटिँदै अस्पताल पुगेका उनले नमीठो मुस्काउनसहित भनिदिए,'हजुर हो'। कोरोनाबाट भर्खरै तंग्रिएका उनीहरु एकपछि अर्को विषय निकाल्दै मनोजसँग एकतर्फी बोलिरहे । मनोजलाई भने भित्रभित्रै लागिरहेको थियो, 'धेरै नबोलिदिए हुन्थ्यो' । अस्पतालको शय्यामा घोप्टो परेर त कहिले कोल्टे फेर्दै श्वाससँग संघर्षरत उनलाई बोल्न पनि श्वासकै अभाव थियो त्यो समय । मनोजका दाइ धिरेन्द्र एयरपोर्टमा काम गर्छन् । असोज २७ मा दाइलाई ज्वरोले च्याप्यो । सामान्य ज्वरो ठाने परिवारका सबैले । केहि दिनपछि…
Read More
चामल अनियमितता प्रकरण : शर्मालाई ३ लाख ५९ हजार धरौटी

चामल अनियमितता प्रकरण : शर्मालाई ३ लाख ५९ हजार धरौटी

मुगुको लागि आएको सरकारी अनुदानको चामल भक्तपुर पठाउने व्यापारीलाई जिल्ला प्रशासन कार्यालयले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार दर्ता भएको कालोबजारी सम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइपछि कार्यालयले यस्तो आदेश दिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतका अनुसार चामल ढुवानीकर्ता बासुदेव शर्मालाई ३ लाख ५९ हजार ५ सय रुपैयाँ र ट्रक चालक वीरेन्द्रकुमार थापालाई त्यसको आधा रकममा धरौटीमा छाड्न आदेश दिइएको हो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले कालोबजार तथा केही अन्य सामाजिक तथा सजाय ऐन–२०३२ को दफा ४ अनुसार अधिकतम २ लाख ५० हजार रुपैयाँ जरिबाना र १ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । कार्यालयले मुद्दा विचाराधीन…
Read More
ललितानिवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोड्यो

ललितानिवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोड्यो

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ । सोमबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बोलेन्द्र रुपाखेतीको इजलासले पूर्वमन्त्री जोशीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । 'उहाँ आफैं उपस्थिति हुनुभएको थियो । उहाँलाई साधारण तारेखमा छोड्ने आदेश भएको छ,' उनले भने । प्रवक्ता पाण्डेका अनुसार हालसम्म उक्त प्रकरणका ५० भन्दा बढी प्रतिवादी विशेष अदालतमा उपस्थित भइसकेका छन् । ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छोटो समयका लागि भूमिसुधारमन्त्री भएका…
Read More
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ रहेको छ ।
Read More